महाधिवेशनका जिम्मेवारी
०३ असोज २०६७
•
७ मिनेट पाठ
महाधिवेशनका जिम्मेवारी
सामाजिक, आर्थिक रूपान्तरणको अभिभारा, नारा र कार्यक्रसाथ कांग्रेस संगठित भएको थियो। लोकतन्त्र र परिवर्तनका यात्रामा यो पार्टी नेपाली राजनीतिको अपराजित शक्ति हो। निर्वाचनमा जित र हार भए पनि विचारमा हारेको छैन। पार्टीको इतिहास उपलब्धि र गौरवले भरिपूर्ण छ।
नेपालमा भएका सबै क्रान्तिको अन्वेषक र अगुवा कांग्रेसै हो। बीपी, सुवर्णजी, गणेशमानजी, किसुनजी, गिरिजाबाबुलगायतका नेताको अविछिन्न वैचारिक तथा सांगठनिक नेतृत्व र स्थिरबम मल्ल, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, यज्ञबहादुर थापा, भिमनारायण श्रेष्ठ, सरोज कोइराला, दुर्गानन्द झा, यादवनाथ आलोक, तेजबहादुर अमात्य, राम/लक्ष्मण उपाध्याय, कामेश्वर, कुशेश्वर, लिला, ठगी, केशव, महेश, पेसल, गोकर्ण, शिव/साकेतचन्द्र जस्ता अनगिन्ती सहिदको प्रेरणाले सिंचित र समर्पित यो पार्टी नेपाली माटोको उपज हो। नेपाल र नेपाली जनतालाई अन्धकारपूर्ण बन्द समाजबाट खुल्ला र उन्मुक्त आकाश र प्रकाश दिने दुरुह, गम्भीर र चुनौतीपूर्ण जिम्मेवारी सम्पन्न गर्न सफल कांग्रेस अग्रगामी परिवर्तनतर्फको अभियन्ता र पथिक पनि हो। यसले सबैखाले तानाशाही, निरंकुशता र सर्वसत्तावादको सामना गरेको छ र तिनलाई झुकाएको छ।




अहिले महाधिवेशन प्रतिनिधि नेतृत्व चयन र नीति निर्माणमा व्यस्त छन्। नीति र कार्यक्रम तर्जुमा गर्ने र नेता छान्ने काम नै महाधिवेशनको कार्यभार हो। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले प्रारम्भ गर्नुभएको यात्रामा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएर संविधान लेखेपछि मुलुकले निश्चित गति लिनेछ।

एकीकृत नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहको पीडाबाट मुलुक र जनतालाई मुक्त गर्न कांग्रेसले प्रारम्भ गरेको शान्ति प्रक्रिया तोकिएको समयभित्र सार्थकरूपमा टुंग्याउन महाधिवेशनले एउटा मार्गचित्र तय गर्न सक्नुपर्छ। माओवादीसँग लोकतन्त्र, शान्ति र जनताको त्रासरहित भएर बाँच्न पाउने अधिकारका मूल्यमा सम्झौता हुन सक्दैन। शिविरका लडाकुको सलामी खाएर खुल्लामञ्चमा अरूलाई उपदेश दिने माओवादी प्रवृत्तिप्रति महाधिवेशनले स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ। लोकतान्त्रिक मूल्यको उपेक्षा गरेर माओवादीसँग बिनासर्त सहकार्य कांग्रेसलाई स्वीकार्य छैन।

संविधान सभाको थपिएको एक वर्षे कार्यकालको एकतिहाई समय गुजि्रसकेको छ। यस्तै हो भने अबका ८ महिनामा पनि संविधान लेख्न सकिने देखिँदैन। यसले सबैभन्दा बढी कांग्रेसलाई नै पोलिरहेको छ। कांग्रेसको नेतृत्वमा लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई केन्द्रमा राखेर नयाँ संविधान लेखिने काम सम्पन्न गर्न महाधिवेशनले दिशानिर्देश गर्न सक्नुपर्छ।

राष्ट्रको सार्वभौमिकता जोगाउनु र नेपालीको सम्मान र स्वाभिमानको रक्षा गर्नु कांग्रेसको कर्तव्य हो। संघीयता मूलतः जनताको शासन अधिकारसँग सम्बद्ध हुनाले यसको मूलभावना कांग्रेसबाहेक अरूले बुझ्न सक्तैन। संघीयताका नाममा नेपालीलाई आपसमा लडाएर स्वार्थ सिद्ध गर्न लागेको माओवादीको अभिष्ट महाधिवेशनले पर्दाफास गर्नुपर्छ।
माओवादीले बन्दुक भिराएर लोकतान्त्रिक व्यवस्थाविरुद्ध उतारेका नेपाली युवालाई राज्यले सुविधा उपलब्ध गराए पनि त्यही द्वन्द्वबाट प्रताडित हजारौं नेपालीले आजसम्म पाएका छैनन्। माओवादीबाट मारिएका एक हजार ४९ जना कांग्रेस कार्यकर्तालाई राज्यले सहिद घोषित गरेको छैन। हजारौंको अंगभंग भएको छ भने कतिपय अझै पनि आन्तरिक र वाह्य शरणार्थी भएका छन्। महाधिवेशनले तिनका घाउमा महलम लगाउन, सम्पत्ति फिर्ता गराउन, सहिद घोषणा गराउन, क्षतिपूर्ति र सहयोग दिलाउन राज्यको ध्यानाकर्षण गर्नुपर्छ।
महाधिवेशन प्रतिनिधिहरूले ध्यान पुर्‍याउनुपर्ने मुख्य विषय नेतृत्व चयन पनि हो। कांग्रेस संकटपूर्ण क्षणमा छ। यस पटक छानिने नेताले पार्टीलाई संकटबाट जोगाउन सक्नुपर्छ।

कांग्रेसलाई संकटबाट तार्ने नेता छान्न नेतृत्वमा आउन खोज्नेहरूको प्रवृत्तिगत विश्लेषण गर्नुपर्छ। आफ्नो प्रतिष्ठा र सुखका लागि पार्टी र लोकतन्त्रलाई दाउमा राख्नेले संकटबाट मुक्त गर्न सत्तै्कन। सधँै बालुवाटार र सिंहदरबार ताक्ने प्रवृत्तिलाई कांग्रेसले निरुत्साहित गर्नैपर्छ। कांग्रेसको आगामी नेतृत्वले दार्चुला र ताप्लेजुङ ताक्नुपर्छ। झापा, धनुषा, पर्सा हुँदै कञ्चनपुर ताक्नुपर्छ। हिमाल पहाड र मधेस सोच्नुपर्छ। सधैँभरि सत्ता खोज्ने सत्तामा पुगेपछि त्यसको चरम दुरुपयोग गर्ने, विकृतिको बाहक बन्ने, पद, पैसा र प्रतिष्ठाका लागि निरंकुशतासँग गठजोड गर्न नहिचकाउने प्रवृत्ति ठम्याउनुपर्छ। लोकतन्त्र भनेको आस्था हो र स्वार्थत्याग हो। त्यस्तै लोकतन्त्र भनेको आदर्शप्रतिको समर्पण र अविचलित निष्ठा हो। कांग्रेसको बागडोर सरल, निष्ठावान र समर्पित नेतालाई सुम्पनुपर्छ। नत्र लोकतन्त्र र नेपालीको भविष्य हार्छ। अहिलेको हाम्रो जिम्मेवारी नै यही हो।
अर्को समाचार
नेकपा, माओवादीको महाधिवेशनका लागि नेतृत्व चयन, 'संसदवादतिर जान्नम'
०४ असार २०६९
•
१ मिनेट पाठ
नेकपा, माओवादीको महाधिवेशनका लागि नेतृत्व चयन, 'संसदवादतिर जान्नम'
काठमाडौं, असार ५ (नागरिक) - मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा, माओवादीको सोमबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा वैद्य तथा महासचिवमा रामबहादुर थापा र सचिवमा सीपी गजुरेललाई जिम्मेवारी सुम्पेको छ। नयाँ महाधिवेशनका लागि नेतृत्व चयन गरिएको हो। मंगलबार दिउसो १ बजे प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टीका भावी योजनाबारे जानकारी दिइने छ।
'हामीले राष्ट्रिय भेला सकेर विधान पारित गर्‍यौ। नयाँ पार्टी गठन गर्‍यौं,' बैठकपछि नेतृ पम्फा भुषालले नागरिकन्युजसँग भनिन्, 'महाधिवेशन का लागि कार्य समिति गठन भएको छ। जनविद्रोहको लाइनबारे के हुन्छ भोलि बताउँला। तर यो चाही पक्का हो कि हामी संसदवादतिर जान्नौं। अग्रगमनतिर जान्छौं।'


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस