एमालेमा नयाँ लहर
०३ कार्तिक २०६७
•
१३ मिनेट पाठ
एमालेमा नयाँ लहर
धनजिते दाउरा काट्न वन गएको थियो। त्यहाँ उसको कालसँग भेट भएछ। दुई जनाले मितेरी लगाएछन्। धनजितेलाई यमदूतदर्शक यन्त्र मितेरी सौगात दिएर काल बाटो लागेछ। यमदूतदर्शक यन्त्र विचित्रको थियो। त्यस यन्त्रबाट हेर्दा बिरामीको सिरान वा गोडानेर यमदूत देखिन्थे। बिरामीको गोडानेर यमदूत उभिएको देखे धनजिते औषधि दिएर निको पार्दोरहेछ। सिरानमा यमदूत उभिएको देखेमा बिरामी मर्ने ठोकुवा गर्दोरहेछ। धनजितेका भविष्यवाणी सत्य भएपछि उसले औषधि गरेर थुप्रै सम्पत्ति। धनजिते १ सय २० वर्षको उमेरमा आफैँ बिरामी भएछ। पहिलो पटक यमदूतदर्शक यन्त्रबाट हेर्दा आफ्नै सिरानमा यमदूत उभिएको देखेर ऊ झस्कियो। त्यसपछि उसले एउटा जुक्ति रचेछ। बिस्तारै खुट्टातिर टाउको फर्काएछ। यन्त्रबाट हेर्दा भने यमदूत सिरानमै देखिएछन्। तैपनि उसले हार मानेन र टाउको र खुट्टा घुमाउँदै आफूलाई हेर्ने गरिरहेछ। यमदूतलाई छलेको भ्रममै धनजिते मरेछ।

संविधान सभाको चुनावमा नेकपा (एमाले) अप्रत्याशित र आश्चर्यजनक परिणामको भागिदार बनेपछि युवा पुस्तामा नेतृत्वप्रति विश्वास घटेर विकल्प प्रदान गर्ने आँट र संगठित हस्तक्षेपको उभार आयो। कथित संस्थापन पक्ष भनेे यमदूतबाट बच्न्ा धनजितेले खुट्टा घुमाएकै बठ्याइँ गर्दै गयो। आँट र ढाँट, निष्ठा र कुण्ठा, काम गर्ने र कान भर्ने, मुठ्ठी कस्ने र चिल्लो घस्ने, ओखर र पाँगर, कोइली र कागबीचको द्वन्द्व एमालेभित्र पेचिलो बन्दै गयो। सबैभन्दा चाँडो उद्वेलित हुने युवा विद्यार्थीलाई माध्यम बनाएर त्यो द्वन्द्व सतहमा प्रकट भएको छ।
बुटवल महाधिवेशनमा राजनीतिक फुटबलको एक गोल खाएको जनताको बहुदलीय जनवाद रक्षक बटालियन युवासंघ, नेपालको लहान सम्मेलन र अनेरास्ववियुको जनकपुर सम्मेलनमा दुई गोल फर्काउन सफल भएको छ।
प्रतिस्पर्धामा पनि निषेधको अंश हुन्छ। डिम्बमा सबै शुक्राणुलाई स्थान हुँदैन। प्रतिस्पर्धामा अग्रता लिनेले मात्र जीवन प्राप्त गर्छ । अरूले संभावनाको ढोकानेर पुगेर पनि अस्तित्वबाट हात धुनुपर्छ। नेपाली जनताले पनि एउटा कम्युनिस्ट पार्टीलाई मात्र थेग्नसक्ने देखिएको छ। लामो समयसम्म एमालेको प्रभुत्व भए पनि केही समयका लागि खहरेले कर्णालीको वेगलाई प्रभावित पारेझैँ एनेकपा (माओवादी)ले चुनौती दिइरहेको छ। जबजको सच्चा हिमायती युवा पुस्ता मदन भण्डारीले नेपाली जनतालाई नासोका रूपमा छाडेको एमालेलाई बचाउन दृढ संकल्पित देखिएको छ। माओवादीलाई मित्रशक्ति भनेर युवा वर्गलाई ऐठनमा पार्ने परपार्टी मोह र उग्रवामपन्थलाई युवा विद्यार्थीले प्रस्तुत गरेको ‘ल हान' र ‘दनकपुर'को मारमुग्रीले नेपालको लोकतन्त्र, सदाचारको राजनीति र शान्तिपूर्ण, अग्रगामी रूपान्तरणको अभियानमा अनुकूलताको बहार ल्याएको छ। एमालेभित्रको पिपलपाते मोर्चालाई खबरदारी गर्दै भनेको छ- या त ढाँटी होइन खाँटी एमाले भएर बस, नत्र गुन्टा कस।
पार्टीले भातृसंगठनहरूसँग गर्ने व्यवहार बाबुले छोराको पालन पोषण, विद्याआर्जन र विवाह गरी दिनुजस्तो हुने गर्छ। तर लाहान र जनकपुरमा पार्टीका शीर्ष हस्तीको हर्कत लमी वा जन्ती हुनुमा सीमित रहेन नाति वा नातिनीसमेत आफैँ जन्माउने प्रकृतिको रह्यो। सभासद, मन्त्री, प्रधानमन्त्री र अन्य पार्टीका प्रमुखले भेटका लागि समय माग्दा दस दिनपछिको समय दिएर सम्मेलनका प्रतिनिधिसँग गुटका लागि हस्तीहरूले भोट मागेको देख्दा जनकपुरधाममा देवीदेवताका मूर्तिले पनि लाजले जीब्रो टोके होलान्।
सम्मेलन सार्ने र समय लम्याउने प्रयास, स्वयंसेवकको नियुक्ति र खारेजी, व्यवस्थापकीय नालायकी, स्थलको छनोटलगायतका कसरत धनजितेको खुट्टो घुमाइ सरहकै रहे। के गर्नु? दरैलाई सारो व्यथा लाग्दोरहेछ। रामकुमारी झाँक्रीको उदय र उठान जितको अवतरण तथा बैठान दमदार तथा ओजस्वी हुन सकेन। समर्थक र शुभेच्छुकको दलबलसहितको बहिर्गमन कार्यकालको सफलता होइन। नेतृत्व प्राप्त गर्नुको अर्को नाम बेइमानी गर्नसक्ने ठाउँमा पुग्नु पनि हो। अब बेइमान गर्ने ठाउँमा इमान्दार उभिने कठोर अग्निपरीक्षामा नवनिर्वाचित अध्यक्ष माधव ढुंगेल र महासचिव किशोरविक्रम मल्ल उभिएका छन्। झिनो मतले पराजित अर्को समूहको मर्म र संवेदनशीलताको बोध, सफलताबाट पैदा हुने अहं, उन्माद र अवसरको कुशल व्यवस्थापन नयाँ नेतृत्वको कसी हुनेछ। अखिलको ऊर्जा लोकतन्त्रको रक्षाका लागि रक्षाकवच हो। रमिते र अराजक समूहलाई रक्षात्मक बनाउँदै सचेत र जुझारु जनमत निर्माण गर्ने युगले युवा र विद्यार्थीलाई सुम्पिएको दायित्व अनेरास्ववियुको जितले जति पूरागर्न सक्नेछ त्यति नै सुनौलो इतिहास निर्माणका लागि अनुकूल हुनेछ।
गुटबन्दीलाई जति धिक्कारे पनि बिजुलीमा दुई तार हुन्छन्, पार्टीमा दुई धार हुन्छन्। लेनिन, स्टालिन, माओ, पुष्पलाल, सीपी, झलनाथ, मदन, माधव सबैका पालामा गुट थिए, आज छन् र भोलि रहने छन्। शरीरमा मुटु र पार्टीमा गुट आन्तरिक तर महत्वपूर्ण अवयव हुन्। फरक यति हो सक्षम र सत्पात्र शक्तिमा पुग्दा सबैलाई समेट्न जान्छन् र सकसमा पर्दा सम्हालिन्छन्। नोकरशाही घुनहरू भने नेताको कुर्सीमा बसेर जागिर खान्छन्, पद प्राप्त गर्न वा रहिरहन मरिहत्ते गर्छन्। महानायकको सद्गुण हुनेले मात्र प्रतिकूलतामा पनि आफ्नो सुन्दर भविष्य सुरक्षित देख्छ। पार्टी र जनता, कार्यकर्ता र नेताबीचका अदृश्य पर्खाल भत्काउने र सेतु बाँध्ने सत्प्रयास गर्ने दूरदर्शी राजनेता गुट नायकमा सीमित रहँदैन। इतिहासको माग बुझ्नसक्ने अखिलका लालहरू अब गणेशपन्थीका काल र कर्मठ कुमारका आशाको दियो बनेर आएका छन्। न्यायको स्थापना गर्न, ऊर्जा र उत्प्रेरणाको आँधीबेहरी ल्याउन बलियो गुट चाहिन्छ। जुटको रक्षा र टुटेको एकता गाँस्न पनि सत्पात्रहरूको वर्चस्व भएको गुट चाहिन्छ। अखिलले गरेको पछिल्लो लोकतान्त्रिक अभ्यास र परिणाम सत्यको जगमा उभिएको छ।
चुनावको जितहार गौण विषय हो । महत्वपूर्ण त नयाँ पिँडीको मति, गति र सरस्वतिको स्तर हो। नेपाली समाजमा अत्यासलाग्दो गरी देखिएको अल्छीपन, आवारापन र दादागिरीको अन्त्य गर्ने सामर्थ्य युवा विद्यार्थीको आस्थाको पुंज अनेेरास्ववियुसँग छ भन्ने सत्य जनकपुरमा प्रकट भएको छ। युवावर्गको सचेत हिस्सा समयको इसारा बुझ्ने क्षमतायुक्त छ। कुरा सुन्ने, अध्ययन गर्ने, चिन्तन मनन गर्ने, व्याख्या विश्लेषणमा झुम्मिने, तर्क र तथ्यको आधारमा निष्कर्षमा पुग्ने विवेक भएको यही युवा पिडीले नै नेपालको ग्रहदशा टार्नेमा शंका छैन। एमालेभित्रको दर्ताचलानी युगको समाप्ति पनि यही पुस्ताले नै गर्नेछ र लोकतन्त्रवादीले खाएको धक्कालाई अस्थायी प्रकृतिको पार्नेछ।
युवाविद्यार्थीको काँधमा हिमालय छ। त्यसैले न आत्तिनु छ, न मात्तिनै हुन्छ। बाह्रै महिना उकालीओराली गर्दा पनि भोकमरी र महामारीको भागीदार पहाड, जलडुबान, इन्धन अभाव र धुले सडकको यातना खेपिरहेको तराई, धन र ज्यानको सुरक्षा महसुस गर्न नसकिरहेको सहर, युवा पलायनको मार खेपिरहेका ग्रामीण बस्ती युवा विद्यार्थीका आफ्नै पीडा र दायित्व हुन् र हुनुपर्छ। अब अखिल र युवा संघ अपहरण, लुटपाट, हत्या र भ्रष्टाचार विरुद्धको आन्दोलनको नायक हुनुपर्छ।
सुरवीरहरू आफ्नै सौर्य, विवेक, इमान र साधनाले आफ्नो भाग्यरेखा कोर्छन्। कसैको आकार घटाउन होइन जनताले लिने परीक्षणको विषय भएर नै महेश बस्नेत र माधव ढुंगेलको जोडी खरो उत्रिएको हो। मदन भण्डारी र सीपी मैनालीको पुस्ताले मिल्न नसक्ने पुष्पलाल, तुल्सीलाल, मनमोहन मोहनविक्रम, मोहन वैद्यहरूको पुस्तालाई म्याद गुज्रेको औषधि बनाएझै अब पनि मिल्न नसकेको खण्डमा एमालेका शीर्ष हस्तीलाई राजनीतिक ‘रेडकार्ड' थमाउनुको विकल्प छैन। युवा वर्गमा आएको यो उल्ाटफेरको सदुपयोग गरी पार्टीसत्ता र राज्यसत्ताले चपाएका अनुहारको खोजी गरिनुपर्छ। आत्महत्या नगर्दासम्म दिगिन्द्र राजवंशीको हुन् भनी थाहा नपाउने कृतघ्नता कायम रहेसम्म कामचोर र तरमार्नेको जगजगी समाप्त हुने छैन। रगतको आँसु पिउने बानी परेका, निरन्तरको हार खेप्नुपर्दा काँधी लागिसकेका र अपमानको घुट्का निल्न निपूण संगठकहरूको यो विजय ऐतिहासिक भ्ाए पनि स्थायी होइन। सफलताको चरित्र चंचल हुन्छ। विजयश्री बचाइराख्न सावधान हुनुपर्छ।
अर्को समाचार
दाहाल भन्छन्- नेकपामा लहर चल्यो, एमालेमा पहिरो जान सक्छ
२८ पौष २०८२
•
१ मिनेट पाठ
दाहाल भन्छन्- नेकपामा लहर चल्यो, एमालेमा पहिरो जान सक्छ
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संयोजक दाहालले एमाले लगायतका पार्टीहरू परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको भन्दै अब केही समयपछि यो लहर ‘पहिरो’ मा परिणत हुने टिप्पणी गरे।

‘नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ। धेरै नै ठूलो लहर चलेको छ र सायद केही समयपछि पहिरो नै जाने स्थिति पनि देखिएको छ, एमालेमा,’ दाहालले भने, ‘सयौंको सङ्ख्यामा एमाले परित्याग गरेर व्यक्तिगत र सामूहिक रूपमा प्रवेश गर्ने क्रम देशव्यापी रूपमा चलेको छ।’

सुरुमा १० वटा कम्युनिस्ट तथा क्रान्तिकारी समूहहरूबीच एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी स्थापना गरिएको स्मरण गर्दै दाहालले अहिले त्यो सङ्ख्या बढ्दै गएको बताए।

‘त्यो क्रम बढ्दै जाँदा सङ्ख्या गन्न पनि दिनदिनै गनिराख्नुपर्ने जस्तो हुन थाल्यो। हामी १७ वटा पार्टी पुगिसकेका थियौं, आज फेरि दुईवटा अलग-अलग समूहहरूसँग पनि एकतामा गाँसिएका छौं,’ उनले थपे।

दाहालले नागरिक उन्मुक्ति पार्टीको प्रसङ्ग कोट्याउँदै एउटै जिल्लामा ९९ जना जनप्रतिनिधि भएको शक्ति पनि एकता प्रक्रियामा सामेल हुनुले नयाँ सन्देश प्रवाह गरेको दाबी गरे।

उनले विभिन्न विचार मिल्ने समूह, सांस्कृतिक पक्ष र समुदायसँग अन्तरसंवाद गर्दै पार्टी एकताबद्ध भएर अघि बढेको जिकिर गरे।

आगामी दिनमा राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर थप पार्टी ध्रुवीकरणको सन्देश दिने तयारी भइरहेको समेत उनले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस