अघिल्लो वर्ष बाघको संख्या सार्वजनिक गर्दा नेपालभर १२१ वटा बाघ फेला परेको जानकारी दिइयो। यो वर्ष चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२५ वटा बाघ रहेको अर्को तथ्य बाहिर आएको छ। पहिला चितवन निकुञ्जमा ९१ वटा बाघ थिए। यो वर्ष ३४ अर्थात एक तिहाईभन्दा बढी बाघ एउटै ठाउँमा बढेको पाइयो।
वर्ष दिनमै यत्रो बाघ बढे भनेर खुसी मान्ने अवस्था भने छैन। यो संख्या गत वर्ष नै आउन सक्थ्यो। गत वर्ष गन्न छुटेका बाघ यस पटक समेटिएका हुन्। त्यसैले निकुञ्जमा नयाँ बाघ थपिएका होइनन् छुटेका बाघ मात्रै भेटिएका हुन्। दोहोर्याएर काम गर्दा ३८ लाख रुपैयाँ भने सकिएको छ।
नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वि.स.२०६५ सालको मंसिर पाँच गतेदेखि फागुन १२ गतेसम्मे रौतहटदेखि पश्चिम तराईका बाघ पाइने सम्भावित १४ वटा जिल्लाका वन क्षेत्र, निकुञ्ज तथा आरक्षमा अनुगमन गरेको थियो। अनुगमन सुरु गर्ने र सक्ने काम सबै ठाउँमा एकै पटक भएको थियो। चितवन निकुञ्जमा पनि त्यसै गरियो। चितवन निकुञ्ज नेपालमा बाघको मुख्य वासस्थल हो। यो निकुञ्जबाहेकका ठाउँमा अत्यन्त कम बाघ छन्। गत वर्ष सार्वजनिक अनुगमन प्रतिवेदनअनुसार नेपालमा बर्दिया राष्ट्रिय निकुञ्जमा १८, शुक्ला फाँटा आरक्षमा आठ र पर्सा आरक्षमा चार बाघ छन्।
बाघको मुख्य बास स्थल चितवन निकुञ्जमा अघिल्लो पटकको अनुगमनमा निकुञ्जअन्तर्गत रहेको चुरे क्षेत्र पूरै छुटाइयो। अनि एक वर्ष नपुग्दै वि.स.२०६६ सालको मंसिर २२ गतेदेखि चैत्र आठ गतेसम्म चितवन निकुञ्जमा दोहर्याएर बाघ अनुगमन गरिएको थियो। यस पटक पहिला छुटेको चुरेमा मात्रै अनुगमन गरेर हुँदैन थियो। चुरेसहित निकुञ्जको पूरै क्षेत्र समेटेर बाघको अनुगमन गर्दा ३३ वटा बाघ चुरे क्षेत्रमा र एउटामात्रै त्यसभन्दा बाहिर फेला पर्यो। यस पटक चितवन निकुञ्जमा मात्रै दोहर्याएर बाघ अनुगमन भयो। पहिलेको भन्दा पछिल्लो अनुगममा जम्मा नौ दिन बढी समय लागेको छ।
पूरै निकुञ्जमा पाइनेमध्ये एक तिहाई बाघ चुरे क्षेत्रमा बस्छन् भन्ने तथ्य निकुञ्जका अधिकारीलाई थाहा नभएको पक्कै होइन होला। यस्तो हुँदाहुँदै पनि गत वर्ष अधुरो काम किन गरियो त भन्ने प्रश्नको उत्तर भने आएको छैन। नेपालभर एकै पटक सुरु गर्ने र सक्ने लक्ष्यका साथ काम गर्दा चुरे क्षेत्र छुट्न गयो भनिए पनि चुरेका लागिमात्रै धेरै समय नलाग्ने देखिइहाल्यो। यो पटक पहिलेभन्दा जम्मा नौ दिनमात्रै बढी लागेको छ। अर्थात् गत वर्ष तोकिएकै समयभित्रैमा काम सक्न त्यत्ति गाह्रो नपर्ने रहेछ। फेरि चितवन निकुञ्ज बाघ पाइने मुख्य ठाउँ हो भने यहाँ लाग्ने समयको अनुमान गरेर पो कामसक्ने मिति निर्धारण गर्नु पर्थ्यो। बाघ नपाइने र कम पाइने ठाउँमा सकियो भनेर चितवन निकुञ्जको पूरै क्षेत्रको अनुगमन नगर्दै काम छाड्दा ३८ लाख रुपैयाँ खेर गयो। पहिला नै काम गरेको भए यो जोगिने थियो। संरक्षणको अरू काममा लगाउन सकिन्थ्यो।
नेपाल सरकारको नीति प्रत्येक दुई दुई वर्षमा बाघको अनुगमन गर्ने भन्ने छ। तर एक वर्ष नपुग्दै चितवनमा मात्रै बाघ अनुगमन गरियो। कुनै क्षेत्र नछाडीकन बाघ अनुगमन गर्ने भन्ने शिक्षा लिएर काम गरेको होला भनेर सन्तोष गर्ने ठाउँ पनि छैन। किनभने यस पटक पनि निकुञ्जले सोमेश्वर पहाडी क्षेत्रलाई हेर्दैहेरेन। यो ठाउँ बाघको बासस्थल भईकन पनि अनुगमनमा पहिलो पटक पनि समेटिएको थिएन। पहिलाको गल्ती नसुधार्ने हो भने किन दोहोर्याएर काम गर्नु परेको होला?
दातृ निकायको सहयोगमा नेपाल सरकारको निर्देशनबमोजिम निकुञ्जले काम गरेको हो। विश्व वन्य जन्तु कोष (डब्लुडब्लएफ)ले विश्वमा अहिले जति बाघ छन् त्यसको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने योजना घोषणा गरेको छ। पहिला ठाउँ छाडेर अर्को वर्ष अनुगमन गर्दा नेपालमा एकै वर्षमा एक चौथाइभन्दा बढी बाघ बढे। ठाउँ छुटाउँदै गन्दै अनि पहिलाकोभन्दा बढी बाघ देखाउने हो भने सन् २०२२ को लक्ष्य पूरा गर्न सकिन्छ भन्ने नियत सरकारले राखेको हो भने यो संरक्षणका लागि निकै घातक हुने छ।
सुरुमै राम्रोसँग काम नगर्ने, खर्च बढाउने र नतिजाको आफ्नो अनुकूल व्यख्या गर्ने परिपाटीले संरक्षणमा कसरी सहयोग पुग्छ?