कांग्रेस महाधिवेशनको सन्देश
२४ असोज २०६७
•
१५ मिनेट पाठ
कांग्रेस महाधिवेशनको सन्देश
पंचायतकालमा प्रहरीको चरम यातना सहेर र माओवादीको गोली छातीबाट पसेर काखीबाट निक्लँदा पनि बाँचेकाले ‘जिउँदा सहिद' कहलिएका स्याङजाका खगेन्द्र रेग्मीले पनि नेताको ‘प्यानल'मा वा कार्यकर्ताको मनमा ठाउँ पाएनन्।




नेपाली कांग्रेसको बाह्रांै महाधिवेशन समाप्त भएको छ। कार्यकर्ताको भावना र शुभेच्छुकको चाहनाअनुसार कांग्रेसको गाउँ, नगर वडादेखि केन्द्रसम्मको सांगठनिक स्वरूप निर्माण भएको छ। यस महाधिवेशनले संगठनलाई जीवन्त बनाउने विश्वास कांग्रेसका शुभचिन्तकले गरेका छन्। हुनत, यो एकताको महाधिवेशन हुने र पार्टिभित्र गुट उपगुटको अन्त्य भएर भावनात्मक एकता हुने पनि विश्वास लिइएको थियो। समूह घोषणा गरेर निर्वाचनमा जाँदा भावनात्मक एकता नारामा सीमित भएको छ। एकताको महाधिवेशन भनिए पनि यसमा देखिएको गुटबन्दीले कांग्रेसमा कस्तो प्रभाव पर्ला अहिल्यै केही भन्न सकिँदैन। महाअधिवेशन नयाँ कार्यसमिति चुनेर समाप्त भएको छ। निर्वाचनमा केबी गुरुडबाहेक अरू यो वा त्यो समूहमा परेका उमेदवारको मात्र विजय भएको छ। यति चर्को गुटबन्दीको पनि पहिलो अभ्यास भएकाले अब कांग्रेस कस्तो होला अनुमान गर्न कठिन छ।
नेपाली कांग्रेसको विधानले पार्टीलाई पूर्ण समावेशी र कार्यकर्तालाई अधिकार सम्पन्न बनाएको छ। यो विधान बनाउन पंक्तिकार पनि संलग्न थियो। विधान बनेपछि भएको सबै तहको अधिवेशनले पार्टीलाई पूर्ण समावेशी बनाएको हो। सबै जात, वर्ग ,लिङ्गको प्रतिनिधि संस्थाका रूपमा कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्ने आशा सबैले गरेका छन्। विधानले कार्यकर्तालाई अधिकार सम्पन्न पनि बनाएको छ। अब कांग्रेसका कार्यकर्ता निगाहमा बाँच्नपर्ने अवस्था छैन। सबै कार्यकर्ता अधिकार सम्पन्न भएका छन्। कार्यकर्ताले चाहे भने कसैलार्ई पनि धुरीमा वा जमिनमा पर्‍याउन सक्छन्। यो नेपाली कांग्रेसको विधानमा भएको लोकतन्त्रीकरणको योगदान हो।
चक्र बास्तोलादेखि तारानाथ रानाभाटसम्म, यो लेखकदेखि विनयध्वज चन्दसम्म, रामकृष्ण ताम्राकारदेखि शुक्रराज शर्मासम्मको पराजयले कार्यकर्तालाई मन नपरे नेताले इतिहास जपेरमात्र नपुग्ने साबित भएको छ। कार्यकर्तालाई मन नपरे अब नेता हुन पाइँदैन। पंचायतकालमा प्रहरीको यातनाले सासमात्र बाँकी रहेका स्याङजाका नेता खगेन्द्र रेग्मी पनि चुनावमा हारे। माओवादीले हानेको गोली छातीबाट पसेर काखीबाट निक्लदा पनि बाँच्न सफल रेग्मीलाई सबैले ‘जिउँदा सहिद' भनेर मुखले सम्मान गरे पनि उनी न नेताको ‘प्यानल'मा परे न कार्यकर्ताको दिलमै बस्न सके। यसभन्दा इतिहासको बेइज्जती र राजनीतिक विडम्बना अरू के होला र? राजनीति यति विवेकहीन पनि हुनसक्तो रहेछ। यसबाट नेता हुन निष्ठा र त्याग वा इतिहासले पुग्दैन भन्ने साबित भएको छ। अब त कार्यकर्ताको मन छुन सक्नुपर्छ भन्ने प्रमाणित भएको छ। गगन थापादेखि अर्जुन नरसिंह केसीसम्म, कृष्ण सिटौलादेखि रामचन्द्र पौडेलसम्म, र खुमबहादुर खड्कादेखि शंकर भण्डारीसम्मका नेताको विजयले त्यही पाठ हामी सबैलाई सिकाएको छ।
अहिले हारेका जति सबै सुशील कोइरालाले आफ्नो प्यानेलमा नराखेकाले हारँे भन्छन्। त्यो धारणा हो। नेता हुन चाहनेले अरूलाई दोष दिएर हुँदैन आफूभित्र पनि नियाल्न सक्नुपर्छ। बिचरा सुशीलजीले कति जनालाई आफनो प्यानलमा राख्ने? यसैले आफ्नो पराजयको कारण आफैँभित्र छ कि भनेर खोजी गर्नुपर्छ।
निर्वाचनमा पराजित भएदेखि अहिलेसम्म यस पंक्तिकारलाई पनि धेरै जना एघारौं र बाह्रौं दुवै महाधिवेशनमा सुशील कोइरालाले प्यानेलमा नपारेकाले हारेको भनेर उक्साउँछन्। सुशीलले केबी गुरुङलाई त प्यानेलमा राख्नसक्नु भएन। प्यानेलमा बस्न चाहनेको संख्या कति धेरै भयो भने जो लाममा अगाडि आयो उनी पर्‍यो। पछि आउनेहरू छिटो दौडे, चाँडै लाइनमा बसे, प्यानेलमा परेे। पुरानाहरू गजक्क परेर बसे, लाइनमा ढिलो पुगे पछि परे। पछि लाइनमा बस्नेको पालै आएन। त्यतिमात्र भएको हो। प्यानलमा पार्नै नचाहेको त कहाँ हो र? प्यानल पनि सुशील कोइरालाले कहा बनाएको हो र? उहाँ त त्यतिखेर बिरामी हुनुह्ुन्थ्यो। उहाँको नाममा ककस्ले के के बनाए सायद त्यो सबै थाहा पनि पाउनु भएन।
प्यानल बनाउनेलाई कस्को योगदान कति छ भन्ने थाहा हुनु पनि पर्‍यो? केबी गुरुङकै योगदानको चर्चा गरौँ। उहाँ पनि निर्वासनमा हुनुहुन्थ्यो। बीपीले २०३३ सालमा राष्ट्रिय मेल मिलापको नीति लिएर नेपाल फर्कने निर्णय गर्नुभयो। बीपी नेपाल फर्कनुअघि शासकहरूको मनसुवा बु‰न चाहनुहुन्थ्यो। पञ्चायती शासकले कांग्रेसका नेता कार्यकर्ताप्रति कस्तो व्यवहार गर्लान् भन्ने पत्ता लगाउन बीपीले नेपाल केही कार्यकर्तालाई नेपाल पठाउन खोज्दा अरू नमानेपछि केबी गुरुङ ,वाशुदेवशरण कोइराला र धर्म गौतम तीन जना नेपाल आउनु तयार हुनुभयो। नेपाल फर्कनुअघिको अन्तिम साँझको खाना पटनामा बीपीका मित्र देवेन्द्रबाबुको घरमा खाने तय भएछ। त्याहा बीपी, गणेशमानजी र गिरिजा बाबु र नोना कोइराला पनि हुनुहुँदो रहेछ। खाना खाँदै गर्दा गणेशमान सिंहले ठट्टैठट्टामा भन्नु भएछ - आजको खाना भचाखुसीमा राणाहरूले दहीचिउरा खुवाएजस्तेा हो। भनाइको अर्थ, तिमीहरू मर्न जाँदै छौ भन्ने हो।
नभन्दै नेपाल आउनेबित्तिकै उहाँहरूलाई पक्राउ गरेर जेलमा थुनियो। उहाँहरूलाई मार्ने निधो भएको केबी गुरुङका भाइले थाहा पाएछन्। उनले केबीकी श्रीमतीलाई जेलमा भेट्दा नरुने सर्तमा भेट गराएका रहेछन्। भाग्यले त्यति बेलै देशको राजनितिक अवस्थामा परिवर्तन आएकाले यो उनीहरू मारिएनन्। तर केबीलाई सुशीलले प्यानलमा राख्नका लागि यो त कुनै कारण भएन। अहिले यो सबै थाहा पाउने बीपी, गिरीजा बाबु पनि हुनुहुन्न। तैपनि केबीले चुनाव जितिहाल्नु भयो। यसमा गुनासो गर्नुपर्ने कारण के छ र?
पंचायतकालमा विनयध्वज चन्द बर्दीयामा कांग्रेसको संगठन गर्दै हुनुहुन्थ्यो। बीपीले नै उहाँलाई बैतडी पठाउनु भएको रहेछ । सुशील र विनयध्वज बर्दियाको जेलमा पनि सँगै बस्नु भएको थियो रे। अहिले माओवादीले विनयको सर्वस्व हरण गरेका छन्। द्वन्द्व व्यवस्थापन समितिको संयोजकका रूपमा माओवादीले मारेकाहरूलाई सरकारबाट सहिदको घोषणा गराउने कामको विनयध्वजले नेतृत्व गर्नुभएको हो। मावोवादी ज्यादतीविरुद्ध कांग्रेसका कार्यकर्ताको पक्षमा सधैँ दृढ रहेकै कारण माओवादीले उहाँको सारा सम्पत्ति लुटे। यसरी सर्वस्व गुमाउँदा पनि अडान नछोड्ने विनयध्वजलाई कार्यकर्ताले एक मत दिँदा के बिग्रन्थ्यो होला र? कार्यकर्ताले पनि उनलाई प्यानलमा पारेनन् भने सुशील कोइरालालाई मात्र किन दोष दिने? कृष्ण सिटौला र रामचन्द्र पौडेल प्यानलमा पारेपछि विनय ध्वजका लागि ठाउँ पनि त कहाँ बाकी भएन नि। दुवैथरी एउटै प्यानलमा बस्न र राख्न पनि मिल्दैनथ्यो। यसैले जे भएको छ ठीकै भएको छ। केवी र विनयध्वज नै प्यानलमा नपरेपछि यो पंक्तिकार त्यसमा पर्ने सम्भावनै थिएन। साथै, म प्यानलमा नपर्ने अरू पनि केही कारण छन्। एउटा त ममा पंचायती गन्धै थिएन। बीपीको सशस्त्र क्रान्तिलाई समर्थन र सहयोग गर्दै जिल्लामा क्रियाशील भएर भूतपूर्व सैनिकलाई संगठित गरेरसाथ दिएकाले प्यानलमा नपरेको हुनसक्छ। पंचायतकालमा नेपालभित्रै बसेर पार्टीको संगठनमा लाग्न कति कठिन थियो भन्ने अब त सबैले बिर्सिसके नि। मेरो अर्को अयोग्यता २०१७ सालपछि निरन्तर कांग्रेसमा क्रियाशील रहनु र जस्तोसुकै कठिन परीस्थितिमा पनि पार्टी नछाड्नु मानिएको हुनसक्छ। सधैँ भाडाको घरमा रहँदा परेको अप्ठेरो हटाउन पार्टीको कार्यालय भवन बनाउन मैले पहल गरेँ। त्यो काम सायद कार्यकर्तालाई मन परेन होला। त्यसैले म रोजाइमा परिन । पार्टी फुट्दा मैले गिरिजाबाबुलाई साथ दिइ रहँे। त्यो पनि कसैलाई मन परेन होला। राजाले शासन हातमा लिएलगत्तै विरोध आन्दोलनको सुरु घोषणा र सुरुमा संचालन मैल नै गरेको थिएँ। म रोजाइमा नपर्ने कारण त्यो पनि हुनसक्ला। म एघारौं महाधिवेशन गराउन अपेक्षाकृत बढी नै क्रियाशील भएको थिएँ। मैले पार्टीमा सैद्धान्तिक प्रश्न उठाइरहे। बाह्र बुँदे सहमति गल्ती हो र त्यसैका कारण कांग्रेसको यो अवस्था भएको हो भन्ने मेरो मान्यता हो। म अहिले पनि त्यही मान्यतामा छु। माओवादीले हाम्रा हजारौं हजार कार्यकर्ताको बिनाकारण हत्या गरेको छ। माओवादीकै कारण कांग्रेसका हजारांै कार्यकर्ता विस्थापित भएका छन्, हजारांैको सम्पत्ति लुटिएको छ। यसैले माओवादीसँगको मिलेमतो कांग्रेसका लागि स्वीकार्य र हितकर हँुदैन भन्दा पार्टी नेतृत्व मसँग असन्तुष्ट थियो। कांग्रेसको यो कार्यशैली बीपीको राष्ट्रिय मेलमिलापको सिद्धान्तविपरीत छ भन्ने मेरो मान्यता छ। यो मैले कार्यकर्तालाई बुझाउन सकिन। आज पार्टीमा माओवादीसँग मिलेमतो गर्नुपर्छ भन्नेहरूकै बाहुल्य भएको छ। अब माओवादी पीडित कार्यकर्ताको विषय उठाउनु निरर्थक हुन्छ। यसैले यस्ता कुरा अब नकोट्याऊँ। यति भएर पनि मलाई सहयोग गर्ने साथीहरूप्रति आभारी छु।
बाह्रौं महाधिवेशन चलिरहँदा कांग्रेसका संस्थापकमध्येका जीवित नेता किसुनजी अस्पतालमा भर्ना हुनु भएको थियो। अस्पतालबाट उहाँले ‘कांग्रेस अब मूल्य र मान्यताविहीन भएको छ' भन्नुभयो। उहाँको यस अभिव्यक्तिलाई कांग्रेसको जिम्मेवार पदमा बसेका व्यक्तिले गम्भीरतापूर्वक लिनुपर्छ।
जेहोस्, राम्रा र सैद्धान्तिक प्रतिबद्धता भएका साथीहरू निर्वाचित हुनुभएको छ। सबै वर्ग, लिङ्ग, जातिको प्रतिनिधित्व भएको समावेशी कार्यसमिति बनेको छ। यस कार्य समितिबाट देशभरका कांग्रेस कार्यकर्ताले धेरै ठूलो आशा गरेका छन्। पार्टीसामु धेरै चुनौती छन्। यसको सामना गर्न वर्तमान कार्यसमिति सफल हुनेछ। बाहांै महाधिवेशनले दिएको सन्देश यही हो।
अर्को समाचार
प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’
१२ कार्तिक २०८३
•
२ मिनेट पाठ
प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’
नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।




पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन्।

महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरूलाई समुदायस्तरसम्म पुर्‍याउन यो अभियान चलाउन लागिएको सभापति थापाले बताए।

विगतको समीक्षा र आलोचनाको चरण समाप्त भइसकेकाले अब पार्टी मुलुकका विद्यमान समस्या समाधान गर्ने दिशामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

‘हामीले महाधिवेशनबाट पारित गरेका विषयहरू मंसिरमा दस्तावेजीकरण गर्छौँ, त्यसलाई समुदायसम्म पुर्‍याउन ‘कांग्रेस तयार छ’ विशेष अभियान चलाइनेछ,’ सभापति थापाले भने, ‘हामी देशका समस्या समाधान गर्न तयार छौं, विगतको समीक्षा र आलोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो।’

कांग्रेस प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्न र स्थानीय तहको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न पूर्ण रूपमा तयार रहेको उनले बताए। पार्टीले लिएका यी जिम्मेवारीबारे आम नागरिकलाई सुसूचित गराउनसमेत उनले नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।

यसैबीच, सभापति थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोल र वडाहरूमा पुगेर लम्बेतान सम्मान कार्यक्रम नगर्न निर्देशन दिएका छन्।

‘यहाँ हामीले सम्मान पायौं, जिम्मेवारी लियौं। अब यहाँबाट गएर टोल-टोल र वडा-वडामा सम्मान लिने काम बन्द गरौं,’ उनले भने।

मुलुक ठूलो विपद्को घडीमा रहेकाले राहत र पुनःस्थापनामा ध्यान दिनुपर्ने औंल्याउँदै उनले पार्टी कोषमा रहेको रकमको समेत सही सदुपयोग गर्नुपर्ने बताए।

आसन्न तिहार र छठ पर्वका अवसरमा पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित नभई समुदायसँग प्रत्यक्ष जोडिनुपर्ने निर्देशन सभापति थापाले दिएका छन्।

बाँकी कार्ययोजना पार्टी कार्यालयले छिट्टै तय गर्ने उनले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस