केही समयअघि अमेरिका पुगेर फर्केका एक जनाले लस भेगासको अनौठो स्मरण सुनाएका थिए। जुवाकै कारण विख्यात त्यस सहरमा संसारभरका जुवाका सौखिन पुग्दा रहेछन्। फर्कने क्रममा विमानस्थलको शौचालयमा पनि जुवाको मेसिन जडान भएको देख्दा उनी छक्क परेछन्। फर्कनेहरूसँग एक डलर पनि जोगिएको छ भने त्यो पनि तान्न लास भेगासले शौचालयको पनि उपयोग गरेको रहेछ। नेपालको पर्यटन उद्योग र यसको विकासका प्रसङ्गमा यो चर्चा चलेको थियो। उनका अनुसार पर्यटन उद्योगमा निर्भर हामीले पनि त्यस्तो सोच लिएमा धेरै फाइदा उठाउनसक्ने थियौँ।
भौगोलिक विविधतासहितको नेपालको प्राकृतिक सुन्दरताले नेपालमा पर्यटन उद्योगको सम्भावना असीमित बनाएको छ। तर हामीले यस उद्योगलाई अगाडि बढाउन सबै क्षेत्रलाई समेटेका छैनौ। अहिले पर्यटन प्राकृतिक दृश्यावलोकनमा सीमित छैन। यसमा रोमाञ्चक (जोखिमपूर्ण) यात्रा र खेल पनि समावेश भइसकेका छन्। यस्तै नेपालले उपयोग गर्नसक्ने क्षेत्र खेल पर्यटनको पनि हो तर अहिलेसम्म यसका लागि औपचारिक नीतिसहित अगाडि बढ्ने प्रयास भएको छैन।
नेपालले सन् २०११ मा पर्यटन वर्ष मनाउने तयारी गरेको छ। त्यस वर्ष कम्तीमा ५ लाख पर्यटकलाई भित्र्याउने लक्ष्य छ। तर त्यो लक्ष्य हासिल गर्न तर्जुमा र कार्यान्वयन गरिएका कार्यक्रममा खेल क्षेत्रलाई समेट्न त के छुनसमेत सकेको छैन।
हामीले पर्यटन वर्ष मनाउने भनेको सन् २०११को फेब्रुअरीमा भारत, श्रीलंका र बंगलादेशमा विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ। सुरुबाटै प्रयास गरेको भए त्यस प्रतियोगिताका सहभागी टोलीबीच अभ्यास खेलको आयोजना यहाँ गर्न सकिने थियो।
नेपालको अनुकूल हावापानी र प्राकृतिक सुन्दरताले क्रिकेटमा नयाँ आयाम थपिनसक्छ। केही समयअगाडि बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा यस क्षेत्रका खेलाडी, खेल पदाधिकारीलगायत अन्य मुलुकका संचारकर्मी पनि उपस्थित थिए। ढाकामा नेपाली राजदूतावास छ, त्यसबाहेक नेपाल पनि प्रतियोगितामा सहभागी थियो। राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग समन्वय गरेर केही नभए नेपाल बारे जानकारी गराउने कार्यक्रमको आयोजना गर्न सकिने थियो। त्यस्तै भरखरैमात्र भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रमण्डल खेल सम्पन्न भएको छ। उक्त प्रतियोगिता सहभागी संख्याका आधारमा ओलम्पिकपछिको ठूलो मानिन्छ। नयाँ दिल्लीमा ७१ देशका लगभग सात हजारभन्दा बढी खेलाडी र खेल अधिकारीको सहभागिता थियो। त्यतिका ठूलो संख्यामा पर्यटक हाम्रो छिमेकमै आएका थिए। तर पर्यटन वर्षको पूर्वसन्ध्यामा छिमेकमा भएको त्यस जमघटको फाइदा हामीले लिन सकेनौ।
अझै प्रयास गर्ने हो भने विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो चरणमा पराजित टोली स्वदेश फर्कनुअघि नेपाल निम्त्याएर प्रदर्शन खेलको अयोजना गर्न सकिन्छ। त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) तयार पनि छ तर यो ऊ एक्लैले गर्नसक्ने काम होइन। सरकार र नेपाल पर्यटन बोर्ड दुवैको सहयोग चाहिन्छ। त्यस्तै नोभेम्बर १२ देखि चीनको गुआङ्जुमा हुने १६औं एसियाली खेलकुद प्रतियोगितालाई समेत नेपालको पर्यटन विकासका लागि प्रयोग गर्न सकिन्छ। त्यहाँ एसियाका लगभग ४५ देशका खेलाडी, खेल अधिकारी एवं पत्रकारको उपस्थिति हुनेछ। हामीले त्यस अवसरमा कम्तीमा नेपालसम्बन्धी परिचयात्मक कार्यक्रमको आयोजना त गर्न सक्छौँ।
पर्यटन विकासमा हरेक क्षेत्रलाई समावेश गराएर लैजाने सोच विकसित हुन नसकेका कारण हामी प्रचार प्रसारमा पनि पछि परेका छौँ। अझै, दक्षिण एसियाबाहिर पुग्दा नेपाल कहाँ पर्छ भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था छ।
प्रकृतिको अगाध सुन्दरता, विश्वको अग्लो चुचुरो सगरमाथा र गौतम बुद्धको जन्मस्थल भएको यो देश त विश्वभरनै प्रख्यात हुनुपर्ने हो नि। तर, वास्तविकता ठीक उल्टो छ। हामीलाई शौचालयमा जुवा मेसिन राख्नुपर्ने बाध्यता त छैन तर लस भेगासको शौचालयमा जुवाको मेसिन जडिएको प्रसंग अनौठो भए पनि त्यसले तिनको लक्ष्यप्रतिको प्रतिबद्धता प्रकट गर्छ।
पर्यटन विकासका कार्यक्रम नेपालमा यसअघि पनि आयोजना गरिएका थिए। सन् १९९८लाई नेपाल भ्रमण वर्षकै रूपमा मनाइएको थियो। तर त्यसबारे आफ्नो देशमा जानकारी नभएको गुनासो त्यतिबेलै पर्यटकले गरेका थिए। यस्तो पटके कार्यक्रमले पर्यटन विकासमा दूरगामी प्रभाव पार्न सक्तोरहेनछ। उपलब्ध थुप्रै अवसर गुमाएका हामीले पर्यटन वर्षमा दूरगामी कार्यक्रम ल्याउन के सकौँला र?