बसन्तपुरमा आयोजित सांस्कृतिक कार्यक्रममा पूर्व राजालाई भाग लिन रोक लगाएर काम चलाउ सरकारले आफ्नो लाचारी प्रदर्शन गर्यो। दरवार हत्या काण्डको समयमा आयोग बनाउन सुझाव दिने तर आयोगमा आफू नबस्ने माधवकुमार नेपालको धरातल सामान्य जनताले पनि चिनेकै छन्। आफूलाई क्रान्तिकारी देखाउन यसो गरिएको हो भने त्यो सांस्कृतिक आक्रमण कति प्रत्युत्पादक हुन्छ भन्ने समय क्रममा देखिनेछ। सांस्कृतिक अतिक्रमणलाई सफलता ठान्ने अप्रजातान्त्रिक गैरजिम्मेवार कदम महंगो पर्ने निश्चित छ। प्रगतिशील राष्ट्रवादी गणतन्त्रका आवरणमा चर्का र उत्तेजक अभिव्यक्ति दिएर भ्रममा पार्न अब सम्भव छैन।
समयको खेल, २०३६ सालको जनमत संग्रहमा घोषित या अघोषित गठबन्धन गरेर निर्दलीय व्यवस्था जिताउन भूमिका खेलेका माले, मसाल र मण्डले अहिले सबैभन्दा क्रान्तिकारी देखिएका छैन् र तिनको अघोषित मोर्चा बनेको देखिन्छ। फरक त्यतिमात्र हो २०३६ सालमा क्रान्तिका नाममा जनमत संग्रह बहिष्कार गर्नेहरू प्रगतिशील राष्ट्रवादको आवरणमा र 'सबै नेपाली पञ्च' भन्नेहरू प्रजातन्त्रको आवरणमा भ्रम पार्न खोज्दैछन्। समय गतिशील हुन्छ, पछाडि फर्कँदैन तर नयाँ भूमिका इतिहासकै जगमा निर्माण हुन्छ। यो विज्ञानको नियम हो। सिक्किमलाई भारतमा विलय गरिएपछि देशको चिन्ताले नेपाल फर्किएका विश्वेश्वरप्रसाद कोइरालालाई 'भारतीय दलाल' भन्ने तत्कालीन माले र हालको एमाले नेतृत्वको सरकारले कुनै नैतिकताको आधारमा राजाको सांस्कृतिक केन्द्रमा प्रहार गरेको हो? उसको धरातल कहाँ छ? सत्ता र शक्ति स्थायी हुँदैन। यो समयअनुसार बदलिइरहन्छ भन्ने आफूलाई सर्वशक्तिमान ठान्ने दलका नेताले समयमै हेक्का राख्नु उचित होला। विचारको बिनाको भिडमा स्थायित्व हुँदैन भन्ने अहिले प्रजा परिषदको अवस्थामा पुगेको नेपाली कांग्रेस र २०५१ सालको राप्रपाजस्तो एमालेले नबुझ्नु स्वाभाविकै हो।
चीनको कोमिन्ताङको पतन र भारतको समाजवादी दलको अवस्था छिमेकी मुलुककै इतिहासका घटना हुन्। यही दिशामा छलाङ मार्दै गएका वर्तमान सत्ताधारी दलले राजाको सांस्कृतिक महत्वमा आक्रमण गरेर क्रान्तिकारी आवरणमा सुरक्षित भएको ठान्नु विडम्बनासिबाय केही होइन। सत्ताले जन्माएको यस्तो क्रान्तिकारिता दुनियाको इतिहासमा कतै पनि टिकेको छैन। नेपाल पनि त्यसको अपवाद हुन सक्तैन।
देशमा सक्रमणकालीन अवधि जति बढ्दै गएको छ, त्यत्ति नै व्यवस्थापकिय क्षमता पनि गुम्दै गएको देखिएको छ। अहिले मुलुकमा न प्रजातान्त्रिक व्यवस्था छ, नत तानासाही वा साम्यवादी व्यवस्था नै छ। अहिलेको अवस्था अराजकता हो। अराजकताले अन्ततः गृह युद्ध निम्त्याउँछ। नेपालमा बहुदलीय प्रजातन्त्र दश वर्षमा र गणतन्त्र दुवै वर्षमा असफल भएको छ। यसको मूल कारण विचारविहीन राजनितिले पाएको प्रश्रय हो। हुनपति बीपी कोइरालाबाहेक अरू कसैले पनि २००७ सालदेखी अहिलेसम्म हेर्दा वैचारिक राजनितिक नेतृत्व गर्न सकेन। कुनै पार्टी ठूलो बन्नु सत्तामा जानु र मन्त्री, प्रधानमन्त्री हुनु महत्वपूर्ण विषय होइन। महत्वपूर्ण त नेतृत्वले लिने दिशा हो। राजतन्त्र विस्थापनको दुई वर्षले वास्तविक पर्दा खोलिदिएको छ। हिजो राजा र बीपीलाई अर्थात् राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिलाई मिल्न नदिने र बीपीलाई फाँसीको माग गर्ने तथा जनमत संग्रह वहिष्कार गरेर त्यही तत्वलाई सहयोग पुर्याउने उग्रवाम (गोरखपुरपन्थी)हरू ३१ वर्ष पछि पुनः एकै ठाउँमा देखिएका छन्। अर्कोतर्फ, आरएसएस र भाजपाको एजेन्डा बोकेर हिजो हिन्दु सम्राट भन्दै फसाउने तत्व जनमत संग्रह र सांस्कृतिक राजाको एजेन्डा बोकेर आएको छ। जनमत संग्रहको भित्री मनसाय खुलेपछि अहिले अर्को निर्वाचनको माग गर्दैछन्। अर्को निर्वाचन गर्नु त यथास्थितिलाई नै निरन्तरता दिनु होइन र? एउटा संविधान सभा विघठन गरेर अर्को संविधान सभाकै निर्वाचनको माग गर्नुको उद्देश्य के हो? निर्वाचनको नारा दिने यही तत्व अहिले पनि प्रजातान्त्रिक, राष्ट्रवादी र वामपन्थी देशभक्तलाई मिल्न नदिन र बदनाम गर्न सक्रिय छन्। यस अवस्थामा सबै देशभक्त बौद्धिक व्यक्तित्व, पत्रकार र राजनीतिक शक्तिका साथै राजा, सेना र जनता सचेत भएर इतिहासको समीक्षा गर्नु जरुरी छ। कसैप्रति आग्रह पूर्वाग्रह नराखी तथ्यमा पुग्नसके मुलुकले निकास पाउन कठिन छैन।
राजालाई भेट्न गएका बीपीलाई कोटको रंग नमिलेको भनेर अपमानित गरी दरवारको ढोकाबाट फर्काउने राजाका हितैषी नभएजस्तै अहिले सांस्कृतिक राजा, जनमत संग्रह र अर्को निर्वाचन भन्नेहरू पनि राजाका हितैषी होइनन्।
सरकारको राजीनामा, सरकार परिवर्तन बहुमतीय सहमतिआदिले के मुलुकलाई निकास दिनसक्छ? माओवादी लडाकुको समायोजन या सेना भएको दल सरकारमा जानु हुँदैन भन्ने मान्यता राख्नेले कुन सैद्धान्तिक आधारमा दुइवटा सेना राखेर निर्वाचन गराएका थिए? अहिले देखिएको समस्या राजतन्त्रलाई घेरामा पार्न २०६३ साल मंसिर ७ गते भएको कथित शान्ति सम्झौताका नाममा दुई सेना राखेर गरिएको निर्वाचनको परिणाम हो। यर्थाथमा, संसद्वादी भनिने राजनीतिक दलले आफ्नो वैधानिकता त्यतिबेलै गुमाइसकेका थिए। सेना समायोजन र संविधान सँगसँगै वा पहिला समायोजन र माओवादी नागरिक पार्टी बन्ने त? यो विवाद समाधान हुने आधार छैन। यस अवस्थामा सरकार परिवर्तनले मात्र समस्याको समाधान गर्न सक्तैन। हिजोका अवैध निर्णय र गल्ती सच्याउन नसक्ने हो भने समयले पनि पर्खने छैन। निषेधको राजनीति अहिलेको संकटको मूल कारण हो। अति दक्षिणपन्थीको निषेधको नीतिले जन्माएको परिणामकै आधारमा प्रजातन्त्रिक शक्तिले पनि निषेधको राजनीति गर्नु सिद्धान्ततः गलत थियो। अहिले कसैले कसैलाई निषेध गरेर जान खोज्नु मुलुकलाई गृहयुद्धमा धकेल्नु हो। अति दक्षिणपन्थी मण्डले घेराबन्दीको आक्रोशमा राजतन्त्रलाई निषेध गर्ने गोरखपुरपन्थी सँगको गठबन्धनको सैद्धान्तिक मृत्यु भइसकेको छ। त्यसैले सरकार परिवर्तन वा नयाँ सहमति होयन बैशाख ११, २०६३ को सहमति नै वास्तविक निकास हो।