मेरा एक जना मित्र छन्। उनी महिनाको ३० हजार तलब खान्छन् र नेपालको कर नियमअनुसार २५ हजारमाथिको आम्दानीमा २५ प्रतिशत कर तिर्छन्। अर्का मित्र महिनाको पाँच लाख तलब खान्छन् र महिनाको २५ हजार माथिको आम्दानीमा २५ प्रतिशत नै कर तिर्छन्। मैले चिनेका अर्को एकजना महिनाको दश लाख तलब खान्छन् तर उनले तिर्ने करको दर पनि त्यही नै हो। नेपालजस्तो देशमा महिनाको तीस हजार र दश लाख तलब खाने दुवैलाई करको दर समान रहेसम्म राज्य व्यव्स्था समाजवादी हुनसक्दैन। आफ्नै कुरा गरौँ, मैले पाउने तलबको निश्चित रकममाथि चालीसदेखि पचास प्रतिशतसम्म राज्यले कर नलिँदासम्म नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको नाराले मात्र राज्य व्यवस्था समाजवादी हुनै सक्तैन। उच्च व्यक्तिगत कर त प्रजातान्त्रिक समाजवादको एउटा पक्षमात्रै हो त्यसमा त्यागका अन्य पक्ष पनि छन्। महाधिवेशनका याममा समाजवादका चर्का चर्चा हुँदा नेपाली कांग्रेसका नेता र कार्यकर्तामा समाजवादी त्याग गर्न कतिजना तयार छन् भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ।
समाजका निम्न वर्गको कल्याणका लागि आधारभूत शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा, जेष्ठ नागरिकको सामाजिक सुरक्षाजस्ता क्षेत्रको जिम्मेवारी लिने राज्य व्यवस्थालाईमात्र समाजवादी भनिन्छ। राज्यले त्यस्ता जिम्मेवारी लिन नहुनेलाई सहयोग पुग्ने गरी हुनेसँग सक्तोकर लिनुपर्छ। बेलायतमा हुनेका लागि निजी विद्यायालय र अस्पताल छन् तर त्यहाँ नहुनेलाई निःशुल्क विद्यालय, अस्पताल र अरू धेरै सेवा उपलब्ध गराउन हुनेले राज्यलाई पचास प्रतिशतसम्म कर तिर्छन्। ‘समाजवाद' भन्दा पनि न्यायपूर्ण समाजका लागि अझ परिष्कृत ‘कल्याणवाद' अँगाल्ने नर्वे, फिनल्यान्ड, स्विडेन, डेनमार्कजस्ता देशमा त हुनेले राज्यलाई पचास प्रतिशतभन्दा माथि कर तिर्छन्। तिनलाई प्रजातन्त्रसहितको साम्यवादी समाज भने पनि केही फरक पर्दैन। त्यहाँ न्याय, शान्ति, समृद्धि, र खुसी सबै छ।
तिनीहरूसँग अमेरिका या बेलायतको जस्तो संसारै थर्काउने सैनिक र आर्थिक शक्ति नहोला तर त्यहाँका मानिस शक्तिशाली भनिएका राष्ट्रका भन्दा खुसी छन् भन्ने सर्वेक्षणहरूले प्रष्ट पारेका छन्। धनी र गरिब त ती समाजवादी र कल्याणवादी राष्ट्रमा पनि छन् तर त्यहाँ कम्युनिस्ट भने अत्यन्त न्यून संख्यामा छन्। किनभने धनीले गरिबको हीतका लागि योगदान गर्ने हुनाले त्यहाँ धनी र गरिबबीच वर्गीय वैमनश्य र शत्रुता छैन। धनीलाई गरिबले शोषक भन्दैनन्। धनीले गरिबलाई नहेर्ने ठाउँमा विद्रोह हुन्छ। हामीकहाँ भएको त्यही नै हो।
नेपाली कांग्रेसको सभापतिका तीनै जना उमेदवार प्रजातान्त्रिक समाजवादका अनुयायी होलान्। तर तिनका भाषण सुन्दा तिनलाई यसको अर्थसम्म थाहा भए पनि नेपालको परिप्रेक्षमा प्रजातान्त्रिक समाजवादलाई कसरी चरितार्थगर्न सकिन्छ भन्ने ज्ञान कत्ति पनि नभएको स्पष्टै बुझिन्छ। तिनै जना नेतामा हुनुपर्ने सद्गुणका कारण नभएर राजनीतिक आन्दोलनमा समर्पणका आधारमा नेता भएका हुन् । परिस्थिति कस्तो छ भने तीमध्येबाटै एकजना सभापति चुनिने छन्। अर्थात्, कांग्रेसले अर्को महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगरेसम्म दलको सुनौलो भविष्यको रेखा कोरिने लक्षण देखिँदैन।
सभापतिपछिको शक्तिशाली महामन्त्रीको पदका उमेदवारबाट पनि त्यति आशा गरिएको छैन। ती मध्येका नरहरि आचार्य बौद्धिकतामा अगाडि भएपनि संगठनमा पछाडि देखिन्छन्। त्यही कारण उनले सभापति पदमा उमेदवारी नदिएका हुनसक्छ। अरू दुई जना औसत स्तरका नेता हुन्। दलमा समूह बदल्दै आफूलाई माथि लैजाने बाटो त बनाउन सक्लान् तर सिँगो दललाई उँभो लगाउने बौद्धिक क्षमता चाहिँ छैन। तैपनि पार्टीका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि इमानदार भए भने कांग्रेसको भविष्यका लागि तिनले सुखद आधार तयार पार्न सक्छन्।
ती प्रतिनिधिहरूमा यसपटक चालीस प्रतिशत युवा भएको बताइँदै छ। तिनमा सबै आशा लाग्दा नै होलान् भन्न सकिँदैन। उदाहरणका लागि, झापाका आशालाग्दा युवा नेता विश्वप्रकाश शर्मालाई दलको जिल्ला सभापतिको पदमा पुराना नेता मिलेर हराए। विविध कारणले दुर्गुणयुक्त युवा राजनीतिकर्मी पनि महाधिवेशन प्रतिनिधिका रूपमा आइपुगेका हुनसक्छन्। आफ्ना आधार दरिलो नभएकोले तिनको ध्येय चाकडी, चाप्लुसी र गुटबन्दी गरेर जसरी पनि अरूको बलमा सिँडी उक्लने हुनेछ। त्यस्तालाई प्रतिनिधिहरूले केन्द्रीय समितिको निर्वाचनमा हराउन सकेभने कांग्रेसमा थोरै भए पनि परिवर्तनको आशा गर्न सकिन्छ। अन्यथा कांग्रेसको रूप त बदलिएला तर सारमा कुनै परिवर्तन हुनेछैन। त्यसको फाइदा कांग्रेसीहरूले सबभन्दा बढी विरोध गर्ने माओवादीलाई पुग्नेछ।
नेपाली कांग्रेसले २०६२/६३ सालको जनआन्दोलनदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीको पुच्छर समाउन थालेको थियो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको अनुयायी बन्नुमा मात्र नभएर कांग्रेस तुलनात्मकरूपमा समावेसी हुनुमा पनि माओवादीकै देन छ। माओवादी आफ्नो विचार र विश्वासमा अझै पनि अडिग छन् र त्यही मार्गमा हिँडिरहेका छन्। नेपाली कांग्रेस भने मणी हराएको सर्प भएको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको मूल आदर्श थियो। आफूलाई जीवनभर दुःख र कष्ट दिँदा पनि बीपी कोइरालाले राष्ट्रियताको हकमा राजा र मेरो घाँटी जोडिएको छ भन्थे र उनले त्यसैअनुरूपको आचरण प्रस्तुत गरे। अहिलेका कांग्रेसका नेताको घाँटी भारतीय राजदूतसँग जोडिएको भान हुन्छ। कांग्रेसका लागि राष्ट्रियता अब अवलम्वन गर्नुपर्ने आदर्श नभएर नारामात्र रह्यो। कांग्रेसलाई देशमा प्रजातन्त्र चाहिन्थ्यो पार्टीभित्र कहिले प्रजातन्त्र चाहिएन। त्यस परिस्थितिमा भने कांग्रेस सुधारोन्मुख देखिएको छ। कांग्रेसका नेताले राजनीतिक र व्यक्तिगत दुवै तहमा समाजवादी चरित्र देखाउन सकेका छैनन्। समाजवाद प्रत्यक्षरूपमा मानवीय संवेदनासँग गाँसिएको सोच हो। त्यो अरूलाई दुख्दा आफूलाई दुख्ने राजनीतिक आदर्श हो। त्यसले ‘मलाई बढी दे' भन्दा, ‘म बढी दिन्छु' भन्छ। व्यक्तिगत तहमा कल्याणवादी हुन नसक्ने राजनीतिकरूपमा समाजवादी बन्न सक्तैन। त्यसैभएर नेपाली कांग्रेसका अधिकांश नेतालाई समाजवादको अन्तरवस्तु र नेपालको परिप्रेक्षमा त्यो हासिल गर्ने बाटो थाहै छैन। समाजवाद तिनका लागि आडम्बर भएको कारण त्यही हो। कांग्रेसको समाजवादलाई माओवादीले सैद्धान्तिकरूपमा ठूलो हदसम्म खाइदिइसकेका छन्। मौका पाए भने तिनले व्यावहारिकरूपमै खाइदिने छन्। अनि नेपाली कांग्रेससँग प्रजातन्त्रको धुरीमात्र बाँकी रहनेछ। त्यो धुरीले पनि देशका हुनेखाने, चाकडीचाप्लुसी गर्नलाई मात्र ओत दिने हो भने भाषणमात्र बेचेर कांग्रेसले आफूलाई कतिसम्म थेग्ला? महाधिवेशनका सबै प्रतिनिधिले यस पटक विचार पुर्याउनुपर्छ।
नेपाली कांग्रेस सिद्धान्त, व्यवहार र नेतृत्व सबैमा चुकेको धेरै भैसक्यो। अबको महाधिवेशनमा पनि दलका प्रतिनिधिले व्यक्तिगत स्वार्थबाट माथि उठेर गुण दोषका आधारमा नेतृत्व चयन गर्न सकेनन् भने, कांग्रेसको भविष्य फेरि पनि अन्धकारमा रुमल्लिरहने र देशले दुख पाउने क्रम जारी रहने निश्चित् छ।