लोकतन्त्रको धुरी कि माओवादीको बाँसुरी?
१३ भदौ २०६७
•
११ मिनेट पाठ
लोकतन्त्रको धुरी कि माओवादीको बाँसुरी?
एक जना गोज्यांग्रो तरुल खन्न वनमा गएछ। चिसो भूइँमा तरुल खन्दा उसको जीउ कठ्यांग्रिएछ। मरेको मान्छेको जीउ चिसो हुन्छ भन्ने सुनेकाले उसले आफूलाई मरेको ठान्यो। त्यही बेला त्यहाँ एक जना बटुवा आइपुगेछ। बटुवाले ऊसँग सोधेछ त्योे बाटोबाट गए गाउँमा पुगिन्छ कि वनमै हराइन्छ। तरुल खन्नेले उत्तर दिएछ - म जिउँदो छँदा यस बाटोबाट जाँदा गाउँमै पुगिन्थ्यो। अहिले कहाँ पुगिन्छ मलाई थाहा छैन। बिचरो बटुवा झन् अलमलमा परेछ।
गोज्यांग्रासँग बाटो सोध्ने बटुवा अलमलमा परेजस्तै अपरिपक्व, अदूरदर्शी र स्वार्थी नेताका कारण देश र जनताले दुःख पाएका छन्। विचारको मार्गचित्र स्पष्ट भए पनि नेकपा (एमाल्ो) नेतृत्वको रबैया प्रायः तरुल खन्ने गोज्यांग्राको जस्तो हुने गरेको छ। मदन भण्डारीको अवशानपछि एमालेको प्रखर आवाज र परिपक्व व्यवहारमा ठूलो ह्रास भएको छ। एमालेको हरिविजोग नेतृत्व अपरिपक्व हुनु र आन्दोलनमा वाणी कुण्ठित हुनुको दुष्परिणाम कति पीडादायी हुन्छ भन्ने दृष्टान्त हो।
विचार र जनमत
सशस्त्र संघर्ष, चुनावी अभ्यास, विजय-पराजय, एकता-विखण्डन सबै उतारचढाव पार गरी यहाँसम्म आइपुगेको एमालेका लागि जनाधार, इतिहास, विचार र कार्यकर्तामा समस्या छैन। एमालेको निरन्तरको ओरालो झराइको जड नेतृत्वको कारिन्दा चरित्र नै हो। मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद २०५० सालमा जुनरुपमा थियो अहिले पनि त्यसमा अल्पविरामसम्म हटाउने सामार्थ्य कुनै ‘माइकालाल'सँग छैन। नेतृत्वको आचरण र वचनका कारण नेपालको वामपंथी आन्दोलनको मूल प्रवाहले आफ्नो पहिचान र स्थान गुमाउने खतरा बढेको हो। जबजको स्कुलिङबाट दीक्षित ढाड भएका र पुरानो साँचोमा ढालिएका ढाड नभएकाहरू बारे जनसमुदायलाई छर्लंग नपारेसम्म नेपाली समाजको शान्तिपूर्ण रूपान्तरण र संकमणकालीन नेपालको सुरक्षित अवतरण जस्ता प्रमुख कार्यभार पूरा गर्न आवश्यक जुझारु जनमत सिर्जना गर्न सकिने छैन।
राजनीति र अराजकता
एमाले र माओवादी, काया र छाया, राजनीति र अराजकताजस्तै देख्ता उस्तै देखिने तर पृथक वस्तु हुन्। माओवादीका पछाडि एमाले लाग्नु, राजनीति र अराजकताबीचको लक्ष्मणरेखाको आवश्यकता नदेख्नु छायाका पछाडि मानिस दौड्नु जत्तिकै अनर्थकारी हो। कुनै बेला छाया कायाभन्दा ठूलो हुन्छ त कुनै बेला सानो हुन्छ। राति भुइँमा बत्ती राखेको बेला मानिसको छायाले सिलिङ नै ढाकिदिन्छ। दिउसो चौरमा उभिएको बेल्ाा छाया टाङमुनि पसिदिन्छ। यात्री पुलमाथि हिडिरहेको बेला छाया नदीमा कुदिरहेको हुन्छ। वल्लो डाँडामा उभिएको मान्छेको छाया पल्लो डाँडामा पर्छ। भद्र भएर बसिरहेको बेला छाया भने मर्यादाहीन भएर सँगैरहेको सहयात्रीको शरीरमाथि पर्न सक्छ। माओवादीप्रतिको आशक्ति र सरिसृप प्रवृत्ति यस्तै रह्यो भने एमालेले चारदशक लगाएर हासिल गरेको सदाचारको राजनीति र लोकतान्त्रिक छवि गुमाउनेछ।
भ्रान्ति शंृखला र क्रान्ति
राजा त्रिभुवन र नेपाली कांगे्रसको भारतनिर्भर राजनीतिको कीर्तिमान माओवादीले भारतमै रहेर भंग गर्‍यो र आकार पनि बढायो। राजा वीरेन्द्र र धीरेन्द्र शाहसँग अघोषित कार्यगत एकता गरी संसदीय व्यवस्थाविरुद्ध हमला पनि माओवादीले गर्‍यो। कांगे्रससँग एमालेकै हाराहारीमा ८४ जना सभासदको भीख मागेको इतिहास पनि माओवादीले नै बोकेको छ। पशुपति पुजारीसँगको दुस्मनी र मण्डली परिषद्सँगको साँठगाँठमार्फत् धर्मनिरपेक्षताको धज्जी उडाउन पनि माओवादी चुकेन। अपरिपक्वताको राजनीति माओवादी ब्राण्डमा यसरी बजारमा आइसक्ता पनि एमालेका बहिदारहरू एक बित्ता पर देख्न सकिरहेका छैनन्।
एसएमएस आतंक र कठपुतली
अरूलाई खनेको खाडलमा आफैँ परिन्छ। माओवादी साम्प्रदायिकतावादी र पृथकतावादीको ब्याड हुने खतराको घन्टी अकारण बजेको हैन। ज्ाीतय र क्षेत्रीय राजनीतिको टेको लिए पनि माओवादीले ज्यान नलिएकेा न कुनै जाति छ न कुनै तह र तप्का। झापा विद्रोहका बेला नेताहरू स्वयं कार्यक्षेत्रमा रहे तर माओवादीले नेतृत्वको कडा सुरक्षा र कार्यकर्ताको दुस्साहसी बलिदानको छलकारी सूत्र अपनायो। नेताहरू देशमा गृहयुद्धको आगो सल्काएर आठ आठ वर्ष भारतमा बसे। विकसित राष्ट्रका आधुनिक विद्यालय, महाविद्यालयमा भर्ना गरी आफ्ना सन्तानका हातमा ल्यापटप र जनताका छोराछोरीको हातमा बन्दुक थमाउनुले माओवादी नेतृत्वको द्वैध चरित्र सतहमा आइसकेकै थियो। जनतासँगको सम्बन्धको प्रकृति पनि ‘बाँचे मेरो पोइ मरे सासुको छोरो' प्रकारको रहेको छ। अरू दलसँगको उसको व्यवहार चरम उपयोगितावादी छ। महाधिवेशन र भातृसंगठनका राष्ट्रिय सम्मेलन प्रभावित पार्न मच्चाइने ‘एसएमएस' आतंकले प्रष्ट पार्छ माओवादी एमालेमा त रिमोटबाटै संचालित कठपुतली स्थापित गर्न सवि्र्कय छ। आन्तरिक समस्याबाट पार पाउन अवलम्बन गरिएका यी प्रयत्न अराजनीतिक प्रकृति अराजकता हुन्।
घर पठाउने तयारी
सीपी मैनाली र मदन भण्डारीको पुस्ताले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मोहनविक्रम सिंहको पुस्तालाई म्याद गुजि्रएको औषधि साबित गरेर युवा हस्तक्षेप र क्रियाशीलताको सफल प्रयोग गरेको थियो। अब त्यही कीर्तिमान दोहोर्‍याउने घुम्तीमा महेश बस्नेत र माधव ढुंगेलको पुस्ता पुगिसकेको छ। पछि मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएजस्तै आवश्यक परे फेरि बोलाउँला है भन्दै बहीदारहरूलाई घर नपठाउने हो भने उग्रवामपंथको सिकार हुनबाट एमालेलाई बचाउन सकिने छैन। घटनाक्रमबाट पुष्टि हुन्छ प्रचण्डमान थैवको हत्या भएकै राति सेनापति हटाउन माओवादी नेतृत्व र एमाले नेतृत्वबीच गोप्य बैठक बसेको थियो। सुदिप कार्कीप्रति श्रद्धाञ्जली दिन आयोजना गरिएका ठूलासाना शोकसभा स्थगित गरी बल्खु पेरिसडाँडाको भीक्षार्थी हुन्ोगर्छ। हावादारी आश्वासनसहित जिल्लिँदै रित्तो हात फर्कन्छ र त्याग र राष्ट्रिय सहमतीको पर्दा हालेर लाज छोप्ने असफल प्रयास गर्छ। आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री हुन देखाएको आत्तुरि बाबु मरेको दिनमा छोराले विवाह गर्छु भन्नु जतिकै मर्यादाहीन जिद्दी हो। लोकेन्द्रबहादुर चन्दपछि सुर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर विगतमा कांग्रेसले स्वाथर््ा प्ाूरा गरेको थियो। अहिले त्यसरी नै एमालेको मण्डलेकरण गर्न गरिएको हतारोको सशक्त प्रतिरोध जरुरी छ। ‘खबरदार हात काटिने छ' भन्ने दम्भी अभिव्यक्ति दिएर राताआँखे जनवाद लाद्न खोजिए पनि युवा हस्तक्षेपका अगाडि संस्थापन पक्षको धमास झुलबाहिर लामखुट्टेको भुनभुनाहटमात्र हो।
दूरदर्शिता वा असावधानी?
माओवादी चलाखी र एमालेका केही हस्तीको हुस्सुपनाको शंृखला हेर्दा लाग्छ एमाले अर्नाको बथान हो भने माओवादी ढाड सुम्सुम्याएर सिध्याउने ब्वँासाको जमात हो। ब्वाँसादेखि सावधान हुनुपर्छ र संगठित प्रतिवाद गर्नुपर्छ भन्ने आवाज सुनिएमा मात्र अर्ना बाँच्छन् र ब्याँसा जिल्लिन्छन्। भागदौड, उछिनपाछिन र लपनछपनका पछि लागे बलिया अर्ना मारिन्छन्, कमजोर ब्वाँसाले राज गर्छन् र जिस्किरहन्छन्। जबजरक्षक बटालियन संगठित प्रतिवादको पक्षमा छ भने हुस्सु पीपलपाते मोर्चा आत्मघातका पक्षमा। एमालेको अपुताली सोहोरेर मुलुकमा तानाशाही लाद्ने सपना माओवादी पालिरहेको छ। यसैले यथार्थ बुझेर दूरदर्शी हुन सकेमा एमाले लोकतन्त्रको धुरी हुनेछ भने राजनीतिक घ्राण शक्तिको अभाव कायमै रहेमा अधिनायकवादको बाँसुरी बन्नेछ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस