मुलुक चार वर्षदेखि संक्रमणकालीन अवस्थामा छ तर, त्यसभन्दा पनि चर्को संक्रमणमा एकीकृत नेकपा (माओवादी)। शान्तिपूर्ण रूपान्तरण वा सशस्त्र युद्ध? नयाँ संविधान वा जनविद्रोहमार्फत् सत्ता कब्जा? प्रमुख दुस्मन घरेलु सामन्तवाद कि 'भारतीय विस्तारवाद'? यस्ता प्रश्नमा अहिले माओवादीभित्र भिन्नभिन्न कोणबाट विचार उठिरहेका छन्।
परम्परागत विचारधारा र कार्यशैलीको वकालत गर्ने उपाध्यक्ष मोहन बैद्य र पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन भूमिका भएका उपाध्यक्ष बाबुराम भट्टराईबीचको अन्तरविरोधमा खेलेर अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेता बनाइरहने उपक्रम जारी राखेका छन्। दुवैको अलिअलि आलोचना गर्ने र एउटालाई अर्काको हाउँगुजी देखाएर आफैँ नेता बनिरहने दाहालको पुरानो सूत्र यतिबेला 'शान्ति'को वकालत गर्दै 'आवश्यक परेमा जनविद्रोहमा पनि जान सकिने' द्वैध चरित्र विचारका रूपमा केन्द्रीय समितिमा छलफलमा छ।
एकाएक आर्जन गरेको शक्ति सञ्चय गर्न अहिले माओवादीलाई हम्मेहम्मे भइरहेको छ। कार्यकर्तालाई यथार्थ होइन, चर्का कुरा सिकाइएको छ। विचार, सिद्धान्त र कार्यशैलीबाट होइन, बलपूर्वक आफ्नो विचार लाद्ने प्रशिक्षण दिइएको छ। असम्भव र रुमानी सपनाको पोखरीमा पौडी खेलाइएका कार्यकर्तालाई त्यसबाट कसरी बाहिर निकाल्ने भन्ने समस्याबाट माओवादी नेतृत्व चिन्तित हुनुपर्ने हो। एकातिर नेताहरूको विलासी जीवनशैली अनि अर्कातिर कार्यकर्ताको 'क्रान्ति पूरा नभएको' चर्को असन्तोषबीच माओवादी रुमिल्लएको छ। विदेशी नियोग, नागरिक समाज र अरू पार्टीसँग शान्तिको र कार्यकर्तासँग क्रान्तिको कुरा गर्ने द्वैध चरित्र माओवादीको समस्या हो।
केन्द्रीय कमिटीको बैठकमा तीन धार भनिए पनि माओवादीमा अहिले दुई धारकै संघर्ष देखिन्छ। परम्परागत उग्रपन्थी धारको नेतृत्व बैद्यले गरिरहेका छन् भने आफूलाई परिमार्जन नगरी अघि बढ्न सकिँदैन भन्ने धारको नेतृत्व भट्टराईले गरिरहेका छन्। यी दुईलाई आपसमा भिडाएर नेतृत्वमा टिकिरहन सफल दाहालसँग नयाँ विचार छैन। सञ्चार माध्यममा आएअनुसार, बैद्यले सात दलसँग सहकार्य गरेर राजतन्त्रलाई समाप्त गर्ने 'चुनवाङ बैठक' को कार्यदिशालाई नै गलत भन्दै त्यसमा पुनःविचार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यतिबेला भारतीय जेलमा रहेका बैद्यकाअनुसार त बाह्र बुँदे सहमति, संविधान सभाको निर्वाचन, राजतन्त्र समाप्ति, गणतन्त्र घोषणाजस्ता सबै कार्यलाई 'गलत' ठहरिन्छ। बैद्य एक्ला छैनन्। माओवादीमा यस्तो विचार राख्ने उग्रपन्थी पंक्ति ठूलो छ।
एकपटक प्रधानमन्त्री भएका कारण सिंहदरबारको न्यानोले तानिरहँदा पनि कहिलेकाहीँ दाहालका मुखबाट 'जनविद्रोह' र 'सत्ताकब्जा' का रोमाञ्चक शब्द त्यत्तिकै निस्किएका हैनन्!
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनमा सबैभन्दा ठूलो भूमिका भट्टराईको देखिन्छ। युद्धमा रहेकै बेला पनि उनले जोखिम उठाएर पार्टीलाई शान्तिपूर्ण राजनीतितर्फ लैजानुपर्ने प्रस्ताव गरेका थिए। आन्तरिक अपमान र आरोप रहेर पनि उनी अहिलेसम्म आफ्नो मतबाट विचलित देखिँदैनन्। सशस्त्र संघर्षबाट नजितेकै कारण शान्तिपूर्ण संघर्षमा आएको र फेरि पनि त्यस्तो लडाइँ सफल हुँदैन भन्नेमा अरू नेताभन्दा भट्टराई बढी स्पष्ट छन्। यही मान्यता राखेबापत बेलाबेलामा उनलाई 'दक्षिणपन्थी' भन्ने गरिएको छ। तर, बैद्यको विचारले मुलुकलाई पुनः रक्तपात, हिंसा र अराजकतातिर लैजान्छ भने भट्टराईको विचारले अविश्वसनीय नै भए पनि माओवादीलाई रूपान्तरण गर्दै लोकतन्त्रको बाटोमा ल्याउँछ। यस अर्थमा माओवादीभित्रको विवाद आन्तरिकमात्र चासोको विषयमात्र होइन। त्यसले सिंगो मुलुकलाई नै प्रभावित गर्छ।
यतिबेला माओवादी साँच्चै दोधारमा छ। संसदीय राजनीतिमा अब्बल खेलाडी हुन नसके पनि संसद्मा ऊ सबभन्दा ठूलो दल हो। देशभरि सबभन्दा बढी पूर्णकालीन कार्यकर्ता उसैका छन्। अहिले पनि माओवादीकै सभा ठूला हुन्छन् र नेपालको सबभन्दा धनी पार्टी पनि यही हो । अर्कातिर, ऊसँग अझै पनि शिविरमा लडाकु छन्, कन्टेनरमा हतियार छन् र बाहिर अर्धसैन्य संरचनाको वाईसीएल छ। यस्तो अवस्थामा वैधानिक प्रक्रियाबाट माओवादी भाग्नसक्ने देखिँदैन। तर, कम्युनिस्ट आन्दोलनमा खुबै प्रयोग हुने 'उग्रवामपन्थी दुस्साहसवाद' ले यी सबै कुरा देख्न सक्दैन। बत्तीमा पुग्दा ज्यान जान्छ भन्ने थाहा पाएको भए सम्भवतः पुतली त्यहाँ जाँदैनथ्यो होला। पेरु, इन्डोनेसिया, श्रीलंका, फिलिपिन्स, बर्मा, कम्बोडिया- धेरै यस्ता मुलुक छन्, जहाँ शक्तिशाली अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन एकपटक थला परेपछि दशकौंसम्म पनि टाउको उठाउन असमर्थ भयो। करिब ७० वर्षसम्म कम्युनिज्म टिकेको रुस र पूर्वी युरोपका अरू मुलुकका ताजा इतिहासबाट शिक्षा लिनुपर्छ।
ज्ञानेन्द्रले 'कु' नगरेको भए नेपालमा माओवादी आन्दोलनको अवतरण कसरी हुन्थ्यो? अहिले कल्पना गर्न गाह्रो छ। तर, जे भए पनि संसारमै कहीँ नदेखिएको विशिष्ट अवस्थामा माओवादी शान्ति प्रक्रियामा आएको हो। सडकसडकका यात्रीबीच सडकमै भएको बाह्र बुँदे समझदारी नै शान्ति सम्झौताको आधारस्तम्भ हो। आज आएर माओवादीले त्यसलाई नै गलत भन्छ भने प्रकारान्तरले राजतन्त्रलाई बल पुग्छ। सांस्कृतिक राजतन्त्रको अप्रासंगिक चर्चा र लोकतान्त्रिक बाटो तथा उपलब्धिलाई नै गलत भन्ने विचारबीच बाघ कराउने र बाख्रो हराउने संयोगको सम्बन्ध त छैन?
माओवादीका नेतादेखि कार्यकर्तासम्ममा चरम असहिष्णुता, उग्र विचार र अराजक कार्यशैली छ। हिजो बन्दुकको बलमा सबैथोक गर्न सकिन्छ भनेर युद्धमा लागेका कारणले हो कि आज पनि आफूले भनेपछि सबैथोक हुन्छ र हुनुपर्दछ भन्ने लोकतन्त्रविरोधी मान्यता तिनमा पाइन्छ। तर, खेल मैदानमा प्रवेश गरेपछि त्यसका नियम मान्नुपर्छ। राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक समितिको सभापतिदेखि अहिले पाँचौँ पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजय भोग्दासम्म यति त तिनले बुझ्नुपर्ने हो।
नाच्न जान्ने हो भने आँगनलाई दोष दिनु पर्दैन। विदेशी हस्तक्षेपको यति धेरै त्रास र चिन्ता बोकेको पार्टीले त्यो अवसर किन दिइरहेको छ? आफूले दुई हातले अँगालो हाल्दा, दूतावास धाउँदा, उच्चस्तरको प्रतिनिधिसँग वार्ता गर्ने चाहना राख्दा र त्यसैका लागि विदेश धाउँदा दुनियाँले आँखा चिम्लेका छन् भन्ने ठान्ने हो भने बेग्लै नत्र जनताको अभिलेखमा सबै पार्टी र नेताका हिसावकिताव हुन्छ। त्यसैले अरुलाई आरोप लगाएर होइन आफैँ योग्य प्रमाणित भएर माओवादीले राजनीति अघि बढाउनुपर्दछ। माओवादी नेतृत्वलाई हत्या, हिंसा र आतंकका भरमा सत्ताकब्जा गर्न सकिन्छ भन्ने लागेको छ भने त्यस भ्रमबाट समयमै मुक्त हुनु राष्ट्र र उनीहरूकै लागि पनि हितकर हुनेछ।

तिलक पाठक (साता टिप्पणी)-