आज कांग्रेसजन ९७ औं बीपी जन्मजयन्ती मनाउने चटारोमा छन्। बीपीका नाममा रक्तदानदेखि विचार गोष्ठी र वृक्षारोपणसम्मका कार्यक्रम हँुदैछन्। यस वर्षको बीपी जयन्तीमा विगतमा भन्दा बीपीका बारे धेरै चर्चापरिचर्चा हुने देखिएको छ। बीपीको संझनामा राजधानीमा आयोजना हुने कार्यक्रमहरूमा यस पटक धेरै कार्यकता भेला हुनेछन्। कारण, कांग्रेस अहिले १२ आंै महाधिवेशनको संघारमा छ। काठमाडांैमा असोज १ देखि ५ सम्म हुने महाधिवेशनमा भाग लिन आधासरो कांग्रेसजन राजधानीमा भेला भइसकेका छन्। कांग्रेसजनले भदौ २४ गते बीपीलाई बेच्ने अवसर पाएका छन्। केन्द्रीय नेतृत्वमा दाबी गरेर प्रचारमा उत्रिनेहरूका लागि बीपी जयन्ती आफ्नो प्रचारप्रसार गर्ने राम्रो मौका भएको छ।
कांग्रेसहरूको मूलनारा अहिले पनि बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद छँदैछ। यस महाधिवेशनमा प्रजातन्त्रको ठाउँ लोकतन्त्रले लिएको मात्रै हो। राजनीतिका शब्दावलीमा दोस्रो जनआन्दोलनका क्रममा प्रजातन्त्र लोकतन्त्रमा परिमार्जित भयो अनि कांग्रेसले पनि लोकतन्त्र लेखिदियो,। तर बीपीको राष्ट्रियता र समाजवादबारे भने चिन्तन र बहस भइरहेका छैनन्। महाधिवेशनका पेस हुने नीति तथा कार्यक्रमको ...बृहत् पुुस्तिका' असार तेस्रो साता तयार गरेर क्षेत्रीय अधिवेशन अघिनै जिल्लामा पुर्याउने भनिएको थियो। तर बुधवार आयोजित कार्यक्रममा नीति तथा कार्यक्रम छपाइका लागि बल्ल प्रेसमा पुगेको जानकारी नेताहरूले दिए। नीति तथा कार्यक्रममा राष्ट्रियता र समाजवादले खासै महत्व पाएको छैन।
कांग्रेस अधिवेशनले पार्टीका नीति, कार्यक्रममा छलफल गरेर मुलुकको आवश्यकताअनुसार मार्ग दर्शन गर्नुपर्थ्योे। तर अधिवेशन चुनावमा सीमित हुने लक्षण छ। अधिवेशनमा कांग्रेसजनले बीपीको राष्ट्रियता र समाजवादको औचित्य र आवश्यकतासम्बन्धमा छलफल गर्ने छैनन्। कारण सबै कांग्रेस अहिले चुनावमा केन्द्रित भएका छन्।
अधिवेशन सुरु हुनु एक साताअघि नै कांग्रेसी कार्यक्रमहरूमा कार्यकर्ता र महाधिवेशन प्रतिनिधिभन्दा उम्मेदवारीको घोषणा गर्ने धेरै देखिँदैछन्। कांग्रेस मुख्यालय सानेपा क्षेत्र चुनावी प्रचारले रंगिन थालेको छ। केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्ने ठूलो संख्याका नेता, कार्यकता सचित्र पोस्टर, पम्पलेट, भिजिटिंग कार्डमार्फत् आआफ्नो प्रचारमा जुटेका छन्। सभापतिको दाबेदार गुटबन्दीलाई बलियो पार्ने अभ्यासमा दिनरात लागेका छन्। राजधानीका होर्डिङबोड ...शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान, नेपाली कांग्रेसको अभियान' भन्ने नाराले भरिएका छन्। अर्थात्, कांग्रेसले प्रचार, प्रसारमा तीव्रता दिएको छ।।
लामो समयदेखि कांग्रेसमा परिचय बनाएका पुराना नेता पनि महिला, मधेसी, जनजाति, दलित आदिवासी, कोटामा आफूलाई सुरक्षित ठान्दैछन्। कांग्रेसले यस महाधिवेशनदेखि आरक्षणको नीति अख्तियार गरेको छ। पार्टीमा नयाँ मानिस ल्याउन आरक्षणकोे रणनीति अपनाइनुपर्ने हो। तर आरक्षण कोटामा पुरानैले आँखा गाड्नु विडम्बना हो। आरक्षण नयाँलाई प्रोत्साहित गर्ने नीति हो कि पुरानाको सुरक्षा गर्ने? कांग्रेसजनले आरक्षण नीतिको प्रयोगका बारे बेलैमा सोच्न आवश्यक छ।
कांग्रेसजनले खासै महत्व नदिएको बीपीको राष्ट्रियता र समाजवादी नीतिका बारे यो साता केही जानकारी लिने मौका मिल्यो। नागरिकको बीपी विशेषांकका लागि बीपीसँग नजिक बसेर काम गरेका राष्ट्रपति डा. रामवरण यादवदेखि कांग्रेसमा तेस्रो धारको नाममा सभापतिको उम्मेदवारी भीमबहादुर तामांगसँगको भेटघाटका क्रममा बीपीको राष्ट्रियता नीति बारे अझ बढी जानकारी लिने अवसर मिल्यो। बीपीले २०३३ सालमा भारत निर्वासनबाट स्वदेश फक्रने क्रममा राष्ट्रियता माथिको खतरा औँल्याएका थिए। बीपीले राष्ट्रियताको नारालाई प्रमुखता दिएको बेला दक्षिण एसियाको राजनीतिमा बंगलादेशको जन्म, सिक्किम विलय, अफगानिस्तानमा रुसी हस्तक्षेप घटनाहरू ताजै थिए। बीपीले त्यसबेलाको भूराजनीतिक अवस्थामा राष्ट्रियता माथिको खतराको व्याख्या अहिले यथावत् लागू हुँदैन। उति बेलाको दुई धु्रवमा विभाजित विश्व राजनीति अहिले बदलिएको छ। तर, बीपीले त्यसबेला औल्याएको क्षेत्रीय शक्तिको नेपालको राजनीतिमा दबदबाबारे भने अहिलेका कांग्रेसजन अनभिज्ञजस्तै देखिन्छन्। त्यसको ै सान्दर्भिकता अहिले पनि उत्तिक छ।
नेपालको राजनीतिमा छिमेकी भारतको भूमिकाका बारे कांग्रेसजनले गम्भीरतापूर्वक सोचेका छैनन्। नेपालको प्रमुख राजनीतिक घटनाको सूक्ष्म विश्लेषण गर्दा यहाँको राजनीतिलाई स्थायित्व हुन नदिने काम अरूबाट भन्दा बढी हाम्रो नजिकको छिमेकीबाटै भएको छ। सातसालको क्रान्ति, सातदेखि सत्रसालको राजनीतिक किचलो, पंचायतको जन्म र विकास, २०३६ मा बहुदल विरोधी भूमिका र २०४६ सालको जनआन्दोलन अघिका प्रस्त्ाावको गहन विश्लेषण नगर्दा कांग्रेसले बीपीको राष्ट्रियता बिर्सिएको ठहरिनेछ। माओवादी ...जनविद्रोह' को विस्तारमा उसले खेलेको भूमिका र तिनै माओवादीलाई मूलधारमा ल्याउन र नेपालबाट राजतन्त्र समाप्त गर्ने कूटनीतिक प्रयोजनको लेखाजोखा खै कांग्रेसले गरेको? कांग्रेसको भोटबैंक तराई भत्काउने काममा कसले, कसरी सहयोग पुर्यायो? सातौं चरणको प्रधानमन्त्री निर्वाचनसम्म उसले कस्तो भूमिका निर्वाह गरिरहेको छ? कांग्रेसजनले बीपीले प्रमुखता दिएको राष्ट्रियताकोे सबाललाई सामयिक सन्दर्भमा सूक्ष्म विश्लेषण गर्नु आवश्यक छ।