एमाले अध्यक्ष झलनाथ खनाल नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चयन हुनुपर्ने प्रस्ताव राखेर राजनीतिक दलहरूसँग भेटवार्ता गर्देछन्। तेश्रो चरणको निर्वाचनबाट पनि मुलुकको प्रधानमन्त्री चुनिन नसकेको अवस्था देखाउँदै शुन्यबाट नयाँ प्रक्रिया थाल्ने खनालको प्रस्ताव नयाँ होइन।
आफ्नै पार्टीका नेता माधव कुमार नेपालबाट ‘कू' भएका खनाल सुरूदेखिनै नयाँ प्रक्रियाको पक्षमा थिए।तर खनालको चाहना कामयाव हुने संभावना तत्काल देखिदैन। नयाँ प्रस्तावको वकालत गरेर व्यर्थमा समय बिताउनु भन्दा एमालेले आत्ममूल्याङकन गर्नु पार्टीको हितमा हुन्छ। एमाले केन्द्रिय समितिले संवैधानिक प्रावधान विपरित प्रधानमन्त्री चुनिन एक तिहाई चाहिने निर्णय किन गर्यो? प्रधानमन्त्री बन्ने लोभमा खनालले त्यस्तो निर्णय किन स्विकार गर्नुपर्यो? जिम्मेवार र जवाफदेही राजनीति गर्ने हो भने एमालेले आफ्नो गलत निर्णय सच्याउनु पर्छ र राजनीतिक निकास दिन सक्नुपर्छ।
एमालेका कारण व्यवस्थापिका संसदको चौथो शक्ति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा माओवादी नेतृत्वको सरकारका निम्ति साँचो बन्न पुगेको छ। मोर्चा भित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरूको सुक्ष्म विश्लेषण गर्न सकेन भने खनाल लगायत एमालेका नेताहरू तटस्थताको चिरनिद्रामा हुने छन् र यसै बीच माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन्। एमाले नयाँ प्रक्रिया भन्दै वेमौसमि बाजा बजाइरहेको मौकामा प्रचण्डले चुनिने संकेत देखिएका छन्।
मधेशी मोर्चाको निर्णय बिरुद्ध मधेशी जनाधिकार फोरमका ११ जना सभासदले फ्लोरक्रस गरेको घटनाले धेरै अर्थ राख्दछ, अहिलेको राजनीतिमा। फोरम अध्यक्ष उपेन्द्र यादव माओवादी सत्ताको पक्षमा छदै थिए। तर माओवादीको समर्थन र बिरोधमा विभाजित भएर बनेको फोरम लोकतान्त्रिकका बिजय गच्छदार समेत सत्ताबाट टाढा रहन नचाहेको देखिदैछ। फोरमका दुई नेता यादव र विजय गच्छदारलाई एउटै मोर्चामा वाध्ने काम तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा संभव भएको हो। तर यादवका मतियारहरूले मोर्चाको निर्णय लत्याए पछि मोर्चा फुट्ने लगभग पक्का भएको छ। फ्लोरक्रस गर्ने बिद्रोहीहरूले मोर्चालाई तटस्थताको राजनीतिबाट मुक्त हुन दबाव पनि दिएका छन्।
मधेशी मोर्चा र माओवादीबीचको सहकार्यका पक्ष छदै थिए। एउटा आधार पत्रका बुँदा र सिद्धान्तका कुरा। अर्को मन्त्रीपरिषदका भागवण्डा लेनदेन। अहिले अर्को पक्ष थपिएको छ, भारतीय दुत श्याम शरणको आगमन। मोर्चाले अघि सारेको अवधारणमा माओवादीले मोर्चाका सबै पक्ष सहमत गराउन सकेको छैन। तर दल पिच्छे फरक फरक दृष्टीकोण बनाउन माओवादी सफल भएको छ। माओवादी पक्षका धारणाहरू सकारात्मक रहेका भन्दै केही अह्म सवालहरूमा माओवादीसँग थप छलफल आवश्यक भएको निचोड निकाल्दै मोर्चा तटस्थतमा बस्ने निर्णयमा पुगेको थियो। फ्लोरक्रस पछि मोर्चा घायल भएको छ। १७ साउनमा मोर्चा र माओवादी नेतृत्वबीचको प्रारभ्मिक छलफल पछि लगभग मोर्चा विभाजित भैसकेको थियो। माओवादीसँगको छलफलपछि मोर्चाका घटकहरूले बेग्ला बेग्लै बैठक गरेका थिए।
कारण, माओवादीको राजनीतिक चलखेलको प्रभाव फोरममामात्र नभएर मधेशवादी सबै घटकमा थोरबहुत परेको थियो। माओवादी समर्थनको बिरोधमा एक वर्ष अघि विभाजित भएको फोरम लोकतान्त्रिकमा समेत तटस्थतको राजनीतिको बिरोधमा उत्रनेहरू थिए। फोरमका २५ मध्ये १८ सांसदले सामुहिक रुपमा माओवादीलाई मत दिने निर्णय गरेका थिए भने लोकतान्त्रिकका अध्यक्ष बिजयले गच्छदारले निर्णय लिने अधिकार आफूमा केन्द्रित गरेको माइन्यूटमा हस्ताक्षर र ह्विप जारी गर्दे आफ्ना सभासदलाई जोगाएका थिए। माओवादीले पछिल्लो समय दिएको लिखित जवाफमा मोर्चाले अघि सारेको चार महिना भित्र माओवादी लडाकू समायोजन, पुर्नस्थापना भैसक्नुपर्ने अडानको आंशिक सम्बोधन गरेको छ। मोर्चाको मधेशी सेनाको अवधारणमा मधेशीहरूको विशेष सैन्य एकाई बनाउने प्रतिवद्धता जनाएको छ। माओवादी लडाकू व्यवस्थापनमा पनि आफ्नो पहिलेदेखीको अडान त्यागेर बिशेष समितिले मापदण्ड बनाउने भनेको छ। माओवादीको संशोधित जवाफले धेरै मधेशी सभासदहरूलाई आकर्षित गरेको देखिन्छ।
तर यसै बीच प्रधानमन्त्री चयनको अन्यौलपुर्ण राजनीतिमा भारतका दुत श्यामशरण काठमाडौ आएर नेताहरूसँगको वार्ता तिव्र पारेका छन्। माओवादीलाई जङ्गलबाट खुला राजनीतिमा अवतरण गराउन महत्वपुर्ण भुमिका खेल्ने कूटनीतिज्ञ श्याम शरणको आगमन पछि राजनीतिक वृतमा अब के हुने हो? भन्ने प्रश्न मुखरित भएको छ। प्रचण्डले भारतको बिरोध गर्दे आएको र भारतको संस्थापन पक्षले पनि नेपालका माओवादी पन्छाइरहेको वास्तविकताबीच चार वर्ष अघि भूमिका खेल्ने शरणको एसाइन्टमेण्टले ठूलो अर्थ राख्दछ।
जङ्गलमा भौताइरहेका प्रचण्डलाई खुला राजनीतिमा अवतरण गराउन भूमिका खेलेका शरण अहिले प्रचण्डलाई सिहदरबारमा पुर्याउन त आएका होइनन?