कतिपय मुलुकहरु बीच विकास गर्ने तीब्र प्रतिस्पर्धा छ भने कतिपयमा असीमित उत्शाह र जाँगर छ। त्यस्ता मुलुकहरुले हिजोसम्म कसैले कल्पनासम्म नगरेका बृहत् आयोजनाहरुलाई अहिले एकपछि अर्को गरी बास्तबिकतामा परिणत गरिरहेका छन्।
चीनले कतिपय त्यस्ता आयोजनाहरु सम्पन्न गरी सकेको छ भने कतिपय त्यस्ता आयोजनाहरु निर्माणाधीन अबस्थामा छन्। एशियाको सबैभन्दा लामो यांग्त्से नदीमा निर्मित थ्री गर्जेज बाँध चीनको यस्तै बिश्वलाई अचम्भित पार्ने एउटा आयोजना हो। २६ अर्ब अमेरिकी डलर खर्च गरेर निर्माण गरिएको २२,५०० मेगावट बिजुली उत्पादन गर्ने यो आयोजनालाई बिश्वकै सबैभन्दा ठुलो जलबिद्युत आयोजना मानिन्छ। शाँघाईदेखि ल्हासासम्मको रेलमार्ग पनि त्यस्तै अर्को आयोजना हो। उसले बिश्वकै ठुला नदीमा पर्ने याँग्त्से नदीलाई पानीको अभाव रहेको उत्तरी चीन तर्फ फर्काउने आयोजना पनि संचालन गर्दैछ, जसबाट ७० करोड चिनियाहरुको पानीको समस्या समाधान हुने बिश्वास गरिएको छ। त्यसैगरी बेजिङ्बाट शाँघाई दुई घण्टामा पुग्ने तीब्र गतिको रेल मार्ग पनि निर्माणाधीन छ।
हालै उसले नयाँ सिल्क रोडको नाम दिएर बेजिङ्बाट दुई दिनमा लण्डन पुग्ने तीब्रगतिको रेलमार्ग र दक्षिण पूर्बि चीनको कुनमिङ्बाट सिंगापुरसम्मको हजारौं किलोमिटर लामो सुपर हाई वेको प्रस्ताबलाई अगाडि बढाई रहेको छ। अन्य राष्ट्रिय स्तरका यस्ता आयोजनाहरु त असंख्य छन्। गगनचुम्बी भवनहरु निर्माण गर्ने पनि लहर नै चलेको छ। अहिले चीनको अतिरिक्त भियतनाम, ईण्डोनेशिया, भारत, आदि मुलुकहरुमा यस्तो अभियान चलिरहेको छ। बंगलादेश समेत एशियाली बिकास बैंकको प्राबिधिक तथा बित्तीय सहयोगमा पद्या नदीमा ६ किलोमिटरभन्दा लामो अत्याधुनिक पुल निर्माण गर्न प्रतिबद्ध ढंगले लागिरहेको छ। नेपाल भने एउटा पासपोर्ट छाप्ने कुरामा समेत बिबाद गरेर बसिरहेको छ।
सन् १८२० मा बिश्वको कुल आम्दानीको आधा अंश चीन र भारतको थियो। त्यसपछि यी दुई ठुला मुलुकका अर्थतन्त्र बिभिन्न कारणले लामो समयसम्म शिथिल र गतिहीन अबस्थामा रहे भने अन्य मुलुकहरुले तीब्रतापूर्बक बिकास गरे। फलस्वरुप सन् १९५० मा चीन र भारतको अंश घट्दै गएर १० प्रतिशत मा झर्यो। अहिले २० प्रतिशत छ। सन् २०२५ मा १/३ पुग्ने अनुमान गरिएको छ। सन् १९७० को दशकसम्म भारतको प्रतिब्यक्ति आय चीनको भन्दा बढी थियो। तर सन् १९९० देखि चीन भारतलाई उछिनेर अगाडि बढ्यो। अहिले चीनको प्रतिब्यक्ति आय भारतको भन्दा ३ दोब्बर भन्दा बढी छ। सन् २००८ मा नेपालको प्रतिब्यक्ति आय ४६८ डलर, भारतको १००५ डलर र चीनको ३,२७८ डलर थियो।
चीन बिश्वमा अमेरिका पछि दोश्रो सबैभन्दा ठुलो अर्थतन्त्रको स्थान ओगट्न सफल भएको घोषणा गरिएको छ। सन् २०१० को दोश्रो त्रयमासमा चीनको अर्थतन्त्र ११.१ प्रतिशतले बृद्धि भएपछि उ जापानलाई उछिनेर दोश्रो स्थानमा उक्लेको हो। सन् १९७८ मा आर्थिक सुधार कार्यक्रम लागु गरे पछिका ३० बर्षमा चीनको अर्थतन्त्र औषतमा बार्षिक ९.५ प्रतिशतको दरले बृद्धि भएपछि उसले सन् २००५ मा बेलायत र फ्राँन्सलाई तथा सन् २००७ मा जर्मनीलाई उछिनेर बिश्वमा तेश्रो ठुलो अर्थतन्त्रको स्थान प्राप्त गरेको थियो।
र, सन् २०१० को दोश्रो त्रयमासमा जापानलाई पनि उछिनेर उ दोश्रो स्थानमा उक्लेको छ। चीन अहिले गु्रप अफ २० का प्रमुख देशहरु मध्ये एक मानिन्छ। गु्रप अफ २० बिश्वका प्रमुख बिकसित, धनी र उदीयमान देशहरुको समुह हो र यसले सन् २००८ को बिश्व आर्थिक संकटदेखि बिश्वमा समष्टिगत आर्थिक नीति निर्माण गर्ने कार्यमा निर्णायक भूमिका खेल्दै आएको छ। बिश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुका अनुसार सन् २०२५ सम्ममा चीन अमेरिकालाई पनि उछिनेर बिश्वको सबैभन्दा ठुलो अर्थतन्त्र हुनेछ। त्यसपछि बिश्व रंगमन्चमा उसको महत्व पनि त्यही बमोजिम बढ्नेछ। हामी नेपाली भने सधैं अर्काको प्रगतिको गुणगान गाएर मात्र बस्ने भयौं।
चीनलाई ब्यापार तथा शोधनान्तर बचतबाट बढ्दै गएको बिदेशी मुद्राको सन्चिती थन्क्याउने कार्य चुनौतीपूर्ण भएको छ। उसले यस्तो संचितिको एउटा ठूलो अंश सुरुमा अमेरिकी सरकारको ऋणपत्र (ट्रेजरी बिल्स) मा लगानी गर्दै आएको थियो। यस्तो लगानी बढ्दै गएर एक पटक झण्डै एक टि्रलियन (एक हजार अर्ब) डलरसम्म पुग्यो। त्यति नै बेला अमेरिकी अर्थतन्त्र गम्भिर संकटमा पर्यो। त्यसबाट चीनलाई आफ्नो लगानी डुब्ने पो हो कि चिन्ता पर्यो र चीनिया प्रधानमन्त्रीले अमेरिकी सरकारसंग यस सम्बन्धमा आफ्नो सरकारको चिन्ता समेत जाहेर गरे। तर अमेरिकाले चीनलाई जेसुकै आश्वासन दिएको भएतापनि चीनलाई अमेरिकी आर्थिक नीति र त्यहाँको अर्थतन्त्रको भबिष्य प्रति भरोसा भएन। त्यसैले उसले आफुले खरिद गरी राखेको अमेरिकी सरकारको ऋण पत्र धमाधम बिक्री गर्न थाल्यो।
उसले मई २००९ देखि डिसेम्बर २००९ सम्मको ८ महिनाको अबधिमा ११२.३ अर्ब अमेरिकी डलर मुल्यको अमेरिकी ऋण पत्र बिक्री गरि सकेको छ। र, त्यो पैसाबाट उसले सुन चाँदी खरिद गरी जम्मा गर्न थालेको छ। उसले आफ्ना नागरिकहरुलाई पनि आफुले बचत गरेको आयको कम्तीमा ५ प्रतिशत सुन चाँदी खरिद गरी राख्न निर्देशन दिएको छ। यस अघि चीनिया नागरिकहरुले यसरी सुन चाँदी खरिद गर्नु गैर कानुनी मानिन्थ्यो।
चीनले गत जुलाई महिनामा २८ अर्ब डलरभन्दा बढीको ब्यापार बचत गर्यो। यो बचत बिगत धेरै महिनाको बचतभन्दा अधिक हो। यो बचत अघिल्ला महिनाहरुको तुलनामा जुलाई महिनामा चीनको निर्यात उच्च दरमा बृद्धि हुनुको अतिरिक्त जुलाई महिनामा आयातको बृद्धि दर केही कम भएको कारणले पनि भएको हो। चीनको अर्थतन्त्र बढी गर्माएकोले (ओभर हिटेड) त्यसलाई मत्थर पार्न उसले सुविचारित ढंगले नै लगानीमा केही कटौती गरेको हुँदा आयातमा केही शिथिलता आएको हो भनिएको छ। तर यसबाट बिश्वभरी निरासाको लहर नै चलेको छ। किनभने चीनको आयातमा शिथिलता आउनु भनेको बिश्वका धेरै मुलुकको निर्यात घट्नु हो।
चीनले गर्ने हरेक बस्तुको आयात निकै ठुलो परिमाणको हुने भएकोले त्यसले त्यस्ता निर्यात कर्ता मुलुकका अर्थतन्त्रहरुमा बिगत धेरै बर्षदेखि गति दिदै आएको छ। त्यसैले अहिले चीनको आयातमा केही शिथिलता आउँदा भर्खर संकटबाट मुक्त हुन लागेका मुलुकहरु फेरि मन्दी आउने हो कि भन्ने डरले चिन्तित भएका छन्। यसले बिश्व अर्थतन्त्र सुध्रनु र बिग्रनुमा चीनको भूमिका कति महत्वपूर्ण रहेछ भन्ने पुष्टि गर्दछ।
चीनको तीब्र रुपमा बढ्दो समृद्धिले उसलाई खुशी मात्र ल्याएको छैन। बढ्दो समृद्धिले उसको अगाडि नयाँ नयाँ चुनौतीहरु पनि खडा गरेको छ। सन् २०२५ सम्ममा अर्थात अबको १५ बर्षमा उसले अमेरिकालाई समेत उछिनेर विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बन्ने भएकोले यसबाट बिशेषगरी अमेरिका निकै चिन्तित भएको देखिन्छ। यसरी चिनिया जनता आफ्नो देशले हासिल गरेका उपलब्धिमा गौरब गर्दछन्।
हिमाल पारी त्यस्तो छ भने हिमाल वारीका नेपालीहरुको भने कोही बिदेश देख्दा पनि तर्केर हिड्नु पर्ने अबस्था छ।