निकट छिमेकी दुई मुलुकका राजदूत अहिले हिमाली क्षेत्रमा किकासदूत भएर गएका छन्। नेपालका लागि भारतीय राजदूत राकेश सुद हिमाली जिल्ला सोलुमा छन् भने चीनका राजदूत क्यू जो होङ्ग हिमाल पारीको मुस्ताङ पुगेका छन्। सुद सोलुमा खुम्जुङको एउटा खानेपानी आयोजना उद्घाटन गर्दैछन। क्यू मुस्ताङ छोसेरेमा नवनिर्मित दिव्यदीप उच्चमाध्यमिक विद्यालयको उदघाटन गर्दैछन्।
खानेपानी योजना निर्माणमा भारत र उच्चमाविको निर्माणमा चीनले अनुदान दिएको छ। दुवै राजदूतको कार्यक्रम 'सेवा भाव' ले ओतप्रोत देखिन्छ। सुदले खुम्जुङवासीको खानेपानी समस्या समाधानमा योगदान गरेका छन् भने क्यूको योगदान शिक्षा क्षेत्रमा छ। खानेपानी र शिक्षाजस्ता आधारभूत आवश्यकतामा योगदान गर्ने छिमेकीहरूप्रति नेपाल आभारी हुनैपर्छ। एकै पटक दुई छिमेकी राजदूत नेपालका हिमाली जिल्लामा पुगेेको समाचारको भने अपेक्षित चर्चा भएको छैन। लाग्छ, उनीहरू नेपालीको आवश्यकता पूरा गर्न चिन्तन, मनन र सहयोग गर्दैछन् भनेर आँखा चिम्लिइएको छ। नेपाली जनमानसले राजदूतहरूको क्रियाशीलतालाई सहजता साथ ग्रहण गर्दै आएका छन्। मुलुकको प्रशासनिक खर्चसमेत मागेर चल्नु चलाउनुपर्ने यथार्थबीच राजदूतहरू सशरीर उपस्थित भएर कुनाकाप्चाका नेपालीलाई सघाउँछन् भने त्यसमा टीकाटिप्पणी गर्नु नै किन? भन्नेजस्ता सोच हाम्रो प्रशासनिक वृत्तमा जमेर बसेको छ। भनिन्छ, कुटनीतिज्ञहरूले प्रत्यक्षमा देखिने गरी काम गर्दैनन्।
नेपालको हकमा भने यो मान्यतै मिथ्या साबित भएको छ। नेपालमा काम गर्ने राजदूतहरू धेरैहदसम्म स्वच्छन्द छन्। नेपालीले स्वतन्त्रतालाई स्वच्छन्दताको अर्थमा उपभोग गरेसरहै। अहिले समाचारमा आएका सुद र क्यूमात्र होइन, कूटनीतिज्ञको जिम्मेवारीमा नेपाल आउने सबैजसो देशका राजदूत, कूटनीतिक नियोगका पदाधिकारी धारा, बाटो, विद्यालयको विकासका नाममा हाम्रा गाउँगाउँ चहारिरहेका हुन्छन्। उनीहरूको सेवामा स्थानीय प्रशासकहरू विनम्रतापूर्वक उपस्थित हुन्छन्। राजदूतहरूले मुलुकका विभिन्न भागमा जाँदा नेपाल सरकारलाई थाहा दिनुपर्ने औपचारिकता निर्वाह गर्नेबाहेक अरू जानकारी दिँदैनन्। उनीहरूको भ्रमणको औचित्य र विकासका योजना बारे सरकारी निकायले चासो राख्नु आवश्यक ठान्दैन। हामी विकासका नाममा कति धेरै लचिलाा र उदार भएका छौँ भने पराइको आवश्यकताअनुसार यहाँ कतिपय विकास योजना प्रायोजित भइरहेका छन्। कतिपय जिम्मेवार राजनीतिज्ञ दूतावासहरूमा विकास योजनाका निम्ति याचना गरिरहेका हुन्छन्। राजदूतहरूले कहाँ कुन योजनाको शिलान्यास, उद्घाटन गरे वा अनुगमन गर्दैछन् भन्ने लेखाजोखा गर्नुअघि उनीहरू कसरी त्यहाँ पुगे भन्ने पक्षको विवेचना आवश्यक छ। विदेशीहरू विकासका कार्यक्रम लिएर सोझै गाउँगाउँ पुग्नसक्ने उदार नीति विशेष गरेर भारत र चीनका राजदूतहरू जुनसुकै जिल्लामा पुग्नसक्ने आधार बनेको छ। नेपालको तराईमा भारत कुनरूपमा क्रियाशील छ? दुई देशका जनताको भाषा, संस्कृति, जीवनशैली र धर्ममा पाइने समानताले भारतको सक्रियता खुट्याउन निकै कठिन पनि हुन्छ। दिल्ली र बेइजिङको सक्रियता बेलाबेलामा काठमाडांैबाटै प्रकट हुने गरेकोले गाउँघरमा उनीहरूको सक्रियता र संलग्नताले खासै महत्व पनि नपाएको हुनसक्छ। दसौं पटकको मतदानबाट पनि प्रधानमन्त्री चुनिन नसक्नुमा दिल्लीतिर औंलो उठाउनेको संख्या ठूलै छ। भारतीय प्रधानमन्त्री मनमोहन सिंहका 'विशेष दूत' श्यामशरणको काठमाडौं आगमनपछि पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने संभावना समाप्त भएको चर्चा अहिलेसम्म चल्दैछ। नेपालमा भारतको सक्रियता र चासो वषर्ौंदेखि प्रकट हुँदै आएको हो। तर पछिल्ला वर्षहरूमा चीन हिमालदेखि तराईका मैदानसम्म देखिने गरी क्रियाशील भएको छ। स्कुले नानीलाई चिनिया भाषा सिकाउने गुरु हुन् वा विज्ञान, प्रविधि र विकास र निर्माणमा नाममा ठूलो संख्यामा चिनियाहरू नेपालमा क्रियाशील छन्।
नेपालमा कार्यरत यी चिनिया टोकरीमा तरकारी बेच्न आएका भैयाजस्ता हैनन्। भारतीयहरू वैधरूपमै आफूखुसी नेपाल आउन र यहाँ व्यवसाय गर्न सक्छन्। तर, नेपालमा कार्यरत चिनिया भने सबैजसो सरकारी कर्मचारीकै हैसियत राख्छन्।
नेपालको राजनीतिमा गहिरो चासो राख्दै आएका यी दुई मुलुकका राजदूत यहाँको परिवर्तित राजनीतिक व्यवस्था र अस्थिर राजनीतिमा अझ व्यापक भूमिकाको खोजीमा खुलेरै लागेको अनुभव हुँदैछ। नेपालको सरकार बनाउने र गिराउने? खेलमा समेत लागि पर्ने छिमेकीको आफ्नो प्रभुत्व कायम राख्ने कूटनीति आफ्नो ठाउँमा छँदैछ। यसबाहेक दुवैले एक अर्काविरुद्ध यहाँबाट जानकारी लिने र त्यसको विरुद्धमा नेपाललाई प्रयोग गर्ने रणनीति बेला सार्वजनिक हुने गर्छ। केही वर्ष यता चीनका लागि स्वत्रन्त्र तीब्वत गम्भीर चुनौती बन्न पुगेको छ। स्वतन्त्र तिब्बतको पक्षमा सगरमाथाको टाकुराबाट झन्डा फहराउनेसम्मका योजना सार्वजनिक भएको पृष्ठभूमिमा भारतलगायतका केही पश्चिमा देशले स्वतन्त्र तिब्बत मुद्दालाई चीनविरुद्धको हतियार बनाएका छन्। तिब्बती मुद्दाका कारण नेपालको प्रशासन र सुरक्षा निकायमा दुवै देशले औपचारिक, अनौपचारिक ठूलो लगानी गरिरहेका छन्। अहिले पनि सुद र क्यूको अलगअलग भ्रमणको पछाडि यही तिब्बती मुद्दा प्रमुख कारक विश्लेषण हुँदैछ।
कूटनीतिज्ञहरू निश्चित् सीमा बस्नुपर्छ, मर्यादामा बस्नुपर्छ। आफ्नो घुमफिरमा प्रश्न उठ्दैन, टीकाटिप्पणी हुँदैन भन्ने ठानेर विकास दिएर विवरण लिने काम त भइरहेको छैन? प्रश्न गंभीर छ।