प्रमुख राजनीतिक दलका नेता संविधान निर्माणमा लागेका छन्। एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित संयन्त्र क्रियाशील भएको छ। दसैँ बिदाअघि संसदीय दलका नेताले संविधान निर्माणलाई गति दिने भन्दै दाहालको संयोजकत्वमा समिति गठन गरेका थिए। पछिल्लो समय दलहरूले देखाएको तदारुकताले केही आशा जगाएको छ। संविधान बनाउन दलहरू तातेका हुन् त भन्ने आशा मिश्रित प्रश्न जनमानसमा देखा परेको छ। साथै, संविधान सभाको म्याद थपिएको छ महिना र सरकारविहीनताको चार महिना पुग्न लाग्दासमेत केही प्रगति नहुँदा जनमानसमा दलहरूप्रति बढ्दो आक्रोश मथ्थर पार्नमात्र संविधान निर्माणको 'काम' देखाउन खोजेका हुन् कि भन्ने आशंका पनि गरिएको छ।
सत्ता राजनीतिको जोडघटाउबीच दलहरूले 'लोकतान्त्रिक' संविधान बनाउने उद्घोष गरेका छन् र त्यसको प्रमुख जिम्मेवारी माओवादी अध्यक्ष दाहाललाई सुम्पेका छन्। उनले संविधान सभाको ठूलो दलका नेता भएको जिम्मेवारीबोध गरे भने संविधान निर्माण अघि बढ्नेछ र आगामी जेठसम्ममा मुलुकले नयाँ संविधान पाउनसक्छ। यसकालागि, दाहालले कांग्रेस, एमालेलगायतका अरू दलसँग मूलतः माओवादीकै सर्तहरू बाझिएका सन्दर्भमा थप जिम्मेवार बन्न सक्नुपर्छ।
लामो समयदेखि थाती रहेको संविधान निर्माणले प्राथमिकता पाउनु सकारात्मक भए पनि शासकीय स्वरूप निर्धारणसम्बन्धी सबालको पछिल्लो बहसले दलहरूको द्वैध मानसिकता प्रर्दशन गरेको छ। एकातिर नेताहरू मतमतान्तर समाधान गर्ने तत्पर देखिएका छन् भने अर्कोतर्फ प्रमुख सबालमा विवाद यथावत् छ। शासकीय स्वरूप बारे ११ मध्ये नौ बुँदामा सहमति भएको छ। संख्याका आधारमा यो सहमति उल्लेख्य देखिन्छ तर शासनव्यवस्था, निर्वाचन प्रणाली र व्यवस्थापिका संसद्को ढाँचाका विषयमा विवाद थाती राखिएकाले यो सहमतिलाई ठूलो उपलब्धि भन्न मिल्दैन। नेताहरूमा समस्या समाधान गर्दे जाने क्रममा पनि कम महत्वका सबालमा लचक देखाएर जटिल विषयलाई सत्ता 'बार्गेनिङ'को अस्त्र बनाउने प्रवृत्ति बढी देखिएको छ। मुलुकको शासन व्यवस्थाको स्वरूप सत्ताका लागि भर्याङ बनाउन खोज्नु हुन्नथ्यो।
प्रधानमन्त्रीय पद्धति की राष्ट्रपतीय प्रणाली? प्रधानमन्त्री संसद्ले चुन्ने प्रत्यक्ष बालिग मतदानबाट भन्ने विषय अनुत्तरित नै छ। नेपाली कांग्रेस संवैधानिक राष्ट्रपति र संसद्बाट प्रधानमन्त्री चुनिने व्यवस्थाका पक्षमा छ। माओवादी कार्यकारी राष्ट्रपति र नाममात्रको प्रधानमन्त्रीको र नेकपा (एमाले) जनताबाट चुनिने प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा छन्। कांग्रेस र एमाले संवैधानिक राष्ट्रपतिको पक्षमा भए पनि प्रधानमन्त्रीबारे भिन्नता छन्। मधेसवादी प्रमुख दलहरू पनि कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएकाले राष्ट्रपतीय कि प्रधानमन्त्रीय प्रणाली भन्ने मूल प्रश्न जटिल हुने देखिन्छ। यस्ता जटिल विषयमा दलहरूबीच सहमति नभए संविधान सभाबाटै राष्ट्रपतीय वा प्रधानमन्त्रीय प्रणाली भन्न्ो प्रश्नमा मतदान गरेर समाधान निकाल्न सकिन्छ।
मूल प्रश्न मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणाली स्थापना हुन्छ कि हुदैन भन्ने हो। लोकतान्त्रिक संविधान भन्नेबित्तिकै लोकतान्त्रिक पद्धति, परम्परा र अभ्यासका विषयसँगै आउँछन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुँदैमा लोकतान्त्रिक अभ्यास हुन्छ वा हुन्न भन्न मिल्दैन। शासन प्रणालीमात्रले लोकतान्त्रिक अभ्यासको प्रत्याभूति हुने होइन। प्रमुख पात्रहरूको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धता पनि उत्तिकै प्रमुख हुन्छ। माओवादीले बहुदलीय प्रतिस्पर्धा र लोकतन्त्रका आधारभूत मान्यतामा प्रतिबद्धता जनाए पनि बहुमतको शासन विरोधी व्यवहारले प्रशस्त शंका उब्जाएको छ।
तत्कालीन सात राजनीतिक दलबीचको सात बुँदे समझदारीमा लोकतान्त्रिक व्यवस्थाको पछाडि कोष्ठभित्र अंग्रेजीमा 'डेमोक्रेसी' भन्ने शब्द लेखिएको थियो। अंग्रेजीमा डेमोक्रेसी लेख्नुपर्ने कारण जंगलबाट खुला राजनीतिमा प्रवेश गरेको माओवादीको हिंस्रक छवि व्याप्त थियो। डेमोक्रेसीले वाक स्वतन्त्रता, मौलिक हकहरू, संवैधानिकता, प्रेस स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारहरू अर्न्तनिहित हुन्छन्। हतियारधारी माओवादी र संसदीय फाँटका दलहरूले लोकतन्त्रको आआफ्नै अर्थ लगाउने खतरा देखेर दिल्लीले 'डेमोक्रेसी' लेखिदिएको थियो, त्यसबेला। दिल्लीले लेखिदिएको 'डेमोक्रेसी' मा महत्वपूर्ण राजनीतिक उपलब्धि भएका छन्। तर, लोकतन्त्रविरुद्धका चुनौती अझै समाप्त भएका छैनन्। लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु हतियारको राजनीति नेपालमा अझै जीवित छ।
माओवादीले छापामारलाई नै प्रमुख राजनीतिक आधार ठान्दै आएको छ भने माओवादीइतर दलहरू जर्नेलहरूले लोकतन्त्रको रक्षा गर्ने सपना देख्दैछन्। माओवादी 'जनयुद्ध' टंुगोमा पुर्याउन नसक्ने ठानेरै खुला राजनीतिमा संझौता गर्न आएका हुन्। तत्कालीन शाही नेपाली सेना राजतन्त्रको भारी थाम्न नसक्ने निचोडमा पुगेपछि मात्र लोकतन्त्रको बाटोमा आएको वास्तविकतालाई यति चाँडो भुल्न मिल्दैन। शासकीय स्वरूपको विवादमा भन्दा माओवादी लडाकुको व्यवस्थापन कसरी गर्ने र राजनीतिमा सेनाको भूमिका कसरी न्यून बनाउने भन्ने प्रश्नमा दलहरू गंभीर हुनु आवश्यक छ।
माओवादीले जातीय आधारमा मुलुकलाई चिरा पारेको र मधेसवादी दलले सिंगो तराईलाई मधेसी अस्त्र बनाएको सन्दर्भमा अरू दलमा उदारता आवश्यकता छ। संघीयताबारे विज्ञ आयोग बनाउने माओवादी, काग्रेस र एमालेको पछिल्लो सहमति मधेसवादी दलको विरोधका कारण कार्यान्वयन हुनसकेको छैन। सत्ताको गणितमा मधेसवादीको निर्णायक महत्व राख्छन्। संघियताबारे विशेषज्ञ आयोग बनाउने सहमतिमा बाधा पुर्याउनु राजनीतिक इमान्दारी होइन। राज्य पुनर्संरचना आयोग बन्न सक्यो भने संविधान निर्माणप्रति दलहरू प्रतिबद्ध भएका संकेत दिनेछ।