अनुदान दिँदा रासायनिक मलको सधैँ अभाव हुन्छ। सरकारले अनुदान नदिएका बेलामा किसानले मलको अभाव भोग्नै परेको थिएन। अनुदान हटेपछि मलको मूल्य केही बढी तिर्न परे पनि सहजरूपमा उपलव्ध हुन्थ्यो।
चाहिने बेलामा मल नपाएर किसान आत्तिनु पर्दैनथ्यो। सरकारले मलमा फेरि अनुदान दिन थालेपछि बजारमा रासायनिक मलको अभाव भएको छ।
एनेकपा (माओवादी) नेतृत्वको सरकारले मलमा अनुदान दिन पुनः सुरु गरेपछि अभाव पनि हुन थालेको हो। राज्यले किसानलाई सहयोग गर्नुपर्छ तर त्यो उपयुक्त किसिमको हुनुपर्छ। मलमा अनुदान दिनेबित्तिकै आपूर्ति सहज नहुने गर्नाले किसानलाई सहयोगभन्दा हानि बढी भएको छ।
राज्यका कुनै पनि संयन्त्रले राम्ररी काम नगरेको अवस्थामा दिइने अनुदान धेरैजसो खेर जाने गरेको देखिन्छ। राज्यको कोषबाट वितरण हुने अनुदान सही पात्रसम्म पुर्याउन विकसित मुलुकमा भरपर्दो संयन्त्र हुन्छ। फलस्वरूप अनुदानको दुरुपयोग नहुने र वितरण पनि सहज हुने अवस्था उत्पन्न हुन्छ। नेपालमा भने वितरण संयन्त्र निर्माणमा ध्यानै नदिई अनुदान दिने नीति लागू गरियो। त्यसैले सदुपयोग भएन।
किसानको आवश्यकता पूरा हुने गरी सरकारले अनुदान रकमको व्यवस्था गर्न सकेको छैन। उठेजति राजस्व साधारण खर्चमा नै लगाउनुपर्ने अवस्थामा आवश्यक अनुदान दिन नसक्नु स्वाभाविकै हो। सरकारमा जुन पार्टी भएपनि ढुकुटी त्यही नै हो र आम्दानी चटक गरेर बढाउन सकिँदैन।
देशमा पाँच लाख मेटि्रक टन रासायनिक मलको माग छ। सरकारले १ लाख मेटि्रकटनका लागि गत वर्ष डेढ अर्ब रुपैयाँ अनुदान छुट्याएको थियो। मलमा पुनः अनुदान दिन थालिएको दुई वर्ष भयो। कृषि सामग्री संस्थानबाट यस्तो मल वितरण हुँदै आएको छ। माग हेर्दा यो अनुदानको अत्यन्त कम हो।
अनुदान रकम विनियोजन गर्दा भारतबाट अनुदानको सस्तो मल नेपाल पनि भित्रने अपेक्षा राखिएको सम्बन्धित अधिकारीले बताएका छन्। तर यसपटक भारतले कडाइ गरेकाले उताको अनुदानको मल ल्याउन किसानले सकेननन्। यसले अभाव चुलियो। अनुदान दिन थालिएपछि मल आयातकर्ता व्यापारीले विगतमा जति मल ल्याएनन्। यसले पनि अभावै थपियो। तराईमा भारतबाट मल आउने अपेक्षा पूरा नभएकाले अभाव भएको माने पनि पहाडमा मल अभाव हुनुको कारण अनुदानै हो। सबैलाई नपुग्ने अनुदानको मल वितरण गर्न पनि कठिन हुनु स्वाभाविकै हो।
वितरणको सही संयन्त्रबिना सरकारले दिने अनुदानको लाभ निश्चित वर्गले मात्र पाउँछ। नेपालमा पनि त्यस्तै भएको थियो। मुलुकमा ल्याउँदै नल्याएको र किसानले पाउँदै नपाएको मलमा समेत सरकारले भुक्तानी दिने गरेको थियो। यसबाट किसानका नाममा केही तस्कर र तिनका राजनीतिक तथा प्रशासनिक संरक्षक पोसिएका थिए। त्यस्तै संयन्त्रबाट मलमा पुनः अनुदान दिन थाल्दा पनि किसानको नाममा पाउने अर्कैले हो।
किसानलाई सहयोग गर्ने हो भने पहिले प्रत्यक्ष सहयोग पुग्ने संयन्त्र बनाउनुपर्छ। उत्पादकत्व बढाउने जनशक्ति र उन्नत प्रविधिमा किसानको पहुँच बढाउनुपर्छ। मूलतः गाउँका साना किसानले पाउने गरी राज्यले कृषिमा लगानी गर्नुपर्छ। सरकारले किसानको उत्पादनलाई बजारमा सजिलो र सस्तोमा पुर्याउन लगानी गरेमा त्यसको प्रतिफल बढी हुन्छ।
कृषि उपजको उचित मूल्य किसानले पाउने गरी सरकारले बजारको विकासमा लगानी गर्यो भने किसान बढी लाभान्वित हुन्छन्। अहिले किसान आफ्ना उत्पादनलाई लगानीको हिसाबै नगरी कौडीका भाउमा बेच्न विवश छन्। सरकारले हेर्नुपर्ने त यता हो। सरकारले भने पहुँच हुने ठूला किसान र सरकारी कर्मचारी तथा ठेकेदारलाई मात्र फाइदा हुने गरी मलमा अनुदान दिने गरेको छ। यसरी कृषि क्षेत्रलाई सहयोग गरेको भन्न मिल्दैन। कृषिमा राज्यले किसानलाई लाभ हुनेगरी सहयोग गर्नुपर्छ।
रासायनिक मलको अभाव हुन नदिन बजारलाई नै यसको जिम्मा दिनुको विकल्प छैन। सरकारको अस्थिर नीतिले किसानले दुःख पाए। उनीहरू निराश भएका छन्। गाउँबाट युवा जनशक्ति पलायन भइरहेको छ। कृषिमा उनीहरूलाई आकर्षित गर्न नसके मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि धराशायी हुनेछ। यसैले यस्तो अवस्था आउन नदिन पनि सरकारले कृषि क्षेत्रमा सहयोग गर्ने संयन्त्र निर्माणमा ध्यान दिनुपर्छ।