मधेशी जनअधिकार फोरमका सभासद अभिषेकप्रताप शाहले भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणको नेपाल आगमनको कारण फोरमका ११ सांसदले फ्लोरक्रस गर्नुलाई मानेका छन्।
पंक्तिकारसँग शाहले भनेका थिए ‘ हाम्रो कारणले श्याम रण नेपाल आउनुपर्यो।' साउन १७ को प्रधानमन्त्री निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तटस्थ बस्ने निर्णयविपरीत एनेकपा (माओवादी)का तर्फबाट प्रधानमन्त्री उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई मतदान गर्ने फोरमका ११ जनाको ‘बहादुरी' कै कारण श्याम शरण विशेषदूत बनेर नेपाल आएका हुन् त? समयले यसको छिनोफानो गर्ला। माओवादीलाई ‘जनयुद्ध'को उन्मादबाट प्रतिस्पर्धी राजनीतिमा ल्याउने, नेपालबाट राजतन्त्रलाई बिदाइ गर्नेलगायतका दोस्रो जनआन्दोलनको सेरोफेरोका महत्वपूर्ण गतिविधि र परिवर्तनका बेला शरण साउथब्लकमा निर्णायक भूमिकामा थिए।
त्यसैले शरणको भ्रमणले नेपालमा अर्थ राखेको हो। हुनत, शरणको भ्रमण ‘निजी' भएको टिप्पणी परराष्ट्रमन्त्री सुजाता कोइरालाले गरेकी छन्। शरण पछिल्लो समय भारतको संस्थापनपक्षबाट पन्छाइएका थिए। नेपालका माओवादीलाई तह लगाउने रणनीतिमा साउथब्लक तल्लीन रहेको र माओवादी पनि राष्ट्रिय स्वाधीनताको खेतीमा लागेको पेचिलो अवस्थामा काठमाडौ आएका शरणले २ दिनमा २ पटक माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटे।
माओवादी नेतासँगको शरणको गोप्य वार्ता विवाद र राजनीतिक बहसको विषय बनेको छ। माओवादी केन्द्रीय समितिमा समेत भट्टराई शरण वार्ता एजेन्डा बन्दैछ। शरणसँगको वार्ताको औचित्य प्रष्टयाउँदै शास्त्रार्थ गर्दैछन् भट्टराई। शरणको भ्रमणले नेपालको राजनीति गतिरोध फुकायो कि फुकाएन अर्थ राख्यो वा राखेन भन्ने देखिने गरी आएको छैन। तर, शरणको आगमनपछि प्रधानमन्त्री निर्वाचनमा राष्ट्रिय सहमति बन्नुपर्ने धारणा एकाएक प्रबल बन्दै गएको छ। सहमतिको व्यापक परिभाषाभित्र ककसको के भूमिका हुने? नयाँ समीकरण कस्तो बन्ने? निकट भविष्यमा प्रकट हुने नै छ।
प्रधानमन्त्री निर्वाचनको खेलमा चौथो चरणसम्म माओवादी नेतृत्वमा सरकार बनाउने साँचो बनेका विशेष गरेर मधेसी जनअधिकार फोरमहरू अब कुन समीकरणतर्फ आकर्षित हुनेहुन्? सहमतिको नाममा नयाँ प्रक्रिया सुरु हुन नसकेको र एमाले तटस्थताको मुर्छाबाट नब्युझिएको अवस्थामा पाँचौ चरणको निर्वाचनमा पनि मधेसी मोर्चाको भूमिका निर्णायक हुनेछ।
शरणको यात्रामा अनुद्घाटित धेरै पहलु हुनसक्छन्। शरणले विभाजनको सघारमा पुगेको मधेशी मोर्चालाई ‘सिमेन्टिङ' गर्ने काम गरेको देखिँदैछ भने माओवादी भारतको भूमिकालाई लिएर विवाद उल्झिएको छ।
फोरमका ११ सांसदले तेश्रो चरणको (साउन १७) निर्वाचनमा फ्लोरक्रस गरेपछि मोर्चा टुट्ने संकेत देखिएका थिए। चौथो चरणको निर्वाचनमा मोर्चा तटस्थ नबस्ने फोरम अध्यक्ष उपेन्द्र यादवले बताइसकेका थिए। तर अहिले राजनीतिक परिस्थिति बदलिएको छ। मोर्चा विभाजनको खतराबाट जोगिएको मात्र हैन, हिजोभन्दा बलियो हुने अनुमान गरिँदैछ।
साउन १७ र २१ का चार दिनमा मोर्चामा परिवर्तन देखिए। अगिल्लो पटक फ्लोरक्रस गर्नेले ‘ भावावेशमा' भएको निर्णय भनेर मोर्चाको निर्णय स्वीकार्ने अवस्थामा पुगे। माओवादीले मधेसवादी दलमा विभाजन गर्ने प्रयास गरेको थियो। फोरमभित्रको विवाद सतहमा आयो तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टीका सभासदलाई ‘फ्लोरक्रस' गराउने योजना निरस्त पारे।
मधेसवादी दलका सभासदमाथि लागेको पैसा र पदको प्रलोभनमा परेको आरोपलाई थाती राख्दा पनि माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताको टोलीले १७ साउनमा मोर्चाका नेतासँगको वार्तामा गरेका कुरा लिखतमा स्वीकारेको भए प्रचण्ड त्यही दिन प्रधानमन्त्री हुने सम्भावना थियो। प्रचण्ड आफैँले मोर्चाले अघि सारेका शान्ति प्रक्रिया र संविधान निर्माणका अवधारणमा सकारात्मक जबाफ दिएका थिए। तर, प्रत्यक्ष भेटवार्ताको डेढ घन्टापछि आएको लिखित जबाफमा भनाइ र गराइमा भिन्नता देखियो। मधेसी मोर्चाको समर्थन लिनेभन्दा पनि मोर्चाका दलमा चिरा पारेर समर्थन जुटाउने खेलमा लागेकोले माओवादी सफल नभएको हो।
मोर्चाको २१ साउनमा प्रधानमन्त्री निर्वाचनअघि बसेको बैठकले तटस्थ बस्ने निर्णय गर्यो। त्यही दिनदेखी मोर्चालाई बलियो बनाउने गृहकार्य सुरू भएकाछन्। मधेसवादी नेता मोर्चाको आचार संहिता, नीति, नियम र एकीकृत एजेन्डा बनाउने पक्षमा पुगेका छन्। यस अर्थमा मधेसी मोर्चा हिजोभन्दा आज बलियो भएको अनुमान गरिँदैछ। माओवादीलाई स्वीकार्ने र भारतलाई हेर्र्ने विषयमा मोर्चाका दलहरूबीच प्रशस्त भिन्नता छन्।
मोर्चाका सबै दलका विशेषगरी युवा सभासदमा भारतीय भूमिकाको आलोचना गर्नेको संख्या उल्लेख्य छ। मोर्चाले माओवादी समक्ष राखेको अवधारणा कांग्रेस, एमालेको तुलनामा निकै लचिलो भएर पनि सहमति हुन सकेको छैन। मोर्चाले सरकार बनेको चार महिनाभित्र माओवादी लडाकु समायोजन, व्यवस्थापन र पुनःस्थापना हुनुपर्ने सर्त राखेको छ। माओवादी लचिलो बन्ने हो भने अहिले पनि मोर्चाको समर्थनमा माओवादी सरकार बन्ने सभावना टरेको छैन।