संविधान निर्माण प्रक्रिया राजनीतिक नेताहरूको अमक्षताको फन्दामा परेको छ। प्रधानमन्त्री निर्वाचनमा देखिएको अनिश्चयले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन। देश पेस्की बजेटका भरमा चलेको छ। यसबाट विकास निर्माण ठप्प हुने स्थिति छ।
उद्योग व्यावसाय असुरक्षा बढ्दो र लगानी घट्दो छ। बढ्दो बेरोजगारी र असुरक्षाले युवा पलायनको अनुपात पनि बढेको छ। नागरिक सुरक्षा तथा कानुनी शासनका मान्यतामाथि व्यापक प्रहार भएको। कानुन कार्यान्वयन निकायहरू राजनीतिक हस्तक्षेप तथा असहयोगका कारण अपराधीविरुद्ध कानुनी कारबाही गर्न असमर्थ भएका छन्। व्यक्तिगत महत्वाकांक्षा तथा समूहगत स्वार्थको चपेटामा परेको र सत्तालिप्सामा अल्झेको प्रधानमन्त्री निर्वाचन र त्यस क्रममा देखिएका गतिविधिबाट लोकतन्त्रकै उपहास हुन पुगेको छ।
शान्ति प्रक्रिया, लोकतन्त्र र संविधान निर्माण राजनीतिक नेताका लागि दलीय स्वार्थपूर्ति तथा सत्ता प्राप्तिका साधनमा सीमित हुन पुगेका छन्। संविधान सभाको अवधि एक वर्ष थप गरेकै दुई महिना नाघिसके पनि कार्यतालिका संशोधन गर्नेबाहेक अन्य काम थालिएन। संविधान सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकाले पनि नेतृत्वकर्ताहरूको शान्ति र संविधानप्रतिको प्रतिवद्धतामा प्रश्न खडा भएको छ। राजनीतिक इमान्दारी र दीर्घकालीन सोचको अभावले नेपालका राजनीतिक दलहरू यसरी दिनानुदिन अक्षम साबित हुँदै गएका हुन्।
द्वन्द्वोत्तर अवस्थाको सही व्यवस्थापन गर्न नसकेकाले शान्ति सुरक्षाको स्थिति कमजोर भएको हो। राज्यका निकायहरू विशेषतः कानुन कार्यान्वयन निकायको प्रभावकारिता घट्ने क्रममा छ। राजनीतिक आवरणमा सशस्त्र समूहले खुलेआम आपराधिक गतिविधि गरिरहेका छन्। सीमा क्षेत्र व्यवस्थित गर्न नसकेकाले साना हातहतियारको ओसारपसार र व्यापार भइरहेको छ। फलतः नेपाल शान्तिपूर्वक द्वन्द्वको रूपान्तरण गर्न सक्षम मानिएको नेपाल असफल राज्यको सूचीमा पर्ने खतरा देखा परेको छ।
मुख्य राजनीतिक दलहरू अग्रसर नभएसम्म शान्ति प्रक्रिया संस्थागत हुँदैन। विडम्बना, द्वन्द्वसँग सम्बन्धित कारणको सम्बोधनका लागि शान्ति सम्झौतामा राखिएका महत्वपूर्ण प्रावधानको कार्यान्वयन भने नारामा सीमित भएका छन्। माओवादी लडाकुको व्यवस्थापन, कब्जा सम्पत्ति फिर्ता र सत्य निरुपण तथा बेपत्तासम्बन्धी आयोग गठनजस्ता महत्वपूर्ण प्रावधानको कार्यान्वयनका लागि सकारात्मक पहलै भएको छैन। द्वन्द्वोत्तर समाजमा देखा पर्ने जातीय, क्षेत्रीय, साम्प्रदायिक विषयबाहेक पहिचान तथा राज्यमा पहुँचजस्ता सबालको सही सम्बोधन हुन नसकेकाले देशमा पुनः हिंसा चर्कने खतरा देखा परेको छ।
लोकतान्त्रिक पद्धतिको आधार विधिसम्मत प्रक्रिया हो। प्रक्रिया मिच्ने पद्धति स्वेच्छाचारी हुन्छ। प्रक्रियाका आधार लोकतान्त्रिक पद्धतिबाट निर्माण गरिएका तथा जननिर्वाचित निकायबाट पारित नियम तथा कानुन हुन्। नेपालमा लोकतन्त्रको स्थापनापश्चात् सहमतिका नाममा राजनीतिक दलहरूबाट निहित स्वार्थपूर्तिका लागि संविधान संशोधन गर्ने, नियम कानुन बनाउने र समस्या समाधानका नाममा कानुनमाथि राजनीतिक निर्णय लाद्ने प्रवृत्तिको विकास भएको छ। व्यवस्थापिका-संसद् प्रधानमन्त्री निर्वाचित गर्न असफल भएपछि नियमावली नै संशोधन गर्ने र सहमतिका नाममा नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चयन थाल्ने प्रयास हुन थालेको छ।
लोकतन्त्रप्रति आस्था राख्ने कसैले पनि यस्तो व्यवहार स्वीकार गर्न सक्तैन। लोकतन्त्रका आधारभूत मान्यतामा हुने हस्तक्षेपलाई निरस्त नगरेसम्म देशमा विधिको शासन रहेको मान्न सकिँदैन। यस्तो संवेदनशील अवस्थामा लोकतान्त्रिक मान्यताको प्रवर्द्धन गर्न नसके देशमा अराजकता फैलनसक्छ। साथै, कुनै न कुनै स्वरूपमा स्वेच्छाचारिता प्रकट हुने डर पनि हुन्छ।
प्रधानमन्त्री निर्वाचन त उदाहरणमात्र हो। वर्तमान संकटको मूल जड राजनीतिमा देखिएको दलीय धु्रवीकरण र हरेक दलको आन्तरिक द्वन्द्व हो। यी सबै समस्या समाधानका लागि लोकतान्त्रिक पद्धतिका मान्यताको पालना भएमा शंका मुक्त भएर विश्वासका माध्यमबाट समस्या समाधानका अवसर जुटाउन सकिनेछ। अहिले दलीय तथा व्यक्तिगत स्वार्थका कारण तटस्थ रहेका नेकपा (एमाले) तथा मधेसवादी दलले राष्ट्र हितका लागि आफ्ना निर्णयमा पुर्नविचार गरेर आगामी निर्वाचनमा प्रधानमन्त्री निर्वाचित हुने वातावरण निर्माण गर्नुपर्छ।
चुनावी स्पर्धामा रहेका जुनसुकै नेता निर्वाचित भएपनि विद्यमान अविश्वासको खाडल भने भत्काउनैपर्छ।
सहमतिका नाममा दलीय तथा व्यक्तिगत स्वार्थलाई प्रमुखता दिइँदासम्म र सत्ता प्राप्तिको फोहोरी खेलबाट देशका जिम्मेवार दलहरु तथा तिनका नेतृत्व उन्मुक्त नभएसम्म लोकतान्त्रिक पद्धति धरापमा परिरहनेछ। त्यसैबाट उत्पन्न राजनीतिक अस्थिरता तथा अन्योल राष्ट्रिय संकटका रूपमा देखापर्ने जोखिम बढेको छ।