'अमेरिका, गो एन्ड फक विथ योर अटमबम' सन् सत्तरीको दशकमा अमेरिकी कवि एलेन गिन्सबर्गको यो कविता विश्वविख्यात थियो।
गिन्सबर्ग गरिब र विकासशील मुलुकका कवि लेखकका लागि प्रेरक व्यक्तित्व थिए। भियतनाम युध्दको त्रासदी पीडित अमेरिकीका माझ उनको लोकप्रियता चुलिएको थियो। उनी हिप्पी पुस्ताको प्रतिनिधित्व गर्दै काठमाडौ आएका थिए। गिन्सबर्गको लोकप्रिय भावलाई त्यतिखेर नेपालको साहित्यिक समाजमा कवि शैलेन्द्र साकारले फैलाएका थिए। त्यसकालका हामी नवोदित साहित्यकारहरू गिन्सबर्गका प्रशंसक थियौं। उनी हाम्रा लागि परिवर्तनका प्रतीक थिए।
असीको दशकमा गिन्सबर्गसँग भेट्ने, कुरा गर्ने र कविता सुन्ने अवसर पाएपछि म गदगद् भएको थिएँ। त्यतिखेर उनी नजीकको सहर स्यान फ्रान्सिस्काबाट स्टानफोर्ड विश्वविद्यालयको निम्तोमा कविता सुनाउन आएका थिए। त्यस बेला अमेरिकामा निकारागुवा चर्चित थियो, अहिलेको अफगानिस्तानजस्तै। ड्यानियल ओर्तेगा निकारागुवाका तानाशाह समोजाविरुध्द लड्दै थिए। अमेरिकाको वौध्दिक समाज ओर्तेगाको पक्ष विपक्षमा बाँडिएको थियो।
पालो आल्टोस सहरको ओल्ड-प्रो वारमा समकालीन राजनीतिको चर्चा हुन्थ्यो। त्यतिखेर अमेरिकीले बडवाइजर र कुर्स बियर बहिष्कार गरेका थिए - ओर्तेगाको पक्षमा होइन, नेल्सन मण्डेलाको पक्षमा। ती दुवै कम्पनीले दक्षिण अफ्रिकाका गोरो शासनसंग व्यापार गरेका थिए। सामान्य अमेरिकीलाई यो मन परेको थिएन। हामी प्रिन्टर्स इन्क नाउँको किताब पसलमा बसेर दक्षिण अफ्रिकासँग व्यापारगर्ने बहुराष्ट्रिय कम्पनीको नाफा नोक्सानको वासलात बनाउने गर्दथ्यौँ। यस्तो वासलात रंगभेद विरोधी प्रकाशनमा छापिन्थे।
समोजा शासनविरुध्द ओर्तेगाको छापामार लडाई चलिरहेकै बेला जोन फुनाविकी, चार्ल्स रेडिन, नान्सी स्जोकानलगायतका हामी विश्वविद्यालयमा अध्ययनरत केही पत्रकार साथीहरूले मण्डेलाको समर्थनमा सत्याग्रहको कार्यक्रम बनायौँ। गान्धीको नाम आफैँमा एउटा चमत्कार थियो। हामीले अपेक्षा गरेभन्दा धेरै ठूलो सहभागिता थियो त्यस सत्याग्रह कार्यक्रममा।
आफूलाई 'डिग्' भनाउन रुचाउने दिगम्बर झा नाम गरेका एक सज्जनले गान्धी भजनको पहिलो पंक्ति गाएका थिए, 'इश्वर अल्लाह तेरो नाम' हामी सबैले वाक्य पूरा गरेका थियौँ 'सबको सम्मति दे भगवान!'
राष्ट्रपतिको चुनावमा अबैपति रोस पेरोटको प्रवेश, वाल्टर मोण्डेलको पराजय र रोनाल्ड रेगनको विजयबीचमा माइकल ज्याक्सन स्टानफोर्ड स्टेडियममा प्रस्तुत भएका थिए आशा र भरोसाको महान गीतका साथ। कुनै कलाकारलाई सुन्न पनि मानिसको महासमुद्र उर्लिन सक्दोरहेछ भन्ने पहिलो अनुभव त्यसैबेला भयो। 'वी आर दि वर्ल्ड वी आर दि चिल्ड्रेन' एमजेसँगै प्रशान्त महासागरको पश्चिमी किनार पूर्णरूपले तरंगित भइरहेको थियो।
युरो कम्युनिज्मको धूम मचिएको त्यस समयमा अमेरिकीहरू प्रोफेसर जोन गर्लीसँग मार्क्स, लेनिन र माओका सैध्दान्तिक सूत्र विवेचना गर्ने शैली सिक्थे। आफू स्वयं मार्क्सवादी भए पनि प्रोफेसर गर्ली निष्पक्ष अध्यापनका लागि प्रख्यात थिए। समकालीन वैज्ञानिक क्षेत्रमा मार्क्सवादी आलोचनाको सकारात्मक योगदानको 'क्वान्टम थ्योरी'मा डुबेको थियो तत्कालीन अमेरिका। सामाजिक, राजनीतिक र वैज्ञानिक अध्ययनका लागि भित्रिएका हूलका हूल चिनिया भने अमेरिकाका विभिन्न राज्यमा शरणार्थीका रूपमा हराउने गर्थे। अमेरिकीहरू तिनैसँग चिनिया भाषा सिक्थे र व्यापारको सम्भावना खोज्न सांघाई पस्थे।
नेपाली उति धेरै थिएनन् त्यतिखेरको अमेरिकामा। शेर्पाका केही परिवार, केही कुलीनहरू, केही अध्येता र शिक्षक- निकै पातलो थियो नेपालीको बस्ती। क्यालिफोर्नियाको युव सिटीमा भारतीयको बस्ती बसिसकेको थियो। त्यतिखेर पनि, हामी नेपाली नेपाली राजनीतिमा भारतीय प्रभावकै कुरा गर्थ्यौँ। निरन्जन कोइराला (उहाँलाई सभासद् शेखरका दाजु भनेर चिनाउन नपर्ला) वर्कलेमा पढदै हुनुहुन्थ्यो र होलिडे इन होटेल स्यानफ्रान्सिस्कोमा म्यानेजर हुनुहुन्थ्यो। त्यति बेलाका युरोपेली विद्वान्ले नेपाललाई दुई महादेशबीचको असान्दर्भिक राज्यका रूपमा चित्रण गरेको पढेर हामी आक्रोशित हुने गर्थ्यौँ।
दक्षिण एसियामाथि बी. एल. जोन्सनको किताब पढेपछि कोइराला आक्रामक हुनुभएको थियो। प्रोफेसर लियो रोजसँग उहाँको घनिष्ठता भएपनि उहाँको आफ्नै दृष्टिकोण थियो। स्विडिस समाजवादका प्रशंसक कोइराला कुन्नि किन हो, नेपाली राजनीतिमा सक्रिय हुन चाहनु भएन। उहाँको व्यक्तित्व अहिलेको नेपाली राजनीतिका लागि सुहाउँदो हिसाबले विकसित भएको पनि देखिएन।
बीसौं शताव्दीको अन्त्यतिर प्रोफेसर स्यामुयल हन्टिंगटनले प्रजातन्त्रको तेस्रो लहरको घोषणागर्दा हवाइ विश्व विद्यालयको इष्ट-वेष्ट सेन्टरको प्रज्ञा भवनमा मानिसहरूको भिड लागेको थियो। त्यसको एक दशकपछि त प्रजातन्त्रको त्यो लहर हामीकहाँ बाढीकै रूपमा आयो। अहिले हामी नेपालीहरू राजनीतिको जुन धरातलमा उभिएका छौँ, यहाँसम्मको यात्रालाई खासै कठिन मान्न सकिँदैन। राजनीतिको विकासक्रम कहिले उल्टो र कहिले सुल्टो बाटोबाट हुने गर्छ। एकताका निकारागुआ आन्दोलनहरूको केन्द्र विन्दुमा थियो। अहिले त्यो देश धानिएको मात्रै छ। दक्षिण अफ्रिका सबै प्रकारका विभेदबाट बाहिर आएर अफ्रिकाको आदर्श बनेको छ। यस पटक फुटबलका दक्षिण अमेरिकी महारथीलाई विश्वकप प्रतियोगितामा धुलो चटाएर दक्षिण अफ्रिकाले 'पावर सिफ्ट' को स्पष्ट संकेत दिएको छ।
परिवर्तनका यी युगान्तकारी लहर अमेरिकाबाटै निःसृत भएका छन् भन्दा धेरैले आँखी भौँ खुम्च्याउने छन् तर, सत्य यही नै हो। देशमा परिवर्तनको लामो लडाइँ लडेका अमेरिकाविरोधी पार्टी र तिनका नेताकार्यकर्ताको मनमा अमेरिका पुग्ने रहर फस्टाउँदै गएको छ। अमेरिका र यसको अद्भुत सहर न्युयोर्क नपुगेसम्म नेताहरूको व्यक्तित्वमा चमक आउँदैन। असीको दशकमा स्वर्गवासी राजा वीरेन्द्र अमेरिका भ्रमणमा आउँदा उनका विचारभन्दा उनले लगाएको दौरा सुरुवाल विचित्रको पहिरनका रूपमा वाशिंगटन पोस्ट समाचारपत्रको चटपटे समाचार बनेको थियो। रानी ऐश्वर्यले सस्ता सामान पाइने स्टोरमा गरेको किनमेललाई नेपालको गरिबी चित्रण गर्न प्रभावकारी माध्यम बनाएका थिए पत्रकारहरूले। त्यतिबेलै राजा वीरेन्द्रले आफनो शासनको स्थायित्वको आधार मक्किएको भेउ पाइसकेका थिए। नभन्दै दुई दशकभित्रै नेपालबाट राजतन्त्र समाप्त भयो।
सामरिक शक्तिका कारणले मात्र अमेरिकाको वर्चस्व स्थापित भएको होइन। चीनका देंग स्याओ पेंगदेखि रुसका मिखाइल गोर्वाचोभसम्म- अमेरिकी आकर्षणमा नपरेका नेता विश्व राजनीतिमा कमै देखिए। ज्ञान र विज्ञानका विभिन्न आयामको प्रयोगमा अमेरिका सँधै अगाडि रह्यो। साम्यवाददेखि आतंकवादसम्मका सबै सैध्दान्तिक विचारको उदार अध्ययन, अनुसन्धान र प्रवर्ध्दनमा लागेको अमेरिकासँग यी सिध्दान्तको कुरूप पक्षसँग लड्ने शक्ति कहिल्यै कम भएको देखिएन।
'ओहो, तिमी आई पुग्यौ!' नेपालको राजनीतिक विकासक्रममा रुचि राख्ने पत्रकार जेकोबले बिनाभूमिका टिप्पणी गर्यो, 'नेपालमा अहिले भइरहेको प्रयोग 'पोलिटिकल्ली करेक्ट' छ।' माओवादी पार्टीले प्रधानमन्त्रीय प्रतिस्पर्ध्दामा भाग लिएको खबर पढेर ऊ दंग थियो। 'पर्दा पछाडि यसको अभिप्राय के छ भन्नेमा मलाई त्यति चासो छैन। विकासशील देशमा यस्ता राजनीतिक घटनाक्रमको विकास शून्यमा नै हुनेगर्छ। जे भएपनि, तिमीहरूको प्रजातान्त्रिक विकासक्रममा यो राम्रो घटना हो।'
तपाईहरूलाई जेकबको तर्क कस्तो लाग्यो त?