संस्कृति जोगाउन तीज
२७ भदौ २०७५
•
५ मिनेट पाठ
संस्कृति जोगाउन तीज
हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

आजभोलि तीजका नाममा महिला एक ठाउँमा जम्मा हुन्छन्,  खान्छन्, पिउँछन् र रमाउँछन् पनि । तर हाम्रो परम्परामा दर खाने र तीज मनाउने चलन त्यसरी चलेको भने होइन ।सम्पर्क गर्ने कुनै माध्यम पनि थिएन । आमा बुबाले आफ्ना छोरीचेलीलाई बिहे गरेर टाढा–टाढा दिएका हुन्थे । उनीहरूलाई माइत जान अहिले जस्तो यातायातको सुविधा थिएन। 

पितृसत्तात्मक संस्कारमा ती चेलीका कलिला हता घाँस, दाउरा, पानी पँधेरा, चुलो चौको गरेर बित्थे ।  वर्षभरि सासू ससुरा, नन्द आमाजू र श्रीमान् रिझाउमै ब्यस्त हुने चेलीबेटी एक्लै डाँडाकाँडा काटेर माइती घर जान पनि समस्या नै हुने गथ्र्यो । तीजमा नौ डाँडापारि पुगेका चेलीबेटी लिन बाबु, दाजु भाइ नै जानुपथ्र्यो ।  घरधन्दामा रमाइरहेका चेलीबेटी दाजुभाइ वा बाबुको साथ लागेर तीजमा  माइती पुग्थे । दिदीबहिनीहरू जम्मा भएर माइतीघर छोड्दाको पीडा, विवाह घरमा काटेका दुःखसुखका कहानी तीज गीतहरूमा व्यक्त गर्थे । परम्परामा विश्वास गर्ने चेलीहरू व्रत बस्थे, पूजा गर्थे, नाच्थे, गाउँथे र रमाउँथे । न कि आजकलजस्तो महँगा गरहना, कपडा देखाउनुपथ्र्यो त्यतिखेर। 

तीज  पौराणिक समयको उपज पनि हो । शिवपुराणमा पार्वतीले शिवलाई मन पराएको तर पार्वतीलाई उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन लागेकाले साथीहरूले उसलाई भगाएर वनमा पुर्याएको र पार्वतीले निराहार व्रत बसेकाले शिव प्रसन्न भएर उपस्थित भई वरदान दिएको वर्णन छ । अहिले समाज धेरै परविर्तन भइसक्यो । विकासले फड्को मारिसकेको छ । संसारसँग छिनभरमै जोडिन सकिन्छ । पहिला पहिला दिदीबहिनीले तीज जसरी मनाउँथे अहिले त्यसमा धेरै नै भिन्नता आइसकेको छ । तीजमा दिदीबहिनीले आधुनिक  भेटघाट र खानपान गर्छन् । गरगहना देखाउँछन् । कसको भन्दा कसको घरमा खाएको दर मीठो, कसले लगाएको लुगा र गहना राम्रो  तीजमा यस्तै चर्चा हुने गर्छ । अहिले जति पनि महिलामाथि हिंसाका घटना बाहिर आएका छन् ती सबै पितृसत्तात्मक सोच र सामन्ती संस्कृतिका रूपमा देखापर्ने यस्ता चाडका कारणले नै भएका हुन् भनेर सोच्न ढिला भइसकेको छ। 

यसपालि पनि महिलाले तीजको कार्यक्रम गरिरहँदा ठाउँठाउँमा कलिला नानीहरू बलात्कृत भइरहेका छन् । तर हाम्रो देशका उच्च तहमा पुगेका महिलासमेत तीज मनाउन तल्लीन छन् । राष्ट्र प्रमुखले समेत महिला नेता, अधिकारकर्मी र सांसदहरूलाई जम्मा गराएर निवासमै तीज कार्यक्रम गरिरहँदा बलात्कृत नानीहरूका  मनले के सोच्यो होला ? । के अब पितृसत्तालाई पक्षपोषण गर्ने तीज मनाउन छाडेर निर्दोष चेलीमाथि भएका हिंसाविरूद्ध बोल्नुपर्दैन ? किनकि तीजको  सन्दर्भले अवश्य पनि सामन्ती संस्कृति र पितृसत्तात्मक सामाजिक सोचको समर्थन गर्छ। 
अर्को समाचार
संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता
२८ भदौ २०८०
•
२ मिनेट पाठ
संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता
पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ।तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ।

तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृतिभन्दा बाहिरको विषय हावी भएको भन्दै तीज पर्व र तीज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तीज गीत प्रतियोगिता आयोजना गरिएको नगरउपप्रमुख भगवती अर्यालले जानकारी दिइन। उनले प्रतियोगितामा सहभागी हुनेले तीजको वास्तविक मर्ममा रहेर प्रस्तुति दिनुपर्ने नियम बनाइएको बताइन।

करिब १५ वर्ष पहिले मादल, खैजरी, मजुरा लगायतका स्थानीय बाजामा नारीका समस्या, बेदना र समाधान समेटिएका तीजका गीत भनिने हुन्थ्यो, गीतमा लय पनि फरक हुन्थ्यो’, उपप्रमुख अर्यालले भनिन, ‘अहिलेका तीजका गीत रत्यौली जस्ता छन्, नारीका समस्या, बेदना र समाधान भेटिँदैनन्, जसले गर्दा तीजको वास्तविक मर्म हराउँदै जान थालेको छ।’

उनले तीजमा लगाउने पोशाक र तीजको दर खाने प्रवृत्तिमा पनि विकृति आएको बताइन।‘तीजमा सामान्य पोशाकमा रमाउने दिन हराएका छन्, महँगा कपडा र गहना लगाउनैपर्ने जस्तो देखिएको छ, होटल, पार्टीप्यालेसमै दर खानुपर्छ भन्ने नजिर पनि बस्न खोजे जस्तो छ’, अर्यालले भनिन, ‘यी दुवै खराब संस्कृतिका विरुद्ध पनि हामीले तीज गीत प्रतियोगितामार्फत अभियान चलाएका छौँ।’

हाल भिरकोटका नौवटै वडामा क्रमशः मौलिक तीज गीत प्रतियोगिता सञ्चालन भइरहेको छ।नगरपालिकाले तीज गीतको मौलिकता संरक्षण गर्न वडा तहदेखि नै मौलिकता समेटिएका शब्दमा मूल्याङ्कन गरेर प्रतिस्पर्धा गराएको हो।नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुको समस्या गीतका माध्यमबाट जान्ने अवसर मिलेको बताए।

‘गीतका माध्यमबाट पोखिएका समस्या टिपेर समाधान गर्नेतर्फ नगरपालिका लाग्न सहज हुने देखिएको छ’, उनले भने, ‘मौलिक प्रतियोगितामा उत्साहजनक सहभागिता देखिएको छ, आशा छ नगरपालिकाको अभियान सार्थक बन्नेछ।’

कार्यपालिका सदस्य विन्दु खड्काले भदौ २० गतेदेखि सुरु भएको प्रतियोगिता असोज १ गते हरितालिका तीजका दिन नगरपालिकाको सिटीहल बयरघारीमा समापन हुने जानकारी दिइन। उनका अनुसार हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रतियोगिता सम्पन्न भएको छ भने शुक्रबार वडा नं ८ मा प्रतिस्पर्धा हुनेछ।

वडामा विजेता भएका समूहबीच सिटी हलमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गराइने छ।खड्काले वडामा पहिलो हुने समूहलाई रु १५ हजार, दोस्रो हुने समूहलाई रु १० हजार, तेस्रो हुने समूहलाई रु पाँच हजार र सान्त्वनास्वरुप रु दुई हजार पुरस्कार दिइने बताइन।

वडामा पहिलो भएका आमासमूहले फाइनल प्रतिस्पर्धामा अनिवार्य सहभागिता जनाउनुपर्ने नियम छ।उनले फाइनल प्रतियोगितामा पहिलो हुने समूहलाई रु २५ हजार, दोस्रो हुने समूहलाई रु १५ हजार, तेस्रो हुने समूहलाई रु १० हजार र सान्त्वनास्वरुप रु पाँच हजार नगदसहित प्रमाणपत्र दिइने जानकारी दिइन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस