पर्साको एउटा गाउँकी चौध वर्षिया किशोरी रुबिया खातुनको २०६३ सालमा अभिभावकले विवाह गरिदिए। विवाह गर्ने इच्छा नभए पनि अभिभावकमा आश्रित रुबियाले विरोध गर्न सकिनन्। रुबियाले १६ वर्ष पुगेपछि आफ्नो मन्जुरीबेगर उमेर नपुग्दै भएको बिहा बदर गराउन पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिन्।
आवश्यक प्रमाण बुझेर पर्सा जिल्ला अदालतका न्यायाधीश विष्णु कोइरालाले केही साताअगाडि उक्त बालविवाह बदर हुने फैसला गरेका छन्।
पर्सा जिल्ला अदालतको यस फैसलाले प्रभावहीन रहेको कानुनलाई कार्यान्वयन गर्नुका साथै मधेशभित्रको समाजिक विकृति विसंगति उन्मूलन गर्न न्यायिक दिशा निर्देश पनि गरेको छ। समाज र राजनीतिक शक्तिले हटाउन नसकेको विकृति हटाउन न्यायालयले सक्छ भन्ने यसबाट पुष्टि भएको छ। यस अर्थमा पर्सा जिल्ला अदालतको यो फैसला समाजिक सुधारको अभियन्ता साबित भएको छ।
प्रथाका रूपमा स्थापित बाल विवाह बदर गर्ने फैसलाले कानुनी न्याय त गरेको छ नै समाजिक विकृति हटाउन पनि ऊर्जा प्रदान गरेको छ। विवाह बदर गराउन उजुर गर्ने रुबियाको साहस आफँैमा समाजिक क्रान्तिको एउटा चरण हो। आफ्नै अभिभावकविरुद्ध अदालत जान मधेसी समाजमा ठूलै आँट चाहिन्छ। रुबियोको साहसलाई अरूले पनि अनुकरण गर्न थाले भने बालविवाहजस्ता विकृति निर्मूल हुने अपेक्षा गर्न सकिन्छ।
हुनत राज्यले बालविवाहलाई वैधता प्रदान गरेको छैन। मुलुकी ऐन बिहावारीको महलको २ न. ले विवाह गर्ने उमेरको हद तोकेको छ र उमेर नपुगी विवाह गराउने अभिभावक, पुरोहित, लमी सबैलाई सजाय हुने व्यवस्था गरेको छ। साथै बालविवाह गरिएमा उमेर पुगेपछि मन्जुर नभए बदर गराउनसक्ने प्रवधान पनि कानुनमा छ। सो दफाअनुसार विवाहका लागि संरक्षकको मन्जुरी भए अठार वर्ष र भने अभिभावकको मन्जुरी नभए बीस वर्ष नपुगी विवाह गर्नु गराउनु हुँदैन। सजायतर्फ दश वर्ष उमेर नपुगेका बालबालिकाको विवाह गर्ने गराउनेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि दश हजार रुपियाँसम्म जरिवाना हुन्छ। यस्तै दश वर्षमाथि चौध वर्ष उमेर नपुगेको बालिकाको विवाह गरे गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपियाँसम्म जरिवाना गर्ने प्रावधान छ।
साथै चौध वर्षमाथि अठार वर्ष नपुगेकी किशोरीको विवाह गरे गराए तीन महिनासम्म कैद र दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ। कानुनबमोजिम विवाह गर्न गराउन नहुनेमा जानीजानी विवाहको काम गर्ने पुरोहित, लमी, र अरू सहयोगीमध्ये उमेर पुगेकालाई एक महिनासम्म कैद वा एक हजार रुपियाँसम्म जरिवाना हुनेछ। अठार वर्ष नपुगी विवाह भएको रहेछ र सन्तान जन्मेको रहेनछ भने अठार वर्ष पुगेपछि मन्जुर नभएमा त्यस्तो विवाह बदर गर्न पाइन्छ।
कानुन कार्यान्वयन पक्ष फितलो रहेकाले कानुनी प्रवधान भए पनि बालविवाह प्रचलन रहेको छ। बालविवाहका घटना न्यायालयसम्म पुग्नै मुस्किल हुन्छ। तर रुबिया खातुनको साहसले बालविवाह न्यायालयमा पुगेर बदर भएको छ। यस्ता दृष्टान्त बढ्दै गएमा बालविवाह गराउनेको मनोबल कमजोर हुनेछ भने कानुन र न्यायप्रति सचेत युवाको आस्था पनि बढ्नेछ। यसैले पर्सा जिल्ला अदालतले महिलाको हकमा फैसला गरेर मधेसी समाजमा मात्र होइन समग्र नेपालमै बालविवाहविरुद्ध जागरुक हुने ऊर्जा दिएको छ।
पर्सा जिल्ला अदालतको फैसलाको तरंग नसेलाउँदै सरकार र नागरिक समाजले मधेसमा चेतना फैलाउनुपर्छ। बालविवाह बदर गरिएका केही घटनाको दृष्टान्त समाजमा प्रचार भयो भने बालविवाह गराउन कोही पनि उत्साहित हुनेछैनन्।