केही समय यता फेरि ‘सांस्कृतिक राजा'को हल्ला चलाइएको छ। संविधान सभा निर्वाचन पूर्व यसैगरी ‘बेबी किंग'को नारा दिइएको थियो। ‘बेबी किंग'को प्रसंग त्यति बेला गिरिजाप्रसाद कोइरालाले उठाएका थिए। त्यो नायबी कायम राखेर सेनालाई आफ्नो हित अनुकूल प्रयोग गर्ने र नेपालको राष्ट्रिय सुरक्षालाई प्रभावित गर्ने रणनीति थियो। त्यसो हुन नसकेपछि संविधान सभा निर्वाचनपछि तर गणतन्त्र घोषणा पूर्व एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भटराईले सांस्कृतिक राजा राख्न सकिने धारणा सार्वजनिक गरेका थिए। यसमा पनि सफल हुन नसकेपछि राजसंस्थाबारे जनमत संग्रह गर्ने प्रस्ताव अगाडि सारियो।
अहिले पुनः सांस्कृतिक राजा बहसको विषय बनेकोे छ। यसमा माओवादी सहमाति भएको बताइएको छ। यो नयाँ अवधारणा भने होइन। ‘बेबी किंग' जस्तै यो पनि राष्ट्रिय सुरक्षा प्रभावित गर्ने विदेशी रणनीति नै हो। सांस्कृतिक राजा भन्नु ‘दलाई लामा' मोडल हो भने जनमत संग्रह सिक्किम मोडल हो। सन् १९७४ को अप्रिल १४ मा राजतन्त्र कि लोकतन्त्र भन्ने विषयमा त्यहाँ जनमत संग्रह गरिएको थियो। सांस्कृतिक राजा, बेबी किंग वा जनमत संग्रहको प्रस्ताव जुनसुकै आवरण र कोणबाट गरिएको भए जे भएपनि उद्देश्य एउटै हो।
विचारको आवरणमा भित्रिएको रणनीतिक उद्देश्य कति खतरनाक हुन्छ र त्यसले कति भ्रम पार्नसक्छ भन्ने त २०३६ को जनमत संग्रह बहिष्कार गर्ने कम्युनिष्टहरूले पुष्पलालको बर्को ओढेर ढाकिन खोज्नुले स्पष्ट पारेको छ। यस्तै विदेशी शक्ति केन्द्रको एजेण्डामा गणतन्त्र नीति अपनाउनेले ‘सांस्कृतिक राजा' भन्नु वा बेबी किंग भन्नेले बीपिको नीति अँगालेको दाबी गर्नु र जनमत संग्रह गर्ने नारा दिएर राजतन्त्रवादी भएको सिद्ध गर्न खोज्नुमा तात्विक भिन्नता छैन।
खासगरी २००७ सालपछिको नेपालको राजनितिमा आन्तरिक र वाह्य कुनै पनि राजनितिक घटना विचारका आधारमा विकसित भएका छैन। आफूलाई लोकतान्त्रिक राज्य व्यवस्थाको पक्षधर ठान्ने छिमेकीका निमित्त प्रजातान्त्रिक विचार भएकाभन्दा साम्यवादी सिद्धान्त बोक्नेहरू बढी अनुकूल हुन सक्छन्। त्यस्तै साम्यवादी छिमेकीलाई प्रजातान्त्रिक विचार बोक्नेहरू बढी अनुकूल हुन सक्छन्। नेपालका सन्दर्भमा यो अत्यन्त तीतो यर्थाथ हो। पन्चायत कालमा प्रजातान्त्रिक विचार राख्ने बीपि कोइराला भारतमा असुरक्षित हुँदा ‘भारतीय विस्तारवाद'विरुद्ध चर्को नारा दिनेहरू कास्मिरदेखि कन्याकुमारीसम्म सुरक्षित रहनुमा विचारको भूमिका थिएन। बीपीको लडाइँ राजासँग प्रजातन्त्रको विषयमा मात्र थियो भने कम्युनिस्टहरू भारतलाई विस्तारवादी र बीपीलाई भारतीय दलाल भन्थे। यसको परिणाम २०३६ सालको जनमत संग्रहमा देखियो। जनमत संग्रह वहिष्कार गर्ने माले, मसाल र निर्दलीय व्यवस्थाको पक्षधर एउटै विदेशी केन्द्रको हितमा कार्यरत थिए। माओवादीले अघि सारेको लोकतान्त्रिक गणतन्त्र त बीपी कोइरालाले अस्वीकार गरेको सिक्किमका काजी लेन्डुप दोर्जेको जस्तै एजेण्डा थियो। बहुदलीय व्यवस्थाको प्रचारमा जाँदा हामीलाई गोर्खामा २०३६ सालमा आक्रमण गर्नेहरू जनमत संग्रह वहिष्कारको नारा दिने गोरखपुरपन्थी थिए। उनीहरू पनि पात्रका रूपमा प्रयोग मात्र भएका हुन्। सिक्किमका काजी लेन्डुप दोर्जेको प्रजातान्त्रिक गणतन्त्र र माओवादीको लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा तात्विक भिन्नता छैन।
अहिले पुनः उठाइएको सांस्कृतिक राजाको प्रचारवाजी पनि मुलुकको वास्तविक विचार र व्यवहारमा पटक्कै मेल खाँदैन। विदेशी शक्ति केन्द्रले बाह्र बुँदे दिल्ली सहमतीको मस्यौदा सिसाकलमले लेखेर पठाएको खुलासा सम्बन्धित दलकै जिम्मेवार व्यक्तिबाट बाहिर आइसकेको अवस्थामा केही गोप्य रहेको छैन। यसलाई विचारको रंग दिनु र रक्षा गर्न खोज्नु नेपाली जनतालाई भेडा बाख्रा ठान्नुजस्तो मात्रै हो।
यतिन्जेल जे भएपनि अब राष्ट्रिय राजनीतिका सबै शक्ति यथार्थको धरातलमा उभिनु अनिवार्य छ। नेपालका दुई विशाल छिमेकीलाई आश्वस्त तुल्याउनसक्ने नेतृत्व राजतन्त्रबाहेक अरू रहेनछ भन्ने त अन्तरिम संविधानपछिको अवस्थाले लगभग पुष्टि गरिसकेको छ। क्षेत्रीय शक्ति राष्ट्रले हिजो पनि कसैलाई पनि विचारको आधारमा हेरेका थिएनन् र अहिले पनि हेरेका छैनन्। नेपाललाई यो या त्यो कित्ताको बन्धकी बनाउनु अफगानिस्तानको दशातर्फ धकेल्नु हो। दक्षिणका लागि कास्मिर र उत्तरका लागि तिब्बतको संवेदनशील अवस्थाले हाम्रो भूधरातललाई संकटमा पार्दै लगेको छ। यस अवस्थामा २०६३ बैशाख ११ पूर्व फर्केर बिनाआग्रह पूर्वाग्रह निकास खोज्नु नै मुलुकको हितमा हुनेछ। तालिवानको पतनपछि आग्रह गर्दा पनि अफ्गानिस्तानका राजा जाहिर शाह फर्कन माानेनन्। त्यसको पीडा जाहिर शाहले होइन अफ्गान जनताले भोगिरहेका छन्।