बाह्रौं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो औपचारिक बैठक आज बस्दैछ। पार्टी सभापति सुशील कोइरालाले पहिलो बैठकमा सातवटा एजेन्डामा छलफल हुने जानकारी निर्वाचित केन्द्रीय सदस्यलाई पत्रमार्फत् गराएका छन्। सभापतिमा पराजित शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने औपचारिकता पनि पूरा भइसकेको छ।
महाधिवेशनको एक महिनापछि बस्न लागेको बैठकमा हुनेे छलफलले कांग्रेस र मुलुकको राजनीतिमा ठूलो महत्व राख्छ। कांग्रेसको इतिहासमा पहिलो पटक महिला, जनजाति , दलित, मधेसी आरक्षित स्थानमा निर्वाचित भएका छन्। पाकाहरूको पार्टी भनेर चिनिनेे कांग्रेस केन्द्रीय समितिमा उल्लेख्य संख्यामा युवा विजयी भएका छन्। पहिलो पटक केन्द्रीय सदस्य भएकाको संख्या पनि सानो छैन। कांग्रेस एक दशकको छोटो अवधिमै अध्यक्षतात्मक प्रणालीबाट छलाङ्ग मारेर दुईतिहाइ केन्द्रीय सदस्य निर्वाचनबाट चुनिने परिपाटीमा पुगेको छ। लामो समयदेखि कांग्रेसको केन्द्रीय सदस्य रहेका नेतासँगै नयाँ अनुहार पनि त्यहाँ पुगेका छन्। केन्द्रीय समितिका सबै सदस्यको सक्रिय भूमिका भएमात्र कांग्रेस आकारमा मात्र ठूलो होइन विचारमा पनि समावेशी भएको सन्देश जानेछ। केन्द्रीय सदस्यको फराकिलो भूमिका कांग्रेसको प्रजातान्त्रिक छविको मापक बन्नेछ। नेपाललगायतका दक्षिण एसियाली राष्ट्रका राजनीतिक पार्टी सीमित नेताको नियन्त्रणमा चल्ने परम्पराबीच कांग्रेसको ...जम्बो' केन्द्रीय समिति निर्वाचनको औचित्य पुष्टि गर्ने चुनौती कांग्रेससामु छ। यस पटकको महाधिवेशनबाट कांग्रेसमा सबै जातजाति, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व भएको छ। तर, समावेशीका नाममा आएका अनुहारले कांग्रेसको फरक वैचारिक आधारको प्रतिनिधित्व भने गर्दैन।
महाधिवेशनपछि चार वर्षअघि एकीकृत कांग्रेसमा भावनात्मक एकता हुने दाबी सभापतिका दुवै उम्मेदवारले गर्दै आएका थिए। तर, अधिवेशनबाट एकताको सन्देश भने प्रवाहित हुन सकेन। दुईवटा बेग्लाबेग्लै कांग्रेस मैदानमा उत्रिएजस्तै थियो, डेढ महिनाअघिको कांग्रेस। अधिकांश पदाधिकारी र केन्द्रिय सदस्य सुशील र शेरबहादुर खेमाका नाममा निर्वाचित भएका छन्। अब तिनको भूमिकाले कांग्रेसमा महत्वपूर्ण अर्थ राख्छ। केन्द्रीय सदस्यले चुनावी विभाजन बिर्सिन सकेमात्र भावनात्मक एकताको नारा सार्थक हुनेछ। परन्तु, केही केन्द्रीय सदस्य संस्थापन भनेर कोइरालाको पछि लाग्ने र देउवा पक्षधर पार्टीभित्र स्थायी प्रतिपक्षी बन्ने खतरा देखिँदैछ।
कांग्रेसको पहिलो बैठकका कार्यसूचीमा महाधिवेशनमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन, महाधिवेशनद्वारा पारित प्रतिवेदन प्रस्तुतिलगायतका औपचारिक विषय पनि छन्। तर पार्टीको विधान र समसामयिक राजनीतिले भने ठूलो राजनीतिक अर्थ राखेका छन्। कांग्रेसका केही जिल्ला सभापतिले दिएको दबाबका आधारमा पार्टीको विधान संशोधनको विषय पनि केन्द्रीय समितिको कार्यसूचीमा रहेको छ। महाधिवेशनबाट आएको केन्द्रीय समितिको पहिलो बैठकमै विधान संशोधनको प्रस्त्ााव आउनु महाधिवेशनको मानमर्दन हो। महाधिवेशनमा विधान संशोधनका लागि खासै महत्व नदिइएका बुँदामा अहिले परिवर्तन गर्न खोजिएको छ। पहिलो बैठकमै विधान संशोधनको कार्यसूची ल्याउनुमा महाधिवेशनमा पराजित भएका वा जिल्ला कार्यसमितिमा स्थान नपाएकालाई पार्टी राजनीतिमा प्रोत्साहित गर्ने उद्देश्य अर्न्तनिहित छ। कांग्रेसको केन्द्रमा उपसभापति, महामन्त्री, सहमहामन्त्री निर्वाचित केन्द्रीय सदस्य मध्येबाट मनोनीत गर्ने व्यवस्था भएजस्तै जिल्ला कार्यसमितिमा पनि उपसभापति, सचिव र सहसचिव निर्वाचित जिल्ला सदस्यमध्येबाटै मनोनीत गर्नुपर्ने व्यवस्था छ। कतिपय जिल्ला सभापतिले निर्वाचित जिल्ला सदस्य कनिष्ट भएको भन्दै जिल्ला कार्यसमितिमा वरिष्ठलाई समावेश गराउनुपर्ने लबिङ्ग गर्दैछन्। क्षेत्रीय अधिवेशनहरूमा जिल्लाका वरिष्ठ र प्रभावशाली नेताले नै आफू महासमिति र महाधिवेशन प्रतिनिधि बनेर अरूलाई जिल्ला सदस्यमा निर्वाचित गराएका थिए। अहिले तिनै वरिष्ठको जिल्ला राजनीतिमा ...अपरिहार्य' भूमिकाको चर्चा गरेर निर्वाचित जिल्ला सदस्य नै पदाधिकारी चुनिने प्रावधानलाई निस्तेज पार्न खोजिएको छ। जिल्लाका लागि विधान परिवर्तन गर्दा त्यसको असर केन्द्रमा पनि पर्नसक्छ। महाधिवेशनबाट पारित विधान प्रयोगमा नआउँदै केन्द्रीय समितिले संशोधन गर्नु लोकतान्त्रिक आचरण मानिन सत्तै्कन।
कांग्रेसको बैठकको मुख्य विषय प्रधानमन्त्री निर्वाचनै हो। पार्टीले आफ्ना उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा अडान लिइराख्नुभन्दा मुलुकको शान्ति प्रक्रिया र संविधानलाई केन्द्रमा राखेर निर्णय लिनसक्नुपर्छ। विगतमा शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले लिएको हो। आफ्ना सभापति गिरिजाप्रसाद कोइरालाले सुरु गरेका शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारी पनि कांग्रेसकै हो। प्रधानमन्त्री पदकेा अड्को थापेर शान्ति प्रक्रिया र संविधान निर्माण जेसुकै होस् भनेर कांग्रेस लामो समयसम्म अल्भि्कन मिल्दैन। लोकतान्त्रिक इतिहास, योगदान, राष्ट्रिय, अर्न्तराष्ट्रिय छविका कारण कांग्रेसले मुलुकको राजनीतिमा अभिभावकीय भूमिका लिँदै आएको हो। पार्टीको अभिभावकीय भूमिका बिर्सिएर कांग्रेसका नेताहरू सत्ताका लागि कम्युनिस्टहरूसँग याचना र गनगन गरिरहेका छन्। कांग्रेसका प्राथमिकता त सत्ताभन्दा शान्ति र संविधान हुनुपर्थ्यो। गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसले शान्ति प्रक्रियाको प्रमुख पक्ष माओवादीसँग दूरी बढाउँदै गएको छ। माओवादीलाई पन्छाएर शान्ति स्थापना र संविधान निर्माण हँुदैन। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा अल्भि्कनुभन्दा संविधान निर्माणको बृहत् जिम्मेवारी आत्मसात गरेर अघि बढ्नु पार्टी र देशका हितमा हुनेछ।