पुरानो सत्ता ध्वंस गर्न आफ्नै सेना, सरकार, अदालत र कारागारको अभ्यास गरिसकेको माओवादी पुरानो सत्ताको सेनापति प्रकरणसम्म आइपुग्दा संकटमा परेको छ। हिजो राजतन्त्रका विषयमा बहस भएन। सेनापतिका विषयमा त्यही अवस्था सिर्जना भएको छ। हिजो माओवादीको नारा र एजेन्डाले राजतन्त्र जसरी घेरियो त्यहीे जालोमा यतिबेला माओवादी आफैँ परेको छ भन्दा अत्युक्ति नहोला। दलहरू राष्ट्रपतिले १८ दलको घोषित आग्रहमा चालेको कदमबाट पछाडि हट्न कठिन छ। माओवादी पनि पछाडि हट्नसक्ने अवस्था देखिँदैन। सेनापति प्रकरणमा पछाडि हट्दा इन्डोनेसिया दोहोरिने शंका माओवादीले गरेको हुनसक्छ।
सैद्धान्तिक तथा वैचारिक दृष्टिबाट हेर्दा माओवादीलाई अबको चुनौती ‘पुरानो राज्यसत्ता'को सेना र अदालतमात्र देखिन्छ। बाह्र बुँदे सम्झौतादेखि संविधान सभा निर्वाचन र गणतन्त्र घोषणासम्म आइपुग्दा माओवादी शक्तिशाली सेनासहितको दलकारूपमा उपस्थित छ। अर्कोतर्फ माओवादीइतर राजनीतिक दलको अत्यन्त कमजोर उपस्थितिले सेनाको आड र भरोसा खोज्नु पनि स्वाभाविकै हो। यति बेलाको लडाइँ माओवादीले दलहरूलाई आफ्नो कित्तामा लैजाने या दलहरूले माओवादीलाई आफ्नो कित्तामा तान्ने सबालमा हो। सतहमा यो विषय सामान्य देखिएपनि भित्रीरूपमा राज्यसत्तामा पकडको प्रश्न हो।
माओवादीले भन्दै आएको छ, हामी नौ महिना सत्तामा होइन सरकारमा गएका थियौँ। यसबाट स्पष्ट हुन्छ, सत्ता भनेको सेना, प्रहरी, अदालत, कारागार हो । अझ सेना नै सत्ताको महत्वपूर्ण अंग हो। त्यसैले यतिबेला देखिएको सरकार माओवादी द्वन्द्व सामान्य होइन।
राजतन्त्रको विषयलाई अन्तर्राष्ट्रिय घेराबन्दीबीच बहसको विषयै बन्न दिइएन। त्यस्तो अभ्यास सेनापति प्रकरणमा सम्भव देखिँदैन। गणतन्त्रको घोषणापछि नेपालको राजनीतिक शक्ति सन्तुलनमा राजतन्त्रको भूमिका अन्त्य भयो। त्यसपछि अन्तर्राष्ट्रिय समुदायले नयाँ शक्तिको खोजी गर्दा माओवादी केन्द्र बन्न पुगेको छ। यस अवस्थामा नेपालको स्थायी शक्तिका रूपमा राजतन्त्रलाई हेर्दै आएको छिमेकी चीनले नयाँ शक्तिको खोजी गर्दा माओवादी अग्रभागमा पर्नु अस्वाभाविक होइन।
राजतन्त्रलाईजस्तो माओवादीलाई अन्तर्राष्ट्रिय घेराबन्दी गर्न सहज छैन। गणराज्य घोषणादेखि नयाँ सत्ताको अभ्याससम्मले उसले तलैदेखि राज्य सत्ता कब्जा गर्दै केन्द्रभागमा आइपुग्न सक्ने देखिन्छ।
यस अवस्थामा माओवादीको अबको संघर्ष शान्तिपूर्ण तर हस्तक्षेप कार्यक्रममा आधारित हुनसक्छ। कारण, अब सशस्त्र युद्धमा फर्कँदा इन्डोनेसिया दोहोरिनेमात्र होइन खतरनाक गोलचक्करमा फस्ने जोखिम छ। त्यसले उसको अबको संघर्ष शान्तिपूर्णरूपमा राज्यसत्ता कब्जा गर्नुका केन्द्रित हुन्छ भन्दा फरक पर्दैन।
माओवादी सामु अहिले तीन प्रकारको वैचारिक समस्या उपस्थित छ। वैचारिकरूपमा पुरानो सत्तालाई ध्वंस गर्ने नाममा घोषित १३ हजार र अघोषित हजारौंको रक्तपातपछि नयाँ एमाले बन्न सहज देखिँदैन। सैद्धान्तिकरूपमा एक्काईसौं शताब्दीको जनवाद भने पनि मदन भण्डारीको बहुदलीय जनवाद नजिक आएको माओवादीलाई भण्डारीले जस्तै संसदीय धारमा डोर्याउन भने कठिन छ। तर बाह्र बुँदे दिल्ली सम्झौता त्यही बाटोमा जाने प्रतिबद्धता जनाएर गरेको थियो। अर्काेतर्फ सैन्य संरचना यथावत् रहेको छ। यस अवस्थामा कार्यकर्ता पंक्तिलाई राज्यसत्तामा पुराना तरिकाबाट होइन शान्तिपूर्ण जनसंघर्षद्वारा नयाँ प्रकारले हस्तक्षेप गर्ने नीतिमा प्रशिक्षित गरिरहेको पाइन्छ। त्यस्तै विश्व समुदायबीच उसले आफूलाई प्रजातान्त्रिक सुधारवादको पक्षमा रहेको सन्देश दिन खोजिरहेको छ। छिमेकी मुलुक चीनलाई राष्ट्रवादी शक्तिका रूपमा अघि बढ्न खोजेको सन्देश दिएर विश्वासमा लिन खोजेको छ।
वैचारिकतामा रहेको यही त्रिपक्षीय विरोधाभाषबीच माओवादीले बहुदलीयता मान्छौँ तर संसदीय व्यवस्था मान्दैनौ भनेको छ। हिजो जसको पहलमा बाह्र बुँदे सम्झौता गरिएको थियो आज उसले पनि कूटनीति पहल जारी राखेको छ। अर्कोतर्फ माओवादीको ‘विदेशी प्रभु' हस्तक्षेप अस्वीकार गर्ने नीति देखिन्छ। विश्व समुदायलाई भने माओवादीले क्रान्तिकारी होइन वैदेशिक हस्तक्षेप विरोधी राष्ट्रवादी पार्टीका रूपमा अवतरण भइरहेको सन्देश दिन खोजिरहेको देखिन्छ। यिनै कारणले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिसहित छिमेकी पनि विश्वस्त हुन सकिरहेका छैनन्।
यति हुँदाहुँदै पनि यथार्थ के हो भने माओवादी बलियो शक्तिका रूपमा प्रकट भइसकेको छ। आज ऊसँग क्यान्टोन्मेन्टका १९ हजारमात्र होइन लाखौं युवा संघर्षको पाठशालाबाट वैचारिकरूपमा प्रशिक्षित बनेर लामबद्ध भएकाछन्। यस अवस्थामा दुईवटा सेना राखेर निर्वाचनमा जाँदैमा आफ्नो सैद्धान्तिक र वैचारिक पहिचान गुमाइसकेका राजनीतिक दलसँग माओवादीलाई आफ्नो कित्तामा ल्याउने सामर्थ्य देखिँदैन। जहाँसम्म छिमेकी मुलुकहरूको प्रश्न हो प्रभुत्व बाह्य होइन आन्तरिक नै हुन्छ। यो इरानमात्र होइन ल्याटिन अमेरिकाका ह्युगो चाभेजदेखि क्युवाका फिडेल क्यास्ट्रोसम्मले सिद्ध गरेकै छन्।
अफगानिस्तानमा राजतन्त्रको अन्त्यसंगैको अतिवादीको उदय भयो। पेरुमा अल्बर्टो फुजीमोरी मानव अधिकार हननमा सजाय भोग्दैछन्। अन्तर्राष्ट्रिय शक्तिको आड आन्तरिक शक्ति बलियो हुने होइन भन्ने उदाहरण त नेपालको राजतन्त्र नै छ। यस स्थितिमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवका शब्दमा ‘मक्का'का रूपमा दिल्लीको तीर्थयात्राले मुक्ति दिने आशा राख्नु कति उचित होला? कास्मिरका कारण गृहयुद्ध भोगिरहेको र ४० वर्षदेखिको वैचारिक जगमा उठेेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को जनयुद्धको सामना गरिरहेको दिल्ली आफैँ कहाँ उभिएको छ?
आन्तरिक शक्ति सन्तुलनको स्थिति र अन्तर्राष्ट्रिय शक्ति तथा छिमेकीका राष्ट्रिय सुरक्षा स्वार्थको टकराहट हेर्दा हाम्रो भविष्य अनिश्चित् बन्दै गएको देखिन्छ।