डेढ वर्ष अघिसम्म कोटेश्वर ट्राफिक जाम हुने राजधानीका प्रमुख केन्द्रमध्ये पर्थ्यो। भक्तपुर भएर राजधानी छिर्दा कहालीलाग्दो जाममा फसिन्थ्यो। केही महिनायता त्यो जाम हटेको छ। कोटेश्वरको अनुहार बदलिएको छ। निर्माणाधीन ६ लेनको तीनकुने - सूर्यविनायक सडकको तीनकुने - कोटेश्वर - जडिबुटी खण्डका १.७ किलोमिटरमा सबै काम सकिएका छन्। छोटै दूरी भए पनि निर्माण सम्पन्न सडकमा गुड्न पाउँदा मुलुकको सबैभन्दा चौडा सडकमा यात्रा गरेको अनुभव हुन्छ। फराकिलो बाटो, नागरिक सुरक्षा निम्ति सडक छेउमा फलामे बार, डिभाइडर, बत्ती, यात्रु चढ्ने र ओर्लने निश्चित ठाउँ अर्थात् राम्रो सडकको लगभग सबै पूर्वाधारयुक्त देखिन्छ। अहिले सबै सडक बनिसकेको छैन। जापानले गर्नुपर्नेमा ७० प्रतिशत काम सकिएको बताइन्छ। तोकिएको समयममा काम सकिए पाँच महिनापछि जापानले करिब नौ किलोमिटर दूरीको यो उम्दा सडक हस्तान्तरण गर्नेछ।
यो ६ लेनको सडक काठमाडौं सहर पूर्वतिर विस्तार हुने प्रमुख आधार बन्ने देखिन्छ। सडककै कारण यस क्षेत्रमा बसोवास बाक्लिँदै गएको छ। घरघडेरीको मोल अन्यत्रको तुलनामा चर्को छ। तीनकुने - सूर्यविनायक सडक बनेपछि दोस्रो चरणमा यस्तै सडक धुलीखेलसम्म तानिने संकेत देखिएको छ। यति फराकिलो सडक धुलिखेलसम्म बिस्तार भयो भने बनेपा, धुलीखेल, पनौतीजस्ता नगरअरू काठमाडौंका उपनगरीय क्षेत्र (सब अर्बन सिटी) बन्न पुग्नेछन्। सडकको समुचित प्रयोग भए धुलीखेलबाट आधा घन्टामा काठमाडौं आइपुगिनेछ। जापानकै सहयोगमा निर्माणाधीन बनेपा - बर्दिबास सडकका कारण पूर्वी नेपाल राजधानीसँग नजिकिँदै छ। बनेपा - बर्दिबास खडकको करिब दुर्ई दशक लामो 'विकास' इतिहासको भने अहिले धेरै चर्चा गरिनहालौँ।
करिब १ अर्ब ७५ करोड लागतको तीनकुने - धुलीखेल सडक मूलतः राजधानीवासीका लागि जापानको उपहार हो। मित्रले दिएको सुन्दर उपहारलाई हामी नेपालीले कसरी प्रयोग गर्देछौँ? यस सडकको दैनिक प्रयोगकर्ता भएकाले पंक्तिकारले यहाँ गुड्दाका प्रशस्त अनुभव सँगाल्न पाएको छ। तीनकुने-जडीबुटी करिब १.७ किलोमिटर सडकमा यात्रु, चालक, तालुकवाला सडक विभाग र ट्राफिक प्रहरी सबैको व्यवहार देखिइरहेको छ।
सडक प्रयोगमा हाम्रो व्यवहार हेर्न तीनकुने - जडीबुटी यात्रा गरे पुग्छ। तीव्र, मध्यम र सामान्य गतिमा गुड्ने सबारीका लागि फरकफरक लेन तोकिएको छ। यात्रु वाहक सबारी कुन लेनमा गुड्ने? झ्वाट्ट रोक्नुपर्यो भने कहाँ रोक्ने? यात्रुहरू कहाँबाट चढाउने र कहाँ ओराल्ने धेरैको व्यवस्था छ। ठाउँठाउँमा घाम पानीले छेक्ने प्रतिक्षालय छन्। पूर्वाधार तयार छ तर सडक प्रयोगको स्थिति भने बस्न सकेको देखिँदैन। तपाईँ पहिलो लेनमा तीव्र गतिमा सबारी गुडाउँदै हुनुहुन्छ र अगाडि माइक्रोबस, बस वा कुनै यात्रु वाहक साधन छ भने संझनुहोस् सामुन्नेमा भयंकर खतरा छ। माइक्रोबस, बस, कुनै बेला एउटा यात्रु टिप्न वा ओराल्न पहिलो लेनबाट तेस्रो लेनमा छड्के हान्नसक्छ।आफ्नो लेनमा निर्वाध सबारी चलाउन पाउने राजमार्गको प्रमुख विशेषता हो। तर, यात्रु वाहक सबारी साधन नागबेलीजस्तै यता र उता छड्के हानिरहेको जताजतै देखिन्छ। कतिसम्म भने प्रतिघन्टा ४० अघिकतम किलोमिटरमा गुड्न नसक्ने टेम्पो ६० र ७०को गतिमा सबारी गुड्नुपर्ने लेनमा कुदिरहेका हुन्छन्। लाग्छ, नियममा नबाँधिने छाडाहरूलाई नागबेली पार्दै मोटरसाइकल कुदाउनकै लागि जापानले १ अर्ब ७५ करोड सहयोग गरेको हो। जहाँ मनलाग्यो त्यहीँ चढ्न र ओर्लन चाहने यात्रु, जतासुकै सबारी रोक्ने चालक र अनियमितताबाट आम्दानी गर्ने ट्राफिक सबैको 'करामत' सडकमा छताछुल्ल भएको हुन्छ। कोटेश्वरदेखि तीनकुनेसम्मको एउटा लेन त सबै प्रकारका सबारीको निःशुल्क पार्किङ स्थलजस्तै देखिन्छ। दोष, सार्वजनिक सडकलाई पार्किङ बनाउने स्वनामधन्य नागरिकको कि कारबाही नगर्ने प्रहरीको हो खुट्याउनै गाह्रो छ।
तालुकवाला सडक विभाग आँखा चिम्लिएर बसेको देखिन्छ। 'जिम्मेवार' सडक विभागको काम सडकमै छरपस्ट छ। सडक डिभाइडरको छेउमा प्रशस्त धुलो, बालुवा थुप्रिएको छ। गाडीको हावाले सडकको धुलो डिभाइडर नजिक गएर थुप्रिन्छ। हावापानीलगायतका कारण थुप्रिएको बालुका बीच सडकमा आउँछ, कोटेश्वर, वानेश्वरको धुलोको मुख्य स्रोत त्यही हो। बेला बेलामा सडक बढार्ने हो भने सामान्य नागरिक धुलोको पीडाबाट मुक्त हुने थिए। लाग्छ 'माल पाएर के गर्नु चाल पाए पो?' भन्ने नेपाली उखान यही बाटोमा पनि चरितार्थ हुँदैछ। सडक चौडा र चिल्लो भएर अनि लेनमा बाँडेरमात्र पुग्दो रहेनछ, यात्रु, चालक, प्रहरी र सडक विभागका अधिकारीको व्यवहार पनि तदनुरूप हुनुपर्ने रहेछ।
सुधार यात्रुको व्यवहारबाटै थालिनुपर्छ। तोकिएको ठाउँमा चढ्ने र ओर्लने गरेमात्रै पनि सडक अनुशासन कायम गर्न सजिलो हुनेछ। चालकहरूको शारीरिक र मानसिक अवस्थाको परीक्षण गरेर तिनका लागि बेलैमा जानकारीमूलक तालिम र सडक प्रयोगको शिक्षा दिन सकिएन भने यो ६ लेनको सडक दूर्घटना निम्त्याउने प्रमुख कारक बन्ने जोखिम छ।