नेकपा (एमाले) पार्टीका अध्यक्ष झलनाथ खनालले संसदीय चुनावको अर्को चक्रमा पनि प्रधानमन्त्री निर्वाचित नहुने घोषणा गर्नु भएको छ। सबै दलको सहमतिमा सरकार निर्माणका लागि उहाँले यसो भन्नु भएको होइन। यो स्पष्ट भै सकेको छ, माओवादीले उहाँको नेतृत्वमा सरकार गठनका लागि तत्परता देखाए अर्को चक्रमा उहाँ स्वयं प्रधानमन्त्री पदका प्रत्याशी हुनुहुनेछ। मधेशी दलको संयुक्त मोर्चाले प्रधानमन्त्री निर्वाचनको चक्रबाट तटस्थ रहने निर्णय गरी सकेको छ।

यसैबेला, माले नेता सीपी मैनालीले आफनो पार्टीको मूल्य पाँच करोड रुपैयाँ तोकिएको सनसनीखेज खुलासा गरिसक्नु भएको छ। उहाँको त्यो सानो पार्टीको पेटमा यति धेरै पैसा अटाउँछ कि अटाउँदैन? कसैले पनि विचार पुर्याएको देखिएको छैन। सरकार निर्माणकै प्रसंगमा माओवादी पार्टीका नेता कृष्णवहादुर महरामाथि भारतीय सञ्चार माध्यमहरूले गम्भीर आरोप लगाएका छन। नेपाली राजनीतिमा चासो राख्ने कुनै विदेशी सहयोगीसँग उहाँले पचास करोडको याचना गर्नु भएको त्यस समाचारले नेपाली राजनीतिलाई कौडीको मूल्यभन्दा पनि तल झार्न खोजेकोछ। राजनीतिक हिसाबले ठीक यतिमात्रै हो महरा विरुध्दको त्यो आरोप या त प्रमाणित गरिनु पर्छ, नभए देशका तर्फबाट ती आरोप लगाउनेलाई सत्यको कठघरामा उभ्याउनु पर्छ।
यस अवस्थामा, नयाँ सरकार नबनेर राजनीतिको पेसासँगै जोडिएका केही व्यक्तिको रोजीरोटी र खर्चपानीमा असर परेपनि देश खासै अन्योलमा परेको छैन। थप अन्योलमा पर्ने ठाउँ पनि बाँकी छैन। हो, जुन लोकतान्त्रिक पध्दति निर्माणको आकांक्षा लिएर जनता आन्दोलनमा उत्रिएका थिए त्यस्तो पध्दतिको स्थिति बस्न नपाउँदै देश राजनीतिक प्रकोपमा परेको छ। यसको अस्तित्वमा खतरा मँडारिन थालेको छ। जनप्रतिनिधिका नाममा व्यक्तिगत स्वार्थ र विकारले भरिएका दुर्दान्त व्यक्तिहरू निर्वाचित र मनोनीत भएर सभामा आएपछि दोस्रो जनआन्दोलनका उद्देश्यहरू पराजित भएका छन। देशले गरिब जनताको गाँस काटेर इतिहास र आन्दोलनको चर्को ब्याज तिर्नु परेको छ।
पहिलो जनआन्दोलनपछि नेताको आर्थिक हैसियत एकाएक ह्वात्तै बढे पनि उनीहरूको राजनीतिक हैसियत स्थापित हुन सकेन। नेताले देशको स्वार्थका लागि काम गर्न सकेनन्। त्यसपछि भएको दोस्रो जनआन्दोलनको सफलताले देशको अवस्थामा ठूलो सुधारको आशा सञ्चार गरेको थियो। ठीक विपरीत, नेताले आफनो औकात देखाइ हाले। चारवर्ष बित्दा नबित्दै राजनीति वितृष्णाको सबैभन्दा तल्लो तहमा ओर्लियो। यो सबै विकृतिको जिम्मा, सार्वजनिक खपतका लागि, 'भारतीय हस्तक्षेप'लाई सुम्पिने नेता आफै भारतीय बाबुहरूको गुलाम बने। भारतीय नेतृत्वको उच्च तहसँग 'शिर ठाडो गरेर' बोल्ने हिम्मत कसैमा देखिएन। कसैले भारतीय नेतृत्वसँग हामी आफनो शासन आफैं चलाउन सक्षम छौं भन्ने वाक्य बोल्न सकेन।
संसारको कुनैपनि विपन्न देश हस्तक्षेपको नियतिबाट मुक्त हुन सत्तै्कन। विपन्न देशहरूको मामिलामा कहिले छिमेकीको, कहिले क्षेत्रीय शक्तिको र कहिले महाशक्तिको हस्तक्षेप संसारको नियमै बनी सकेको छ। विकसित देशका नेता पनि सामरिक, व्यापारिक, आर्थिक क्षेत्रमा हस्तक्षेप गर्छन्। तर, हस्तक्षेप शब्दको प्रयोग गर्दैनन्। हस्तक्षेप शब्दको क्रियात्मकताका लागि सहअस्तित्व र सहकार्य दुई शब्दले नै काम चलाउँछ। नेपालले भारतको सामरिक, व्यापारिक र आर्थिक क्षेत्रका लागि कुनै चुनौती प्रस्तुत गर्दैन। त्यसैले हस्तक्षेप राजनीतिको तहमा व्याप्त छ। दिल्लीबाट श्याम शरण नाम गरेका कुनै अवकाश प्राप्त बाबु आउनेबित्तिकै मधेसका स्वाभिमानी नेताको स्वाभिमान पग्लिन्छ। अर्को त्यस्तै बाबु आउँछ र जनजातिका स्वार्थको व्याख्या गरेर फर्किन्छ। चारवटा खानेपानी योजना, एउटा दमकल र एउटा एम्बुलेन्स पाउनेबित्तिकै ऊ दंग परी हाल्छ। कति मामुली छ उसको स्वार्थ? नेपालको राजधानीमा स्थायीरूपले खटिएको अर्को बाबु भारतको कुनै राज्यमा माओवादीले उत्पात मचाउनेबित्तिकै नेपालका माओवादीसँग त्यसको सूत्र जोडेर हत्त न पत्त रिपोर्ट पठाइहाल्छ, मानौं प्रचण्ड नै त्यस आतंकका कमाण्डर हुन्।
अब यो स्पष्ट भै सकेको छ भारतीय बाबुहरू नेपालमा राजनीतिक स्थायित्व चाहँदैनन्। अस्थिर नेपालबाटै उनीहरू धेरै फाइदा उठाउन चाहन्छन्। उनीहरूले उठाउनसक्ने फाइदा भनेको सबै विचार र जातिका नेपाली नेतालाई कजाएर आफ्नो आत्मतुष्टि गर्नु हो। कुनै बेला नेपालमा राजनीतिक स्थायित्व नआएसम्म भारतको हित सम्भव छैन भन्ने मान्यता स्थापित थियो। तर, विगत दशकदेखि त्यो मान्यता बदलिई सकेको छ। नेपालमा सरकार चलाउने पार्टीका नेताले नै आफनो लोभ, लालच, अल्पज्ञान र अज्ञानका कारण त्यस अवस्थाको सिर्जना गरी सकेका छन्।
राजनीतिका केही नियम शाश्वत हुन्छन्। साह्रै गरिब देशका लागि एउटा त्यस्तो पार्टी चाहिन्छ जसलाई गरिब जनताले आफनो भन्न र आत्मसात् गर्न सकुन् र जसले राष्ट्र्रका मर्यादा जोगाउन पनि सकोस्। कांग्रेसले लामो समयसम्म यो भूमिका पूरा गर्यो। माओवादी सत्तामा जान नपाउँदै कागजी बाघ साबित हुन थाल्यो। माओवादीका नेताले आफ्नै वामपन्थी वृत्तमा सक्रिय रहेको अवसरवादको भूगोल ठम्याउन सकेनन् र आफैँमा रुमलिए। फलस्वरुप, अहिले उनीहरू हाँसको चाल न कुखुराको चालको अवस्थामा पुगेका छन्। देशको अविश्वसनीय राजनीतिको जानकारी हुँदाहँदै पनि उनीहरू त्यही जालमा फसेर छटपटाइरहेका छन्।
आगामी चक्रमा पनि प्रधानमन्त्री चुनिने सम्भावना नरहेकोले देशमा स्थापित लोकतान्त्रिक गणतन्त्र 'क्याजुयल्टी'मा पर्ने डर बढेर गएको छ। भारतीय सत्ताको गलियारामा लामो अनुभव कमाएका प्रबुध्द व्यक्ति र पत्रकार राष्ट्रपति रामवरण यादवको सम्भावित विस्तारित भूमिकातिर संकेतगर्न थालेका छन्। गरिब राष्ट्रहरूको विकास र स्वार्थ रक्षामा सबभन्दा भरपर्दो संस्था मानिएको राष्ट्रसंघद्वारा खटाइएको मिसनको समवेत विरोध त्यसको पूर्व संकेतमात्रै हो। राष्ट्रपति यादव जंगी पोसाकमा सजिन चाहनुहुने हो कि होइन? यो अलग प्रश्न हो। राष्ट्रपति यादवको प्रजातान्त्रिक मान्यताप्रतिको प्रतिबध्दतामा अविश्वासगर्ने कुनै ठाउँ छैन। तर, जंगी पोसाकको ठूलो आकर्षण हुन्छ। उहाँमा देशका लागि केही गरौँ भन्ने भावना उदायो भने उहाँ स्वयंको पतन त निश्चित नै छ, नेपालले लामो समयसम्म प्रजातान्त्रिक पध्दतिको उच्चारणसम्म पनि नगरे हुन्छ। देश कसैले एक्लै केही गर्नसक्ने अवस्थामा नै छैन। सामूहिक शक्तिको प्रयोगले मात्रै देशले पुनर्जीवन पाउन सक्छ।
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो। लोकतन्त्रको विकल्पमा आफूलाई प्रस्तुतगर्न चाहने कुनै सिध्दान्त टिक्न सकेको उदाहरण अहिलेसम्म भेटिएको छैन। लोकतन्त्रको स्थायित्वका लागि दलहरू एकालापमा अल्भि्कनु हुँदैन। देश सानो छ भन्दैमा दलका नेताले जथाभावी गर्न थालेभने पाएको सबै गुम्नेछ।