मौद्रिक नीतिको प्रतीक्षा
०९ साउन २०६७
•
७ मिनेट पाठ
मौद्रिक नीतिको प्रतीक्षा
पूर्ण बजेट आउन सकेन। यसैले आफ्ना चिन्ताको सम्बोधनका लागि आर्थिक क्षेत्रले मौद्रिक नीति पर्खेको छ। अर्को सरकारले पूर्ण बजेट ल्याएपछि आवश्यक परिमार्जन गर्ने गरी मौद्रिक नीति ल्याउने गृहकार्यमा नेपाल राष्ट्र बैंक लागेको छ।
सम्भवतः केही दिनमै युवराज खतिवडा गभर्नर भएपछिको पहिलो नीति सार्वजनिक हुनेछ। मौद्रिक अर्थशास्त्री खतिवडाको परीक्षण यही नीतिले गर्नेछ। नयाँ नीतिले मूलतः बढ्दो आयात र घट्दो निर्यात तथा बैंकिङ क्षेत्रप्रतिको अविश्वास घटाउनुपर्छ।

अहिले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास घटेको छ। घरजग्गा खरिद र १० लाख रुपैयाँको बैंकिङ कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्थाले बैंकमा पैसा जम्मा गर्न हिचहिचाहट छ। स्रोत खुलाउनुपर्ने व्यवस्थाले अवैध कमाइ गर्नेलाई अप्ठेरोमा पार्छ। नगद सँधै लुकाएर राख्न सकिँदैन। आयकर ऐन, २०५८ पछि आयको स्वयं घोषणा (भीडीआईएस) गरिएकाले आम्दानी गर्नेले कर तिर्नुपर्ने वाध्यात्मक अवस्था बनेको हो। तर सधैं अपारदर्शी तरिकाले काम गर्दै आएको समाजमा एकै पटक आयको स्रोत खुलाउनुपर्ने व्यवस्थाले अप्ठेरो परेको गुनासो उद्योगी व्यापारीले गर्ने गरेका छन्। पुर्ख्यौली सम्पत्तिको स्रोत देखाउन सक्ने तर्क उनीहरूको छ। समाजको यस प्रकारको यथार्थ र आधुनिक अर्थतन्त्रका लागि आवश्यक पारदर्शिताबीच तालमेल वित्तीय र मौद्रिक नीतिबाट मिलाउनु जरुरी छ।

बैंकले सर्वसाधारणसँग असुल्ने ब्याज र सेवा शुल्क पनि चर्को छ। बैंकहरूले कर्जामा अहिले १८ प्रतिशत ब्याज लिन थालेका छन्। साथै कर्जा दिँदा न्यूनतम १ प्रतिशत सेवा शुल्क लिइन्छ। समयमा ब्याज बुझाएर कर्जा नवीकरण गर्दा पनि यस्तो शुल्क असुल्ने गरिएको छ। यसले कर्जा लिनेको लागत बढाएको छ। यति चर्को ब्याज लिएपछि पनि सेवा शुल्क लिनु न्यायोचित हुँदैन। राष्ट्र बैंकले यसमा विचार पुर्‍याउनुपर्छ।

निर्यातका लागि कर छुटलगायतका व्यवस्था वित्तीय नीतिमार्फत सरकारले गर्ने हो भने कर्जा सहज बनाउने काम मौद्रिक नीतिको हो। निर्यातमूलक वस्तु उत्पादन र निर्यातका लागि न्यून ब्याजदरमा कर्जा उपलव्ध हुनुपर्छ।। यसले उत्पादन लागत घटाउँछ र प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ। यस्तो स्थितिमा अरू पनि यस क्षेत्रमा आकर्षित हुनेछन्। रोजगारी सिर्जना, राजस्व वृद्धि, विदेशी मुद्रा आर्जनजस्ता अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गतिविधि बढाउन निर्यात प्रबर्धन जरुरी छ।

बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको भनेर राष्ट्र बैंकले अहिले ख र ग वर्गका विकास बैंक र फाइनान्स कम्पनीलाई स्तरोन्नती गर्नसमेत रोकेको छ। तर संख्या जति बढेपनि बैंकिङ सेवा ३५ प्रतिशत नेपालीसम्ममात्र पुगेको छ। यसैले बैंक खोल्नै नदिने भन्दा सहरी क्षेत्रमा ठूलो बैंकका लागिमात्रै अनुमति दिने र बैंकहरूलाई एक आपसमा गाभिन प्रोत्साहित गर्ने नीति ल्याउनु उचित हुन्छ।

शोधनान्तर घाटा उच्च रहेका बेलामा आयात कम गराउने कर्जा नीति हुनुपर्छ। विकास निर्माणका लागि आवश्यक वस्तुबाहेक आयात गरिने अरू वस्तुका लागि दिइने कर्जामा ब्याज उच्च हुने नीति नै उपयुक्त मानिन्छ। राष्ट्र बैंकले सुनको आयात घटाउन कर्जा नीति कडा पारेको हालैको उदाहरण मननीय छ। यसैको परिणाम २४ अर्ब पुगेको शोधनान्तर घाटा १७ अर्बमा झरेको हो। कृषि उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न गाउँलेले सहजरूपमा बैंकको कर्जा पाउनुपर्छ। तरकारी खेतीदेखि पशुपालनका लागि सहज रूपमा सस्तो कर्जा पाउने नीति बनाइनुपर्छ।

मुलुक अहिले ‘रेमिट्यान्स'बाट धानिएको देखिन्छ। गोर्खा सैनिकका पेन्सनसहित रेमिट्यान्स वृद्विदर अहिले १४ प्रतिशत छ भए पनि गतवर्ष भन्दा घटेको छ। अर्थतन्त्र बचाउने रेमिट्यान्स पठाउनेका लागि भने कुनै विशेष सहुलियतको व्यवस्था छैन। रकम पठाउँदा लाग्ने शुल्क हटाएर वा अन्य कुनै व्यवस्था गरेर उनीहरूलाई पुरस्कृत गर्नुपर्छ। बैंकिङ प्रणालीमार्फत् रेमिट्यान्स पठाउनेलाई निश्चित सुविधाको व्यवस्था नगर्ने हो भने उनीहरू स्वतः हुण्डीतिर आकर्षित हुनेछन्। यो विषयमा पनि राष्ट्र बैंकले नयाँ व्यवस्था गर्नु जरुरी छ।

यस्ता नीति अवलम्बन गर्न नेपाल राष्ट्र बैंक स्वतन्त्र छ। आगामी तीन वर्षका लागि अन्तरिम योजना कार्यान्वयनमा ल्याउने गृहकार्यमा राष्ट्रिय योजना आयोग छ। यही योजनामा आधारित भएर वार्षिक बजेट आउने हो। बजेट र योजना निर्माणको अनुभव भएका गभर्नर खतिवडाको इच्छाशक्ति बलियो भए मौद्रिक नीति ल्याउन त्यति कठिन हुने छैन। उनले कस्तो नीति कसरी तर्जुमा र कार्यान्वन गर्ने हुन् भन्ने प्रतीक्षा छ।
अर्को समाचार
शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतीक्षा
०५ साउन २०८०
•
८ मिनेट पाठ
शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतीक्षा
फाइल तस्वीर
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ। मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरूले आफ्ना उत्पादन घटाउनु परेको छ भने ती उत्पादन, वितरण र बिक्रीमा संलग्न लाखौं व्यावसायी तथा पेशाकर्मीहरूको आयमा त्यसले प्रत्यक्ष असर पारेको छ।

नेपाल राष्ट्र बैंककै अध्ययनले उद्योगहरूले ६० प्रतिशतसम्मले उत्पादन कटौती गर्नुपरेको देखाएको छ। यसले सरकारले संकलन गर्ने राजस्वमा समेत नकारात्मक असर गरेको छ।

केन्द्रीय तथ्यांक कार्यालयले जारी गरेको चालु वर्षको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी)को अनुमान अनुसार अर्थतन्त्रका तीन मुख्य क्षेत्र उत्पादन, निर्माण र व्यापार क्षेत्रको वृद्धि दर दुई प्रतिशतभन्दा बढीले नकारात्मक हुने अवस्था छ। देशको अर्थतन्त्रको स्वास्थ्यको मापन गर्दा यी लक्षण शुभसंकेत होइनन्। समग्र अर्थतन्त्रकै न्यून वृद्धिले पनि निजी क्षेत्र सहज अवस्थामा छ भन्ने देखाउँदैन।

अर्कोतर्फ निरन्तर बढ्दो ब्याजदरका कारण धेरै बचतकर्ताले बचत निक्षेपलाई मुद्दतिमा परिणत गर्दा कर्जाको ब्याजदर बढेको छ। यसले गर्दा अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र अहिलेको चर्को ब्याज दरमा ऋण लिएर लगानी गर्न सक्ने अवस्थामा छैन। विगतको तथ्यांकले ब्याजदर न्यून हुँदा निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढेको देखाउँछ।

नेपाल राष्ट्र बैंककै अध्ययनले उद्योगहरूले ६० प्रतिशतसम्मले उत्पादन कटौती गर्नुपरेको देखाएको छ। यसले सरकारले संकलन गर्ने राजस्वमा समेत नकारात्मक असर गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा आठ प्रतिशतको हाराहारीमा ब्याजदर हुँदा त्यस्तो कर्जा प्रवाह २६ प्रतिशतले बढेको थियो भने यो वर्ष २०७९/८० मा ब्याजदर करिब १३ प्रतिशतसम्म पुग्दा कर्जा परिचालन तीन प्रतिशतले मात्र बिस्तार भएको छ।

त्यसैगरी निजी क्षेत्रमा कर्जा विस्तार हुँदा आर्थिक वृद्धि दरको अवस्था सकारात्मक देखिएको विगत खोज्न पनि धेरै टाढा जानु पर्दैन।

कर्जाको ब्याजदरले लगानीको वृद्धि, व्यापार व्यवसायको विस्तारदेखि रोजगारी सिर्जना र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्छ भन्नेमा दुई मत छ भन्ने मलाई लाग्दैन।

अहिले अर्थतन्त्रमा देखिएको शिथिलता र समग्र मागमा आएको कमीका कारण उद्योग तथा व्यवसाय संकटमा छन्। कतिपयलाई त तत्कालै सहयोग गर्नुपर्ने आवश्यकता समेत देखिएको छ। त्यसैले यस्तो अवस्थामा निजी क्षेत्रले आशा र भरोसाका साथ नेपाल राष्ट्र बैंकतर्फ हेरिरहेको छ, हेर्ने पनि त्यतै हो।

विशेष परिस्थितिमा त्यस्तै विशिष्ठ प्रकारको आशा राख्नु पनि अन्यथा होइन। यसै विशेष आशाका साथ नै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले केन्द्रीय बैंकलाई संयुक्त रूपमा सुझाव पनि पेस गरिसकेका छन्। आफ्ना अप्ठ्यारा र तिनको समाधानका लागि राज्यले गर्नुपर्ने दायित्वका विषयलाई ती सुझावमा प्रकाश पारिएकै छ।

अहिले अर्थतन्त्रमा देखिएको शिथिलता र समग्र मागमा आएको कमीका कारण उद्योग तथा व्यवसाय संकटमा छन्। कतिपयलाई त तत्कालै सहयोग गर्नुपर्ने आवश्यकता समेत देखिएको छ।
गएको एक दशक नेपाली अर्थतन्त्रका लागि ज्यादै चुनौतीपूर्ण र उतारचढावपूर्ण रह्यो। शक्तिशाली भूकम्प, नाकाबन्दी र कोरोना भाइरस महामारीसँग जुध्दै उच्च आर्थिक वृद्धिको अपेक्षाका साथ अघि बढिरहेका बेलामा देखिएको अन्तर्राष्ट्रिय मन्दी, आपूर्ति श्रृंखलामा अवरोध र रुस-युक्रेन युद्धका कारण भएको चर्को मूल्य वृद्धिले अर्थतन्त्रलाई पुनः मन्दीतर्फ धकेलेको स्पष्टै छ। त्यस्तो संकटको अवस्थामा केन्द्रीय बैंकले बैंकदर, नीतिगत दर, ब्याजदर तथा विभिन्न प्रकारका मौद्रिक उपकरणमार्फत निजी क्षेत्रको वृद्धि र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ। कोभिड कालमा ठूलो मात्रामा व्यवसाय गुमाउन पुगेका पर्यटन लगायत क्षेत्रको उत्थानमा पनि राष्ट्र बैंकको भूमिकालाई निजी क्षेत्रले सराहना गरेकै हो।

त्यसैले अहिलेको अन्यालको अवस्थामा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा विश्वास बढाउने खालका नीतिहरु ल्याउनुपर्छ। हालका लागि अनिवार्य नगद अनुपात, बैंकदर र नीतिगत दर बजारको आवश्यकता अनुसार घटाउनुपर्छ भने जोखिमको आधारमा ‘नेट लिक्विड एसेट्स’को व्यवस्थापन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।

ठूलो मात्रामा बचत खाताको रकम मुद्दतिमा परिणत गरिएकाले अब मुद्दति निक्षेपको समयावधि अनुसार ब्याजदर फरक हुन सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ। त्यसमा पनि बचत निक्षेप र मुद्दति निक्षेपमा ब्याज दरको अन्तर पाँच प्रतिशत हुनुपर्ने व्यवस्था हटाउनुपर्छ। बजारको मनोबल कमजोर र मागमा उच्च गिरावट भएका बेलामा उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा संकुचन आएकाले ‘डेब्ट इक्विटी’ अनुपातमा कम्तीमा आगामी एक वर्षका लागि लचकता अपनाउनुपर्छ।

कर्जा बिस्तारका लागि लचिलो मौद्रिक नीति निजी क्षेत्रको आफ्नो मात्र अजेण्डा होइन, समग्र बजारलाई चलायमान गराउन पनि मौद्रिक नीतिले लचिलो बन्नुपर्ने आवश्यकता रहन्छ।

आम जनतालाई ज्यादै प्रभावित गर्ने नीतिगत परिवर्तनमध्ये रेमिट्यान्स कम्पनीमार्फत् स्वदेशमा पैसा पठाउन नपाउने व्यवस्था हो। रेमिट्यान्स कम्पनीमार्फत् आन्तरिक रूपमा नगद पठाउने विगतको सीमा तीन लाख रुपैयाँबाट घटाउँदै गएर २५ हजार रुपैयाँ गरिएको थियो तर अहिले कुनै पनि प्रकारको रकम पठाउन नपाउने व्यवस्था छ। यसले मजदुर, विद्यार्थी लगायत अनौपचारिक क्षेत्रमा काम गरिरहेका लाखौं मानिस प्रभावित छन्। अझै पनि ग्रामीण क्षेत्रका धेरै स्थानमा इन्टरनेटको सहज पहुँच छैन र बैंकका शाखामा पनि सहज पहुँच पुग्न सकेको छैन।

आम जनतालाई ज्यादै प्रभावित गर्ने नीतिगत परिवर्तनमध्ये रेमिट्यान्स कम्पनीमार्फत् स्वदेशमा पैसा पठाउन नपाउने व्यवस्था हो।
यस्तो अवस्थामा रेमिट्यान्स कम्पनीमार्फत् पैसा पठाउन रोक्नु भनेको निम्न वर्ग र दुर्गमका जनतालाई सास्ती थप्नु मात्र हो। यो सेवा बन्द गरिदिंदा रेमिट्यान्स कम्पनीका हजारौं आउटलेट बन्द भएका छन्। त्यसैले परिचय पत्रको आधारमा त्यस्ता कम्पनीमार्फत् कम्तीमा पनि एक लाख रुपैयाँसम्म आन्तरिक रूपमा पठाउने व्यवस्था हुनुपर्छ।

कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा व्यवसायको प्रकृति अनुसार लगातार कम्तीमा सात दिन शून्य वक्यौता कायम गर्नुपर्ने व्यवस्था पनि व्यवहारिक छैन। त्यस्तो व्यवस्था हटाउनुपर्छ भन्ने निजी क्षेत्रको माग हो।

त्यस्तै चालु पुँजी कर्जाका लागि दुई फरक खाताको आवश्यकता पर्ने गरी हाल गरिएको व्यवस्था पनि अव्यावहारिक छ। यस्तो कर्जाका लागि एक वर्षको कारोबारलाई मात्र आधार मान्दा चालु पुँजीको यथार्थ आकलन हुन नसक्ने भएकाले अघिल्लो चार आर्थिक वर्षको कारोबारलाई आधार मानी धेरै कारोबार हुने वर्षको आधारमा गणना गर्नुपर्छ।

यसका साथै उत्पादमूलक उद्योगले वर्षको दुई उत्पादन चक्रसमेत पूरा गर्न मुस्किल परिरहेको अवस्थामा चालु पुँजी कर्जाको २५ प्रतिशतको सीमालाई बढाउनुपर्छ। उत्पादनमूलक उद्योग र व्यापारका लागि कर्जाको मापदण्ड फरक हुनुपर्छ र यो व्यवस्था चालु पुँजी कर्जामा पनि लागू गर्नुपर्छ। स्थायी प्रकृतिको चालुपुँजी कर्जाको व्यवस्था गर्नुपर्छ।

कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा व्यवसायको प्रकृति अनुसार लगातार कम्तीमा सात दिन शून्य वक्यौता कायम गर्नुपर्ने व्यवस्था पनि व्यवहारिक छैन। त्यस्तो व्यवस्था हटाउनुपर्छ भन्ने निजी क्षेत्रको माग हो।
हालको विषम परिस्थितिमा उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिबद्धता व्यक्त गरेका उद्योगलाई बन्द गर्न दिइ सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई दिएको सुझाव अनुसार साना तथा मझौला उद्योगलाई परियोजना कर्जा दिने व्यवस्था गर्नुपर्छ।

निजी क्षेत्र र विज्ञहरुले समेत लामो समयदेखि माग गर्दै आए पनि ‘स्टार्टअप’ तथा साना एवं मझौला उद्यमको वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो व्यवस्था लागु गर्न अब ढिला गर्नु हुँदैन भन्ने हाम्रो सुझाव हो। त्यस्ता उद्यमलाई दिइने कर्जाको सीमा पनि बढाएर कम्तीमा पाँच करोड रुपैयाँ बनाउनुपर्छ।

ब्याजदरमा विशेष सहुलियतमार्फत उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्ने त हाम्रो विगतदेखिकै माग हो। त्यसैगरी हामीले कर्जाको ब्याजदरमा लिइने प्रिमियमा पनि न्यून हुनुपर्छ भनेर भनिरहेका छौं।

यसबाहेक प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनमूलक, साना तथा मझौला एवं निर्यातमूलक उद्योग, पर्यटन पूर्वाधार, केवलकार, महिला उद्यमीले सञ्चालन गरेका व्यवसाय लगायतका क्षेत्रमा पुनः कर्जाको व्यवस्था गर्नुपर्छ भन्ने निजी क्षेत्रको माग रही आएको छ।

हामीले अहिले कुरा गरिरहेको यो अवस्था अर्थात समय सामान्य समय होइन भन्ने कुरा त सबैलाई विदितै छ। त्यसैले यस्तो विशिष्ठ परिस्थितिका बेलामा परम्परा धान्ने मात्र भन्दा पनि समयलाई सम्बोधन गर्न सक्ने खालको नविनतम् मार्ग नेपाल राष्ट्र बैंकले प्रशस्त गर्न सकोस् भन्ने निजी क्षेत्रको चाहना हो। समयसापेक्ष यस्तो नीतिले नै समयले निर्माण गर्न पुगेको जटिल अवस्थालाई चिर्न सक्छ भन्ने हाम्रो आकलन छ।

निजी क्षेत्र र विज्ञहरुले समेत लामो समयदेखि माग गर्दै आए पनि ‘स्टार्टअप’ तथा साना एवं मझौला उद्यमको वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो व्यवस्था लागु गर्न अब ढिला गर्नु हुँदैन भन्ने हाम्रो सुझाव हो।
नरम मौद्रिक नीतिले नै निजी क्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै संकटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई लड्नबाट बचाउन सक्ने अपेक्षा हाम्रो छ। मलाई लाग्छ नेपाल राष्ट्र बैंकले हाल मस्यौदा गरिरहेको मौद्रिक नीति यस्तै समय सापेक्ष एवं पहिचान भइसकेका समस्याहरूको सम्बोधन र निदान गर्न सक्ने पक्षमा आउनेछ भन्ने प्रतीक्षामा हामी समग्र निजी क्षेत्र छौं र मुलुकको अर्थ व्यवस्था पनि छ।

(नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालसँग राससका समाचारदाता रमेश लम्सालले गरेको कुराकानीमा आधारित)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस