अहिलेको निकास चुनाव
०८ भदौ २०६७
•
१३ मिनेट पाठ
अहिलेको निकास चुनाव
कांग्रेस र माओवादी दुवै आ-आफ्ना एजेन्डा लिएर जनताको दरबारमा जाउन्। जनताले कांग्रेस र माओवादीबीचको झगडा चिरेर राजनीतिलाई प्रजातान्त्रिक मार्गको निर्णायक मोडमा पुर्‍याउने छन्।




प्रधानमन्त्री चयनका लागि खचाखच भरिएको संविधान सभामा सभामुख सुवासचन्द्र नेम्वाङले पहिले पुष्पकमल दाहालको र त्यसपछि रामचन्द्र पौडेलको पराजयको सूचना दिनुभयो।

संसदीय प्रजातन्त्रका मान्यताको खिल्ली उडाउँदै सोमबारको अनुष्ठान पूरा भयो। तागाधारी सभासद्हरू जनैपूर्णिमाको तयारीमा लागे। क्वाँटी पूर्णिमा मनाउन मतवाली सभासद्हरू पनि उत्साहित भए। जनैमा सहमति नभए पनि क्वाँटीमा सबै सहमत देखिए। सहमतिको कुनै विकल्प छैन।

'प्रधानमन्त्री चयनको प्रक्रिया व्यक्तिका कारण असफल भएको होइन,' पार्टीसम्बन्धी लेखापढीका लागि धुलिखेल पुग्नुभएका दाहालले त्यहाँबाट फर्किंदाफर्किंदै सञ्चारकर्मीलाई भनिसक्नुभएको थियो, 'यो संसदीय पद्धृतिको विफलता हो।' पाँचौंपटक पनि आफू पराजित हुने संविधान सभाको अंकगणितको उहाँलाई राम्रो ज्ञान थियो। तैपनि नेताको धर्म निर्वाह गर्दै उहाँले पाँचांैपटक आफू विजयी हुने दर्‍है विश्वास प्रकट गर्नुभएको थियो।

दाहाल नेपाली राजनीतिमा संसदीय पद्धतिको विफलताको तŒववोध गर्ने पहिलो व्यक्ति होइनन्। सत्र सालमै राजा महेन्द्रलाई यस्तो तŒववोध भएको थियो र उनले निर्वाचित संसदको हत्या गरिदिए। कांग्रेसले पूरै २८ वर्ष वनबासमा बिताउनुपर्‍यो। संविधानसभामा कांग्रेसका नेता रामचन्द्रको पुस्ताले रामायणका रामचन्द्र्रभन्दा १४ वर्षबढी वनबास बिताए।

'पिताजी' कृष्णप्रसाद कोइरालाका जेठा छोराको हैसियतले कोइराला परिवारका मूल संरक्षक तथा नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तित्व स्वर्गीय मातृकाप्रसाद कोइरालाको डायरीले नेपाली राजनीतिका धेरै रहस्य उजागर गरेको छ। स्वर्गीय कोइरालाका अनुसार राजा महेन्द्रलाई भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले संसदको होइन, बिपी कोइराला नेतृत्व सरकारको मात्रै सदगत् गर्न संकेत गरेका थिए। राजा महेन्द्रले संसद-सरकार दुवैको रामनाम सत्य गरिदिए।

जनताका नाममा टाउकामा कात्रो बाँधेर दशक लामो हिंसात्मक युद्ध गर्ने दाहालले पनि १४ वर्षभन्दा बढी जीवन नेपालका बाक्ला वन र भारतका सहरी जंगलमा बिताउनुभएको छ। राजा महेन्द्रसग उहाँको तुलना गरेर जनताको अपमान गर्ने धृष्टता कसैले पनि गर्नु हुँदैन। कांग्रेस र माओवादी दुवै पक्षको वनबासका कारण लगभग समानै छन्। तैपनि, यी दुवै पक्षबीच सहमतिको सम्भावना लगभग शून्य छ।

जंगलको युद्धबाट विश्राम लिन राजासँग गठबन्धनको माओवादी अभियान विफल नभएको भए र राजाको राजनीतिक महत्वाकांक्षाका कारण कांग्रेस राजाको सामीप्यबाट टाढा नभएको भए बार्‍हबुँदे (दिल्ली) सम्झौता र दोस्रो जनआन्दोलन सम्भव हुन्नथ्यो होला। तत्कालीन अवस्थामा बार्‍हबुँदे सम्झौता दुवै पक्षको जीवन-मरणसँग जोडिएको तत्कालीन राजनीतिक आवश्यकता थियो। सहमतिमा सुशासन, संस्थागत शान्ति र आर्थिक उन्नतिसहितको नयाँ नेपालका लागि दलहरू एकै ठाउँमा आएका थिएनन् भन्ने त संविधान सभा निर्वाचनपछिका घटनाक्रमले स्पष्ट गरिसकेका छन्।

परिवर्तनका कार्यसूचीसहित माओवादी खुला राजनीतिमा आएपछि नेपाली समाजमा यति ठूलो हलचल आउला भन्ने कल्पना माओवादी नेतैले गरेका थिएनन्। उनीहरूका लागि पनि संविधान सभा चुनावको परिणाम अप्रत्याशित थियो। जनताले माओवादीको पक्षमा भन्दा पनि परिवर्तनका पक्षमा मत हालेका थिए।

स्वप्नजीवी नेताहरू आफ्नो मनोगत भावनाका आधारमा काम गर्छन्। उनीहरू राज्यको वास्तविक अवस्था बु‰न सक्दैनन्। माओवादी अध्यक्ष दाहालका हकमा पनि यही लागू हुन्छ। आन्दोलनपछिका प्रारम्भिक दिनमा उहाँ सपनामै रमाउनु भयो। सपनाकै वातावरणमा शान्ति सम्झौता भयो। शान्ति सम्झौताका सर्त पूरा नहुँदै नेपाल गणतन्त्र भयो र संविधान सभाको चुनाव भयो। दशक लामो हिंसात्मक युद्धको मूल ध्येय पूरा भयो।

तर, दाहाल र उहाँको पार्टीका लागि खुला राजनीतिमा समायोजन कठिन पर्‍यो। मुक्ति र समानताका आदर्श नारा लगाउने तालिम पाएका थुप्रै दाहालहरू सहरको खुला वातावरणमा पसेपछि उपभोक्तावादको दास बन्न थाले। एउटा नयाँ, रमाइलो र भोगवादी वातावरण थियो उनीहरुका अगाडि। अर्कोतिर, खुला वातावरणको चम्किलो उज्यालोमा आउनेबित्तिकै सहमतिको साथी नेपाली कांग्रेस वर्गसत्रुका रूपमा यसका नेता गिरिजाप्रसाद राजाका रूपमा देखिए। त्यसपछि प्रारम्भ भएको राजनीतिक ध्रुवीकरणको गति अहिलेसम्म रोकिएको छैन।

२०४७ सालमै उपभोक्तावादको चकाचौंधमा परिसकेको नेपाली कांग्रेसका नेताका लागि माओवादी खुला राजनीतिमा आउनु नै यथेष्ट थियो। राज्य पुनर्संरचनाको सामूहिक कार्यसूचीसँग सहमत भए पनि उनीहरू यथास्थितिबाट बाहिर निस्किन चाहेनन्। पुरानै राज्य, पुरानै संस्कार र पुरानै राजनीतिको पोशाकमात्रै फेरेर काम चलाउने धूनमा देखिए कांग्रेसहरू। इतिहासको कुनै पनि पलमा प्रजातान्त्रिक शासनको पक्षमा नदेखिएको सेनाको आधुनिकीकरणको समेत विरोधी भयो कांग्रेस। आमूल सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका पक्षमा उभिने सबैलाई कांग्रेसले माओवादी देख्न थाल्यो।

कांग्रेसले परिवर्तनका सवै कार्यसूचीहरू माओवादीको जिम्मा लगाएर सामान्य कार्यकर्ताहरूको इच्छा र आकांक्षाको अनादर गर्दै आफूलाई जबर्जस्ती अनुदारवादी कित्ताको थकाली नबनाएको भए माओवादीसँग प्रजातन्त्रवादीको प्रतिस्पर्धा सहज हुन्थ्यो। अहिले त्यो स्थिति छैन। भारत, चीन, अमेरिका ज-जसको दुहाइ दिए पनि अहिलेको नेपाली राजनीति दुई उग्रधारमा उभिएको छ। राज्य पुनर्संरचनाका नाममा 'नरम साम्यवाद' लाद्ने माओवादी अनुदारवाद र प्रजातन्त्र र खुला अर्थनीतिको नाममा मार्कोसतन्त्र लाद्ने कांगे्रसी अनुदारवादका कारण सहमति र सन्तुलनको राजनीति बेपत्ता भएको छ। यस्तो अवस्थामा छैटौंपटक पनि प्रधानमन्त्री चयन र नयाँ संविधान निर्माणका लागि सहमति जुट्न सक्दैन। नेताहरूले जतिसुकै सहमति खोजे पनि सहमतिका अवरोधक तत्वहरू बलिया भइसकेका छन्।

यो स्पष्ट भइसकेको छ, चर्किदै गएको विचारधाराको संघर्षलाई अहिलेको संविधान सभाले टुंग्याउन सक्दैन। जेठ १४ पछि यो सभा प्राविधिक रूपले मात्रै वैधानिक छ। यसको जननिर्वाचित नैतिक हैसियत गुमिसकेको छ। दलका नेेताले सत्ता स्वार्थका लागि मात्र यसको आयु लम्ब्याउने काम गरे भने निर्वाचित संस्थाप्रति जनताको आस्था नै धूमिल हुनेछ। त्यसैले पनि, अब मूल मानिएका तीन दलसहित मधेस, तराई, भावर, कछाड, सबै क्षेत्रका प्रतिनिधि दलले नयाँ प्रधानमन्त्रीका लागि होइन, नयाँ चुनावका लागि अलिकति पनि तिघ्रा नकमाई सहमति खोज्नुपर्छ।

कांग्रेसका खुमबहादुर र गोविन्द जोशीदेखि राप्रपा नेपालका कमल थापासम्मले चुनावको माग गरे भन्दैमा प्रजातन्त्रका पक्षधर मानिएका दलहरू निर्वाचनको विपक्षमा उत्रिनु आवश्यक छैन।

आजको दुनियाँको साझा बोली हो- प्रजातन्त्र। यसलाई कसैले साबित गरिरहनु पर्दैन। संसारभरि सर्वाधिक अपनाइएको शासन पद्धति भएकाले यसको विश्वव्यापी वैधानिकता स्थापित भइसकेको छ। अमर्त्य सेनका शब्दमा, प्रजातन्त्रको मूल्य विश्वव्यापी रूपमा स्थापित भइसकेकैले संसारका मानिसले यसलाई महत्वपूर्ण ठानेका हुन्।

'आमा मरिहाल्छिन्, म पोइल गइहाल्छु' भन्ने मानसिकताले थिचिएका नेताको समय आफ्नै निजी स्वार्थरक्षामा खर्च भइरहेको छ। उनीहरूको विचारहीनतामा देशलाई सधैं अल्मल्याएर राख्न सकिँदैन। हिजोसम्म नेपाली राजनीतिमा विदेशी प्रभाव हावी थियो। तराई-मधेस, चूरे-भावर र आदिवासी-जनजातिका नाममा आन्तरिक कलहका विजांकुर भइरहेका थिए। अब त्यसमा अन्य आन्तरिक शक्ति थपिन थालेका छन्। राष्ट्रसंघका नाममा सेनाले बार्गेनिङ सुरु गरिसकेको छ। कमजोर राजनीतिको फाइदा उठाएर भोलि सशस्त्र र पर्सि जनपद प्रहरीले, फेरि पर्सि निजामतीतन्त्रले २०६३ अघिको यथास्थितिको पक्षमा दबाब सिर्जना गर्न थाल्नेछ। यस्ता दबाब बढ्दै गएपछि देश गृहयुद्धको भासमा जाकिने निश्चित छ।
त्यसैले, अहिलेको निकास चुनावमात्रै हो। कांग्रेस र माओवादी दुवै आ-आफ्ना एजेन्डा लिएर जनताको दरबारमा जाउन्। जनताले कांग्रेस र माओवादीबीचको झगडा चिरेर राजनीतिलाई प्रजातान्त्रिक मार्गको निर्णायक मोडमा पुर्‍याउने छन्।
अर्को समाचार
अहिलेको निकास सहमतीय चुनावी सरकार : यादव
१५ साउन २०६९
•
३ मिनेट पाठ
अहिलेको निकास सहमतीय चुनावी सरकार : यादव
मिथिलेश यादव, सप्तरी, साउन १५- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहलेको राजनितिक जटिलताको निकास सहमतीय चुनावी सरकारमात्र भएको बताएका छन्। सहमतिको आधारमा निर्माण भएको सर्वदलीय सरकारले संसद् र स्थानीय निकायको चुनाव गराएर देशमा राजनीतिक स्थिरता कायम गर्ने उनको तर्क छ।




 

सप्तरीको राजविराजदेखि ३ किलोमिटर उत्तर वसविटि गाविसस्थित स्व. गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सोमबारबाट सुरु सलहेश क्षेत्र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सर्वदलीय सहमतीय चुनावी सरकारबिना राजनीतिक जटिलता अन्त हुनै नसक्ने ठाकुवा गरे। चुनावी सरकारले संसदको चुनाव र स्थानीय निकायको चुनाव गराउने संवैधानिक अधिकार राख्छ, अहिलेकाले हैन,' उनले भने, 'निर्वाचित संसदले नै संविधान सभाको हैसियतमा काम गरेर विगठित संविधान सभाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम गर्छ।

फेरिफेरि संविधान सभाको चुनाव गरउनुको कुनै औचित्य नभएको उल्लेख गर्दै उनले भने, 'अब संविधान सभाको हैन, संसद र स्थानीय निकायको चुनाव हुनुपर्छ, त्यो पनि चुनावी सरकारबाट न कि कामचलाउबाट।'

नेपालको व्यूरोक्रेसी इतिहासमा मुख्य सचिवको दौडमा पहिलो पटक एउटा मधेसी परेपनि सरकारमा सहभागी कथित मधेसवादीको स्वार्थका कारण प्रकयाकीएको टिप्पणी गर्दै उनले भने, 'अहिलेका सरकारमा सहभागी मधेसवादी भनाउँदाहरु कसरी सरकार टिकिरहने दाउँमा दिमाग खियाइरहेका छन्, न कि मधेस र मधेसी नागरिकको हितका लागि।'

'मुख्य सचिवको दौडबाट उमाकान्त झा छाटिनुमा प्रधानमन्त्री जति दोषी छन्, त्योभन्द बढी सरकारमा सहभागी मधेसी मोर्चा,' उनले भने। वरियता मिचेरै लीलामणि पौडेललाई मुख्य सचिव बनाइयो भने उमाकान्तलाई किन बनाइएन?,' उनले भने, 'झाको पक्षमा अडान लिन नसक्नु मधेसी मोर्चाको ठूलो कमजोरि भयो।'

उनले भाषणको अधिकतम समय एमाले, कांग्रेस र एकीकृत नेकपा माओवादीको आलोचना गर्नमै खर्च गरेका थिए। प्रशिक्षण लिन सिरहा, सप्तरी र उदयपुरका फोरम जिल्ला नेता कार्यकर्ताको जमघट गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा छ। प्रशिक्षण कार्यक्रम मंगलबारसम्म चल्ने आयोजक सलहेश क्षेत्र इन्चार्ज शैलेन्द्र साहले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस