राजनीतिक पार्टीमा गुट हुनु सामान्य हो। पार्टीहरूको निर्माण नै सैध्दान्तिकरूपमा निश्चित् दर्शनप्रति प्रतिबध्द व्यक्तिहरूको जमघटबाट हुन्छ। एउट दर्शनको फरकफरक व्याख्या र विश्लेषण हुनु पनि स्वाभाविकै हो। गुटको निर्माण त्यही व्याख्या र विश्लेषणको आधारमा हुने गर्छ। तर, सुदृढ नेतृत्व र सर्वसम्मत निर्णयपछि त्यस गुटको अस्तित्व मूलधारमै समाहित हुन्छ। वैचारिक बहस र सर्वसम्मत निर्णयबाट असहमत रहेर अलग्गै बस्न थालेपछि भने गुटबन्दी सुरु हुन्छ। पार्टी विवादको दलदलमा भासिन्छ। सिध्दान्त भर्सेलामा पर्छ।
कांग्रेसमा यसको स्थापनाकालदेखि नै गुट थिए। बीपी, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्र नारायण निधि र सूर्यप्रसाद उपाध्याय लगायतका एकसेएक नेता एकसाथ कार्यरत रहेको पार्टीमा विचारको विविधता हुनु अस्वाभाविक थिएन। यी व्यक्तित्व आफना गुटमार्फत परस्परमा विचारको छाया युध्द पाि लड्थे। तर, सहमतिको विन्दु पहिल्याई सकेपछि एकताको लक्ष्मण रेखा कहिल्यै नाघ्दैनथे। नेताका अनुयायीले गुट बनाउनु सामान्य थियो तर, पार्टीको मूल विचार प्रवाहमा यस्ता गुटको राजनीतिक प्रभुत्व हुन पाएन। सबल नेतृत्व र सामूहिक निर्णयले पार्टीलाई स"धै जीवन्त राख्यो। चाहे सत्तामा रह"दा होस् वा क्रान्तिमा, नेपाली कांग्रेसका नेता जहिले पनि प्रजातान्त्रिक परिवर्तनका पक्षमा एक भएर उभिए। थाकेका र हारेका चोइटिँदै र किनारा लाग्दै गए।
पछिल्लो समयमा कांग्रेसभित्र गुट र उपगुटको ओइरो नै लाग्यो। पहिलो जनआन्दोलनको सफलतापछि सहज र सुगम ढंगले सरकार संचालनको दायित्व पाएको पार्टीले त्यो दायित्व थाम्न सकेन। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकारको निर्माण भएपछि सरकार र पार्टीमा को ठूलो भन्ने अनावश्यक विवाद थालियो। त्यसै बेलादेखि हालका कार्यवाहक सभापति तथा सभापतिका उम्मेदवार सुशील कोइरालाको नाम गुटबन्दीसँग नराम्रो ढंगले एकाकार हुन पुग्यो। कहिले राशश (रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य), कहिले केजीबी (खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार), कांग्रेसमा गुटको तगडा नौटंकी देखा पर्यो। यी सबै गुटबन्दीका खेलमा सुशील कोइरालाको नकारात्मक र सकारात्मक भूमिका कांग्रेस वृत्तमा स"धै चर्चित रह्यो।
यही गुटबन्दीका कारण उर्लिएको उन्मादले कांग्रेस बिनाकारण २०५१ मा मध्यावधि चुनावमा होमियो। यसपछि थालिएको घात र प्रतिघातले २०५६ सालको चुनावमा एकपटक फेरी सुविधाजनक बहुमत ल्याएर पनि कांग्रेस विभाजनवाट जोगिन सकेन। एकताका नाममा धेरै तमसुक च्यातिए। धेरै तमसुक कोरिए। अहिले पनि पार्टी एकता त भएको छ, तर विभाजनको तुस मेटिएको छैन। महाधिवेशनका सन्दर्भमा भएका संगठनको चुनावले त्यो तुस अझै बढाएको छ। लामो गुटबन्दीका कारण कुनै एउटा गुटमा नलागी धरै नपाइने खालको परिस्थितिले अधिकांश कार्यकर्ताको मनोबल खुम्चिएको छ। कार्यकर्ता सुशील र शेरबहादुरका नाममा डामिन पुगेका छन्।
यस अवस्थामा, नेपाली कांग्रेसको सभापतिमा पदमा भीमबहादुर तामाङको उम्मेदवारी कांग्रेसका हिमायती र हितैषीका ताजा हावाको मन्द लहर बन्न पुगेको छ। कुनै नेताको नाममा होइन, कांग्रेसका नाममा डामिन चाहनेका लागि खुसी र उत्साहको विषय भएको छ यो। तामाङ कांग्रेसका सैध्दान्तिक प्रतिबध्दता, साहस, निष्ठा र इमान्दारीमा कसैले औंला उठाउने हिम्मतगर्न नसक्ने कांग्रेसका नेता हुनुहुन्छ। संगठनका लागि विलक्षण हिसावले खट्न सक्ने भएकाले नै दोलखा जिल्लामा उहा" लोकप्रिय हुनुहुन्छ। चुनाव हारेपनि र जिते पनि एकनिष्ठ भावले जनताबीचमा रमाउने उहा"को स्वभाव धेरैका लागि इर्ष्या बन्न सक्दछ। तामाङसँगै महामन्त्रीका उम्मेदवार नरहरि आचार्यको नामले कुनै पहिचान खोज्दैन। वौध्दिक चिन्तनका धनी आचार्य संविधान सभाको चुनावमा जनमतको कसीमा खरो उत्रिन सफल केही महत्वपूर्ण कांग्रेसीमध्ये एक हुनुहुन्छ। चालले सुस्त देखिएपनि विचारले प्रखर नरहरिले निकै पहिलेदेखि कांग्रेसको गणतान्त्रिक झन्डा बोक्नु भएको हो।
भीमबहादुर 'दाइ' को व्यक्तित्व पार नपाइसक्नुको छ। उहा" सा"चो अर्थमा क्रान्तिका कार्यकर्ता हुनुहुन्छ। तामाङलाई छापामार युध्दको राम्रो ज्ञान छ। तामाङले चे ग्वेवाराको डायरी र रेगिस देब्रेको रेभोल्युसन अफ दि रेभोल्युसन पढिसक्ता नेपालका कम्युनिस्टहरू रायमाझी दर्शनको बाह्रखरीमै अलमलिइरहेका थिए। स्तम्भकारले उहा"लाई पत्रकारिताको शैली र प्रयोगको गहिरो परख भएको व्यक्तिका रूपमा चिनेको थियो। नेपाल विद्यार्थी संघ स्थापनाका केही महिनाअघि हामीले जनकपुरवाट परिवर्तनको पत्रकारिता थालेका थियौँ। जनआकांक्षा साप्ताहिकका सम्पादक माधव आचार्यको समूहलाई भीमबहादुर दाइ नया" नया" प्रयोग सिकाउनु हुन्थ्यो। सहिद सरोज कोइरालासँग भीमबहादुर दाईको घनिष्ठता परिवर्तनको हुटहुटी बोकेका तरुणहरूका लागि प्रेरणा बनेको थियो।
बीपीसँगको सान्निध्यले भीमबहादुर दाइमा बौध्दिक परिष्कार र व्यावहारिक राजनीति केलाउनसक्ने क्षमता थपिदियो। त्यसैले होला, अन्तरआत्मामा परिवर्तनको भरभराउ"दो आगो बोकेर पनि भीमबहादुर दाइ कहिल्यै उग्र देखिनु भएन। उहा" स"धै 'कुल' रहनु भयो - शीतल। अहिले चुनावमा होमिदा उहाँ शितल र सन्तुलित हुनुहुन्छ। किनभने कांग्रेस सन्तुलनको पार्टी हो। अहिले देशको आवश्यकता पनि सन्तुलित विचार हो।
तर, भीमबहादुर-नरहरि जोडीले चुनावका सन्दर्भमा गम्भीर विचार पुर्याउनुपर्ने विषय धेरै छन्। पहिलो त, समय बदलिएको छ। समयसँगै राजनीतिको स्वरूप पनि बदलिएको छ। भीमवहादुर-नरहरिका लागि राजनीति नगद आर्जनको व्यवसाय नभएर सामाजिक परिवर्तनको हतियार भएपनि अरूका लागि यो अत्यन्त उत्पादक उद्योग-व्यवसाय हो। पहुँचबिना कुनैपनि काम नहुने हुनाले निजी फाइदाका हिसाबले राजनीतिमा लगानीगर्ने दूरद्रष्टाको भिड निकै ठूलो छ। भीमवहादुर-नरहरिलाई 'सादर नमस्कार' दिएर भोटको पर्ची अर्कै उम्मेदवारलाई बुझाउने प्रवृत्तिका कार्यकर्ताको भिड बढेको छ कांग्रेसमा। अहिलेको युगको कार्यकर्ता भनेका अग्रजको बाटो पछ्याउने जाति हो। अग्रजका भव्यभव्य बंगला र उनका सन्तानले भोगेका सुख प्रत्यक्ष देखेका कार्यकर्ता सकेसम्म दुःखको बाटामा हिँड्न चाह"दैनन्। नेता जोडीले परिस्थितिको जानकारी राम्रोसँग लिएर कदम बढाउनु भयो भने निश्चय नै उहा"हरू सफल हुनुहुनेछ। कांग्रेसले यो नेतृत्व पायो भने गरिबले कांग्रेस मेरो पार्टी हो भन्ने मौका पाउने छ। धनीका लागि पनि उहा" हानिकारक साबित हुनुहुनेछैन।
यति बेला कांग्रेसभित्र नेताहरूको भीड ठूलै छ। तर, नीति र कार्यक्रमको अभाव छ। सभापतिकारूपमा गिरिजाप्रसाद कोइरालाले रोप्नु भएको शान्तिको बीउ अंकुरित हुन सकेको छैन। कोइरालाले प्रारम्भ गर्नु भएको शान्ति प्रक्रिया अलपत्र परेको छ। शान्ति प्रक्रियाका बारेमा कांग्रेस दलको आफ्नै विचारसम्म छैन। शान्ति प्रक्रियाका बारे रामशरण महत-अर्जुन नरसिंहदेखि कृष्णप्रसाद सिटौला-सुजाता कोइरालासम्म सबैका आआफना व्याख्या छन्। कांग्रेस कहिले कुनै नेताको विचारमा हिँड्छ, कहिले कुनै नेताको विचारमा रोकिन्छ। यसको संगठित वैचारिक शक्ति चुक्न थालेकोछ। नया" नेतृत्वले कांगे्रसभित्र विचार र बहसको प्रारम्भ गरेर नया" नेपालका लागि सुहाउ"दो बनाउनु पर्नेछ।
सार्वजनिक सभामा होस् वा निजी बैठकहरूमा हुने अन्तरंग छलफलमा मन नपरेको विचार सुन्नपर्दा मस्त निदाएको अभिनय गर्ने भीमबहादुर दाइको धेरै पुरानो बानी हो। अहिलेको नेपालका लागि नचाहिदो कुरो सुन्नै नचाहने लोभ र डर नभएका यस्तै नेता चाहिएको छ। कांग्रेसका सचेत कार्यकर्ताले यस्ता नेताको नेतृत्वको सम्भावना बढाउन अहिलेका बाहुबली नेताको चक्रव्यूह तोड्नै पर्छ।