राष्ट्रिय राजनीतिको जलवायु परिवर्तन गर्ने होहल्लासहित सम्पन्न बाह्रौं महाधिवेशनपछि नेपाली कांग्रेसको आफ्नै राजनीतिक जीवनमा समेत तात्विक फरक आएको देखिएन। महाधिवेशनले कांग्रेसकै आन्तरिक जीवनमा पनि खासै फरक पारेन।
केन्द्रीय समितिमा आरक्षणबाट मधेसी, जनजाति, महिला, मुस्लिम र दलित प्रतिनिधित्वले नेतृत्व संरचनामा फरक परेकोबाहेक विगत निरन्तरता देखिएको छ। गगन थापालगायतका एकाध युवालाई निर्वाचित गरेबाहेक महाधिवेशनबाट उल्लेख्य परिवर्तन भएन। उही परम्परागत कार्यक्रमलाई लाहाछाप लगाइयो। राष्ट्रिय राजनीतिको मेलो सर्ने गरी कार्यक्रम अगाडि ल्याउन सकेको देखिएन। दोस्रो पुस्तामा नेतृत्व सरेको प्रचार गर्नुबाहेक महाधिवेशनको उल्लेख्य उपलब्धि केही छैन। पहिलो पुस्ताका नेता दिवंगत भैसकेको र किसुनजीले राजनीतिबाटै सन्यास ग्रहण गरिसकेको बेला दोस्रो पुस्तामा नेतृत्व सर्यो भन्नु त आत्मरति मात्रै हो।
'जनताको बहुदलीय जनवाद' नेकपा (एमाले) को निर्देशक सिद्धान्त हो। विसं २०६२ को चुनवाङ बैठकदेखि एकीकृत नेकपा (माओवादी) ले '२१ औं शताब्दीको जनवाद' पदावलीलाई राजनीतिक कार्यक्रमका रूपमा अगाडि सारेको छ। नेपाली कांग्रेसको निर्देशक सिद्धान्त 'राष्ट्रियता, प्रजातन्त्र र समाजवाद' हो। उत्तराधिकारमा प्राप्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको पुस्तैनी कार्यक्रम, सिद्धान्त सबै हो। 'प्रजातन्त्र' भन्ने शब्दको सट्टा अब 'लोकतन्त्र' प्रयोग गर्न थालिएको छ फरक त्यत्ति हो। राष्ट्रियताको गम्भीर विषय उठान गर्दा वा बाक्लो राष्ट्रियताको व्याख्या गर्दा अधिनायकवाद नजिक पुगिने, र दह्रो लोकतन्त्रको चर्चा गर्दा विदेशीको चंगुलमा पुगिने कांग्रेसको परम्परागत राजनीतिक व्याख्याको निरन्तरता अहिले पनि छ। यसर्थ पन्यालो राष्ट्रियता र च्याङ्लो लोकतन्त्रको समायोजन एवम् समष्टिरूप नै कांग्रेसको समाजवाद हो। बीपी कोइरालाले राजनीतिक र आर्थिक समानताको लागि प्रयत्नशील हुनु समाजवाद हो भनेका थिए। यी दुई विषयमा समानताको समायोजन एकै चरणमा गर्न खोज्दा कांग्रेसी समाजवाद 'वर्णशंकर' हुन पुगेको छ।
राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको कार्यक्रम सँगसँगै लैजानु बीपीको प्रजातान्त्रिक समाजवादको सन्देश हो। तर, प्रजातान्त्रिक समाजवादमा राजनीतिक स्वतन्त्रता र आर्थिक समानतासँगै कसरी पाउन सकिन्छ भनेर खोज्दा भने उत्तर भेटिँदैन। स्वतन्त्रता पहिले कि समृद्धि पहिले भन्नेमा गाँठो फुकाउनमा कांग्रेसको समाजवाद अलमलिएको छ। कांग्रेसले २०१२ सालको महाधिवेशनदेखि प्रजातान्त्रिक समाजवादलाई सिद्धान्त बनाएको हो। त्यस यता यसपटकको महाधिवेशनको राजनीतिक कारोबार समाजवादी 'ट्रेड मार्क'को थियो। यसअघिका महाधिवेशनमा समाजवादको यति चर्चा सायदै भएको थियो। तर महाधिवेशनले समाजवादको कुनै ढाँचा बाहिर ल्याउन सकेन। केबल समसामयिक राजनीतिक परिस्थिति, आर्थिक सामाजिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संगठन सुदृढीकरणका विषयमा बोक्रे छलफल गरेर औपचारिकतामा सीमित भयो। विज्ञान र प्रविधिको अद्भुत विकास, आर्थिक उदारीकरण, बजारमुखी अर्थतन्त्र र विश्व वित्तीय पुँजीवादको सेरोफेरोमा कांग्रेसी समाजवादको अर्थराजनीतिक स्वतन्त्रताले कारोबार गर्ने ठाउँ कहाँ पाउँछ? नवउदारवादी अर्थराजनीतिक हिसावमा चुर्लुम्म डुबिसकेको कांग्रेसको विगतलाई उसले छोड्यो भने भएको राजनीतिक आधार पनि गुमाउन सक्छ। विश्व राजनीतिक रंगमञ्चमा उदाएका कांग्रेसले मान्ने गरेको समाजवादीहरूको नेतृत्वको देश कहाँ कुन समाजवादी सिद्धान्तमा अडिग छ र? सेन्ट साइमन, चार्ल्स फोरियर, जर्ज बर्नाड सा र फेबियन समाजवाद विश्व वित्तीय पुँजीवादी अर्थराजनीतिले विस्थापित गरिसकेको छ। कांग्रेसी समाजवादको स्रोत पनि त्यही हो। अब यस प्रकारको समाजवादले विश्व वित्तीय पुँजीवादसँग सहकार्य गर्नुको विकल्प छैन। संघर्ष गर्नु दुस्साहस हुनसक्छ। पुँजीवादीलाई युरोपीय साम्यवाद ढाल्न निर्वाचन काफी भयो, तर सोभियत साम्यवाद ढाल्न सैनिक नै परिचालन गर्नु परेको घटना यहाँ उल्लेख गर्नु उचित होला। प्रजातान्त्रिक समाजवादीले विश्व वित्तिय पुँजीवादको सुनामीसँग लड्ने ताकत राख्दैनन्। साम्यवादलाई ढाल्नसक्ने पुँजीवादसँग प्रजातान्त्रिक समाजवादीको प्रतिस्पर्धा यसैपनि 'असमानहरूबीचको समान प्रतिस्पर्धा' हुनेछ।
बीसौं शताब्दीमा साम्राज्यवाद तथा उपनिवेशवाद विश्वबाट पतन हुने राजनीतिक लहर चल्यो। विश्व युद्धहरूबाट साम्राज्यवादी र तिनले बोकेको उपनिवेशवादी विचार धाराशायी हुँदै थियो। त्यसै कालखण्डमा साम्यवादी उदाउँदै थिए। साम्यवादीको वेग रोक्न साम्राज्यवादी तथा उपनिवेशवादी विचार अक्षम भैसकेको थियो। यसैले पुँजीवादीहरूले साम्राज्यवाद र उपनिवेशवादलाई निर्मलीकरण गर्न र साम्यवादको लहर रोक्न प्रजातान्त्रिक समाजवादको सिद्धान्त आविष्कार गरेका हुन्। अहिले कम्युनिस्टलाई रोक्न विश्व पुँजीवाद नै सक्षम भइसकेकाले 'प्रजातान्त्रिक समाजवाद'को टेकोको जरुरत नपरेको हो। यसैले विश्वका प्रजातान्त्रिक समाजवादीहरू साम्यवादी शासन ढलेपछि पुँजीवादको विकाससँगै त्यसैमा विलीन हुने वा राजनीतिक मञ्चबाट अलप हुने क्रममा छन्।
छिमेकी मुलुक भारतमै पनि समाजवादीले जग बनाउन नसकेको दृष्टान्त छ। जवाहरलाल नेहरुले थोरै फेबियन समाजवादी झुकाव राखिदिँदा भारतीय समाजवादी राजनीतिक परिदृश्यबाट बाहिरिन पुगे। नेहरु पूरै समाजवादी थिएनन्। पछिल्लो पटक जयप्रकाश नारायण, राममनोहर लोहियाआदिले समाजवादी आन्दोलनलाई अगाडि बढाउन खोजे तर तिनले त्यो राजनीतिक धार बोक्ने वर्ग नै पाउन सकेनन्। बरु भारतमा संसद् वा संसद्बाहिर रहेका कम्युनिस्ट नै भारतको राष्ट्रिय राजनीतिमा प्रभावशाली छन्। किनभने तिनको राजनीति बोक्ने आधारभूत वर्ग छ। प्रजातान्त्रिक समाजवादीहरू सिद्धान्ततः साम्यवाद र साम्राज्यवादबीचको मध्यमार्ग भएकोले यस्तो पुलको आवश्यकता रहेन। नेपालको अर्थराजनीतिक परिवेश पनि यसभन्दा अलग छैन। विश्व राजनीतिक रंगमञ्चमा हुनेखाने विश्व वित्तीय पुँजीवाद र खान नपाउनेबीचको आमनेसामने लडाइँ छ। बीचको सिद्धान्त जरुरी छैन।
कांग्रेसको समाजवादी सिद्धान्त रणनीति लक्ष्य होइन। सिद्धान्तलाई रणनीतिमात्र बनाएको उदाहरण काफी छ। कांग्रेसको एकमना सरकारका भूमिसुधार मन्त्री जगन्नाथ आचार्यले ल्याएको भूमिसुधार कार्यक्रम कांग्रेस नेतृत्वकै विरोधका कारण फिर्ता भयो। आचार्यले राजिनामा दिए। देउवा सरकारको समयमा पनि भूमिसुधारले चियाउन सकेन। बडाल आयोगदेखि पछिल्लो समयमा गजुरेल आयोगको पनि कांग्रेसकै कारण असमायिक निधन भैसकेको छ। भर्खरै सम्पन्न महाधिवेशनमा भीमबहादुर तामाङ र नरहरि आचार्यको 'संकल्प र प्रतिबद्धता' विफल भएको उदाहरणले पनि कांग्रेसमा समाजवादी विचार नभएको पुष्टि हुन्छ। कांग्रेसमा समाजवादको रहलपहल छ भने त्यो नवनिर्वाचित सभापति सुशील कोइरालाको सादा जीवन पद्धतिमा 'सो पिस'का रूपमा होला।
व्यक्तिको स्वतन्त्रता र समानताबीचको सन्तुलनमा विश्वास राख्नु नै प्रजातन्त्रिक समाजवादको मुख्य 'तत्व' रहेको यसका व्याख्याकारले बताउँदै आएका छन्। तर उदार प्रजातन्त्रका कारण भएको औद्योगिक विकासको अनुकूलतासँगै औद्योगिक क्रान्तिले ल्याएको विषमतामा समानता खोज्न कठिन छ। उदार प्रजातन्त्रले औद्योगिक विकासका लागि अनुकूल राजनीतिक वातावरण र निर्वाध आर्थिक स्वतन्त्रता दियो। यसैको जगमा पुँजीवादले विश्व बजारको संस्थागत विकास गर्दै राजनीतिमा प्रभाव जमाउन थाल्यो। ठूला व्यापारी घराना आर्थिक, राजनीतिक निर्णय प्रक्रियामा प्रभावकारी हुन थाले। उदारवादी प्रजातन्त्रको काखमा पुँजीवाद अनुवाद हुन पुग्यो।
यसरी विश्व राजनीतिक बजारमा अब दुईवटा कित्तामात्र आमनेसामने छ। तेस्रो कित्ता यता न उता भैसकेको छ। नेपाली कांग्रेसले उदार आर्थिक नीतिको संयोजन प्रजातान्त्रिक समाजवादमा गर्न खोजेको थियो। तर त्यसले झन् आर्थिक विषमताको खाडल खन्यो। यसले वित्तीय पुँजीवादलाई प्रश्र्रय दियो। विश्व भूमण्डलीकरणको नाममा 'जता मकै पाक्यो उतै चरी नाच्यो' को आर्थिकराजनीतिक कार्यक्रम आउन थाल्यो। विगतमा कांग्रेसले बोकेको अर्थराजनीतिक कार्यक्रम अरूले नै लिएर आए। वैज्ञानिक भूमिसुधार, जनजीविका, राष्ट्रिय पुँजीको विकास प्रजातान्त्रिक समाजवादमा अटाउन छाड्यो। बीपीले भनेको जमिन जोत्ने हलोको ठाउँमा ट्रेक्टर आइपुग्यो भनेर कांग्रेस पन्छिन थाल्यो। उसले देशको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्र र नेपाली समाजको आधारभूत अन्तरविरोधलाई उपेक्षा गर्न थाल्यो। यस अर्थमा कांग्रेस बिस्तारै पुँजीवादको वर्गीय आधारमा राजनीतिक कारोबार गर्न बाध्य भयो। स्वतन्त्रताभन्दा पहिले समृद्धिको नारामा फन्को मार्न थाल्यो। सम्पन्न र विपन्नबीचको अन्तर न्यून गर्ने समाजवादी सिद्धान्त आर्थिक उदारीकरण नीति लिएपछि विस्थापित हुन पुग्यो। राष्ट्रिय विकासको क्रममा आएको उदारीकरणले निजी क्षेत्रको विस्तारित प्रभुत्वलाई मलजल गर्यो। उदारीकरणको एकतर्फी प्रयोगले समाजवादलाई परास्त गराएको विश्व्यापी अनुभवलाई ख्याल गर्नुभन्दा त्यतै लहसिने काम कांग्रेसले गर्दै आयो।
सन् १९८१ मा सिड्नीमा भएको समाजवादी सम्मेलनमा बीपी कोइरालाले तेस्रो विश्वका देशहरू समाजवादको मियोमा नबाँधिए फासिस्ट सैनिक, कम्युनिस्ट वा धार्मिक कट्टरपन्थी तानासाहीतिर जान्छन् भनेका थिए। तर, त्यसभन्दा नौलो विश्व वित्तीय पुँजीवाद अगाडि आएको छ। यो पनि एक प्रकारको वित्तीय तानाशाही हो। नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण पनि यसैको सेरोफेरोमा घुमेको छ। पहिलो पुस्ताका गिरिजाबाबुहरूमा समाजवादको केही धङ्धङी बाँकी रहेकोले शान्ति प्रक्रियालाई यहाँसम्म ल्याईपुर्याए। तर दोस्रो पुस्ताका नेतालाई पुँजीवादले गाँजी सकेकोले शान्ति प्रक्रियामा महाधिवेशनपछि पनि कुनै नयाँ निर्णय गर्न सकेनन्।