सरकारले संसदमा नीति तथा कार्यक्रम र बजेट पेस गर्ने दिन नजिकिँदैछ तर सदनको गतिरोध तत्काल खुल्ने कुनै सम्भावना देखिन्न।
प्रधानमन्त्री माधवकुमार नेपालले गतिरोध अन्त्य गर्न माओवादी कांग्रेस र एमालेलाई राखेर पटकपटक छलफल गरेका छन्। उनको पहलले सार्थक रुप लिनसकेको छैन। संसद् चलाउन प्रधानमन्त्री र माओवादी दुवै लचिला भएका छन्। त्यसमा कांग्रेस बाधा बनिरहेको छ। उसकै अर्घेलोले संसद् सुचारु हुन नसकेको हो। सत्तारुढ गठबन्धनमा कांग्रेस सबभन्दा ठूलो दल हो। संसद्को गतिरोध अन्त्य गर्न एमालेजस्तै ऊ पनि जिम्मेवार हुनुपर्छ।
कांग्रेसको नियत राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री नेपाललाई अप्ठ्यारो पार्ने होइन होला। तर उसको व्यवहारले दुवैलाई अप्ठ्यारो परिरहेको छ। माओवादी नेतृत्वको तत्कालीन सरकारले सेनापति रुक्मांगद कटवाललाई हटाएर सेनामाथि हस्तक्षेप गर्न खोजेको थियो भन्ने कांग्रेसको तर्क आफ्नो ठाउँमा जायज पनि होला। तर सेनापति हटाउन माओवादीले जस्तै कटवाललाई पुनर्बहाली गर्न राष्ट्रपतिले पनि संविधान मिचेका हुन्। राष्ट्रपतिको व्यावसायिक सेनामा माओवादीको हस्तक्षेप नहोस् भन्ने पवित्र उद्धेश्य थियो होला। तर उनले कटवाललाई जोगाउन चालेको कदमको व्यवस्था संविधानमा छैन। संविधानसभामा सबभन्दा ठूलो पार्टी माओवादीले सदन र सडकबाट राष्ट्रपति कदमको तीब्र विरोध गरिरहेको छ।
माओवादीले बाहिर नागरिक सर्वोच्चताका नाममा जे भन्दै आए पनि एमाले र कांग्रेससितको वार्तामा संसद् खोल्न राखेको माग धेरै लचिलो छ।
माओवादी हत्याहिंसाको राजनीति त्यागेर लोकतान्त्रिक अभ्यासमा आएको पार्टी हो। उसलाई लोकतान्त्रिक मूल्यमान्यता र मानव अधिकारका विश्वव्यापी मान्यताअनुकूल व्यवहार गर्ने जिम्मेवार पार्टीमा रुपान्तरण गर्नु छ। त्यसका लागि कांग्रेस एमाले र फोरमले व्यावहारिक भएर भूमिका निर्वाह गर्नुपर्छ। सेनापति प्रकरणमा माओवादी लचिलो हुँदै गएको छ। कांग्रेसको हठ भने उस्तै छ। माओवादीलाई रुपान्तरण गर्न भूमिका निर्वाह गर्न नखोज्नु कांग्रेसको गैरजिम्मेवार व्यवहार हो। जोगाउने नाममा कांग्रेसले गरेको व्यवहारले राष्ट्रपतिलाई झन् अप्ठ्यारोमा पार्दैछ।
माओवादीले कटवाल हटाएर कुलबहादुर खड्कालाई सेनापति बनाउन गरेको निर्णय असफल भइसकेको छ। उसले कायममुकायम सेनापति बनाएका खड्का अवकास पाएर घर गइसकेका छन्। सेनापति प्रकरणमा खड्काको बिदाइसम्म आइपुग्दा कांग्रेसी तर्कको जित र माओवादीको हार भइसकेको छ। त्यति हुँदा पनि कांग्रेस लचिलो नहुनु अनौठो घटना हो। सेनापति प्रकरणमा आफ्नो निर्णय उल्टिइसक्दा पनि माओवादी संसद् सुचारु गर्न लचिलो हुनु उसको राजनीतिक इमानदारी हो। उसले गतिरोध अन्त्य गर्न 'फेस सेभिङ' को बाटो खोजिरहेको छ। माओवादीले बाहिर नागरिक सर्वोच्चताका नाममा जे भन्दै आए पनि एमाले र कांग्रेससितको वार्तामा संसद् खोल्न राखेको माग धेरै लचिलो छ। उसको माग छ- 'प्रधानमन्त्रीले सेनापति प्रकरणमा राष्ट्रपतिबाट चालिएको कदमबारे माओवादीले राखेका मागका सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने २४ दलसित छलफल गराउँछु भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ।' प्रधानमन्त्रीबाट त्यस्तो प्रतिबद्धता आउनासाथ माओवादीले संसद् सुचारु गर्न सहयोग गर्ने भएको छ। प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गोदावारीमा भएको छलफलमा संसद् खोल्न त्यस्तो सहमति भएको हो। वार्तामा भएको समझदारीअनुसार सहमतिको दस्तावेज तयार गरिएको थियो। गतिरोध अन्त्य गर्न बसेको तीन ठूला दलको बैठकमा कांग्रेसले नेपाल र दाहालबीच भएको सहमतिको विरोध गरेपछि संसद सुचारु हुन नसकेको हो।
दलहरुको बहुमतबाट राष्ट्रपतिको कदमलाई वैधानिकता दिने अवसरमा कांग्रेस बाधक बन्नु उसको नालायकी हो।
कांग्रेसले मन्त्रिपरिषदबाट सेनापति प्रकरणमा निर्णय भइसकेकाले सहमतिको दस्तावेजमा राष्ट्रपतिको कदम र त्यसमा माओवादी विरोधको प्रसंग उल्लेखै गर्न नहुने अडान राखेको छ। संविधानअनुसार संसद्मा राष्ट्रपति कदमबारे छलफल गर्न मिल्दैन। तर हरेक दलले वा सामुहिकरुपमा दलहरुले राष्ट्रपतिको कदमबारे छलफल गर्न सक्छन्। कांग्रेसले पनि छलफल गरेर राष्ट्रपति कदमको समर्थन गरेको हो। कांग्रेसले राष्ट्रपतिको कदमबारे छलफल गर्नु संवैधानिक हुने र अरु दलले छलफल गर्दा असंवैधानिक हुन सक्दैन। नेपाल-दाहालबीचको सहमतिमा राष्ट्रपति कदमबारे २४ दलमा छलफल गराउने भनिएको छ। एमाले-कांग्रेस गठबन्धनको स्पष्ट बहुमत भएकाले २४ दलको छलफलमा माओवादीको अडान अस्वीकृत हुन्छ। २४ दलको बहुमतले राष्ट्रपति कदमको विधिवत् समर्थन गर्नेछ। त्यसले राष्ट्रपतिको असंवैधानिक कदमलाई समेत वैधानिकता दिनेछ। त्यस्तो हुन्छ भन्ने थाहा हुँदाहुँदै माओवादी छलफल गर्न तयार हुनु उसको हदैसम्मको लचकता हो। यादव कांग्रेसबाट राष्ट्रपति भएका हुन्। अतः राष्ट्रपतिको सम्मानको ख्याल उसैले बढी गर्नुपर्छ। दलहरुको बहुमतबाट राष्ट्रपतिको कदमलाई वैधानिकता दिने अवसरमा कांग्रेस बाधक बन्नु उसको नालायकी हो।
राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेट पेस गर्ने बेला भइसकेको छ। एक÷डेढ सातामा नीति तथा कार्यक्रम संसद्मा पेस भएन भने बजेट ल्याउन ढिलाइ हुनेछ। समयमै बजेट आउन सकेन भने सरकारको असफलताको दिन त्यहीँबाट सुरु हुन्छ। बजेट आउन सकेन भने त्यसको प्रमुख दोष कांग्रेसलाई जानेछ। वर्तमान सत्तारुढ गठबन्धनको डिजाइनर भएका नेताले पनि कांग्रेस सेनापति प्रकरणका कारण अवरुद्ध संसद् खोल्न एमालेभन्दा बढी जिम्मेवार हुनुपर्ने हो। तर उसको अनावश्यक हठले गतिरोध लम्बिइरहेको छ भने सडकमा राष्ट्रपतिको विरोध र असम्मान छताछुल्ल भइरहेको छ।
balaram@nagariknews.com
प्रधानमन्त्री माधवकुमार नेपालले गतिरोध अन्त्य गर्न माओवादी कांग्रेस र एमालेलाई राखेर पटकपटक छलफल गरेका छन्। उनको पहलले सार्थक रुप लिनसकेको छैन। संसद् चलाउन प्रधानमन्त्री र माओवादी दुवै लचिला भएका छन्। त्यसमा कांग्रेस बाधा बनिरहेको छ। उसकै अर्घेलोले संसद् सुचारु हुन नसकेको हो। सत्तारुढ गठबन्धनमा कांग्रेस सबभन्दा ठूलो दल हो। संसद्को गतिरोध अन्त्य गर्न एमालेजस्तै ऊ पनि जिम्मेवार हुनुपर्छ।कांग्रेसको नियत राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री नेपाललाई अप्ठ्यारो पार्ने होइन होला। तर उसको व्यवहारले दुवैलाई अप्ठ्यारो परिरहेको छ। माओवादी नेतृत्वको तत्कालीन सरकारले सेनापति रुक्मांगद कटवाललाई हटाएर सेनामाथि हस्तक्षेप गर्न खोजेको थियो भन्ने कांग्रेसको तर्क आफ्नो ठाउँमा जायज पनि होला। तर सेनापति हटाउन माओवादीले जस्तै कटवाललाई पुनर्बहाली गर्न राष्ट्रपतिले पनि संविधान मिचेका हुन्। राष्ट्रपतिको व्यावसायिक सेनामा माओवादीको हस्तक्षेप नहोस् भन्ने पवित्र उद्धेश्य थियो होला। तर उनले कटवाललाई जोगाउन चालेको कदमको व्यवस्था संविधानमा छैन। संविधानसभामा सबभन्दा ठूलो पार्टी माओवादीले सदन र सडकबाट राष्ट्रपति कदमको तीब्र विरोध गरिरहेको छ।