नजिकिएको सम्बन्ध
१८ भदौ २०६७
•
७ मिनेट पाठ
नजिकिएको सम्बन्ध
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वभर क्रिकेट विकासको कार्यक्रम लागू गर्न गठन गरेको निकाय विकास समितीमा नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे एसियाका तर्फबाट बुधबार मनोनीत भएका छन्।
विश्व क्रिकेटको सर्वोच्च संस्थाको त्यस पदसम्म पुग्ने उनी पहिलो नेपाली हुन्। यस अर्थमा उनको त्यो सफलता नेपाली क्रिकेटका साथै राष्ट्रकै लागि महत्वपूर्ण हो। पाण्डेको नियुक्तिले उनले भनेजस्तै नेपाललाई विश्व क्रिकेटको सर्वोच्च निकायसँग नजिक्याएको छ।
हुनत यस पदले पाण्डेको जिम्मेवारी नेपालमा मात्र नभई एसियाका थप १७ देशमा क्रिकेट विकासका लागि महत्वपूर्ण हुनेछ तर आइसिसीको क्रिकेट विकास समितिमा नेपालको प्रतिनिधित्व भएपछि नेपाली क्रिकेटले त्यसबाट आशा राख्नु पनि त्यत्तिकै स्वाभाविक हो।




क्रिकेट विकास कार्यक्रम समितिका नामले नै यसले आफ्ना सदस्य राष्ट्रमा यो भलादमी खेलको विकासका लागि कार्यक्रम ल्याउनु हो भन्ने बुझिन्छ। यस अर्थमा भौतिक पूर्वाधारमा निकै पछि रहेको नेपालले आउँदा दिनमा केही फाइदा उठाउनसक्नेमा विश्वास गर्न सकिन्छ।

क्रिकेटको विकास भन्नुको अर्थ ब्याटिङ र बलिङको विकासमात्र होइन। यसका लागि खेलको समग्र वातावरणको विकास हुन आवश्यक छ। क्रिकेट सुहाउँदो वातावरण भनेको यस खेलसँग जोडिएका हरेक पक्षको समान विकास हो। जसरी खेलमा बलिङ अथवा ब्याटिङ एउटा पक्ष बलियो हँुदैमा सफलता हासिल गर्न सजिलो हुँदैन, त्यस्तै पर्याप्त ब्याट्सम्यान र बलरहरूको उत्पादनले मात्र पनि खेलको समग्र विकास हुँदैन। यसका लागि त यस खेलसँग जोडिएका सबै पक्षको विकास आवश्यक हुन्छ।

क्रिकेट प्रेमी, अधिकारी, निर्णायक, खेलाडी, अन्तर्राष्ट्रिय सम्बन्ध एवं सम्पर्क र भौतिक पूर्वाधारको समग्र विकासले मात्र क्रिकेटलाई भलादमी खेलका रूपमा स्थापित गरेको हो। क्रिकेट विकासका लागि देशभित्र क्षमतावान निर्णायकको उत्पादन, समर्पित खेल अधिकारीको संलग्नता र भौतिक पूर्वाधारको विकास निर्माणको उत्तिकै आवश्यक हुन्छ। यी सबै पक्षबिना खेलाडी जति तयार गरे पनि त्यो जंगलमा फुलेको फुल समान हुनेछ। प्रतिभावान खेलाडीको उत्पादन, चयन र तिनलाई परिष्कृत गर्ने प्रक्रिया उत्कृष्ट टिम निर्माणका प्रारम्भिक सर्त हुन्।

नेपालमा क्रिकेट खेलाडीको उत्पादनमा खासै समस्या छैन। देशभर स्वतःस्फूर्तरूपमा नयाँ खेलाडीको आगमन भइरहेको छ। तर पनि पछिल्ला दिनमा हामीले अपेक्षित सफलता पाउन सकेका छैनौ भने यसका लागि तिनै पक्ष जिम्मेवार छन्।

सन् १९९६ मा औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेटको ढोका ढकढक्याउन सुरु गरेको नेपालले सन् १९९८ मा देशमै पहिलो पटक दोस्रो एसिसी ट्रफी प्रतियोगिताको आयोजना गर्‍यो। त्यसपछि अहिलेसम्मको स्थिति हेर्ने हो भने भौतिक पूर्वाधारमा खासै विकास भएको छैन। हामीसँग अहिले पनि अन्तर्राष्ट्रिय स्तरको एउटामात्र मैदान छ। त्यसले पनि पूर्णता पाउन सकेको छैन। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पूर्व बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोलीलाई यही मैदानमा भर पर्नुपर्ने हुन्छ। फरकफरक मौसम र वातवारण भएका मुलुकमा हुने प्रतियोगिताको तयारी पनि सधै एउटै मैदानमा गर्दा त्यसको असर खेलाडीको प्रदर्शनमा पर्नसक्छ।

नेपालमा भौगोलिक विविधता छ। तर पनि हामीले यस विविधताको उपयोग विशेषगरी क्रिकेटमा अहिलेसम्म गर्न सकेका छैनौ। तराईको तातो, हिमाली क्षेत्रको चिसो र उपत्यका एवं पहाडी क्षेत्रको ठिक्कको मौसमलाई नेपालले क्रिकेटका लागि उपयोग गर्न सके हाम्रा खेलाडी हरेक मौसम र वातावरणका लागि मानसिक र शारीरिकरूपमा तयार हुन सक्छन्। नेपालका भौगोलिक क्षेत्रमा कम्तीमा एउटा मैदान निर्माण गर्नसके क्रिकेट वातावरणको विकासमा सहयोग पुग्न सक्नेछ। त्यसबाट ती सबै स्थानमा क्रिकेट गतिविधि सुरु हुनेछ। नेपालजस्तो आर्थिक अवस्था भएको मुलुकका हरेक क्षेत्रमा क्रिकेट मैदान बनाउन कठिन हुन्छ तर पाण्डेको आइसीसी क्रिकेट विकास समिति सदस्यमा भएको नियक्तिले यसमा पनि आशा जगाएको छ। स्वयं पाण्डेले पनि आफ्नेा ध्यान भौतिक पूर्वाधारको निर्माणमा जाने बताएका छन्।

जमैकाका राष्ट्रपतिको व्यक्तिगत पहलकै कारण सन् २००७ अघि वेष्टइण्डिजमा भारतले क्रिकेट स्टेडियमको निर्माण गरिदिएको थियो। आर्थिकरूपमा कमजोर भए पनि आमी विश्वका उदाउँदा दुई आर्थिक महाशक्तिका बीचमा हामी छौँ। त्यसमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको आफ्नै पहिचान र महत्व छ। राम्रो अन्तर्राष्ट्रिय सम्पर्क भएको मानिएका पाण्डेले पनि यसमा लागि पहल गर्ने अपेक्षा छ।
अर्को समाचार
दुई माओवादी एकता नजिक
२९ फागुन २०७०
•
७ मिनेट पाठ
दुई माओवादी एकता नजिक
काठमाडौं-एकीकृत नेकपा माओवादी दुई वर्षअघि आफूबाट अलग्गिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग एकता नजिक देखिएको छ। स्थानीय निकायको निर्वाचन र सत्यनिरुपण तथा मेलमिलाप आयोगबारे दुई पार्टीले बिहीबार ‘कार्यगत एकता' गर्ने सहमति गर्दै सम्बन्ध नजिकिएको सन्देश दिएका हुन्।




दुई माओवादीबीच ‘युद्धकालीन मुद्दालाई सत्य निरूपण तया मेलमिलाप आयोगमार्फत टुंग्याउने र स्थानीय निर्वाचन ६ महिनाभित्र हुन नसक्ने विषयमा मत मिलेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले बिहीबार संयुक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा यी दुवै एजेन्डा उठाइएको छ।
‘गृहमन्त्री वामदेव गौतमले जुन प्रकारले युद्धकालीन मुद्दाहरू उल्झाउने अभिव्यक्ति दिनुभएको छ, त्यो सम्झौताविपरीत छ। हामी दुवै माओवादीलाई यो मान्य छैन। अर्को कुरा, २०४७ सालकै संविधानमा रहेर गरिने स्थानीय निर्वाचन पनि स्वीकार्य छैन। यी दुइटै विषयविरूद्ध दुई माओवादी एक भएका छौं,' एमाओवादी नेता वर्षमान पुनले बिहीबार नागरिकसँग भने।
एक वर्षभित्र संविधानसभाबाट संविधान नबने सडकमा जाने एमाओवादीको कार्यदिशा र गोलमेच सम्मेलनबाट संविधानको अन्तर्वस्तुमा पुग्ने नेकपा–माओवादीको कार्यदिशा नजिक पुगेको पनि पुनले बताए।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले पनि अत्यावश्यक दुई विषयमा कार्यगत एकता भएको र अन्य विषय छलफलको क्रममा रहेको जानकारी दिइन्।
‘अहिले दुइटा विषयमा कुरा मिलेकाले कार्यगत एकता भएको हो, अन्य विषयमा छलफल हुँदैछ,' उनले भनिन्, ‘कार्यदिशा र कार्यनीति मिलेको अवस्थामा पार्टी एकता हुन्छ।' यसका लागि दुवै पार्टीका नेताबीच एकता गर्न कार्यदिशा, कार्यनीतिबारे छलफल भइरहेको भुसालले बताइन्।
एमाओवादीले दोस्रो संविधानसभा चुनावबाट तेस्रो स्थानमा झरेलगत्तै वैद्य माओवादीसँग एकताका लागि निरन्तर प्रयास गरिरहेको छ। यसबाट बाबुराम भट्टराई पक्षधर असन्तुष्ट छ भन्ने चर्चा चले पनि भट्टराई पक्षका नेताहरूले नै त्यसलाई ‘झुटो आरोप' भनेका छन्। 
भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले अध्यक्ष दाहाल र वैद्यले जारी गरेको विज्ञप्तिले पार्टीभित्र एकताको राम्रो संकेत दिएको प्रतिक्रिया जनाए। ‘एकताका लागि पर्याप्त छलफल भएका छन्। आज (बिहिबार) दुई अध्यक्षको विज्ञप्ति आउनु एकता र सहकार्यका लागि शुभ संकेत हो,' उनले भने।
स्रोतअनुसार पार्टी एकताका लागि पहल गर्न दाहालले वैद्यसँग निरन्तर छलफल गरिरहेका छन्। दाहालले आफू निकट नेताहरूलाई वैद्यका प्रभावशाली नेतासँग एकता प्रयासका लागि प्रस्ताव लान निर्देशनसमेत दिएका छन्।
वैद्य माओवादीका प्रभावशाली मानिने महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द, सुरेश आले मगर र रोल्पाकी प्रभावशाली महिला नेतृ जयपुरी घर्ती मगरसँग वर्षमान पुनले निरन्तर छलफल गरेको दाहाल निकट स्रोतले बतायो। ‘युद्धकालीन अवस्थामा पूर्वी कमान्ड सफल बनाउने बादल (रामबहादुर थापा) र अनन्त (वर्षमान पुन) बीच घनीभूत छलफल भइरहेको छ,' एमाओवादीका एक नेताले भने, ‘पार्टी विभाजन हुँदा दुई किनारामा रहेका उनीहरू एकताका निम्ति निरन्तर छलफल गरिरहेका छन्।'
पार्टी एकतामा सधैं जोड दिने एमाओवादी नेता कृष्णबहादुर महराले पनि अर्का तहका नेताहरूसँग संवाद अघि बढाएका छन्। महराले देव गुरुङ, नेतृ भुसाल, नारायण शर्मा, सन्तोष बुढा लगायत नेतासँग छलफल गरिरहेको स्रोतले बतायो। एमाओवादी नेताहरूको पहलसँगै नेकपा–माओवादीका युवा पंक्ति पनि पार्टी एकताको प्रयासमा लागेको छ।
पछिल्लो समय नेकपा–माओवादीको मजदुर संगठनका अध्यक्ष तथा केन्द्रीय सदस्य रामदीप आचार्य, बद्री बजगाईंको समूहले पार्टी एकताका लागि दबाब दिइरहेको स्रोतले बतायो। कुनै बेला ‘वर्ग शत्रु'जस्ता देखिने एमाओवादीका मजदुर नेता शालिकराम जमकट्टेल र बजागाईंबीच भेटघाट बाक्लिएको छ। 
कांग्रेस–एमाले गठबन्धनको कार्यशैलीले एक वर्षभित्र संविधान बन्न नसक्ने वातावरण बन्दै गएको भन्दै दुवै माओवादी नजिकिएका हुन्। ‘युद्धकालीन' मुद्दाहरूबाट दुवै माओवादीका नेता र कार्यकर्ता अछुतो नहुने भएकाले पनि एकताको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन्। संविधानसभा चुनावमा भाग लिने र नलिने दुवै माओवादीले निर्वाचन परिणामपछि आफ्नो शक्ति कमजोर भएको महसुस गर्नुले एकता प्रयासमा बल पुर्यानएको नेताहरू बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस