सम्मान नै प्रतिष्ठा
२६ फागुन २०७५
•
१० मिनेट पाठ
सम्मान नै प्रतिष्ठा
महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा हुन्छ अर्थात् महिलालाई सम्मान गर्न जानेको हुन्छ त्यही उसैसँग देवता पनि खुसी हुन्छन्। महिला सम्मानविनाको त कुनै कार्य पनि सफल हुँदैन किनकि हरेक कर्ममा महिला र पुरुष दुवैको सहभागिता रह्यो भने मात्र त्यसको महत्व रहन्छ। अहिलेको समयमा सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो सदियौँदेखि पुरुषले महिलामाथि शासन गर्दै आइरहे।

अर्थात् महिलाले के गर्ने र के नगर्ने पुरुषवादी सोचाइले, पुरुषप्रधान घर र समाजले निर्धारण गर्दै आयो। त्यसकै कारण आज नेपालमा मात्रै होइन, विश्वमै असमानताको खाडल बढ्दै छ। एक्काइसाैँ शताब्दीमा आइपुग्दा पनि लैङ्गिक समानताको नारा लगाउनुपर्ने बाध्यता छ। विज्ञानले यति धेरै प्रगति गरिसक्दा पनि मानव चेतनामा विकास हुन सकेको पाइँदैन। असमानता चेतनाको उपज हो। त्यसो हुँदैनथ्यो त आज कयौँ बृद्ध महिलाहरू, कयौँ आइन्स्टाइन र कयौँ न्युटन महिलाहरू जन्माइसकेको हुने थियो विश्वले। अरू त अरू महिला कवि, चित्रकार, संगीतकार, गायक, नृत्यांगना महिलाहरूको संख्या पनि पुरुषको तुलनामा कमै छ। रचनात्मक र सृजनात्मक काममा समेत पुरुष सोचले महिलालाई समान सहभागी बनाउने जरुरत देखेनन्।

अवसर पाएको भए महिलाहरू पुरुष सरह सृजनात्मक काममा  अरू सक्रिय हुनेथिए र यसले पुरुषको जिम्मेवारीलाई मद्दत गर्थ्याे भन्ने बोध कमैलाई मात्र भयो। त्यसकै परिणाम त आज हरेक क्षेत्रमा अपूर्णता र गरिबीको महसुस भइरहेको छ। पुरुष मात्र सृजनात्मक भएर त्यो घर, समाज सृजनशील बन्न सक्दैन। गरिबीको प्रमुख कारण नै असमानता हो। महिला पनि सिकाइ र शिक्षाबाटै आफ्नो पहिचान र औचित्य कायम राख्न, आत्मविश्वास बढाउन  सक्छन् भन्ने बोध हुनुपछ। सोचाइमा होस् या सम्पत्तिमा, अवसरमा होस् या धारणामा, संस्कारमा होस् या व्यवहारमा जे मा पनि असमानता सृजना हुनु भनेकै गरिबीको लक्षण हो।

समानताको अर्थ पुरुषको विपरीतमा जानु होइन। सृष्टिको सृजनामा महिला पुरुष दुवैको आकर्षक सहभागिता रहन सकेमात्र त्यसमा अरू सुन्दरता थपिन्छ। युद्धका लागि असमानता आवश्यक होला अन्यथा प्रेमका लागि समभाव नै चाहिन्छ। विश्व उही हो, समाज उही हो जहाँ महिला र पुरुषको सहकार्यले ऊर्जा प्राप्त हुन्छ। जहाँ महिलाको सहभागिता रहन्छ त्यहाँ दैवीय गुण, मानवीय स्वभाव र करुणाको विकास हुन्छ। पुरुषले एउटा आयामबाट हेर्ने कुरालाई महिलाले बहुआयामबाट हेर्ने खुबी राख्छन्। महिलाहरूको धैर्य, सौन्दर्य, सहनशीलता, माधुर्य र प्रेमको गुणले जस्तोसुकै प्रतिकूल अवस्थालाई पनि सहज बनाउने र स्वीकार्ने शक्ति मिल्दछ। यदि समाजमा महिला र पुरुष बिचमा भेदभाव र असमानता नहँुदो हो त सबै मानिसको मुहारमा हाँसो र सबैको हृदयमा प्रेमको ऊर्जा प्रस्फुटन हुने थियो। जहाँ प्रेम र करुणा हुन्छ त्यहाँ युद्ध टिक्नै सक्दैन।

महिलालाई निम्न कोटिमा राख्नु र आफ्नो प्रभुत्व बढाउनु भनेको पुरुषको अहंकार र आफैँलाई हिनताबोधमा लैजानु हो। म उच्च कोटिको हुँ को अर्थ हुन्छ मलाई निम्न कोटिमा राखिन्छ कि भन्ने भय छ। जहाँ भय बाँकी रहन्छ त्यहाँ विकास सम्भव छैन। एक अर्कालाई सम्मान गर्न जान्नेले कहिल्यै हिनताबोध गर्नु पर्दैन। एउटा घरमा जति महिला स्वतन्त्र रूपले प्रेम दिन सक्छिन्, घरको व्यवस्थापन गर्ने वातावरण पाउँछिन्, जति खुलेर आफ्ना भावनाहरू प्रस्तुत गर्ने अवसर पाउँछिन् त्यति नै त्यो घर, घर नभएर मन्दिर बन्नेछ। खुसी र आनन्दको फूल खिल्नेछ। इतिहासदेखि नै महिलाको सम्मान गर्ने संस्कार बसेको भए आज घर, समाज र विश्व नै अपूर्णता, अभाव, हिंसा र युद्धको चपेटामा पर्ने थिएन।

पुरुष आफ्नो जीवनमा सबैबाट सम्मान चाहन्छ तर  सम्मान दिन जान्दैन या हिचकिचाउँछ भने त्यसको नतिजा के हुन्छ ? श्रीमान्ले आफ्नै श्रीमतीलाई या छोरीलाई पनि के सम्मान गर्ने भन्ने संस्कार प्रायःजसोको घरमा हुन्छ। श्रीमतीलाई श्रीमान्ले धन्यवाद भन्ने संस्कार त झन् नगन्य नै भेटिन्छ।  हाकिमले कारिन्दालाई, शिक्षकले विद्यार्थीलाई पनि के सम्मान दिने भन्ने भावनाले जरो गाडेको हुन्छ। ए ल ल अरू राम्रो गर्नु, आदेशात्मक शब्दकै बढी प्रयोग हुन्छ। सरल र सहज भयो भने अरूले हेप्लान् भन्ने चिन्ता सधैँ रहन्छ। सरल हुनु, सबैलाई सम्मान गर्नु, सबैको निजतालाई कदर गर्नु जस्ता सामान्य बानीले आफैँलाई प्रेमल र शान्त बनाउँछ तर हामी कठोर बन्ने प्रयास गरिरहेका हुन्छौँ। कडा बुबा, कडा शिक्षक, कडा हाकिम, कडा गुरु बनेर आफ्नो मात्र सम्मान जोगाउन खोज्छौँ जुन बिल्कुल विपरीत सोचाइ हो। श्रीमतीले खाना पकाएर खान दिनु कर्तव्य त हो नि भन्ने ठान्छौँ र हतार हतार खाएर उठ्छौँ। कति मीठो खाना भनेर प्रशंसा गर्दै धन्यवाद दिने प्रचलन नै छैन। २–४ घण्टा समय लगाएर कसरी मीठो हुन्छ भनेर श्रीमतीले पकाएको खानाको र उनको श्रमको योगदानको कदर धन्यवाद शब्दले पुग्छ र पनि त्यसमा हामी कञ्जुस्याइँ गर्छौं।  

समभावले हृदयदेखिको प्रेम प्रस्फुटन गर्छ, सेवाभावमा लैजान्छ र आफूप्रतिको सजगता कायम गराउँछ। अरूले के सेवा ग-यो, कति प्रेम ग-यो, कसरी व्यवहार ग-यो होइन। मैले के गरेँ, मैले कसरी गरेँ, मैले के सोचेँ त्यसमा निर्भर गर्छ। विभेद र घृणा होइन धन्यवाद र प्रेम भावले भरिन्छ व्यक्ति। अरूमाथि शासन गर्ने र एकोहोरो लिन मात्र जान्ने आफू दिन नजान्ने त भिखारी हो। भिक्षापात्र लुकाएर भिखारी बन्नेहरूको भिड छ यहाँ त्यसैले व्यक्तिहरू दुःखी छन्। स्वयंको स्वभावको परिचय पाउने खोज, सत्य के हो जान्ने अभिलासा, सत्यमा जिउने प्रेरणा, अहंकारमुक्त र आफूलाई मिटाएर पूर्ण अस्तित्वरूपी सागरमा डुबल्की लगाउँदै आनन्दमा उपलब्ध हुने क्षणको खोजी गर्न जान्ने हो भने विभेद अन्त्य भई सम्मान र प्रेमको जीवनको सुरुवात हुने थियो। युद्ध, हिंसा, कामना, अपेक्षा जस्ता दुर्गुणबाट मुक्त हुँदै थोपाबाट सागर हुँदै विराटतामा फैलिने र सर्वव्यापी चेतना स्वरूप हुँ भन्ने बोधपूर्ण ऊर्जामय शक्ति हो म भन्ने ज्ञान आयो भने व्यक्ति असमानताको व्यवहारमा मुछिने मौका रहँदैन।
अर्को समाचार
मुलुक बनाउने स्वर्णिम अवसरमा सहभागी बनौं : गोकर्ण विष्ट
०१ फागुन २०७५
•
९ मिनेट पाठ
मुलुक बनाउने स्वर्णिम अवसरमा सहभागी बनौं : गोकर्ण विष्ट
आज हामीले सम्मृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सोच प्राप्तीको दिशामा एक महत्वपूर्ण कदमको प्रारम्भ गरेका छौं। नेपालको संविधानले नागरिकको मौलिकहकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट "सबैका लागि रोजगारः संवैधानिक अधिकार" भन्ने मूल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको शूभारम्भ भएको छ।           

यस कार्यक्रमले संघ, प्रदेश र स्थानीय तहहरु बीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रहरु समेतको सहभागितामा आन्तरिक रोजगारीका अवसरहरु सिर्जना गरी वेरोजगारीको अन्त्य गर्ने उदेश्य राखेको छ। नेपाल स्रोत साधनका हिसावले समृद्ध मुलुक हुँदाहुँदै पनि आर्थिक विकासमा पछाडि परिरहेको छ। एकातर्फ हामी सँग जलस्रोत, कृषि, पर्यटन, खनिज तथा वन जस्ता आर्थिक विकासका प्रचुर सम्भावनाका क्षेत्रहरु छन् भने अर्कोतर्फ यस्ता क्षेत्रबाट उच्च उत्पादन गर्न सक्ने ५८ प्रतिशत युवा जनशक्ति रहेको जानसांख्यिक लाभको अवस्था छ। तर यस्तो स्वर्णिम अवसरमा समेत मुलुकभित्रका उत्पादनका साधनहरुलाई निष्कृय छोडेर अधिकांश युवाहरु रोजगारीका लागि विदेशिनु परेको  छ। श्रमशक्तिको अभावमा गाउँ घरमा खेतबारी बाँझा छन्, कयौं आयोजनाहरु अलपत्र छन, उद्योग कलकारखानामा श्रमिकको अभाव छ। तर हामीले हाम्रा युवालाई स्वदेशमै श्रम गर्न अभिप्रेरित गर्न सकेका छैनौं। यसले विप्रेषण प्रति निर्भरता बढाउँदै अर्थतन्त्र आयातमुखी बनाइरहेको छ। 



नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा पौरख र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनु पर्ने तर श्रम नगरीकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था कायमै छ। यो अवस्था विकास र सभ्य समाजका लागि बाधक बनेको छ। 

यस्तो अभियानले युवाहरुलाई आफ्नो श्रम र सीपको स्वदेशमै उपयोग गरी राष्ट्र निर्माणमा समाहित हुन आकर्षित गरिनेछ। यसबाट मरुभूमिहरुलाई हरियालीमा वदल्ने नेपाली युवाका पौरखी हातहरुले मातृभूमिको विकासमा योगदान गर्न सक्दछ भन्ने हामीले विश्वास लिएका छौं।

त्यसैले उत्पादनका साधन र श्रम शक्तिको उचित र प्रभावकारी परिचालन मार्फत देशको श्रम बजारको क्षमता विस्तार गर्न र बजारको माग अनुकुल जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था मिलाउन जरुरी छ। प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगार व्यक्तिहरुको विवरण र रोजगारीका अवसरहरुको सूचना प्रविधिमा आधारित अद्यावधिक तथ्यांक तयार गर्ने, पहिचान गरिएका बेरोजगारहरुलाई बजारको माग अनुरुपको रोजगारीमा लगाउन आवश्यक सीप तथा दक्षता विकास गर्ने र सार्वजनिक, निजी, सहकारी तथा गैर सरकारी क्षेत्रहरुमा रोजगारीका अवसर सिर्जना गरी त्यस्तो जनशक्तिलाई काममा लगाउने कार्यमा केन्द्रित रहने छ।

बजारमा उपलब्ध रोजगारीमा संलग्न हुन नसकेका वा निश्चित आम्दानी गर्ने गरी स्वरोजगार हुननसकेका वेरोजगार नागरिकहरुलाई सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य आयोजना एवं कार्यक्रमहरुमा काममा लगाई एक आर्थिक वर्षमा कम्तिमा एक सय दिनको रोजगारीको सुनिश्चित गर्ने व्यवस्था यो कार्यक्रमले गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवालाई स्वदेशमै गरिखाने पर्याप्त अवसरहरु छन् र कामका आधारमा कोहि पनि ठूलो सानो हुँदैन, जसले परिश्रम र पौरख गर्छ ऊ सम्मानित र समृद्ध बन्दछ भन्ने कुराको सन्देश दिन तथा यो मान्यता प्रति विश्वास दिलाउन र समाजमा कामको सम्मान गर्ने संस्कृतिको विकास गर्न श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम देशव्यापी रुपमा संचालन गरिनेछ। यस्तो अभियानले युवाहरुलाई आफ्नो श्रम र सीपको स्वदेशमै उपयोग गरी राष्ट्र निर्माणमा समाहित हुन आकर्षित गरिनेछ। यसबाट मरुभूमिहरुलाई हरियालीमा वदल्ने नेपाली युवाका पौरखी हातहरुले मातृभूमिको विकासमा योगदान गर्न सक्दछ भन्ने हामीले विश्वास लिएका छौं। आफ्नै देशको विकास र समृद्धिमा प्रयोग भई मुलुकले छिट्टै काँचुली फेर्ने वातावरण बन्नेछ भन्ने विश्वास हामीले लिएका छौं। 

यो कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम पो हुने हो की भन्ने आशङ्का पैदा हुन सक्दछ। तर निर्वाह भत्ता भनेको वर्षभरीमा एकजना सदस्यले पनि न्यूनतम रोजगारी प्राप्त नगरेको र तोकिएको मापदण्ड भित्रका परिवारका लागि सय दिनमध्ये रोजगारी नपाएको दिनको परिश्रमिकको पचास प्रतिशत रकम सामाजिक सुरक्षाका रुपमा प्रदान गर्ने व्यवस्था मात्र हो। यसको अर्थ बिना काम सबै बेरोजगारलाई भत्ता वितरण गर्ने भन्ने हुन सक्दैन। यो कार्यक्रमले विचार, जाती, क्षेत्र, आफ्नो-विरानो कसैलाई चिन्दैन र यस्ता कुनै पनि आधारमा कसैलाई विभेद गर्दैन। यसले काम गर्ने उमेर समुहका जनशक्तिलाई आत्मसम्मानका साथ देश भित्रै काम गर्ने वातावरण निर्माण गर्नेछ। अहिले सबै स्थानीय तहका लागि रोजगार संयोजक नियुक्ति गर्न अवलम्बन गरिएको स्वचालित कम्प्युटरमा आधारित पूर्ण पारदर्शी र वस्तुगत छनौट प्रकृयाले नै यस कार्यक्रमको निश्पक्षतालाई पुष्टि गरिसकेको छ। 

हामीले आवश्यक सबै कानूनी तथा संरचनागत आधारहरु तयार गरी २०७५ चैत्र १ गतेबाट सबै स्थानीय तहहरुमा बेरोजगार व्यक्तिहरु र रोजगारीका अवसरहरुको दर्ता सुरु गर्ने गरी तयारी गरिरहेका छौं। सबै नेपाली जनताको श्रम, सीप र पौरखलाई स्वदेशमै उपयोग गरी राष्ट्रिय स्रोत साधनको अधिकतम परिचालन गरि आर्थिक समृद्धिको जग बसाल्न र सबै नागरिकलाई योग्यता, सीप र छनौट बमोजिमको रोजगारीको अवसर सिर्जना गर्न संचालन हुन लागेको यो कार्यक्रमको सफलताका लागि सबैको सहयोग र सहकार्यको जरुरी छ। यसका लागि म सबैलाई हार्दिक आव्हान र अनुरोध गर्दछु। 

(प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भका अवसरमा श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दिएको मन्तव्यको अंश) 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस