नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा तेस्रो धारका तर्फबाट सभापतिको उम्मेदवारी घोषणा गरेका भिमबहादुर तामाङ बुधबार बिहान कार्यकर्तासँगको मोबाइल वार्तामा भन्दै थिए 'सक्कली कांग्रेस छुट्याउन साहैै ग्राहो परिरहेको छ, भिडमा।' आफ्नो निवासमा जम्मा भएका आठ दस जना कांग्रेस कार्यकर्तामाझ छट्टुहरूको चरित्र चित्रण गरिरहेका तामाङले फोनमा आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याइरहेका थिए। उनी फोन गर्नेलाई आश्वस्त पार्दै थिए, -'त्यै त गुटबन्दीको विरोधमा उत्रिएको।' तामाङ र महामन्त्रीका उम्मेदवार नरहरि आचार्य अहिले आफूहरूलाई मूलतः गुटबन्दीविरोधी अभियानकर्ताका रूपमा प्रस्तुत गरिरहेका छन्। सभापतिका अरू दुई उम्मेदवार कार्यवाहक सभापति सुशील कोइराला र पार्टीका वरिष्ट नेता शेरबहादुर देउवा अनि तामाङ सबै महाधिवेशन प्रतिनिधिको मन जित्न चाहन्छन्। कोइराला, देउवा र तामाङका आआफ्नै समस्या र चुनौती छन्। यसैले होला, उनीहरूका चुनावी रणनीतिमा पनि भिन्नता देखिन्छ।
तामाङ गुटबन्दीविरोधी र 'सच्चा' कांग्रेसप्रति बढी आशावादी देखिएका छन्। उनको जातिगत पहिचानले पनि छ सय बढी जनजाति महाधिवेशन प्रतिनिधिको समर्थन पाउने संभावना देखिन्छ। हुनत, अरू दुई नेताको थोक कारोबारबीच तामाङको अभियान खुद्रा व्यापारजस्तो देखिन्छ। महाधिवेशनका लागि सुशील र शेरबहादुर थोकमा मोलमोलाई गरिरहेका छन्। सभापतिको चुनावी भिडन्तमा दुई गुटबीच तीव्र प्रतिस्पर्धा हुने देखिँदैछ। तामाङको अभियानले कुन गुटलाई फाइदा पुग्ने हो? त्यसको लेखाजोखा गर्ने काम कांग्रेसी वृत्तमा भइरहेको छ। कोइराला र देउवाबीच तीव्र प्रतिस्पर्धा हुने र तामाङको उम्मेदवारीले पहिलो चरणको मतदान निर्णायक नहुने आशंका कांग्रेसी वृत्तमा छ। कांग्रेस सभापति पदमा निर्वाचित हुन महाधिवेशन प्रतिनिधिको ५१ प्रतिशत मत ल्याउन आवश्यक छ। अहिलेसम्म तीन हजार ८८ महाधिवेशन प्रतिनिधि घोषित भएका छन्।
कांग्रेसमा दुवै नेताको जितहारमा फरक पार्ने हैसियत भएका विभिन्न उपगुट पनि छन्। त्यसैले उपगुट र प्रभावशाली नेताहरूको विश्वास लिन कोइराला र देउवा दिनहुँजसो भेटवार्ता अर्थात् फकाउने काम गरिरहेका छन्। कोइरालालाई त आफ्नै गुट सम्हाल्न धौधौ भएकोछ। कोइराला गुटबाट महामन्त्रीका आकांक्षीहरू आधा दर्जनजति छन्। एउटै समूहबाट धेरै जना मैदानमा उत्रने घोषणाले उनलाई अष्ठारोमा पारेका छ। त्यसबाहेक उनको समूहबाट लामो समयदेखि महामन्त्रीको प्रत्याशीका रूपमा प्रस्तुत हुँदै आएका प्रकाशमान सिंह अलग्गिने अवस्थामा पुगेका छन्। काठमाडौँ कांग्रेसमा आफ्नो पक्ष पराजित भएपछि कमजोर बनेका प्रकाशमानको तुलनामा सुशीलको महामन्त्री अर्जुन नरसिंह केसीको पोल्टामा पर्ने लख काटिएको छ। उता पार्टी उपसभापति तथा प्रधानमन्त्री पदका उमेदवार रामचन्द्र पौडेल पनि सुशीलबाट टाढिँदै गएको अनुमान गरिँदैछ।
प्रजातान्त्रिक कांग्रेसबाट आएका केही केन्द्रीय सदस्य देउवासँग चिडिएर कोइरालाको नजिक पुगेका थिए। कांग्रेसमा तेस्रोे धारको जन्म र विकासमा भूमिका खेलेका उनीहरू अहिले तामाङ र आचार्यको उम्मेदवारी घोषणापछि विरक्तिएका छन्। सुशील र शेरबहादुर कसैको पनि हुन नसकेका र तामाङको धारमा पनि खुलेर लाग्न नसकेका यिनले पौडेललाई सुशीलबाट अलग्याउने रणनीति अख्तियार गरिरहेका छन्।
पहिलो जनआन्दोलनपछि कांग्रेस राजनीतिमा अधिकांश समय कोइरालाविरोधी परिचय बनाएका पौडेल र प्रकाशमान सुशीलबाट अगग्गिएर उत्पन्न रिक्तता हटाउन कांग्रेसको अर्को उपगुट गोविन्दराज जोशी - कुलबहादुर गुरुङ समूह प्रतीक्षारत छ। कोइरालाकै प्रोत्साहनमा हुर्किएको जोशीगुरूङ उपगुट पछिल्ला दिनमा सुशील-रामचन्द्र गठबन्धनका कारण विरोधी भूमिकामा पुगेको थियो।
सुशीलका सामु कांग्रेसमा कोइराला वंशको वर्चस्व कायम राख्नुपर्ने अर्को जिम्मेवारी पनि छ। यही जिम्मेवारी बोधका कारण उनले अघिल्लो साता कोइरालाहरूको बैठक बोलाएका थिए। सुशील, शेखर, शशांक र सुजातासमेतको पारिवारिक बैठकपछि कांग्रेसको चुनावी राजनीतिमा गोटी चाल्न्ा माहिर मानिने खुमबहादुर खड्कालाई फकाउने प्रयास भैसकेको छ। महामन्त्री पद सुनिश्चित् भएमात्र सहयोग गर्ने खड्काको सर्तका कारण सहमति बन्न नसकेको कांग्रेसजन बताउँछन्। सुशीलले आक्रामक सुजाताको व्यवस्थापन गर्नसके घर सम्हालिनेछ। उता खड्का भने अन्ततः देउवाको नजिक पुग्ने अनुमान गरिदैँछ। देउवाको गुट व्यवस्थापनमा खासै ठूला समस्या देखिँदैनन्। तर पार्टी विभाजनको आरोप र पद पाउन जे पनि गर्ने देउवाको छवि सबैभन्दा ठूलो चुनौती हो।
कांग्रेसजनले हेक्का राख्नुपर्ने एउटा पक्ष के पनि हो भने पार्टी शीर्ष नेतृत्वमा कोइरालाहरूनै पुग्नुपर्छ भन्ने मान्यताको जरो एघारौं महाधिवेशनमा रोपिएको हो। एघारौँ महाधिवेशनका क्रममा सुशील र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने स्थिति थियो, सुरूमा। यी दुईबीच प्रतिस्पर्धा भएमा सुशील हार्ने देखिएपछि गिरिजाप्रसाद कोइराला पार्टी विधान मिचेर तेस्रोे पटक सभापतिको उम्मेदवार बने र निर्वाचत भए। त्यसै बेला सशीलविरुद्ध पौडेललाई सघाउने उद्देश्यले विकसित समूहकै एउटा पक्ष अहिले तेस्रोे धारको रूपमा प्रकट भएको छ। सुशीलको सट्टा गिरिजाप्रसादै मैदानमा उत्रिने संकेत देखेपछि रामचन्द्रले खुट्टा छाडे भने तामाङ र चक्र बास्तोलाहरू कोइराला सामु निरीह साबित भए।
त्यसैले गिरिजाप्रसाद कोइरालाविरुद्धमा नरहरी आचार्यले एजेन्डासहित उमेदवारी दिएका थिए। अहिले त्यही एजेन्डा तेस्रो अभियानमा रूपान्तरित भएकोमात्र हो।