नेपाली कांग्रेस नेता बाह्रौं महाधिवेशनमा होमिएका छन्। सबैजसो जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ र महाधिवेशन प्रतिनिधिहरू काठमाडौ ओइरिने क्रम बढ्दो छ। एक महिना पछि हुने अधिवेशनका निम्ति भदौको पहिलो सातामै एक चौथाई प्रतिनिधि काठमाडौ आइसकेको अनुमान गरिदैछ।
काठमाडौ आएका महाधिवेशन प्रनिनिधिहरूका निम्ति नेताहरूले ठाउँ ठाउँमा गफ गर्ने पसल खोलिदिएका छन्- सम्पर्क कार्यालयको नाममा। सभापतिका उम्मेदवार शेरबहादुर देउवाले औपचारिक सम्पर्क कार्यलय खोलेका छन्। उता कार्यवाहक सभापति शुशिल कोइराला जो आफै सभापतिको उम्मेदवार बन्दैछन्ले औपचारिक सम्पर्क कार्यलय खोलेका छैनन्। तर शुशिलको गुट विभिन्न होटलहरूबाट चुनावी चाल्दैछ।सभापतिका अर्का उम्मेदबार भिमबहादुर तामाङ्गको नाममा पनि सम्पर्क कार्यलय खोल्न दोलखाली युवाहरू सक्रिय भएका छन्। बानेश्वर क्षेत्रमा तामाङ्गको नाममा सम्पर्क कार्यलयमा खोलेर तारे झण्डा फहराउने उनीहरूको योजना यसै साता सम्पन्न हुँदैछ।
राजधानीका चोक, चौबाटाहरू कांग्रेसी गफका अखडामा रुपान्तरण भएका। उता सानेपाको पार्टी मुख्यालय भने सुनसान देखिन्छ। जिल्लाबाट आएका केही जिज्ञासु कांग्रेस सानेपा पुग्छन्। पार्टी कार्यलयमा राखिएको बीपी, सुवर्ण, गणेशमान, गिरिजाप्रसादका तस्बीर नियाल्छन् र प्रजातान्त्रिक समाजवादको चिन्तन गर्दै सम्पर्क कार्यालयहरूमा धाउँछन्।
सुनसान पार्टी कार्यालय र गुलजार सम्पर्क कार्यालयले कांग्रेसको चरित्र प्रर्दशन गरिरहेको छ। कांग्रेसजन पार्टीभन्दा गुट बनाउने र त्यसकै पक्षपोषण गर्ने परम्पराबाट मुक्त हुन नसकेको सन्देश सम्पर्क कार्यलयले दिँदैछन्। कांग्रेसको प्रमुख रोग गुटबन्दी हो। यो दीर्घ रोग बाह्रौ महाधिवेशनमा निको हुनुको सट्टा बल्झने लक्षण छ। दुई दशकअघिका तुलनामा कांग्रेस सांगठनिकरूपमा खुम्चँदो छ र राष्ट्रिय राजनीतिमा उसको भूमिका कमजोर हुँदैछ। तैपनि, कांग्रेस लगातार कमजोर बन्दै गएको वास्तविकतालाई जिम्मेवारहरूले आत्मसात् गरेको देखिँदैन। पहिलो जनआन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस ५१ को मध्यावधिमा दोस्रो स्थानमा खस्किएको थियो भने २०५६ को निर्वाचनमा एमाले विभाजनका कारण पुनः पहिलो स्थानमा पुगेको हो। दोस्रो जनआन्दोलनको पनि नेतृत्व गरेको पार्टी संविधान सभा निर्वाचनमा किन तल झर्यो? यस्ता प्रश्नमा कांग्रेसहरू बहस गरिरहेका छैनन्।
मुलुक संघीय लोकतन्त्रको चौबाटोमा अन्यौलग्रस्त छ। सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी सामु वामपन्थीकरणको चुनौती पेस भएको छ। तर कांग्रेसीहरू सामयिक चुनौतीको आकलनसमेत गर्न तत्पर छैनन्। यस पटक कांग्रेसले असार तेस्रो सातासम्ममा महाधिवेशनका एजेण्डा तयार गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशनमा छलफल गराउने प्रचार गरिएको थियो। तर असार, साउन हँुदै भदौको दोस्रो सातासम्म पनि नीति तथा कार्यक्रम तयार हुन सकेको छैन। अधिवेशनका निम्ति गठन भएका सातवटै समितिको हालत उस्तैउस्तै छ। कांग्रेसका गाउँ, क्षेत्र र जिल्ला अधिवेशनहरू गुटका नाममा सम्पन्न भए। महाधिवेशनमा त्यही दोहोरिँदै छ। जिल्ला अधिवेशनसम्म संस्थापन पक्षको नाममा सुशील र त्यसको देउवा समूहमात्र थिए। अहिले आएर तामांग समूह थपिएको छ। यो समूह पुराना दुई नेताको गुटभन्दा केही भिन्न देखिन्छ। यसले अहिलेका गुटहरूलाई कमजोर बनाएर आफ्नो पक्ष बलियो बनाउन सक्ला त? कांग्रेसले लिनुपर्ने केही महत्वपूर्ण एजेन्डालाई तामांगको उम्मेदवारीले सम्बोधन गरेको छ। तर, तामांगको गान्धीवादी छवि र समाजवादी चिन्तनले कांग्रेसको मन कति पगाल्ने हो? अहिल्यै आकलन नगरौँ। तामांगको उम्मेदवारीले सुशीललाई घाटा र देउवालाई नाफा हुने विश्लेषण हुन थालिसकेका छन्।
चुनावी अभियानबीच कांग्रेसका तरुणहरू पनि कस्सिएका छन्। नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमिबाट आएका युवा अभियानको प्रमुख माग केन्द्रीय नेतृत्वमा ४० प्रतिशत युवा हुनुपर्छ भन्ने हो। तर अगुवाइ गर्नेहरूनै अभियान बूढाहरूबिरुद्ध जाने त होइन भन्नेमा पिरोलिएको पाइन्छ। अभियानलाई कसरी अगाडी बढाउने? अगुवा युवा योजनाविहीन छन्। कमलादीमा खोलिएको युवा सम्पर्क कार्यालयमा भेला हुनेको संख्या दिनदिनै थपिँदै गएकोले यसका अभियन्ताहरू सामु चुनौती पनि थपिएका छन्। उनीहरू नेताहरूबाट आफैँ असुरक्षित महसुस गर्न थालेका छन्। यसको खास कारण छ। कांग्रेसका बूढा नेताले युवा अभियानप्रति पहिल्यैदेखि कर्के आँखा लगाउँदै आएका थिए। संविधान सभा निर्वाचनमा कांग्रेसको पराजयको कारण खोज्दै तरुणहरूले काठमाडौँको प्रज्ञाप्रतिष्ठानमा युवा भेला बोलाएका थिए। भेलामा ठूलो सख्यामा युवा सहभागी भए।
त्यहाँ युवाले देशभर अभियान चलाउने भाषण गरेका थिए। तर व्यवहारमा उनीहरू वृद्ध नेताहरूको कोपभाजन भए। 'कांग्रेस सशक्तीकरणका लागि युवा अभियान' भन्ने नारा लामो समयसम्म टिक्न सकेन। कांग्रेस दोस्रो पुस्ताका नेताहरूको दबाबमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले युवा अभियानमा ब्रेक लगाएका थिए। तरुणहरूले हिस्सेदारीका निम्ति दबाव दिनुभन्दा बूढाहरूले ठाउँ दिने वातावरण बनाउन आवश्यक छ। युवाहरूलाई कहिलेसम्म पन्छाउने? मुलुकको कुल जनसंख्यामा आधा बढी युवा भएको देशमा कांग्रेस केन्द्रीय समितिमा ५० वर्ष मुनिका केन्द्रीय सदस्य एक जनामात्र छन्। कांग्रेस नेताहरू सामु दुईमात्र विकल्प छ - 'बूढो साँढेले कोरली ओगटेको' नेपाली उखान चरितार्थ गर्ने कि बहरहरूलाई जिम्मेवारी दिने?