खरायो र कछुवाको कथा सबैले सम्झने लोक कथा हो। कथामा खरायो छिटो दौडनसक्ने चलाख जनावर हुन्छ भने कछुवा अत्यन्तै मन्द गतीमा हिड्न प्राणी हुन्छ। खरायो र कछुवा एउटा दौडमा सहभागी हन्छन्। कछुवालाई सजिलै जित्छु भनेर दौडका बीचमा मस्तसँग सुत्ने कछुवा लज्जास्पद हार स्वीकार गर्न वाध्य भयो।
यस कथाले ‘स्लो एण्ड स्टिडी विन्स द रेस' अथवा ‘सुस्त र धैर्यसँग दौडनेले दौड जित्छ' भन्ने शिक्षा दिएको छ।
अब कथालाई अलिकति अगाडि बढाउँक। मन्द गतिमा हिड्ने कछुवाले दौड जित्न सफल भएको खरायोलाई सह्य हुने कुरै थिएन। त्यसकारण पुनः दौडको आयोजना गरियो र अन्ततः खरायोले आफ्नो कुशल धावन क्षमताको उपयोग गर्दै स्वाभाविक रूपमा कछुवालाई जितेर दौडमा जित्यो। परिणामस्वरूप ‘सुस्त र धैर्यसँग दौडनेले दौड जित्छ' भन्ने मान्यता उल्ट्याई' सक्षम र कुशल धावकले नै दौड जित्दछ' भन्ने मान्यता स्थापित हुन पुग्यो। यही सामान्य लोककथालाई लगानीकर्ताले धितोपत्रमा गरिने लगानीसंग जोडेर हेर्ने हो भने पक्कै पनि आधारभूत तथा प्राविधिक विश्लेषण गरेर गरिने लगानीले हचुवा र हल्लामा गरिने लगानीलेभन्दा बढी मुनाफा तथा प्रतिफल दिन सक्षम हुनेछ भन्न सक्नेछ।
हुनसक्छ, बजार हल्ला र अरू लगानीकर्तालाई पछ्याउँदा कसैले केही प्रतिफल लिन सफल भए होलान् तर त्यो वास्तवमै संयोगमात्र हुनसक्छ र अर्को अर्थमा भन्दा समग्र बजारनै बढ्दो प्रवृत्तिमा पनि हुनसक्छ। साथै विश्लेषणात्मक लगानीले सीमित स्रोत र साधनको उपयोग गरेर दीर्घकालीन समयमा उचित प्रतिफल लिन उत्प्रेरित गर्ने तथा जोखिम तथा नोक्सान न्यूनीकरण गर्नसमेत लगानीकर्तालाई सजिलो पर्ने अनुमान सहजै गर्न सकिन्छ।
एकपटक फेरी कथामै फर्कौं। खरायोको जितलाई चुनौती दिन कछुवा तेस्रो तथा अन्तिम दौडको पक्षमा थियो र कछुवा कुनैपनि अवस्थामा विजयी हुन चाहन्थ्यो। अन्ततः खरायो र कछुवा दुवै तेस्रो पटक दौडमा सहभागी हुन राजी हुन्छन्। यस दौडमा धावन मार्गको तय गर्ने जिम्मा कछुवाले पायो। यो कार्य कछुवाले आफ्नो योजनाअनुसार गरेको थियो। धावन मार्गको छिनोफानो गरी दौड पूरा भयो। हामीलाई लाग्नसक्छ, पक्कैपनि खरायोले नै जित्नेछ तर परिणाम उल्टो आयो।
कछुवा दौड जित्न सफल भयो। यस दौडवाट अघिल्ला दुईवटै मान्यतालाई उल्ट्याएर ‘योजना तथा पूर्वानुमान नै सफलताको कडी हो' भन्ने मान्यता स्थापित हुन पुग्यो। यस पटक योजनाअनुसार कछुवाले धावन मार्गमा नदी पारेको रहेछ। दौड सुरु भयो। खरायो नदीको किनारमा पुगेपछि त्यहीं अड्कियो। कछुवा भने बिस्तारै नदी तरेर गन्तव्यमा पुग्न सफल भयो। पुनः कछुवाले खरायोलाई जित्यो।
यसबाट योजना तथा पूर्वानुमान नै असहज परिस्थितिमा सफलता दिलाउने साधन हो भन्ने स्पष्ट हुन्छ। यसर्थ, धितोपत्र लगानीकर्ताले ‘योजना तथा पूर्वानुमान नै सफलताको कडी हो' भन्ने कछुवाले स्थापित गरेको मान्यता आत्मसात् गर्नु उपयुक्त हुने देखिन्छ। साथै योजनाबद्ध ढंगले लगानीसंबन्धी योजना तयार गरी लगानी विविधीकरणको सिद्धान्तलाई अनुसरण गर्दै भविष्यमा आउनसक्ने पुँजी बजारको बढ्दो र घट्दो प्रवृत्तिको पूर्वानुमान गरी लगानी गरेमा मुनाफा तथा प्रतिफलमा वृद्धि हुनुका साथै प्रतिकूल परिस्थितिमा पनि जोखिम तथा घाटा न्यून गर्न सहज हुने अनुमान गर्न सकिन्छ। लगानी तत्काल गर्नुपर्छ तर प्रतिफल तथा मुनाफा भविष्यमा प्राप्त हुने तर निश्चितता हुँदैन। लगानीकर्ताले लगानी गर्नुभन्दा पहिले केही आधारभूत, प्राविधिक तथा सामान्य विषयको वास्तविकता थाहा पाउनु जरुरी हुन्छ।
यसअन्तर्गत लगानीको उद्देश्य, समय, स्रोत, लगानी योग्य धितोपत्रको तरलता, सम्बन्धित कम्पनीको उद्देश्य तथा व्यापारको प्रकृति, यसका संचालक र तिनको व्यावसायिक दक्षता तथा पारदर्शिता, कम्पनीको मुनाफा तथा यसको प्रतिसेयर आम्दानीजस्ता विषयमा स्पष्ट हुनुपर्छ। साथ पुँजीको पर्याप्तता तथा पुँजी कोषको अवस्था, जगेडा तथा अन्य कोष, लगानी योग्य वातावरण र धितोपत्रसम्बन्धी प्रचलित नियम लगायतका विभिन्न कुरामा पनि प्रष्ट हुनु अपरिहार्य हुन्छ। माथिका सबै विषय समेटेर हरेक लगानीकर्ताले लगानी योजना तयार गरी आफ्नो प्रतिफल तथा मुनाफाको परिमाणमा वृद्धि गर्न लगानी गर्नु उपयुक्त हुन्छ।
कछुवा त योजना तथा पूर्वानुमानका आधारमा खरायोजस्तो चलाख र कुशल धावन क्षमता भएको जनावरलाई दौडमा हराउन सफल हुन्छ भने योजना तथा पूर्वानुमान, लगानी विविधीकरण, आधारभूत तथा प्राविधिक विश्लेषण, सम्बन्धित लगानी योग्य कम्पनीको सूचना तथा प्रविधि प्रणाली, समग्र बजारको सूचना प्रविधिको अवस्थाका साथै सुधारात्मक तथा पुनर्संरचनाका बारेमा आवश्यक विश्लेषण गरी लगानी व्यव्स्थापन गर्नु उपयुक्त हुनेछ।