नयाँ नेपालमा संघीयता
१८ असोज २०६७
•
१८ मिनेट पाठ
नयाँ नेपालमा संघीयता
नयाँ नेपालमा चर्कोरूपमा उठ्ने गरेको संघीयतासम्बन्धी बहसमा हालसम्म मोटामोटी तीन किसिमका विचार आएका छन्। ती हुन्, नेपालमा १० भन्दा बढी गणराज्य हुनु जरुरी छ, नेपालमा संघीयता आवश्यक छ तर गणराज्यहरू थोरै हुनुपर्छ, र नेपालजस्तो सानो मुलुकमा संघीयता हुनु हुँदैन। दशभन्दा बढी गणराज्य हुनुपर्छ भन्ने तर्क मूलतः जातीयताका आधारमा गरिएको देखिन्छ। जातीयताका आधारमा नामांकन गरिए पनि धेरै जातिले बसोबास गर्ने हुनाले धार्मिक, सामाजिक र जातीय सद्भाव कायमै रहने यसका पक्षधरको धारणा छ । तर, अहिले घोषणा गरिएका जातीय राज्यहरूबीच र भित्रै पनि जातीय द्वन्द्व चर्कने आशंका केही विश्लेषकले गरेका छन्। यस्तै आशंका अगाडि सारेर तेस्रो पक्षले नेपाल भौगोलिकरूपमा सानो तर जातीय विविधता धेरै भएको हुनाले संघीयता मुलुकको दुर्भाग्य हुने तर्क प्रस्तुत गरेका छन्। यसका समर्थकले जातीय आधारमा निर्माण गरिएको संघीयताले युगोस्लाभियाजस्तै मुलुक नै टुक्रने जोखिमको उदाहरण दिने गरेका छन्।
थोरै गणराज्य बनाएर उनीहरूलाई स्वायत्तता दिनु उपयुक्त ठान्ने अर्को पक्ष छ। फागुन महिनाको दोस्रो सातामा एउटा दैनिक पत्रिकामा प्रकाशित राजेन्द्र सापकोटाको ‘नेपालमा संघीयता किन र कसरी?' शीर्षकको लेखमा नेपाललाई तीनभन्दा बढी स्वायत्त संघमा विभाजित गर्न नहुने तर्क दिइएको छ। नेपालका नदी प्रणालीलाई आधार बनाई प्रस्तुत गरिएको यस अवधारणामा तीन प्रदेश कर्नाली स्वायत्त संघ (स्थानीय बोलीमा कर्णालीलाई कर्नाली भनिन्छ), गण्डक स्वायत्त संघ र कोशी स्वायत्त संघको परिकल्पना गरिएको छ। यस लेखमा यही अवधारणाको आन्तरिक र बाह्य दृष्टिकोणबाट विश्लेषण गर्ने जमर्को गरिएको छ।
संघीय राज्यलाई अलग विदेश नीति बनाउने अधिकार हुँदैन र अन्तर्राष्ट्रिय कानुनले पनि उनीहरूलाई समेटेको हुँदैन। कतिपय अवस्थामा विभिन्न गणराज्य फरकफरक सम्झौताअनुसार बनेका हुन्छन् र तिनको अधिकार पनि त्यस्तै हुन्छ। मलेसियामा सरावक र सवाह क्षेत्र भिन्नभिन्न समयमा बेग्लाबेग्लै सहमतिबाट बनेकाले उनीहरूको अधिकार र स्वायत्तता अन्य गणराज्यभन्दा फरक छ।
संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया, स्विट्जरल्यान्ड सबै संघीय राष्ट्र हुन्। क्षेत्रफलका हिसाबले विश्वका दश ठूला राष्ट्रमा आठवटाले संघीयता अपनाएका छन्। यस क्रममा क्यानाडाको संघीय स्वरूपलाई नियालेर हेर्नु सान्दर्भिक देखिन्छ।




क्यानाडाको अनुभव
फ्रेन्च भाषी रोमन क्याथोलिकको बाहुल्य रहेको पूर्वी क्यानाडा (क्युबेक क्षेत्र)ले अंग्रेजी भाषी मूलतः प्रोटस्टेन्ट बाहुल्यको पश्चिम क्यानाडा (ओन्टारियो क्षेत्र)बाट स्वायत्तता खोज्यो। यसका केही खास कारण थिए। क्युबेक क्षेत्रका फ्रेन्च भाषी फ्रेन्च नागरिक कानुन र धार्मिक शिक्षामा जोड दिन चाहन्थेे जुन ओन्टारियो क्षेत्रका बासिन्दालाई मान्य थिएन। तर दुवै पक्ष संभावित अमेरिकी हस्तक्षेपबाट आफ्नो क्षेत्र जोगाउन चाहन्थे। क्यानाडाको अर्थतन्त्रमा अमेरिकी प्रभुत्व र हस्तक्षेप धैरैलाई मन परेको थिएन। अर्कोतिर पश्चिम क्यानाडा राजनीतिकरूपले फ्रान्सेली आधिपत्यमा रहेको महसुस गरेर नोभा स्कोटिया र न्यु ब्रन्स्विकजस्ता क्षेत्र स्वायत्तता चाहन्थे। कतिपय क्षेत्रको अन्तर्राष्ट्रिय संचार बेलायत र उत्तर अमेरिकाबाहेक अन्य मुलुकसँग थिएन। छरिएका पातला बस्तीहरू प्राकृतिक साधन र स्रोतहरूको हिसाबले मात्र हैन भाषा, संस्कृति, धर्म, स्थानीय ऐन, आर्थिक संभावना र शिक्षाका दृष्टिकोणले पनि फरक थिए। यसैले ती क्षेत्रहरू न पूर्णरूपले छुटि्टन सक्थे न एउटैमा आबद्ध हुनै सक्थे। यसलाई संबोधन गर्ने एउटै उपाय थियो ‘संघीयता'। यही पृष्ठभूमिमा क्यानाडामा गणराज्यहरूबीच बलियो केन्द्रीय सरकार र संसद् अनि पर्याप्त स्वायत्ततासहितको स्थानीय सरकारको आवश्यकता महसुस गरेर क्युबेक र ओन्टारियो क्षेत्रले दुई स्वायत्त संघ स्थापना गरे। क्यानाडाको संघीयता अनुभवले भाषा र जातीयताले देशलाई स्पष्ट विभाजित गरेको खण्डमा यिनीहरू संघीयताको आधार बन्नसक्ने देखाएको छ। तर, नेपाल बहुजातीय र बहुभाषिक मुलुक भएकाले यहाँ सांस्कृतिक आधारमा हुने संघीयता निर्माण गर्दा धेरै स्वायत्त संघमा बन्ने हुँदा राज्य संचालन बढी नै खर्चिलो हन्छ। यसैले तीन भौगोलिक आधारमा तीन स्वायत्त संघको अवधारणामा केन्द्रित होऊँ।

कर्णाली स्वायत्त संघ
महाकाली, सेती, भेरी, कर्णाली, र राप्ती अञ्चललाई कर्णाली स्वायत्त संघभित्र राख्न सकिन्छ। यो क्षेत्र कर्णाली महानदीको जलाधार हो। यहाँ बसोबास गर्नेमा खस, थारू, दलित, मगर, ब्राह्मण, मुसलमान, क्षेत्री, राउटे र बादी प्रमुख जाति हुन्। यहाँ प्रमुखरूपमा बोलिने भाषामा नेपाली नै भएपनि अन्य स्थानीय भाषाहरू पनि छन्। प्राकृतिक साधन र स्रोतमा जडीबुटी, कस्तुरी र रसादीहरू प्रचुर मात्रामा पाइन्छन्। साथै यस क्षेत्रमा बहुमूल्य धातु र पत्थरको भण्डार छ। पर्यटकीय दृष्टिकोणले विश्वकै एउटा अग्लो उपत्यका जुम्ला, रारा र फोक्सुन्डो ताल, प्रकृतिको रहस्य डोल्पा यहीँ नै छन्।

गण्डक स्वायत्त संघ
लुम्विनी, धौलागिरी, गण्डकी, नारायणी र बाग्मती अञ्चलका काठमाडांै, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङ् जिल्ला यस क्षेत्रमा समेटिएका छन्। बृहत् गण्डक उपत्यका प्रणालीको रूपमा फैलिएको यो नारायणी नदीको जलाधार क्षेत्र हो। यहाँका मुख्य बासिन्दामा मगर, गुरूङ, नेवार, थारू, ब्राह्मण, क्षेत्री, थकाली, मारबाढी, कुमाल, यादव, मुसलमान र कुसुन्डा हुन्। नेपाली, नेवारी, अवधी, भोजपुरी, र अन्य जातीय भाषाहरू बोलिने यहाँ बहुमूल्य धातुहरू सुन, तामा र फलामको ठूलो भण्डार रहेको अनुमान गरिन्छ। बुद्धको जन्मभूमि रहेको यसै क्षेत्रबाट नेपाल एकीकरणको ऐतिहासिक थालनी भएको थियो। हिन्दू र बौद्ध संस्कृतिका पशुपतिनाथ, मनकामना, स्वयम्भू, लुम्बिनी, मुक्तिनाथआदि यही क्षेत्रमा छन्। त्यसैगरी, फेवाताल, ढोरपाटन, र चारकोशे झाडी प्रकृतिका मौलिक उपहार हुन्।
कोशी स्वायत्त संघ
यो भूमि बृृहत् कोशी जलाधार क्षेत्रमा पर्छ। सप्तकोशी उपत्यका प्रणाली यसैअन्तर्गत छ। यहाँ बसोबास गर्ने जातजातिमा राई, लिम्बु, यादव, चौधरी, शेर्पा, ब्राह्मण, राजवंशी, लामा, क्षेत्री, सुनुवार, तामाङ, मगर, दनुवार, सन्यासी, मुसहरआदि हुन्। विश्वभरका पर्यटकको गन्तव्य सगरमाथा यसै क्षेत्रमा रहेको छ। यो क्षेत्र नेपालमा सीमित मात्रामा भएको औद्योगिक विकासको जननी पनि हो। यहाँ बोलिने प्रमुख भाषामा नेपाली र मैथिली हुन्। अर्कोतिर कोशी सिमसार क्षेत्र जैविक विविधताले भरपूर छ। गणेश हिमाल क्षेत्र बहुमूल्य पत्थरहरूको खानी रहेको भूभाग हो।

यी दृष्टिकोणबाट हेर्दा प्रस्ताव गरिएका तीनवटा स्वायत्त संघहरू प्राकृतिक, भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक सबै आधारमा समुन्नत स्वायत्त संघ बन्नसक्ने सम्भावना राख्छन्। यी स्वायत्त संघहरू उत्तरबाट दक्षिण फैलिएका हुनाले प्राकृतिक विविधता र स्रोतका दृष्टिमा पनि आफैँमा धेरै सम्भावना र आत्मनिर्भर हुने सम्भावनायुक्त छन्।

दक्षिण एसियाली सहयोग
दक्षिण एसियाको क्षेत्रीय अन्तरनिर्भरतामा स्वायत्त गणराज्यहरूले कुनरूपमा अगाडि लैजान सक्छन् भन्ने पनि हेरौँ। दक्षिण एसियाका नेपाल, भारत र बंगलादेशबीचमा जलसरोकारका धेरै विषय सामूहिक प्रयासबाट समाधान गर्नु आवश्यक हुन्छ। नेपाल, तिब्बत र भुटानका हिमालय क्षेत्रबाट उत्पत्ति भई भारत हुँदै बंगलादेश छिर्ने गंगा, यमुना र ब्रह्मपुत्र नदीको जल व्यव्स्थापन केन्द्रीय सरकारको जिम्मेवारीमा मात्र राख्दा पानीको सामूहिक उपयोगिता धेरै नहुने अध्ययनले देखाएका छन्। उदाहरणका लागि भारतले गंगा नदीमा सन् १९७६ मा बांधेको बाँधले उत्तरी बंगलादेशमा खडेरी पारेको छ। भारतले आफ्नो 'रिभर डाइभर्सन प्लान'अन्तर्गत अन्य ५३ वटा यस्ता परियोजना संचालन गर्दैछ जसले बंगलादेशी किसानको कृषि उत्पादनमा सोझै घट्छ। बंगलादेशका दुई करोड गरीब किसानमध्य झन्डै असी प्रतिशत भारतबाट बगेर आउने पानीमा निर्भर छन्। तर भारतले यति धेरै परियोजना सञ्चालन गर्दा बंगलादेशसँग कुनै सम्बन्ध राखेको छैन। यस्ता समस्यामा सरोकारवाला सबै राष्ट्रका प्रान्तीय सरकारले बढी प्रभावकारी दृष्टिकोण प्रस्तुत गर्न सक्छन्। यसबाट स्थानीय सरकारमा आफ्नो साधन र स्रोतप्रतिसंवेदनशीलता पनि विकास हुन्छ। प्रान्तीय सरकारको सहमतिबिना केन्द्रीय सरकारले कुनै क्षेत्रको प्राकृतिक साधन र स्रोतसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता गर्न नसक्ने प्रावधान भएमा राजनीतिक विकेन्द्रीकरण र क्षेत्रीय सशक्तीकरणको अभियानलाई पनि टेवा पुग्छ।
नेपाल, भारत र बंगलादेशबीचमा गंगा, मेघना र ब्रह्मपुत्र नदीको जल उपयोगका लागि यिनको बहाव क्षेत्रमा परेका कृषकहरूको कृषि उत्पादकत्वमा सुधार ल्याउन प्रशस्त सहकार्य हुनसक्छ। नेपालको भारतीय सीमा क्षेत्रमा परेका किसान बस्तीहरू वर्षेनी बाढीको चपेटामा पर्ने गरेका छन्। ब्रह्मपुत्र नदी किनारमा वसोबास गर्ने बंगलादेशी किसानको पनि यस्तै नियति छ। कोशी र गण्डक बाँधले नेपाली सीमा क्षेत्रमा यदाकदा ल्याउने प्रलयकारी विनाश जस्तै बंगलादेशी र भारतीय सीमाको फरक्का बाँधले पनि बंगलादेशी भूमिमा ल्याउने गरेको छ। हालसम्ममा यी प्रयासमा केन्द्रीय सरकारले गरेका प्रयासले नेपाल र बंगलादेशका हकमा सार्थक परिणाम ल्याउन सकेका छैनन्। गणराज्य स्तरमा क्षेत्रीय जल व्यवस्थापनको खाका तयार हुन सके त्यसले स्थानीय लाभ र हानिलाई सहीरूपले सम्बोधन गर्न सकिन्छ। यो तथ्य भारतकै लागि पनि धेरै हदसम्म लागू हुन्छ। भारत र बंगलादेशको सीमा क्षेत्रमा रहेको सुन्दरबन विश्व सम्पदाको सूचीमा रहे पनि फरक्का बाँधका कारणले ताजा पानीको अभावमा उजाड बन्दै गएको छ। ठूला परियोजनाको निर्माणमा स्थानीय गणराज्यहरूको अधिकारलाई सुनिश्चित् नगर्दासम्म यस्ता समस्या आइनै रहन्छन्।

यी तीन मुलुकहरूको जल व्यव्स्थापनलाई बढी प्रभावकारी बनाउन बीचमा रहेको र ठूलो अर्थतन्त्र भएको भारतले नेपालको तीन ठूला कोशी, गण्डक र कर्णाली जलाधार क्षेत्रसँग स्रोत व्यवस्थापनको लागि त्यहाँका स्वायत्त गणराज्यसँग र असर व्यवस्थापन गर्न बंगलादेशको स्थानीय सरकारसँग सहमति गर्नुपर्ने बाध्यता अन्तराष्ट्रिय कानुनद्वारा नै सिर्जना गरिनुपर्छ। यस्तोमा ससाना गणराज्यहरूबाट ठूलो आशा गर्न सकिँदैन। यसका लागि गणराज्यको संख्या थोरै र साधन र अधिकार धेरै हुनुपर्छ।

दक्षिण एशियामा गंगा नदीको डेल्टा कुल एक लाख पाँच हजार वर्गकिलोमिटर क्षेत्र ओगटेको यस भूभागले पानीको स्रोत नेपाल, भुटान र चीनका हिमाली शृंखलाबाट प्राप्त गर्छ। डेल्टा क्षेत्रको झन्डै दुईतिहाइ भूभाग बंगलादेश र एक तिहाइ भारतमा पर्छ। फाइदाका रूपमा यी मुलुकहरूले पहाडी भूभागबाट आउने खनिजयुक्त मलिलो माटो पाउँछन् भने बेफाइदा बाढीको चपेटामा पर्ने गर्छन्। झन्डै १५ करोड दक्षिण एसियाली जनसंख्या यस क्षेत्रमा बसोबास गर्छन्। भारतले यसबाट बढी फाइदा उठाउन सकिरहेछ भने बंगलादेशले बाढीको कारणले अनेकाँै क्षति व्यहोरिरहेको छ। स्थानीय स्तरमा हितहरूको सन्तुलनका लागि स्वायत्त गणराज्यको भूमिका बलियो बनाउन नेपालको कम्तीमा पनि प्रस्तावित कोशी र गण्डक स्वायत्त संघ, भारतको उत्तर प्रदेश र कर्णाटक र बंगादेशको गंगाको डेल्टा क्षेत्रका स्थानीय सरकारको ठोस कार्य योजना जरूरत पर्छ। स्थानीय सरकारहरूले स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सके केन्द्रीय सरकारको भन्दा स्थानीय सरकारको योजना बढी प्रभावकारी हुनेछ,।

(लेखक अर्थशास्त्री हुन्।)
अर्को समाचार
संघीयता भारतको भारी : केसी
०१ पौष २०७३
•
२ मिनेट पाठ
संघीयता भारतको भारी : केसी
संगम घर्तीमगर




बाग्लुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा नेपालमा संघीयता लादिएको बताएका छन्। उनले संविधान संशोधन प्रस्ताव पनि भारतकै इसारामा आएको बताए। बिहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा संघीयता क्यान्सरजस्तै भएको टिप्पणी पनि गरे।

‘भारतले नेपालको तराईका भागलाई आफूमा मिलाउन गरेको डिजाइनमार्फत नेपाललाई संघीयताको भारी बोकाइएको हो,’ केसीले भने, ‘संघीयता कार्यान्वयन भए नेपाल सिक्कीमीकरण हुन्छ।’ केसीले नेपालमा संघीयता कुनै पनि दृष्टिकोणले उचित नहुने बताए। ‘संघीयता भए अखण्ड नेपाल हुँदैन', उनले भने।

नेपालको आर्थिक अवस्थाले पनि संघीयता थेग्न नसक्ने केसीको तर्क थियो। ‘देशको आर्थिक अवस्थाले पनि संघीयता थेग्न सक्दैन,’ उनले भने, ‘संघीयताको नाममा देशलाई भड्खालोमा हाल्ने प्रयास भइरहेको छ।’

संविधान संशोधन प्रस्ताव पनि भारतकै चाहनाअनुसार आएको उनले ठोकुवा गरे। ‘सरकारले अहिले जुन संशोधन प्रस्ताव ल्याएको छ त्यो भारतकै इसारामा आएको छ,’ उनले भने, ‘यसले देशको समस्या हल गर्नुभन्दा थप बल्झाउने काम गरेको छ।’ संविधान जारी गर्दाको दलीय एकता टुुटाउन भारत लागिपरेको उनको भनाइ थियो।

एर्क प्रसंगमा केसीले सांसदको तलबभत्ता छोटो बाटो प्रयोग गरेर बढाएको सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको आरोप लगाए। ‘सांसदका तलब त छोटो बाटो रोजेर बढाइयो,’ उनले भने,‘ भूकम्पपीडित अझै पालमुनि छन्, उनीहरूलाई छोटो बाटोबाट व्यवस्थापन गर्नुपर्नेमा सरकार रनभुल्लमा छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस