देशमा अहिले राजनीतिक शून्यता छ। राजनीतिक नेतृत्वले दोस्रो जनआन्दोलनका निर्देश पूरा गर्नभन्दा सत्ता प्राप्तिमा आआफ्नो शक्ति लगाएको र दलहरूभित्रै देखा परेको चरम व्यक्तिवादले जन्माएको द्वन्द्वले देशमा यस्तो अवस्था उत्पन्न भएको हो। राजनीतिक विकास तथा जनताले सहज र स्वाभाविक निकास खोजिरहेकै बेला संसद्मा निर्णायक स्थान ओगटेका तीनै राजनीतिक दलका नेता शान्ति प्रक्रिया तथा संविधान निर्माणप्रति प्रतिबद्ध रहेको बयानबाजी गर्दै एकअर्कोलाई मात दिन राजनीतिक सतरंज खेलिरहेका छन्।

देश स्वाभाविकरूपमा झन् बढी अन्योलतर्फ गइरहेको छ। शान्ति पक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तथा संविधानको अन्तर्वस्तुमा रहेका भिन्नतालाई लोकतान्त्रिक परिपाटी र मूल्यमान्यता तथा जनभावनाअनुसार सहजरूपमा समाधान गर्न सकिने सम्भावना छँदाछँदै सरकारको नेतृत्वलाई विवादको विषय बनाएर सबै प्रक्रिया अवरुद्ध गरिएको छ र कसैले नजित्ने खेल खेलिँदैछ। शान्ति प्रक्रि्रया तथा सरकार गठनका विषयलाई सहमतिका आधारमा हल नगरी अन्तरपार्टी संघर्ष तथा सरकारको नेतृत्वको सबालमा विवाद रहेकै बेला प्रधानमन्त्रीलाई राजीनामा गराउँदा देश राजनीतिक शून्यता उत्पन्न हुनु निश्चित थियो। त्यसकारण माधवकुमार नेपालको समर्थनमा रहेका पार्टीहरूले पूर्वाधार तयार नगरी राजीनामा दिनुहुँदैन भन्ने धारणा स्पष्टतासाथ राखेका थिए र त्यसमा सहमती पनि भएको हो। ती दलहरूको यो धारणा पूर्वाग्रही वा माधव नेपाल सरकारको आयु लम्याएर फाइदा उठाउने दृष्टिकोण थिएन। बरु, जेठ १४ गनेको तीन बुँदे सहमतीको व्याख्या तथा त्यस क्रममा भएको कथित गोप्य सहमतीको आशय र व्याख्याबारे तीनबटै पार्थीबीच देखिएको व्यापक भिन्नता र अडान, सत्ताप्राप्तिकालागि अन्तरपार्टी तथा पार्टीपार्टीबीच चलिरहेको तानातान हेरे निकालिएको निष्कर्ष थियो।
समयले यसै धारणालाई सही साबित गर्यो। यस्तो अवस्था आउँछ भन्ने त नेकपा (एमाले) तथा एनेकपा (माओवादी)को नेतृत्वलाई पनि पक्कै थाहा थियो। तर माओवादी ‘योजनावद्ध रुपमा निर्माण गरिने गञ्जागोलको अवस्थाले क्रन्तिलाई जन्म दिन्छुु' भन्ने आफ्नो पुरानै गलत राजनीतिक चिन्तनबाट प्रेरित भयो। एमालेको संस्थापन पक्षले प्रधानमन्त्री नेपालप्रतिको दुराग्रह तथा सत्तामोहले जन्माएको गलत राजनीतिक चिन्तनको सम्मिश्रणबाट दबाब दिएर उनलाई राजीनामा दिन बाध्य गरायो। सायद, माओवादी नेतृत्व गञ्जागोलको अवस्था आफ्नो नियन्त्रणमा रहने त्यसबाट नयाँ क्रान्तिकारी अवस्था उत्पन्न हुनेमा विश्वस्त थिए। तर अवस्था त्यसभन्दा भिन्नरूपमा विकसित भएको छ।
कारण , देशको आन्तरिक तथा वाह्य शक्ति सन्तुलन माओवादी नेतृत्वको यस मनोगत चिन्तनअनुकूल थिएन। माधवकुमार नेपालको बहुमत प्राप्त सरकारलाई संसदबाट अपदस्थ गर्न सकिने अवस्था थिएन। सहर केन्द्रित जनविद्रोहको माओवादी प्रयोग विफल भइसकेको थियो। यस अवस्थामा एमालेभित्रको आन्तरिक कलह र सत्तामोह तथा जनसाधारणमा शान्ति पक्रियो टुङ्गो लगाई संविधान लेखन सम्पन्न गर्नुपर्ने उत्कट इच्छाको पृष्ठभूमिमा माओवादीले आफू शान्ति पक्रियालाई टुंगो लगाउन तत्पर रहेको तर माधव नेपालको सरकार बाधक भएको प्रचार गरेर प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बाध्यकारी अवस्था उत्पन्न गर्ने नीति अवलम्बन गर्यो। माओवादीले यसो गर्नु स्वाभाविकै होला तर शान्ति प्रक्रिया र सहमतिको सरकार निर्माणका लागि ठोस आधार खडा नगरी प्रधानमन्त्रीको राजीनामाबाट उत्पन्न हुने राजनीतिक शून्यता तथा राजनीतिक निकास खोज्न झन् कठिन हुने अवस्था स्पष्ट हुँदाहुँदै एमाले नेतृत्वले किन यो कदम चाल्यो? यस प्रश्नको जबाफका लागि केही पर्खनै पर्ला। राजीनामा दिलाउनु अगाडि नै एमालेले अहिलेकैजस्तो प्रस्ताव अगाडि सारेर सहमति खोज्ने प्रयास गरेको भए सायद त्यसको सकारात्मक परिणाम पनि आउन सक्थ्यो। तर उसले त्यो नीति लिनको साटो निर्वाचनमा जाने नीति लियो र अहिले बहुमतीय सरकारमा नजाने र निर्वाचनमा तटस्थ रहने भीष्म प्रतिज्ञा गरेर बसेको छ। यसबाट देशले जे परिणाम भोगीरहेको छ त्यो त सबैका सामु छ।
प्रधानमन्त्री नेपाललाई राजीनामा गराएर कोही कसैले आफ्नो विजयमा खुसियाली मनाए पनि देश अनिश्चिततातिर धकेलिएको छ। देश राजनीतिक शून्यताबाट अनीष्टकारी भविष्यतिर उन्मुख भएको केही कुलक्षण देखा परेका छन्। यसबाट कुनै राजनीतिक पार्टी वा व्यक्ति र त्यसमा पनि आआफ्नो खिचडी पकाइरहेका तीनै दल अनभिज्ञ छैनन्। सरकारको राजीनामापछि सहमति हुनसक्ने अवस्था थिएन र भएन। यो आश्चर्यको विषयै होइन तर यसले ल्याउने परिणामले अहिले प्राप्त लोकतान्त्रिक गणतन्त्र तथा प्रस्तावित संघीयतामाथि पर्नसक्ने खतरा चिन्ताको विषय हो।
अहिले राजनीतिक निकासका लागि शान्ति पक्रियालाई पूर्णता दिनु पहिलो आवश्यकता हो। यसको समुचित तथा विश्वासिलो समाधानले संविधान लेखन तथा राष्ट्रिय सहमतिको बाटो खोल्ने छ। अन्यथा निष्कर्षहीन निर्वाचनको गोलचक्कर र आफू शान्ति पक्रिया, संविधान तथा संघीयताप्रति प्रतिबद्ध छौँ भन्ने नेताका भाषणको अर्थ रहँदैन। सेना समायोजनको काम माओवादीको सहमतीबिना सम्भव छैन र माओवादीले चाहेजस्तो वा नेपाली कांग्रेसलगायत केही पार्टी तथा व्यक्तिले अगाडि सारेका सर्तका आधारमा सेना समायोजन गर्न सकिने अवस्था पनि छैन। यस अवस्थामा वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र जनपक्षीय संविधान लेखनको काम पूरागर्न सेना समायोजन टंग्याउने व्यावहारिक कदम चाल्नु पहिलो आवश्यकता हो। आर्थिक-सामाजिक रूपान्तरणको चरण त्यसपछि सुरु हुनेछ, जुन चरणमा पुगेर कार्यक्रमगत आधारमा नयाँ ध्रुवीकरण हुनसक्छ। त्यस बेलाको ध्रुवीकरणले कुनै ठूलो खतरा उत्पन्न गर्ने छैन। तर आजको अनिवार्य आवश्यकता शान्ति प्रक्रियाकै बारेमा खेमाबन्दी गर्नु वा राजनीतिक गतिरोध र शून्यतामा रमाउनु देश, जनता र कुनै पनि राजनीतिक शक्तिको हितमा छैन।
अहिले देशको भावी आर्थिक-सामाजिक संरचना, राज्यसत्ताको चरित्र, स्वरूप र स्वामित्वका लागि राजनीतिक संघर्ष चर्कोरूपमा अगाडि आएको सत्य हो। तर यो क्रान्ति विकासकेा क्रममा अगाडि आउने स्वाभाविक चरण हो। कम्तीमा मार्क्सवादीहरूले यसलाई गहिराइपूर्वक बुझ्नु जरुरी छ। जनवाद हुँदै वैज्ञानिक समाजवादतर्फ बढ्न चाहने कम्यूनिस्टहरूले क्रान्तिकारी पक्रियाका क्रममा अगाडि आउने विभिन्न मोडमा वर्ग संघर्षलाई व्यवस्थित गर्न सक्नु्पर्छ र प्राप्त उपलब्धिलाई जोगाउँदै नयाँ समीकरण, सम्झौता, समन्वय सबै सम्भावना खुला राखी अगाडि बढ्नु आवश्यक हुन्छ। प्रत्येक अवस्थामा क्रान्तिकारी फड्को मार्ने निम्नपुँजीवादी क्रान्तिकारी चिन्तनले गलत परिणाम दिन्छ। अहिले हामीले लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता कायम गरिसकेका छौँ।
भावी राज्यसत्ताको स्वरूप संघीय र समावेशी चरित्रको हुने स्वीकार गरिसकेका छौँ र यी उपलब्धि कम्युनिस्टहरूको अग्रसरता र सहभागितामा भएका छन्। जनवादी क्रान्तिका लागि यी अति आवश्यक पूर्वाधार हुन्। यिनको संरक्षण र सम्वर्द्धन नै जनवादी क्रान्तिका दिशामा अगाडि बढ्ने प्रस्थान विन्दु हो। हामी पुँजीवादी क्रान्ति सम्पन्न गरी पुँजीवादको स्थापना र विकास गराउन संघर्षरत होइनौ। बरु, वर्तमान चरणमा व्यापक वामलोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरी पुँजीवादी क्रान्तिले सम्पन्न गर्ने कार्यभार पूरा गरेर जनवादमा प्रवेश गर्न संघर्षरत छौँ। हाम्रो आजको कार्यनीति यसै रणनीतिबाट निर्देशित हुनुपर्छ अन्यथा रणनीतिक लक्ष्य पराजित हुनेछ र कम्युनिस्ट आन्दोलन दिशाहीन हुने खतरा छ। त्यसकारण वर्तमान उपलब्धिलाई जोगाउँदै अगाडि बढ्न हालको गतिरोधको अन्त्यको कम खतरापूर्ण र व्यावहारिक बाटो खोज्ने प्रथम दायीत्व पनि वामपन्थी शक्तिकै हुनआउँछ। एकाकी र मनोगतरूपमा क्रान्ति हाँक्न सकिन्छ भन्ने चिन्तन र आत्मतुष्टिका लागि गरिने हठले वामपन्थी शक्तिलाई नकारात्मक परिणाम दिनेछ।
अन्तर्राष्ट्रिय शक्तिको बढ्दो चाप, पुनरुत्थानवादी तथा राजावादी शक्तिको बढ्दो सक्रियता र संगठित हुने पक्रिया, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव तथा व्यक्तिगत महत्वाकांक्षाले पार्टीहरू, विशेष गरी वाम पार्टीहरूभित्र बढ्दै गएको खिचलो आदिबाट जनआन्दोलन सफल पार्ने लोकतन्त्रवादी तथा वाम शक्ति अहिले कमजोर भएको छ। पारस्परिक अविश्वास तथा सत्तामोहले गर्दा त्यो एकता समाप्त प्रायः अवस्थामा छ। राजनीतिक शक्तिहरूप्रति जनतामा वितृष्णा बढ्दैछ। नेपाललाई आफ्नो प्रभाव क्षेत्रभित्र पार्न राजनीतिलाई प्रभावित गर्ने अन्तर्राष्ट्रिय शक्तिहरूको प्रयास तीव्र छ। यही अवस्था रही रह्यो अथवा झन् बिग्रेर गयो भने त्यसले प्रतिक्रान्तिका लागि सुवर्ण मौका प्रस्तुत गर्ने निश्चित छ। राष्ट्रियताको लडाइँ चर्को भाषणबाट होइन राष्ट्रिय एकता तथा राजनीतिक नेतृत्वको सुझबुझपूर्ण कदम, वस्तुगत आधारको कार्यनीति तथा दृढ संकल्पबाट मात्र जित्न सकिन्छ। आज राष्ट्रवादीका नाममा दरबारपन्थी तथा राजावादी प्रतिक्रियावादी शक्तिको आडभरोस लिनु वा तिनीहरू राष्ट्रियता तथा अग्रगामी संघर्षको सहयात्री हुने भ्रम पाल्नु र तिनलाई सहयात्री बनाउने प्रयास गर्नु हानिकारक हुनेछ। विगतमा २०१७ सालपूर्व केही यस्तै अभ्यास गरिएका थिए भन्ने अहिले बिर्सनु हुन्न।
वर्तमान गतिरोधको निकास खोज्ने उपक्रममा माओवादी पक्षबाट शान्ति प्रक्रिायसँग सम्बन्धित विषय विशेष गरेर लडाकुको समायोजन र व्यवस्थापनका विषयमा भरपर्दो र विश्वासिलो आधार प्रस्तुत गरी अन्य पार्टीको विश्वास जितेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकिने आधार प्रस्तुत गर्न नसक्नु तथा एमालेको कार्यान्वयनै हुन नसक्ने भीष्म प्रतिज्ञा बाधक छन्। अहिले तीनै ठूला पार्टी तथा मधेशवादी दललाई समावेश नगरी राष्ट्रिय सहमतिको सरकार बन्न सत्तै्कन। राष्ट्रिय सहमतिको सरकार नबने देशले राजनीतिक निकास पाउने अवस्था छैन। त्यस अवस्थामा संविधान लेखन पनि हुन सत्तै्कन। त्यसकारण एमालेले अगाडि सारेको सहमतीय सरकारको प्रस्तावलाई अरू पार्टीले यो वा त्यो रूपमा समर्थन जनाएका हुन्। तर त्यत्तिकै सत्य के पनि हो भने निष्कर्षहीन निर्वाचनको वर्तमान गोलचक्कर तथा कामचलाउ सरकारबाट उत्पन्न असामान्य स्थितिलाई समाप्त गरी देशलाई सरकार दिन नसक्नुले झन् भयानक अनीष्ट उत्पन्न गर्नेछ। त्यसकारण शान्ति प्रक्रियाका सम्पूर्ण पक्षलाई पूरा गर्ने र विगतमा भएका सहमतिअनुसार लोकतान्त्रिक संविधान लेख्ने प्रतिबद्धतासहित माओवादीअगाडि आएमा बहुमतीय सरकार गठन गरेर भएपनि वर्तमान अवस्थाको निकास खोज्नु बुद्धिमत्ता हुनेछ। तर यसका लागि माओवादीको प्रतिबद्धतामात्र होइन इमान्दारी पनि चाहिन्छ।
लेखक संविधान सभासद् हुन्।