फुटबलकै भाषामा भन्ने हो भने यो निकै जोखिमपूर्ण, आक्रामक तर रोमाञ्चक 'मुभ' हो। यस मुभलाई फुटबलको मैदानबाहिर साकार पार्न सफल भएको छ मनाङ मर्स्याङ्दी क्लब। र विश्वास गर्नुस् मनाङको यस 'मुभ'ले 'गोल' भेट्टायो भने त्यसको फाइदा मनाङलाईमात्र नभई सम्पूर्ण खेलाडी, नेपाली फुटबल र खेल जगतलाई हुनेछ।
मनाङले आगामी सत्रका लागि अन्य क्लबका ११ खेलाडी भित्र्याएको छ। गत महिना सम्पन्न लिगमा पाँचौं स्थानमा चित्त बुझाउन विवश छ पटकको विजेताले आफ्नो स्तर उकास्ने विश्वासका साथ थ्री स्टारका सन्तोष साहुखलसँग मासिक ५० हजार रुपैयाँ पारिश्रमिकको अनुबन्ध गरेको छ। यसका साथै साहुखल नेपाली फुटबल इतिहासमा नेपाली क्लबबाट सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन्। क्लबले यस वर्षको आफ्नो बजेट ६५ लाख रुपैयाँ पुर्याएको छ।
मनाङको यो कदम निकै जोखिमपूर्ण छ। किनभने नेपालमा सहिद स्मारक ए डिभिजन लिग अझसम्म पनि अन्योलकै स्थितिमा छ। नेपाली फुटबल अझ पनि विवादको घेराबाट मुक्त हुन सकेको छैन। क्लब र देशमा फुटबलको विकासको जिम्मा लिएर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको सम्बन्धमा न्यानोपन छैन। अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको सफलतालाई हेर्न इतिहासका पाना खोतल्नु पर्ने स्थिति छ। सबैभन्दा महत्वपूर्ण त नेपाली समाज र सरकारको दृष्टिमा फुटबलमात्र होइन सम्पूर्ण खेलजगत् नै मनोरञ्जनको माध्यममात्र हो। त्यसैले माथि उल्लेखित तथ्यहरू मनाङले चालेको सकारात्मक कदमका लागि ठूला चुनौती साबित हुनसक्छन्। र यी वाधाहरू हट्ने स्थिति आएन भने निकै आशा, भरोसा र ठूलो उत्साहकासाथ तयार पारेको मुभलाई मनाङ आफैले 'अफ साइड' घोषित गर्नुपर्ने अवस्था आउन सक्छ।
नेपाली फुटबल अहिले दिशाहीन स्थितिमै नभए पनि यसले स्पष्ट गन्तव्य पनि भेटाइसकेको छैन। तर बाटो अँध्यारो भयो भन्दैमा हिड्नै छाड्न भने हुँदैन। त्यसका लागि कसैले न कसैले सुरु गर्नैपर्छ। नेतृत्व प्रदान गर्नैपर्छ। त्यसको थालनी एउटा ठूलो कदमकासाथ मनाङले बुधबार सुरु गरेको छ। यसबाट पक्कै पनि खेलाडीहरूको उत्साह बढेको हुनुपर्छ। क्लबले नेपाली फुटबललाई पूर्ण व्यावसायिक रूप प्रदान गर्न आफ्नो तर्फबाट ठूलो योगदानको आरम्भ गरेको छ। यसबाट अन्य क्बल पनि नयाँ सोचसहित अगाडि बढ्न बाध्य हुनेछन्। यसको अर्थ नयाँ उत्साहसहितको लगानी गर्नु हो। त्यसबाहेक नेपाली फुटबल क्लबलाई व्यस्त राख्ने किसिमको कार्यक्रम ल्याउन एन्फा बाध्यमात्र होइन प्रेरित पनि हुने विश्वास गर्न सकिन्छ। हुनत, एन्फाले राष्ट्रिय लिगको नयाँ योजना अगाडि सारिसकेको छ। तर मनाङका अध्यक्ष टासी घलेले भने जस्तै एन्पाले नयाँ योजनालाई कायान्वयनको रूप दिँदै पुराना योजनालाई कायम राख्नेतर्फ पहल गर्न सक्नेछ।
मनाङ मर्स्याङ्दीले केही विश्वासिलो योजना तयार पारेर नै ११ जना नयाँ खेलाडी भित्र्याएको हुनुपर्छ। कुनै पनि क्लबले अहिलेको अवस्थामा त्यसै यस किसिमको लगानी गर्ने आँट गर्दैन। मनाङले त्यो जोखिम उठाएको छ भने यसले जोखिमभित्र अवसर देखेको हुनुपर्छ। त्यो अवसरले स्वयं क्लब, खेलाडी र समग्रमा नेपाली फुटबललाई पर्खी रहेको मान्न सकिन्छ। अवसर त जोखिममै हुने हो। मनाङको कदमलाई जोखिमपूर्ण भन्नुभन्दा पनि अवसरका सम्भावना भेटाउन देखाएको उत्साहका रूपमा लिनुपर्छ। त्यो अवसर नेपाली फुटबल सक्रिय भएमात्र उपलब्ध हुन्छ।
त्यो अवसर खेलाडीले उचित मूल्याङ्कनसहित पारिश्रमिक पाएमा सार्थक हुन्छ। अनि त्यो अवसर नेपालमा फुटबल खेल एउटा व्यवसायका रूपमा फस्टाउनुमा छ। त्यसो हुन सकेमा नेपालमा फुटबल खेलेर बाँच्नमात्र सकिने होइन राम्रो जीवन यावन गर्न पनि सकिन्छ भन्ने तथ्य स्थापित हुनेछ। त्यसबाट नेपालमा फुटबलमात्र नभई सम्पूर्ण खेलप्रतिकै सोचमा सकारात्मक परिवर्तन आउनेछ। फुटबलको नेतृत्वमा खेलले मनोरञ्जनको घेरा नाघ्न सक्नेछ।
यस कदमले नेपाली फुटबल खेलाडीको कदरका लागि कुनै विदेशी क्लबको मुख ताक्नुपर्ने स्थिति पनि सीमत पार्ने आशा गर्न सकिन्छ। हाम्रा खेलाडीको स्तर मापनको आधार अब कुनै विदेशी क्लब नभई आफ्नै देशका क्बल हुनेछन्।
मनाङले नेपाली फुटबलको शान्त पोखरीमा ढुङ्गा हानेको छ यसबाट केही तरङ्ग त अवश्यै उपन्न त हुनेछ।