नेपाली टोली सिंगापुरमा मंगलबार सम्पन्न एसिसी यु-१९ महिला क्रिकेट उपाधि जोगाउन सफल भएको छ। सन् २००७ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपाली महिला टोलीले यसअघि सन् २००८ को खेलमा पनि उपाधि जितेको थियो। प्रतियोगिताको फाइनलमा नेपालले भुटानमाथि ५ विकेटको जित हासिल गरेको थियो।
यो जितसँगै नेपाली टिमले यस प्रतियोगितामा लगातार १३ वटा खेलमा विजय प्राप्त गरेको छ। नेपालले प्राप्त गरेको यो उपलब्धि चानेचुने होइन। नेपाली टिमको अहिलेसम्मको प्रदर्शनमा एक किसिमको एकरूपता र आत्मविश्वासका साथै परिपक्वता देखिएको छ। यसले भविष्यमा नेपाली महिला टिमलाई व्यावसायिक क्षेत्रमा भित्रन र अगाडि बढ्न मदत पुर्याउने छ। यस प्रतियोगिताका क्रममा नेपाली टिमले आफ्नो योगफल जोगाउनुका साथै विजयी लक्ष्यलाई पनि भेट्टाएको छ। साथै, नेपाली महिला टोली क्रिकेटको दुवै मुख्य पक्ष बलिङ र ब्याटिङमा सक्षम रहेको साबित गरेको छ।
क्रिकेट विविधतायुक्त खेल हो। यसमा सफलता हासिल गर्न ब्याटिङका साथै बलिङ र क्षेत्ररक्षणको पनि उत्तिकै भूमिका हुन्छ। तिनवटै क्षेत्रमा बलियो भएमात्र टिम सन्तुलित र सफल बन्नसक्छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको तीन वर्षभित्र प्राप्त सफलताले यो टिम निकै सन्तुलित रहेको प्रमाणित भएको छ। तीन वर्षको अवधि कुनै खेललाई राम्ररी बुझ्न पनि पर्याप्त हुँदैन। यस्तै एउटा टिमका रूपमा स्थापित हुन पनि लामो समय आवश्यक हुन्छ। अझ अन्तर्राष्ट्रिय स्तरमा सफलता आर्जित गर्न त लामो समयसम्मको अभ्यास र कडा प्रशिक्षण र नियमितता आवश्यक हुन्छ। नेपाली टोली भने यस अवधिभित्र एउटा स्थापित टिम बन्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि विजयी भएको छ।
अहिलेसम्म नेपाली टिमले प्रतिद्वन्द्वीमाथि हासिल गरेको जितको अन्तर हेर्ने हो भने अझ केही समयसम्म कुनै पनि प्रतिद्वन्द्वी नेपाली टिमलाई चुनौती दिनसक्ने स्थितिमा देखिएका छैनन्। तर भुटानजस्तो क्रिकेटका लागि नौलो नामले समेत प्रतियोगिताको फाइनलमा पुगेर एसियाली क्रिकेटको ध्यान आकर्षित गर्न सफल भएको छ।
यसको अर्थ नेपाली क्रिकेट यथास्थितिमा बसे पनि हुन्छ भन्ने चाहिँ होइन। बरु, यो सफलता आफैँमा चुनौती पनि हो। यो चुनौती हो - उपलब्धिलाई कायम राख्दै भविष्यमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता टेस्टस्तर प्राप्त एसियाली महिला टिमविरुद्ध मैदानमा ओर्लने। तर यो चुनौती खेलाडीका लागि नभएर नेपाली क्रिकेटको हो, नेपाल क्रिकेट संघ (क्यान)को हो। नेपाली टिमले अहिलेसम्म प्राप्त गर्दै आएको सफलताको अर्को पाटो हेर्ने हो भने त्यस चुनौतीलाई छर्लङ्ग देख्न सकिन्छ।
नेपाली महिला क्रिकेटमा प्रतिभाको कमी छैन। उनीहरूको प्रतिभालाई परिष्कृत गर्दै लैजाने हो भने टेस्ट स्तर प्राप्त टिमलाई कडा चुनौती दिनसक्नेमा दुई मत नहोला। प्रतिभा परिष्कृत गर्न खेल गतिविधि नियमित हुनु आवश्यक हुन्छ। त्यो गतिविधि भनेको अभ्यास प्रशिक्षण र आन्तरिक एवंं वाह्य प्रतियोगिता हो।
नेपाली टिमले प्राप्त गरेको सफलताको कारण हाम्रा खेलाडीको क्षमताका साथै विपक्षी टिम कमजोर हुनु पनि हो। वास्तवमा थाइल्यान्ड, हङकङ, सिंगापुर, मलेसियाका पुरुष टिमको आधारका रूपमा भारत, पाकिस्तान र श्रीलंकाका खेलाडी रहँदै आएका छन्। यी राष्ट्रलाई न त क्रिकेटले चिनेको थियो, न त यीनले क्रिकेटलाई चिनेका थिए। यस्तोमा महिला क्रिकेटको स्थिति कस्तो होला भन्ने त सहजै अनुमान लगाउन सकिन्छ। तर भारतसँगको खुला सीमाका कारण क्रिकेट नेपालका लागि अपरिचित थिएन। हो, यसलाई व्यवस्थितरूपमा अगाडि बढाउने काम लामो समयसम्म भएन। क्रिकेटप्रतिको नेपालको त्यही चिनारीले विगतमा नेपाली पुरुष र अहिले महिला टिमलाई फाइदा भएको छ।
अन्य राष्ट्रहरू आफ्नो साधन र स्रोतको राम्रो उपयोग गर्दै यस खेलमा अगाडि बढीरहेका छन्। हामी भने आफ्नो पुरानो आधारमै अगाडि बढ्ने प्रयास गरिरहेका छौँ। आवश्यक साधन र स्रोतको अभावमा पुरानै आधारका बलमा अन्तर्राष्ट्रिय क्रिकेटमा अगाडि बढ्न सम्भव छैन। त्यसैले उपलब्ध साधन र स्रोतको प्रयोग गरेर हामीले क्रिकेटको संस्थागत विकास गर्नुपर्छ।
अन्तर्राष्ट्रिय सफलतालाई कायम राख्न अब नेपालले घरेलु क्रिकेटमा जोड दिनु आवश्यक छ। त्यसका लागि कम्तीमा हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको मैदानको निर्माण गर्नुका साथै योग्य प्रशिक्षक, अधिकारी एवं निर्णायकको विकासमा जोड दिनुपर्छ। त्यसबाहेक घरेलु क्रिकेटको स्वरूप खोजेर कार्यतालिकाअनुसार अगाडि बढ्नु आवश्यक हुन्छ।