साउनको सार्थकता
०६ साउन २०७६
•
९ मिनेट पाठ
साउनको सार्थकता
साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक दृष्टिले भगवान् शिवको महŒव दर्शाउँछ, तर यसको आध्यात्मिक पाटो पनि छ। मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ, सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक, सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोधबिना कुनै पनि प्रचलनको अर्थ रहँदैन। हाम्रो वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो, जुन मनुष्यतालाई बचाइराख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेषगरी शिवसूत्रमा भगवान् शिव र उनले दिएका ध्यान विधि र मानिसको जीवनमा यसको महŒवबारे बताउनुभएको छ।




साउनमा मात्र नभई बाह्रै महिना ध्यानको अभ्यास, भित्र ध्यान बाहिर प्रेम कायम राख्दै सत्कर्ममा कसरी जीवन बिताउने भन्ने विषयमा शिवले आफ्ना ध्यान विधिहरूमार्फत उल्लेख गर्नुभएको र त्यही सन्देश देवी पार्वतीमार्फत सारा मनुष्यलाई दिन खोज्नुभएको तथ्य ओशोले खुलस्त पार्नुभएको छ। ओशो भन्नुहुन्छ– ‘ध्यान त योगको आठौँ अंग हो। ध्यानसम्म पुग्न सातवटा सिँढी पूरा गर्नैपर्छ, अन्यथा एकैचोटि आठौँ सिँढी चढ्न खोज्दा लडिन्छ, दुर्घटना हुने सम्भावना रहन्छ।’ योगका ८ अंग छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यानसम्म पुगेपछि मात्र मानिस समाधिमा प्रवेश गर्न सक्छ। अष्टांग योगका प्रथम ५ अंग (यम, नियम, आसन, प्राणायाम र प्रत्याहार) ले ‘बहिरंग’ अर्थात् हाम्रो बाहिरी आचरण शुद्ध र अनुशासनमा राख्न मद्दत गर्छन् भने बाँकी ३ अंग (धारणा, ध्यान, समाधि)ले ‘अन्तरंग’ अर्थात् हाम्रो आन्तरिक स्वभाव चिनाउन र जान्न सघाउँछन्। यमले ५ सामाजिक नैतिकता बुझाउँछ– अहिंसा(कसैलाई हिंसा पुग्ने काम नगर्नु), सत्य( विचारमा सत्यता, परम सत्यमा स्थिर रहनु, प्रामाणिक कुरा मात्र बोल्नु), अस्तेय (चोरी गर्ने प्रवृति त्याग्नु), ब्रह्मचर्य (चेतनालाई ब्रह्म ज्ञानमा स्थिर राख्नु र सबै इन्द्रीय(जन्य सुखलाई संयमपूर्वक भोग्नु)।        

नियम अन्तर्गत ५ व्यक्तिगत नैतिकता पर्छन्–  शौच (शरीर र मन शुद्ध राख्नु), सन्तोष (सबै काम र व्यवहार, सन्तुष्ट र प्रसन्न रहने गरी गर्नु), तप(स्वयंमा अनुशासित रहनु), स्वाध्याय (आत्मचिन्तन गर्नु) र ईश्वर प्रणिधान(ईश्वर अर्थात् अस्तित्वप्रति पूर्ण समर्पण र श्रद्धा हुनु)।  अब आसन ः योगासनद्वारा शारीरिक नियन्त्रण गर्नु अर्थात् शरीर स्वस्थ र मजबुत राख्नु। प्राणायाम ः श्वासको विधिद्वारा मन निश्चल बनाउनु। प्रत्याहार ः इन्द्रीयहरूलाई अन्तर्मुखी बनाउनु, चञ्चल मन र चित्तलाई एकाग्र बनाउनु। धारणा ः एकाग्र चित्त हुनु, आफ्नो मन वशमा राख्न सक्ने क्षमता बढाउनु। ध्यान ः विचारप्रति जाग्नु, होसपूर्ण हुनु र अन्तिममा समाधिमा प्रवेश गर्नु भनेको आत्मासँग जोडिनु, परम चैतन्य अनुभूति गर्नु हो। ध्यान विधि हो भने समाधि उपलब्धि। यी आचरण अर्थात् विधिलाई जीवनमा उतार्न सके मात्र भगवान् शिवप्रति सच्चा भक्ति ठहर्छ र स्वयंको जीवन पनि अनुशासित, आनन्दित, प्रफुल्लित र सफल भएको महसुस गर्न सकिन्छ।

बाहिरी शृंगार, मन्दिर दर्शन, उपासना र व्रतले मात्र न श्रीमान्को आयु बढ्छ न त स्वयंलाई दीर्घकालीन खुसी मिल्छ। दैनिक जीवनमा अपनाउनुपर्ने अनुशासन र आचरणसहित ध्यानस्थ अवस्थामा कर्म गर्ने खुबी राख्नु वास्तविक साधना पनि हो। ध्यानबिनाको खुसी र सफलता क्षणिक हुन्छन्। जतिबेला पनि आँखा चिम्लेर आसनमा बस्न जरुरी छैन, हरेक क्रियाकलापप्रतिको जागरुकता ध्यान हो। मनलाई जान्नु, यसको भड्काव, अस्थिरता र चञ्चलता मनन गर्दै आफ्नो स्वभावमा स्थिर हुने कला विकास गर्दै जानु ध्यान हो। ध्यानले नयाँ कुरा केही दिँदैन हामीलाई, तर हामीभित्रै भएको खजानाको बोध भने गराउँछ। ती हुन्– प्रेम, प्रफुल्लता, दया, करुणा, परोपकार, प्रसन्नता, होस, श्रद्धा। ध्यानले हामीलाई एकाग्रता अनि मौन, शान्त रहन सिकाउँछ। हामीमा संवेदनशीलता विकास गराउँछ, जसले गर्दा हामी आफ्ना समस्या र स्वार्थ मात्र हेर्दैनौँ, अरूका दुःख र संवेदना पनि बुझ्न सक्ने हुन्छौंँ। यही संवेदना विकास हुँदै गएर नै हामी परोपकार, समानता र समृद्धि एकसाथ अगाडि बढाउन सक्छौँ।

अकारण प्रेम, सारा जगत् र पदार्थप्रति प्रेम ध्यानको उपलब्धि हो। जुन शारीरिक मात्र नभई, आन्तरिक र प्रगाढ प्रेमका रूपमा प्रकट हुन्छ। यही अकारण प्रेमका कारण हामीमा कसैले केही देओस् भन्ने अपेक्षाभन्दा पनि कसैलाई केही गरौँ भन्ने करुणा भाव वृद्धि हुन्छ। अचानक, अकारण आनन्द, जे कुरामा पनि आनन्दको स्थिति, स्वीकारको अवस्था पनि ध्यानकै उपलब्धि हुन्। प्रज्ञापूर्ण जीवन जिउने प्रेरणा ध्यानबाटै प्राप्त हुन्छ। प्रवाहमय जीवनलाई सजग भएर हेर्ने, चुनौती सामना गर्ने र अपेक्षारहित हुने स्वभाव विकास हुनु नै प्रज्ञा प्राप्त हुनु हो। प्रज्ञावान् व्यक्ति अरूको आडभरोसामा होइन, आफ्नै अन्तर्दृष्टिमा बाँच्छ। आफ्नो अन्तर्मनलाई सुन्छ र मष्तिस्कबाट मात्र होइन, हृदयदेखि चल्छ। एक्लै हुनुसँग डराउँदैन, आफैँसँग रमाउँछ। आलसी र जीवनमा केही गर्न सकिएन भनेर हिम्मत हार्ने व्यक्तिलाई ध्यानले सिर्जनात्मक बनाउँछ। बाहिरी सफलता र सम्पन्नता भन्दा पनि भित्री सम्भावना देख्ने कलाको विकास हुन्छ। त्यसैले साउनको महिमा र भगवान् शिवको भक्तिमा डुब्दै गर्दा आफ्नो जीवनलाई सार्थक बनाउने ध्यान अभ्यास गर्ने प्रण पनि गरौँ। (सामाजिक परामर्शदाता)
अर्को समाचार
पुष्पलाललाई सम्झिनुको सार्थकता
०६ साउन २०७२
•
७ मिनेट पाठ
पुष्पलाललाई सम्झिनुको सार्थकता
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवश विभिन्न रचनात्मक कार्यक्रमका साथ देशभरि मनाइ"दैछ। साउनको पहिलो हप्ता खासगरी कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाललाई सम्झिने गरिन्छ।सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ। सिद्धान्त, संगठन र संघर्ष आमुल परिवर्तनका कडी हुन्, जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता अनुशासित र संगठित हुनुपर्छ, क्रान्ति र परिवर्तन अवश्यम्भावी छ। यसलाई संसारका कुनै शक्तिले रोक्न सक्दैन भन्ने पुष्पलालले कम्युनिस्ट पार्टीभित्र हुर्किएको व्यक्तिवाद र मित्रमण्डली प्रवृत्तिको विरोध गर्दै लेनिनवादी संगठनात्मक पद्धति, जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्थापित गर्दै एकताबद्ध कम्युनिस्ट पार्टी निर्माणमा जोड दिए। एकता यान्त्रिक होइन, सैद्धान्तिक, राजनीतिक र संगठनात्मक एकता हो, कार्यकर्ताहरू पार्टी पद्धतिअनुसार चल्नाले नै वास्तविक एकता कायम हुनसक्छ।




मार्क्सवाद गतिशील विज्ञान हो। यो आफ्नो देश, काल, परिस्थिति, सामाजिक बनावट, भूबनोट आदिको विश्लेषण गरेर लागु हुन्छ। यही कुरालाई पुष्पलालले नेपालमा प्रयोग गर्न खोजे। यसो गर्दा उनले कम्युनिस्ट आन्दोलनभित्रै विभिन्न आरोप सहनुपर्योी। ती आरोप समयक्रमस"गै मिथ्या सावित हुनपुग्यो। हिजो उनलाई आरोप लगाउने उग्र वामपन्थी तथा दक्षिणपन्थी धार आज पराजित भई गुणगान गाउने गर्छन्।

सैद्धान्तिकरूपले सबैभन्दा चेतनशील अगुवा दस्ता, संगठित र अनुशासनबद्ध वर्गीय पक्षधरताको हिमायती, सर्वहारा तथा मजदुर वर्गको प्रतिनिधि दल नै कम्युनिस्ट पार्टी हो। मुडे बल या छलकपटबाट क्रान्ति हु"दैन। क्रान्ति, निश्चित नियमअनुसार नै हुन्छ भन्ने पुष्पलालले राजनीतिका व्यवहार र क्षेत्र आफ्नै देश, जनता र समाजलाई बनाउ"दै विभिन्न मान्यता अघि सारे।

पहिलो हो, वर्ग विश्लेषण। वर्गमुक्त समाजमा एक वर्गको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गस"ग मेल खा"दैन। समाजमा भिन्नभिन्न वर्गको बीचमा आपसी संघर्ष भइरहेको हुन्छ। यो संघर्ष व्यक्ति–व्यक्तिबीचमा नभई संगठित परस्पर विरोधी वर्गको बीचमा हुन्छ। यस्तो संघर्षको सिलसिलामा इतिहासको कुनै खास स्थितिमा भिन्दाभिन्दै स्वार्थ भएको सबै वर्ग समाजको साझा दुश्मनको रूपमा देखापर्न आएको कुनै एक वर्ग, जो समाजको प्रत्येक क्षेत्रमा हाबी भएर बसेको हुन्छ। त्यसका विरुद्ध संयुक्त र एकताबद्ध भई संघर्ष गर्छन्। यस्तो संघर्षको चरण समाप्त भएपछि सामाजिक वर्गको शक्ति सन्तुलनमा परिवर्तन आउ"छ र परिणामस्वरूप वर्ग संघर्षको मोड बदलिन्छ। यसको सञ्चालन पार्टीमार्फत् नै हुन्छ। अतःवर्गयुक्त समाजमा वर्ग स्वार्थको रक्षाका निम्ति कम्युनिस्ट पार्टी अनिवार्य छ।

दोस्रो हो, क्रान्तिको लक्ष्य। नेपालबाट सम्पूर्णरूपमा सामन्ती, शोषण र त्यसको रक्षाको किल्लाको रूपमा गढिरहेको शाही पञ्चायती राजतन्त्रलाई समूल अन्त्य गर्नु हो। विदेशी एकाधिकार पु"जीवाद, भारतीय एकाधिकार पु"जीवाद र अमेरिकी साम्राज्यवादलाई खत्तम गर्नु हो। यो लक्ष्य नेपाल कम्युनिस्ट पार्टीको मात्र नभई देशका समस्त प्रगतिशील सामाजिक वर्गको लक्ष्य हो।

तेस्रो हो, क्रान्तिको नेतृत्व। आजको नया" ऐतिहासिक युगमा चलाइने सामन्तवादविरोधी तथा साम्राज्यवादविरोधी जनवादी क्रान्तिको नेतृत्व नेपालको पु"जीपति वर्गले गर्न सक्दैन। मजदुर वर्ग नै सबैभन्दा संगठित, वैज्ञानिक, क्रान्तिकारी, मार्क्सवाद–लेनिनवादले सुसज्जित हुने हु"दा क्रान्तिको नेतृत्व सर्वहारा तथा श्रमजीवी वर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीले मात्र गर्नसक्छ।

अर्को हो, शिक्षाको सार। पुष्पलालले रोपेको कम्युनिस्ट आन्दोलनको बीउ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कारक र स्रोत बन्नपुगेको छ। उनले कम्युनिस्ट आन्दोलनमा संघर्ष गरी बिताएका जिन्दगीका यात्रा पछिल्लो पुस्तालाई शिक्षाको सार बनेको छ। कम्युनिस्ट पार्टीभित्र देखिने अवसरवादिता, गुटबन्दी, पलायन, छद्मभेषी घुसपैठ, घात–प्रतिघात, विभाजन र षड्यन्त्रजस्ता कुराबाट पाठ सिकेर कम्युनिस्टहरू एकताबद्ध भई अगाडि बढ्न सकेमात्र पुष्पलालको सम्मान हुन्छ। तर, निर्णय गर्ने कार्यान्वयन नगर्ने, आलोचना, आत्मालोचनाको स्थापित मान्यताको एजेन्डामा प्रवेश नै नगर्ने, त्याग, समर्पण, बलिदान र इतिहासको आधारमा होइन, व्यक्तिगत बफादारिताका आधारमा महŒवपूर्ण जिम्मेवारी दिने काम गर्ने हो भने कम्युनिस्ट पार्टी अघि बढ्न सक्दैन। चाकडी गर्नेलाई बोक्ने र आलोचना गर्नेलाई ठोक्ने प्रवृत्तिको अन्त्य गरी खुला मन, फराकिलो छाती र दूरदर्शितायुक्त दृष्टिकोणका साथ लेनिनवादी संगठनात्मक पद्धति जनवादी केन्द्रीयताको सिद्धान्तलाई वास्तविक अर्थमा स्थापित गर्दै जाने हो भनेमात्र पुष्पलाललाई सम्भि्कनुको सार्थकता रहन्छ। उनको स्मृति दिवश मनाउनुको अर्थ रहन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस