माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको महिना दिन बितिसक्दा पनि अर्को प्रधानमन्त्री चुनिन सकेको छैन। सहमतीय राजनीतिको राग अलाप्ने राजनीतिक दलहरू विमति प्रर्दशन गरिरहेका छन्।
संवैधानिक प्रावधानअनुसार सहमतीय प्रणालीबाट प्रधानमन्त्री चुनिन नसकेपछि सुरु भएको बहुमतीय छनौट प्रक्रिया तमासा बनेको छ । पहिलो र दोश्रो चरणको मतदानमा तमासे बनेका आधासरो सांसद साउन १७ मा निर्धारित तेश्रो चरणको निर्वाचनमा पनि रमिता हेरेरै बस्ने लक्षण देखिन थालेको छ।
प्रधानमन्त्री चुन्न नसक्नु व्यवस्थापिका संसद्को गम्भीर कमजोरी हो। तर, सत्ता राजनीतिको खेलमा अहिले सरकार बनाउने विषयमात्र छैन। यही निहुँमा लोकतन्त्रका मूल्य, मान्यता, पद्धति र सिद्धान्तमै प्रहार हुँदैछ। पार्टी केन्द्रीय समितिको निर्णयका नाममा संविधानमाथि धावा बोल्ने काम भइसकेको छ। संविधानमाथि कि नेकपा (एमाले)को केन्द्रीय समिति? यो प्रश्न अब एमालेका नेपाल, ओली र खनालको निजी प्रश्नमात्र रहेन। माधव नेपालले आफ्नो दलका प्रधानमन्त्री पदका उम्मेदवार झलनाथ खनालको नाम फिर्ता लिएको सन्दर्भ अब सर्वोच्च अदालतमा पुगेको छ।
आन्तरिकको रडाकोले एमालेलाई कुन बिन्दूमा पुर्याउने हो? त्यसको लेखाजोखा हुँदैजाला। तर व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल माओवादी, दोस्रो ठूलो कांग्रेस र चौथौ शक्तिका रूपमा रहेको मधेशवादीहरूसमेत संविधान निर्माण र शान्ति प्रक्रियाजस्ता मुख्य जिम्मेवारीबाट पन्छिदै गएका छन्। कांग्रेस एक्लैले सरकार बनाउन सक्तैन। उसलाई मधेसवादी र एमाले दुवैको समर्थन चाहिन्छ। एमाले आन्तरिक दलदलमा फसेको बेला मधेसवादी माओवादी सरकार बनाउन महत्वपूर्ण सहयोगी बन्नसक्ने अवस्था अझै छ। माओवादीलाई निशस्त्रीकरण गर्ने र उसका लडाकुको व्यवस्थापन गर्ने व्यावहारिक कार्ययोजनाका साथ मधेसवादी सत्ताको साँचो बन्नसक्ने अवस्था अझै पनि छ। तर मधेसवादीहरू कमजोररूपमा प्रस्तुत भएका छन्। सत्ता राजनीतिका कारण आपसमा टुटफूट र विभाजन बेहोर्दै आएका मधेसवादी मोर्चा बन्दी हुनु राम्रो हो तर जसरी पनि सत्तामा पुग्ने लक्ष्य बन्नुहुँदैन।
मधेसवादीले लिखित अवधारणालाई काग्रेस र माओवादीसँग सत्ता बाँडचुँड गर्ने ‘बार्गेनिङ' अस्त्र बनाएको देखिन्छ। मधेसी मोर्चाले अघि सारेका आत्मनिर्णयको अधिकारसहितको मधेस प्रदेश र राज्य पुनर्संरचना आयोग नबनाउने माग कांग्रेसका लागि स्वीकार्य छैनन्। कांग्रेसले मधेसी मोर्चाको अवधारणामा लिखित प्रतिक्रिया नदिने बताएको छ। अब बाँकी रह्यो माओवादीसँगको सहकार्य। मधेसी मोर्चामा माग माओवादीका लागि सजिला देखिन्छन्। तैपनि, सहमति हुन सकिरहेको छैन। किन? एक वर्षदेखि पानी बाराबारको अवस्थामा पुगेका मधेसी जनअधिकार फोरम र फोरम (लोकतान्त्रिक)को घाँटी अहिले जोडिएको छ। माओवादीसँगको सहकार्यका क्रममा फोरमका अध्यक्ष उपेन्द्रको वामपन्थी धार र फोरम लोकतान्त्रिकका विजय गच्छदारको लोकतान्त्रिक धार विभाजित भएर बेग्ला बेग्लै पार्टी बनेको हो।
त्यसैले अहिलेको उपेन्द्र र विजयको मिलन स्वाभाविक मान्न सकिन्न। सत्ता राजनीतिका लागि एक आपसमा विभाजित हुन पछि पर्दैनन् भन्ने परिचय बनाएका मधेशवादीको पछिल्लो मोर्चा बन्दी प्राकृतिक छ त? प्रश्नहरू गंभीर छन्। मधेसवादीहरू किन र कसरी एक हुन पुगे? उनीहरूको मोर्चाबन्दीको प्रयोजन शान्ति र संविधान निर्माणमा केन्द्रित छ? धेरै शंका र प्रश्न एकै साथ सतहमा आएका छन्। हतियारको सहितको माओवादी सत्तामा जान मिल्दैन भन्ने मधेसवादी नेताहरूले अहिले सरकार बनिसकेपछि मात्र सेना समायोजनको प्रक्रिया सुरु हुनुपर्ने लिखित दस्तावेज अघि सारेका छन्।
विस्तृत शान्ति सझौता, सरकार र मधेसी मोर्चाबीच २०६४ फागुन १६ मा भएको संझौता र मधेशी जनअधिकार फोरम र सरकारबीच २०६४ भदौ १३ मा भएका संझौतामा प्रदेशहरूको निर्माण विशेषज्ञ सम्मिलित आयोगले बनाउने र संविधानसभाले अन्तिम टुंगो लगाउने भन्ने उल्लेख छ। तर, जातीयताको नाममा संघ घोषणा गरेर मुलुकलाई चिरैचिरा पार्ने माओवादी र मुलुकको पूर्व पश्चिम फैलिएको समतल भूमिलाई समग्र मधेस प्रदेशभन्दै दाबी गर्ने मधेशवादीको सत्ता राजनीतिको लेनदेनमा राज्य पुनःसंरचना आयोग अचानोमा पार्ने अभ्यास गरिँदैछ।
दुई वर्षअघि नै गठन भइसक्नुपर्ने राज्य पुनःसंरचना आयोग बन्ने आशा एक साता अघिसम्म मात्र पलाएको थियो। तर, मधेसवादीको माग पूरा गर्ने क्रममा माओवादी पनि आयोगको विरुद्ध उभिएको छ। जिम्मेवारी र जवाफदेहीविहीन अवस्थामा पुगेका दलहरूले संविधान, आफैँले गरेका सहमति र संझौता कुल्चिएको यो एउटा उदाहरणमात्र हो।
सरकार बनाउन हतारिएको माओवादीलाई आफ्नो अवधारणा मनाएर सरकारमा पुग्ने कि? जिम्मेवार र जवाफदेही राजनीतिमा लाग्ने? मधेसवादी दलले मधेसी जनतामा आफ्ना कामहरूले उत्साह थपेको छ वा निराशा बढाएको छ भन्ने त्यसको आकलन गरे राम्रो हुन्थ्यो। मधेसी मोर्चाले २०६४ फागुन १६ को संझौतालाई आत्मसात् गरेको भए अवधारणामा राज्य पुर्नसंरचना आयोग नबनाउने, समग्र मधेश एक प्रदेश माग्ने जस्ता जस्ता बुँदा हुने थिएनन् । संझौतामा भनिएको छ ‘ .... नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशका सूचीहरूको पूर्ण विवरण र अधिकारको बाँडफाँट संविधानसभाबाट निर्घारण गरिनेछ।'