नेपाली कांग्रेस अहिले नेकपा (एमाले) संसदीय दलको निर्णयबाट आक्रोशित भएको छ। एमाले संसदीय दलको पछिल्लो बैठकले प्रधानमन्त्रीका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्ने र व्यवस्थापिका संसद्को नियमावली परिवर्तन गरेर नयाँ प्रक्रियाबाट प्रधानमन्त्री छनौट गर्नुपर्ने निर्णय गरेपछि विशेषगरी कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेल एमालेमाथि खनिएका छन्।
कार्यवाहक सभापति सुशील कोइराला, पौडेललगायतका कांग्रेस नेताले एमाले संसदीय दलको निर्णयविरुद्ध उत्रन मधेसवादीलगायतका साना ११ दललाई आग्रहसमेत गरेका छन्। कांग्रेसले एमाले अन्तरिम संविधान, संसद नियमावली र लोकतन्त्रविरुद्ध गएको निचोड निकालेको छ। कांग्रेसको पछिल्लो धारणा एमालेले आफूलाई समर्थन नगरेको झोँकमा आएको हो। कांग्रेसको आरोप आफ्नो ठाउँमा छ। आरोपको पारख गर्ने काम इतिहासको हो तर अहिलेको राजनीतिक गतिरोधका वर्तमानमा एमाले आफैँले आत्माआलोचना गर्न आवश्यक छ। एमालेका जिम्मेवार (?) नेतालाई राम्ररी थाहा थियो, सहमतीय प्रणालीबाट प्रधानमन्त्री चयन गर्ने अवधि समाप्त भएपछि बहुमतीय प्रणाली सुरू भएको हो। अन्तरिम संविधानमा बहुमतीय प्रणाली राख्नुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दबाव दिने एमाले नेताले अहिले पनि राजनीतिबाट सन्यास लिएका छैनन्। इतिहासको कुरा नखोतलौँ। वर्तमानकै राजनीतिलाई केलाउन स्पष्ट हुन्छ, एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बन्नबाट रोक्ने काम माओवादी, कांग्रेस र मधेशवादीजस्ता निर्णायक दलले गरेका होइनन्। झलनाथलाई झुलाउने काम माधव नेपाल ओली गुटले गरेको हो। कम्युनिस्ट पार्टीहरू पार्टीभित्रका मतमतान्त्ारलाई सामान्यतया फरकमतको संज्ञा दिन्छन्। अहिलेको एमाले आपसी झगडाले फरकमतको हैसियत राख्ने गहनता राख्दैन। एमालेभित्रका समस्याको जरामा पार्टीभित्रकै गुट छन्। एमालेमा पार्टी होइन गुट प्रभावशाली भएको छ। गुटहरूको ध्येय आफ्नो स्वार्थ पूरा गर्नु हुन्छ। तिनले पार्टीका समस्या समाधान गर्न पनि सक्तैनन, पार्टी फुटाएर अलग्ग अस्तित्व कायम गर्ने बहादुरी देखाउन पनि सक्तैनन्। एमालेले आफ्नो गुटका समस्यालाई राष्ट्रिय समस्या बनाउन सफल भएको छ सहमतीय राजनीतिको जामा लगाएर।
एमालेको पछिल्लो राजनीतिक अडानमात्र होइन, उसको विगत यस्तै प्रकारका अनिर्णयबाट भरिएको छ। नेपाली समाज नयाँ नेपाल र अग्रगमनको रमाइलोमा विगत बिर्सने गर्छ तर, व्यक्तिको जस्तै राजनीतिक पार्टीको विगत उसको आधार हो। व्यक्तिको शिक्षा, दीक्षा, आचार, संस्कारले उसको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन्। त्यस्तै राजनीतिक पार्टीले अपनाएको सिद्धान्त र दर्शन, उसले खेलेको भूमिका, विगतमा गरेको राजनीति र नेपालको सन्दर्भमा भन्नुपर्दा कसको आडमा, कसका विरोधमा पार्टीका रूपमा विकसित विस्तारित भयो भन्ने यथार्थले ठूलो अर्थ राख्छ।
नेपालका कम्युनिस्ट पार्टीहरूको जन्म र विभाजनका खेलको चर्चा सानो लेखमा संभव हुँदैन। नेपालका अधिकांश कम्युनिस्टहरू राजा महेन्द्रको मलजलमा हुर्किएका पनि लुकाएर लुक्ने विषय होइन। काग्रेसविरुद्धमा महेन्द्रले तिखारेका क्रान्तिकारी कमरेडहरूको एउटा मूल प्रवाह अहिले एमाले बन्न पुगेको हो। सर्वहारा वर्गको शासनको नारा दिएर अधिनायकवादको गोटी बनेको इतिहास भएकाबाट लोकतन्त्रको प्रवर्द्धन, विकास र उत्थानको अपेक्षा गर्दैछ नेपाली समाज!
पहिलो जनआन्दोलन, २०४६ पछिको दुई दशकमा एमाले मुलुकको राजनीतिमा महत्वपूर्ण शक्तिका रूपमा स्थापित भयो। लामो समय प्रमुख प्रतिपक्षी र बेलाबेलामा सरकार नेतृत्वको जिम्मेवारी निर्वाह गरेको एमालेको अहिलेको व्यवहारले उसको भूमिका छर्लंग पारेको छ। दुई दशक संसदीय अभ्यासमा होमिएको एमाले महत्वपूर्ण राजनीतिक निर्णयमा तटस्थ बस्न संकोच मान्दैन भने मुलुकको लोकतन्त्रका निम्ति यसभन्दा दुःखद अवस्था के हुनसक्छ? इतिहासले एमाले भरपर्दो पार्टी बन्न नसकेको पुष्टि गरेको छ।
अहिलेको प्रधानमन्त्री चयनमा एमालेले कांग्रेसलाई धोका दियो। करिव १४ महिना सत्तामा टिकेको एमाले सरकार र कांग्रेसबीच अहिले चिसो पसेको छ। तर पुष्पकमल दहाल नेतृत्वको सरकार गिर्नुमा पनि एमालेको द्वैध चरित्र प्रमुख कारण थियो। एमाले अध्यक्ष झलनाथ खनाल र तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रधानसेनापति रूक्माङगद कटवालको बर्खास्तीमा सहमति जनाएका थिए। एमालेको समर्थनमा कटुवालमाथि कारबाही चलाएका दाहाललाई एमालेले अन्तिम क्षणमा धोका दिएको हो। राजनीतिमा सत्तामा जाने र सरकारको जागिर खाने अवसरको मात्र लेखाजोखा गर्नु हुँदैन। विश्वासका आधारमा लेनदेन हुनुपर्छ। प्रतिगमनविरुद्धको आन्दोलनमा पनि एमाले सडक आन्दोलन चटक्क छोडेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा जागिर खान पुगेको थियो - प्रतिगमन आधा सच्चियो भन्दै। २०४७ सालमा आफँैसमेतले बनाएको संविधान जारी गर्दा आलोचनात्मक समर्थन भन्दै विरोधको नीति अख्तियार गर्न पुगेको थियो एमालेले। लाउडा एयर मुद्दामा सिंगो संसद अवरुद्ध पार्न पछि नपर्ने एमालेले तटस्थ बस्नु उसका लागि सामान्य हुनुपर्छ। एमालेको मूल स्रोत पंचायत अघिको माले हो। विसं २०३६ को जनमत संग्रहमा तत्कालीन क्रान्तिकारी मालेले पहिले बहिष्कार भन्दै अन्त्यमा पंचायतको पहेलो रोज्न पुगेको साक्षी इतिहास छ।
महत्वपूर्ण राजनीतिक विवादमा निर्णय दिनेभन्दा राय बझाउने, अडान राखेर गतिरोध सिर्जना गर्ने र द्वैध भूमिका खेल्ने चरित्र एमालेको मौलिक परिचय बन्दै आएको छ। अहिले त्यही दोहोरिएको मात्र हो। यसबाहेक एमालेका धेरैजसो नेता हिजो पंचायत कालमा 'पेनिट्रेसन'को नाममा सरकारी जागिर खानेहरू छन्। त्यसैले एमाले राजनीतिमा भन्दा सत्ताको जागिरमा रमाउने गर्छ। अहिले पनि सत्ता जागिरकै निम्ति सहमतिको आवरण दिएको होइन र? विगत कोट्याएर एमालेको आलोचना गर्दा ठूलो संख्याका एमाले समर्थक र नेतालाई दुःख लाग्ला तर अहिलेसम्म पनि एमाले भरपर्दो पार्टी बन्न सकेको छैन।