भनिन्छ, संकट एक्लै आउँदैन। अक्टोबर ३ देखि राष्ट्रमण्डल खेल आयोजना गर्ने तयारीमा रहेको भारतका लागि अहिले त्यस्तै भइरहेको छ।
हुनत, ओलम्पिकपछिको बृहत् खेलकुदको आयोजना गर्ने दायित्व पाएदेखि नै भारतमै यसको सफलताका विषयमा सन्देह प्रकट हुँदै आएको थियो। भारतसँग सन् १९५१ को पहिलो र सन् १९८२ को नवौं एसियाली खेलकुद गरी दुईवटा बृहत् खेलकुद प्रतियोगिता आयोजनाको अनुभव थियो। विगत केही समयदेखि आर्थिक विकासमा लम्की रहेको दाबी गर्दै आएको भारतले त्यही भरोसामा राष्ट्रमण्डल खेल आयोजना गर्न इच्छुक रहिआएको थियो।
आशंका गरिएअनुरूपै भारतले बृहत् खेलकुद आयोजनाको लगभग पूर्वसर्त मानिने भौतिक पूर्वाधार समयमै तयार गर्न सकेको थिएन। लगभग वर्ष दिनअघि तयार हुनुपर्ने भौतिक संरचना अन्तिम समयसम्म पनि तयार हुने छाँट नदेखेपछि आयोजक सहर नयाँ दिल्लीकी मुख्यमन्त्री शिला दीक्षितले गत बुधबारसम्म त्यसको तयारी गर्ने निर्देशन दिएकी थिइन्।
बिहिबारसम्म पनि देशभित्र र बाहिरबाट अयोजक पक्षले उपलब्ध गराएको सुविधासम्बन्धमा परस्पर विरोधी भनाइ आइरहेका थिए। अझ दक्षिण अफ्रिकी ओलम्पिक महासंघका प्रमुखले त परे आफैँले खेल ग्रामको ट्वाइलेट सफा गर्नेसम्म भनेेर आयोजक भारतको समर्थन गरेका छन्। उनले त्यसो भनेको अर्को दिन दक्षिण अफ्रिकी राजदूत खेल ग्रामको निरीक्षण गर्न जाँदा त्यहाँ विषालु सर्प देखेका थिए। त्यस्तै एक जना भारतीय खेलाडीको खाट भाँचिएको थियो। त्यसमाथि केही दिनअघिमात्र मुख्य स्टेडियमअगाडि निर्माणाधीन पुल ढलेको थियो। त्यसको निर्माण भारतीय सेनाले गरेको छ।
अधुरो निर्माण कार्यका कारण आलोचना खपी रहेको आयोजकका सामु अर्को समस्या मनसुनले उत्पन्न गरेको छ। भारी वर्षाका कारण नजिकैको यमुना नदीमो बाढी आएपछि त्यसबाट जोगिन सर्प, जंगली बाँदर खेल ग्राममा छिरेका थिए। आयोजक समितले सर्प समाउन सपेरालाई नियुक्तै गर्नुपरेको थियो भने बाँदर धपाउन धेरै संख्यामा लंगुरहरू त्यहाँ ल्याइएको छ।
हुनत, ओलम्पिक, एसियाड र राष्ट्रमण्डल खेलजस्ता बृहत् खेलकुद आयोजकको तयारीलाई गम्भीरतापूर्वक लिने चलन नयाँ होइन। यसाट स्वयं आयोजकले पनि समयमै भौतिक पूर्वाधारलगायतका निर्माण कार्य सम्पन्न गर्न प्रेरणा पाउँछ।
सन् २००४ को ओलम्पिक आयोजक एथेन्स सहरले पनि अन्तर्राष्ट्रिय स्तरबाट व्यक्त चिन्ताको सामना गर्नुपरेको थियो। कैयौं आशंकापछि पनि एथेन्सले सम्पूर्ण तैयारी समयै पूरा गरेको थियो।
त्यस्तै स्थिति सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि आइलागेको थियो। त्यतिबेला बेइजिङको तयारीदेखि त्यहाँको ट्राफिक जामसम्ममा सबैले चिन्ता प्रकट गरेका थिए। तर सबै बाधालाई पार गर्दै अन्ततः बेइजिङ ओलम्पिक पनि सफल भएको थियो।
सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा भएको १३ औं एसियाडको तयारी र आयोजनाका विषयमा पनि अन्तर्राष्ट्रिय खेल समुदायले चिन्ता प्रकट गरेको थियो। तर थाइल्यान्डले समयमै सबै तैयारी पूरा गरेर एसियाडको सफल आयोजना गर्यो।
सन् १९८४को लसएन्जल्स ओलम्पिकसँगै यस किसिमका अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना राष्ट्रिय प्रतिष्ठाका विषय बनिसकेका छन्। यस्ता बृहत् आयोजनाको सफलताले मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउँछ र राष्ट्रिय भावना जगाउँछ। त्यही सोच लिएर बैंकक एसियाडकासाथै एथेन्स र बेइजिङ ओलम्पिक सफल भएका थिए। किनभने एथेन्सलाई ओलम्पिक आयोजनाका लागि ग्रिस र बेइजिङलाई चीनको पूरा सहयोग थियो। तर खेल बजारमा क्रिकेटको एक्लो आधिपत्य भएको भारतमा भने राष्ट्रमण्डल खेल आयोजना राष्ट्रको चासोको विषय नभएको गुनासो हुँदै आएको छ।
त्यसैकारणले पनि राष्ट्रमण्डल खेलकुद प्रतियोगिताको आयोजना त्यहाँको ओलम्पिक संघको मात्रजस्तो हुन पुग्यो। त्यसबाहेक राष्ट्रमण्डल खेलका कारण राजधानीलाई त्यस स्तरको सहरमा परिणत गर्ने क्रममा पनि आयोजकसँग कुनै समन्वय नगरिएको गुनासो त्यहाँका खेल अधिकारीले गरेका थिए। यो समस्या भारतको मात्र नभई दक्षिण एसियाकै हो। अहिले राष्ट्रमण्डल खेलकुद प्रतियोगिताको तयारीमा कमजोरी देखिएपछि भने सारा राष्ट्रको चासो त्यसतर्फ गएको छ। राज्य र केन्द्र सरकारले तैयारीमा भएको ढिलाइमा चिन्ता व्यक्त गरेका छन् भने भौतिक निर्माणमा सेनालाई समेत संलग्न गराइएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक संघले आफूअन्तर्गतका खेलकुद प्रतियोगिता आयोजना गर्ने अधिकार देशलाई नभएर सहरलाई दिने गर्छ। तर त्यसमा समग्र देशको लगाव भएन भने त्यो साँच्चै नै बाँदर धपाउन लंगुर लगाउने व्यवस्थाजस्तै हुन्छ। राष्ट्रमण्डल खेलको आयोजक दिल्लीले भोगिरहेको यस स्थितिबाट अन्य राष्ट्रले पनि सिक्न सक्नुपर्छ।