हिन्दु धर्म, दलित र शिक्षा
१९ साउन २०७६
•
१२ मिनेट पाठ
हिन्दु धर्म, दलित र शिक्षा
हिन्दु धर्म संसारकै सबैभन्दा पुरानो र विशाल धर्म हो। यसभित्र अनेक ज्ञान, नीति–नियम छन्, जसलाई आधुनिक विज्ञानले समेत गतिलो स्रोतका रूपमा प्रयोग गरेको छ। हिन्दु धर्मका धेरै गुण छन्, जसमध्ये प्रकृतिप्रतिको सम्मान, प्रेम र श्रद्धा अन्य धर्मका भन्दा पृथक छन्। नदीनाला, पहाडपर्वत, रूखबिरुवा, जीवजन्तु, जस्तै ः मुसा, भ्यागुतालाई समेत पुजिन्छ। विडम्बना, हिन्दु धर्मका अनुयायीले जातका आधारमा छुवाछूत तथा अमानवीय विभेद गर्छन्। यो कुसंस्कारको जग मनुस्मृति, रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थ हुन्।




रामायणमा शूद्र वर्णका शम्बूक ऋषिले तपस्या गर्दा राज्यमा अनिष्ट भएको भन्दै रामले उनको टाउको काटेर हत्या गरेको वर्णन पाइन्छ। त्यस्तै माहाभारतमा पनि अर्जुनले कर्णलाई शूद्रका छोरा भनी आजीवन अपमान गरेको प्रसंग छ। मनुस्मृति तथा चाणक्य नीति पनि शूद्र वर्णलाई हेप्नै लेखिएजस्ता देखिन्छन्। यस्तो विभेदकारी, कुसंस्कारको सबैभन्दा बलियो स्तम्भ हो– वर्ण व्यवस्था। जसले एकै मानव जातिलाई विभिन्न जातमा विभाजन गर्दै उचनीचको पर्खाल खडा गरेको छ र छुवाछूतजस्तो अति नै असभ्य र अमानवीय परम्परा फैलाएको छ।

हाम्रो समाजमा शिक्षित परिवारले नै अन्तर्जातीय विवाहमा अवरोध तथा सामाजिक बहिष्कार गर्ने गरेका घटनाले नेपाली शिक्षित जनशक्ति रूढिवादी प्रवृत्तिको दास भएको देखिन्छ।

हिन्दु धर्मका अनुयायी– विशेषगरी जनैधारी समूहले  जातका आधारमा छुन मिल्ने÷नमिल्ने, खान मिल्ने÷नमिल्ने तथा बिहेवारी कोसँग मिल्ने, कोसँग नमिल्नेजस्ता नीति आजसम्म अभ्यास गरेको  देखिन्छ। राणाकालसम्म जातलाई आधार मानेर काम बाँडफाँड गरिएको थियो। तागाधारीलाई पढ्ने लेख्ने र शासन गर्ने, मतवालीलाई आयआर्जन तथा व्यापार–व्यवसाय तथा शूद्र अर्थात् दलितलाई कलात्मक र अन्य श्रमका काम गर्न दिइएको थियो। तागाधारीले गर्ने कामका आधारमा थर प्रदान गरियो– पण्डित, कार्की, रावल, लेखक, अधिकारी आदि। ब्राह्मण, क्षेत्रीले अपनाएका पेसालाई थरमा रूपान्तरण गरियो। तर यस्ता पेसा गर्न दलित समुदायलाई प्रतिबन्ध लगाइयो। राज्यको पहुँच÷प्रभाव रहने पदमा ब्राह्मण, क्षेत्री समुदायका मानिसमात्र जान पाउँथे। तर शूद्र वा दलितले  पढ्ने–लेख्ने काम गरे जिब्रै काटिदिनेसम्मको नियम थियो। अन्तर्जातीय विवाह गरे मृत्यु दण्ड नै दिने चलन चलाइयो। यसरी कसैलाई पण्डित, काजी  बनाइयो त कसैलाई पाजी, अछूत। आज दलित समुदाय जुन अवस्थामा छ, त्यो विगतमा अभ्यास गरिएको थुनछेक प्रवृत्तिको प्रतिफल हो।

वर्षांैदेखि धर्मका आडमा दलित समुदायलाई दलदलमा बस्न बाध्य पारियो। भलै, राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन आयो। राजतन्त्र,  प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आयो। देशले नयाँ संविधान पायो, राष्ट्रपति पायो, तर दलितले मुक्ति पाएनन्। राज्यका तर्फबाट दलित अधिकारमा विभिन्न ऐन–कानुन, नीति त बनाइएका छन्, तर जातीय छुवाछूत हुन छाडेको छैन। सभासद, जसले कानुन बनाए, उसैले जातका नाममा विभेद भोगेको घटना हाम्रो समाजमा भएका छन्। विद्यार्थी, जो ज्ञान आर्जन गर्न चाहन्छ, उसलाई विभेद गरेर मानसिक पीडा दिइन्छ। भाडामा कोठा लिएर बसेकालाई जात थाहा पाएपछि निकाल्ने, दलितले आयोजना गरेका भोजभतेर बहिष्कार गर्नेजस्ता नयाँ प्रकारका विभेद भइरहेका छन्।    

नेपालमा करिब ६५ लाख संख्यामा दलित छन्। दलितहरूको मूल धर्म पनि हिन्दु नै रहेको कुरा उनीहरूका रहनसहन, रीतिरिवाज, वेशभूषा, परम्पराले पुष्टि गर्छन्। तर एउटै धर्मका अनुयायीबीच देखिएको जातीय खाडलले हिन्दु धर्ममा जटिल समस्याहरू निम्त्याएका छन्। जस्तो ः हिन्दु धर्मप्रति दलित समुदायको वितृष्णा बढ्दै जानु तथा धर्मै त्याग्नु, जसको प्रत्यक्ष असर अन्य धर्मका अनुयायी संख्या दिनप्रतिदिन बढ्नु, तर हिन्दु धर्मावलम्बीचाहिँ घट्दै जानु। एक हिन्दुले अर्को हिन्दुलाई गरेको दमन, पाप, अपराध र अमानवीय व्यवहारका कारण हिन्दु धर्म कमजोर बन्दै गएको हो।  जातीय विभेदबाट आजित दलित समुदायभित्र विद्रोही समूह देखापरेको छ। फलस्वरूप हिन्दु धर्म त्यागेर इसाई धर्म मान्ने दलितको जमात ठूलो भइसकेको छ। अर्कातर्फ इसाई धर्मावलम्बी आफ्नो धर्म प्रचारमा जोडतोडसाथ लागेका छन्। उनीहरूले आफ्नो धर्ममा दलित तान्ने अस्त्र नै हिन्दु धर्मको जातीय विभेद बनाएका छन्। जातीय विभेदबाट मुक्ति पाउनाकै लागि धेरै दलितले धर्म परिवर्तन गरिरहेका छन्।

हिन्दु धर्मको सबैभन्दा कमजोर र विनाशकारी पक्ष भनेकै जातीय छुवाछूत हो। जातीय छुवाछूतलाई  टेवा पु¥याउने ठूलो समूह तागाधारी हो। उसका हरेक कार्यले जातीय छुवाछूतलाई मलजल गरिरहेको छ। उनीहरू आफ्नो समुदायलाई सर्वश्रेष्ठ हिन्दु ठान्छन्। मठमन्दिरका पुजारी तथा अन्य आसेपासे आफ्नै समुदायका मानिसलाई राख्छन्। जनैधारीलाई भित्र, अरूलाई बाहिर, हामी सँगै बस्छौँ, तिमीहरू बस्नुहँुदैनजस्ता विभेदकारी सीमारेखा कोरेर सानो सुन्दर नेपाली समाजलाई खण्डखण्डमा विभाजन गरिरहेका छन् र सबैभन्दा पुरानो सनातन धर्मलाई मृत्यु शैयातिर धकेल्दै छन्। यही समुदायको अमानवीय गतिविधिले आज हिन्दु धर्मको अस्तित्व नै संकटमा पर्न लागेको छ।

मठमन्दिरमा प्रवेश निषेध हुँदाहँुदै पनि हिन्दु धर्मप्रति लम्पसार पर्दै गर्वसाथ हामी हिन्दु हौँ भन्छन्,  दलित समुदाय। विडम्बना, तागाधारी समुदायले दलितलाई कहिल्यै आफ्नो सहधर्मी ठानेन÷ठानिरहेको छैन। हामीले आफ्नै दाजुभाइ÷दिदीबहिनीलाई अछूत भनेर अपराध गरिरहेका छौँ भन्ने चेत कहिले आएन, उनीहरूमा। हाम्रै कारण हिन्दु धर्म संकटमा पर्दै छ र त्यसको फाइदा अरू धर्मले उठाइरहेका छन् भन्ने ज्ञान कहिले आउने हो तागाधारीमा ?

हिन्दु धर्म बचाउने हो भने तागाधारी समुदायले दलित समुदायसँग माफी माग्नुपर्छ। गाउँ–गाउँमा गएर आफूले गरेको अमानवीय अपराध स्वीकार्दै आत्मालोचना गर्नुपर्छ। हिन्दु धर्मशास्त्रमा भएका दलितविरोधी व्याख्या हटाएर पुनर्लेखन गर्नुपर्छ। दलितलाई प्रवेश निषेध गरिएका ठाउँ जस्तै ः मठमन्दिरमा दलित पुजारी राख्नुपर्छ। समग्रमा समाजको हरेक अंगमा धार्मिक–सांस्कृतिक राजनीतिक क्रान्ति र रूपान्तरण अनिवार्य छ। अनिमात्र गुमेको हिन्दुत्व जगाउन सकिन्छ।

शिक्षालाई आधुनिक समाजले प्रमुख परिवर्तनकारी अस्त्र मानेको छ। आर्थिक, राजनीतिक, कानुनी र प्राविधिक विकास संरचना हेर्दा हो जस्तो पनि देखिन्छ। तर दलितका सवालमा शिक्षाले खासै परिवर्तन ल्याएको देखिँदैन। सहर–बजारमा शिक्षित परिवारबाट हुने विभेदका घटनाले पनि यो कुरा पुष्टि गर्छ। शिक्षक÷शिक्षिकाबाटै दलित छात्रछात्रालाई भेदभाव गरेका घटनाले प्रश्न खडा गर्छन्– ‘शिक्षाले खोइ त मानिसको मानसिकता परिवर्तन गरेको ? विगतको दाँजोमा नेपाली समाजको शैक्षिक अवस्था सुध्रेको छ। देशका कुना–कन्दरामा स्कुल स्थापना भएका छन्। वर्षकै लाखौँ विद्यार्थीले एसइई उत्तीर्ण गर्छन्। नेपालीहरू देश–विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्छन्, तर तिनको सोच र चेतनामा परिवर्तन आएको देखिँदैन। युरोप–अमेरिकामा बस्ने नेपालीले समेत अझै जातीय अन्धविश्वास त्याग्न नसकेको बेला–बेला सार्वजनिक हुने विभेदका घटनाले देखाउँछन्।

धार्मिक–सांस्कृतिक रूपान्तरणमा शैक्षिक जनशक्तिको भूमिका प्रभावकारी हुनुपर्ने हो, तर समाजमा शिक्षित परिवारबाटै अन्तर्जातीय विवाहमा अवरोध तथा समाजिक बहिष्कार हुने घटनाले नेपाली शिक्षित जनशक्ति रूढिवादी प्रवृत्तिको दास भएको देखिन्छ।

जातीय विभेद अन्त्यका लागि मूलतः हिन्दुवादी जनैधारी समुदायमा सचेतना र शिक्षित जनशक्तिमा क्रान्तिकारी सोचको विकास आवश्यक छ। जबसम्म शिक्षित जनशक्ति जागरुक हँुदैन, तबसम्म सामाजिक रूपान्तरण असम्भव छ। सामाजिक न्याय र समानताका लागि शिक्षित समुदायले बुझपचाउने परिपाटी त्याग्नुपर्छ। अनिमात्र सुखी, सबल, संस्कारी समाज निर्माण गर्न सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस