नेपालमा खेलकुदसम्बन्धी संरचनागत व्यवस्थामा खासै कमी देखिँदैन। यहाँ अलग्गै नभए पनि खेल मन्त्रालय छ। खेलकुदकै सर्वोच्च संस्थाका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) छ। त्यसअन्तर्गत थुप्रै खेल संस्था छन्। अन्तर्राष्ट्रिय ओलम्पिक अभियानलाई प्रतिनिधित्व गर्ने नेपाल ओलम्पिक कमिटी पनि छ। यसरी मन्त्रालय, राखेप र खेल संस्था हुनुको केही अर्थ त होला। वास्तवमा खेलकुदलाई स्वायत्तरूपमा अगाडि बढ्ने अवसर दिन बेग्लै मन्त्रालय बनाइएको हुनुपर्छ। यस्तैे प्रत्यक्ष रेखदेखका लागि राखेपको गठन गरिएको हो। सबै खेलको आआफ्नै तरिकाले विकास गर्ने उद्देश्यले संघहरू गठन भएका हुन्। तर के यत्तिले मात्र नेपालमा खेलकुदको विकास सम्भव छ?
सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक पहिलो सर्त अर्थात् आर्थिक स्रोतको व्यवस्थै राम्ररी गरेको छैन। नेपाली खेलकुदको नियति बाबुआमाको काखमा पनि टुहुरो अनुभव गर्ने बच्चाको जस्तो छ। सरकार, परिषद र संघबाट खेल, खेलाडी र संघमाथि अनावश्यक हस्तक्षेप हुन्छ तर विकासका लागि केही भएको छैन।
गत शनिबार अर्थ मन्त्री सुरेन्द्र पाण्डेले समयमा बजेट नआए नेपालले आगामी एसियाडमा सहभागिता जनाउन नसक्ने भने। उनको यस कथनले आउँदो एसियाडमा नेपालको सहभागितामात्र हैन समस्त नेपाली खेलकुदको भविष्य नै अनिश्चितताको अध्यारोतर्फ उन्मुख भएको छ। सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको नेपालले त्यसपछि सन् १९५४ मा मनिलामा भएको दोस्रो एसियाडबाहेक सबैमा सहभागी हुँदै आएको छ। यसैले नेपाल एसियाडमा सहभागी हुनुजरुरी हुन्छ। हुनत, मन्त्री पाण्डेले जे भने पनि आगामी एसियाडमा नेपालको सहभागिता पक्कै हुन्छ। यत्ति हो, बजेट निकासा हुनै नसके त्यसको स्वरूप र शैली र परिणाम फरक हुनसक्छ।
उनको त्यस्तो कथनले एसियाडको तयारीमा जुटेका खेलाडी, संघसंस्था, राखेप र नेपाल ओलम्पिक कमिटी सबै रनभुल्ल परेका छन्। यस्तो अनिश्चितताले अभ्यास एवं प्रशिक्षणमा असर पार्छ। त्यसको परिणाम एसियाड प्रदर्शनमा देखिनेछ। एसियाली खेलमा हामी त्यसै पनि कमजोर छौँ। पहिलो एसियाडबाटै सहभागिता जनाइरहेको नेपालले सन् १९८६ मा सोलमा भएको दसौं एसियाडमा पहिलो पदक पाएको थियो। सन् १९९८मा बैंककमा भएको १३ औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पाएको रजत पदकबाहेक हामी एसियाडमा कास्य पदकमा मात्र सीमित छौँ।
आर्थिक कारणले नेपालले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्ला तर जति गर्न सकिन्छ त्यसका लागि तयार हुनुपर्छ। त्यस्तै मनोबल उठाउन राज्यले खेल क्षेत्रको अभिभावक बन्न सक्नुपर्छ। नसके जिम्मेवार पदाधिकारीले मनोबल खसाउने काममात्र नगरे पनि खेल क्षेत्रलाई ठूलो गुन लाग्नेछ।
अर्थमन्त्रीले एसियाडको महत्व बुझेर नेपालको सहभागिताका लागि यथासम्भव प्रयास गर्ने वचन दिइनुपर्थ्यो। सरकारलाई सहभागिताका लागि चाहिने दुई चार करोड रूपैयाँको व्यवस्था गर्न कठिन हुँदैन। खेल र एसियाडको महत्व 'ठाउँ'मा बस्नेहरूले बुझिदिए पुग्छ। अपेक्षित सफलता नपाए पनि सोलपछि नेपाली खेलाडी एसियाडबाट रित्तो हात फर्केको छैनन्। नेपाली खेलाडी अन्तर्राष्ट्रिय स्पर्धामा सफल हुँदैनन् भन्ने जिज्ञासा कसैमा छ भने त्यसको सटीक उत्तर अहिलेको नेपाली खेल क्षेत्रमा देखिएको स्थिति हो।