कप्तानको भूमिका
०६ साउन २०६७
•
७ मिनेट पाठ
कप्तानको भूमिका
नेपाली क्रिकेट टिमका कप्तान पारस खडकाले अगस्ट १४ देखि इटलीमा हुने पेप्सी विश्व क्रिकेट लिग डिभिजन- ४ को टिम छनोट प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्। खडकाले टिमको चयन गर्दा कप्तानसँग कुनै सल्लाह नगरिएकोमा गुनासो गरेका छन्।
यु १७ (१७ वर्ष मुनिका खेलाडीको) एवं यू १९ (१९ वर्ष मुनिका खेलाडीको) टिमको कप्तान छँदा भने खेलाडी चयन गरिँदा टोली नेताका रूपमा आफूसँग सल्लाह हुने गरेको पनि उनले स्मरण गराएका छन्।

खडकाको आपत्ति नेपाली खेल वृत्तमा धेरैलाई अनौठो लाग्न सक्छ। टिमको चयनजस्तो महत्वपूर्ण एवं दूरगामी असर पार्ने पक्रियामा कप्तानले खुलेआम आफ्नो भूमिका खोजेको घटना नेपालमा पहिले यसरी प्रकाशमा आएको थिएन। तर खडकाले छनोट गरिएको टिमप्रति भने गुनासो गरेका छैनन्। उनले छनोट पक्रियामामात्र असन्तुष्टि व्यक्त गरेका हुन्।

खड्काले औल्याएको प्रक्रियागत कमजोरीमा सुधार गर्ने हो भने त्यसबाट एउटा स्वस्थ एवं विश्वमा प्रचलिथ परम्परा स्थापित हुनेछ। यसबाट पछिका कप्तानले आफ्नो भूमिकाका बारेमा खुलेआम संचार जगतमा जानुपर्ने अवस्था आउने छैन। हुनत, अनुशासनका नाममा खेलाडीको मुख थुन्ने परम्परा भएको मुलुकमा खडकाको उद्गारलाई सहजरूपमा लिइएन भने पनि आश्चर्य चाहिँ मान्नु पर्दैन।

धेरै जसो खेलमा कप्तानको भूमिका औपचारिकतामा मात्र सीमित भए पनि क्रिकेटमा भने त्यस्तो हुँदैन। यो त खेलाडी मैदानमा पुग्नुअघि नै मानसिक रुपमा सुरु भइसक्ने र टिमको प्रदर्शनमा कप्तानको भूमिकाले प्रत्यक्ष असर पार्ने खेल हो। नेपालमा भने यस किसिमको अभ्यास पूर्णरूपमा भइसकेको छैन। सम्भवतः त्यसैको परिणाम हो खडकाको असन्तुष्टि।

क्रिकेटमा बलरको मूल्यांकन उसको बलिङ प्रदर्शनका आधारमा गरिन्छ। त्यस्तै ब्याट्सम्यानको मुल्यांकन उसको ब्याटिङ प्रदर्शनबाट हुन्छ। तर, एउटा कप्तानको मुल्यांकन उसको ब्याटिङ अथवा बलिङ प्रदर्शनका आधारमा मात्र हुदैन। त्यसका लागि उसको बलिङ/ब्याटिङ का साथै मैदान भित्र र बाहिर उसले अपनाएको रणनीति, विशेष परिस्थितिमा गर्ने खेलाडीको प्रयोग आदि गतिविधिका आधारमा गरिन्छ। त्यसैले नै अन्य खेलविपरीत क्रिकेट कप्तानमाथि जित अथवा हारको सोझो जिम्मेवारी हुन्छ।

क्रिकेट खेलमा मैदानभित्र कप्तानको भूमिका निकै महत्वपूर्ण हुने खेल हो। विपक्षी टिमका खेलाडीको क्षमता र कमजोरी बुझेर आफूअनुकूलको रणनीति बनाउने दायित्व कप्तानको हुन्छ। क्रिकेटको मैदान, पिचअनुरूप 'प्लेइङ इलेभन' मैदानमा ओराल्ने, मैदानभित्र आवश्यकताअनुसार तीव्र तथा स्पिन बलिङ आक्रमण गर्न लगाउने, क्षेत्र रक्षण मिलाउनेआदि काम कप्तानको जिम्मेवारीमा पर्छन्। र यो जिम्मेवारी निर्वाह गर्न कप्तानलाई त्यससम्बन्धी अधिकार पनि दिइएको हुन्छ। त्यसैले खेलको परिणामको ठूलो हिस्सेदारी कप्तानको काँधमा आउने गर्छ।

यसका लागि बलिङ र ब्याटिङमा उसबाट राम्रो प्रदर्शनको अपेक्षा त गरिएको हुन्छ नै तर तिनमा राम्रो गर्दैमा उसलाई सफल कप्तान मानिदैन। बरु कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा त्यसको दोषको भागीदार कप्तानलाई पनि बनाइन्छ। किनभने टिमका लागि खेलाडी चयन गर्दा कप्तानसँग पनि सल्लाह गरिएको हुन्छ।

राम्रो ब्याट्सम्यान अथवा बलर हुँदैमा असल कप्तान पनि भइन्छ भन्ने जरुरी छैन भन्ने उदाहरण त टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाएका भारतका ब्याट्सम्यान सचिन तेन्दुलकर र सर्वाधिक विकेट लिएका श्रीलंकाली स्पिनर मुथैया मुरलीधरन नै हुन्। तेन्दुलकर कप्तानका रूपमा सफल साबित हुन सकेनन् भने मुरलीधरनले सायदै कप्तानी गरेका छन्। एउटा असल कप्तानले टिमको मानसिक स्थितिलाई नै परिवर्तन गर्न सक्छ। यसका लागि भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुलीलाई हेरे पुग्छ। उनले नै हारको संघारमा पुगे पनि जितका लागि लडिरहने जुझारु संस्कृति भारतीय टिममा विकसित गरेका हुन्। यसका लागि कप्तानले जोखिमपूर्ण निर्णय पनि गर्नुपर्छ। त्यसैले सम्बन्धित संघ संस्थाले उसलाई पूरा विश्वास गर्नुपर्छ।

त्यो विश्वास टिम चयन गर्नेलगायत महत्वपूर्ण प्रक्रियामा कप्तानको राय सल्लाह लिनु पनि हो। कप्तानले टिम चयन प्रक्रियामा आफ्नो भूमिका खोज्छ भने त्यसलाई अधिकार खोजेको मात्र नठानी उसले टिमको प्रदर्शनको जिम्मेवारी पनि आफ्नो काँधमा लिने तत्परता देखाएको भनेर मान्नु बेस होला। खडकाको असन्तुष्टिलाई पनि उनको दायित्व पूरा गर्ने तत्परताका रूपमा लिइयो भने यसले नेपाली क्रिकेटलाई अगाडि बढाउन मद्दतै गर्नेछ।
अर्को समाचार
चितागोङको त्यो अनुभव
३० फागुन २०७०
•
६ मिनेट पाठ
चितागोङको त्यो अनुभव
ढाका (बंगलादेश)-शक्ति गौचनले नेपाली टोलीको नेतृत्व धेरै गरेका छैनन्। बंगलादेशमा भने उनी पहिलोपल्ट कप्तानको भूमिका बेगर खेलिरहेका छन्।पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा यात्रा अगाडि बढाउँदा शक्तिको गन्तव्य बंगलादेश नै थियो। उनकै कप्तानीमा नेपालले सन् २००० मा एसिसी यु–१७ एसिया कपमा खेलेको थियो। 
पछिल्लोपल्ट बंगलादेश आउँदा शक्ति नेपाली यु–१९ का कप्तान थिए। अवसर जुरेको थियो, २००४ आइसिसी यु–१९ विश्वकप।त्यतिबेला शक्ति र शरद भेषावकरको बंगलादेशको अनुभव, त्यो पनि चित्तागोङकै मैदानमा गरेको प्रदर्शनसम्झने हो भने त्यसले नेपाली क्रिकेटको अतीतब्युँत्याउन सहयोग गर्नेछ। विश्व ट्वान्टी–२० मा उनीहरूको त्यो अनुभव ‘प्लेट फर्म' बन्न सक्छ।
शक्ति कप्तान हुँदा शरद टोलीका प्रमुख ब्याट्सम्यान। त्यो भन्दा अघि शक्तिको कप्तानीमा नेपालले २००३ मा पाकिस्तानको कराँचीमा एसिसी यु–१९ कप दोस्रोपल्ट जितेको थियो। मलेसियासँगको फाइनलमा शरद म्यान अफ द म्याच थिए।
१० वर्षअघिको यु–१९ विश्वकपमा पहिलो खेल खेल्दा शरदले चित्तागोङमा ८२ रनको सानदार इनिङ्स खेलेका थिए। शरद सम्झन्छन्,’त्यो मेरो उत्कृष्ट इनिङ्समध्येमा पर्छ। टेस्ट खेल्ने राष्ट्रविरुद्ध त्यस्तो इनिङ्स खेल्न पाएको सम्झँदा अहिले पनि आनन्द लागेर आउँछ।'८ वर्षसम्म यो स्कोर नेपाली खेलाडीको यु–१९ विश्वकपमा उच्च स्कोरकोरूपमा रह्यो। २०१२ मा प्रदीप ऐरीले नामिबियाविरुद्ध अविजित ९८ रन बनाएपछि कीर्तिमान शरदको नामबाट खोसिएको हो। 
अर्को खेलमा शक्तिले त्यस्तो इनिङ्स खेले, जसले नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्यावयो। मञ्जित श्रेष्ठले ४ विकेट लिएपछि दक्षिण अफ्रिका १ सय ५६ रनमा अलआउट भयो। शक्तिले धैर्यताको नमुना देखाउँदै १ सय ४० बल खेलेर अविजित ५१ रन बनाएपछि नेपालले २ बलअगाडि दक्षिण अफ्रिकामाथि १ विकेटको सनसनीपूर्ण विजय पाएको थियो। यू–१९ विश्वकपका अप्रत्याशित नतिजा नेपालको यो विजय पनि पर्दछ।
‘मेरो क्रिकेटको महŒवपूर्ण पाटाहरू बंगलादेशसँग जोडिएको छ, मसँग बंगलादेशको राम्रो अनुभव छ,' नेपाली टोलीका सबैभन्दा पाका सदस्य शक्तिले भने, ‘बंगलादेशको विकेट फ्ल्याट हुन्छ, बलरलाई खासै सजिलो हुँदैन। बल अलिस्लो पनि बस्छ। एसियाली राष्ट्रको ट्र्याक प्रायः एकै हो। स्पिनरलाई राम्रो सहयोग गर्छ।'
चित्तागोङ फर्कन पाउँदा उनी उत्साही छन्। ‘दक्षिण अफ्रिकामाथि विजय पाउनु एउटा ठाउँमा छ, त्यतिखेर हाम्रा लागि यु–१९ विश्वकप भनेकै सबै थियो,' १० वर्षअघि चित्तागोङमा यु–१९ विश्वकप खेल्दाको स्मरण गर्दै नेपाली टोलीका सवैभन्दा अनुभवी सदस्य भन्छन्, ‘एउटा टिमको हिसाबले हामीले राम्रो गर्न सकेनौं। दक्षिण अफ्रिकालाई पराजित गर्दा इतिहाँस नै निर्माण गरेका थियौं। हाम्रो लक्ष्य दोस्रो चरणमा जाने थियो। त्यस हिसाबमा हामीले लक्ष्य पुरा गर्न सकेका थिएनौं।'
‘डाक्टर पढ्न गएका विधार्थीहरु रंगशालामा आएर हामीलाई राम्रो समर्थन गरेका थिए। यसले हाम्रो निकै हौसला बढेको थियो। अहिले पनि बंगलादेशमा गएर पढने विधार्थीहरु धेरै छन् भन्ने सुनेको छु, त्यसैले हामीलाई घर बाहिर गएरु खेल्दै छौं भन्ने नपर्ला।'
शरद १० वर्ष अगाडीको त्यो खेलसँगको स्थिति धेरै फरक भइसकेको बताउछन्। (त्यत्ति खेर चित्तागोडको विकेट घाँसे थियो, फास्ट बलरलाई राम्रो थियो, हामीले ढाकामा अहिले दुई अभ्यास खेल खेल्दा विकेट पुरै स्पिन मैत्री थियो, त्यसैले अहिलेको स्थिति फरक हुन सक्छ) शरद भन्छन, ( पहिला हामीले ५० ओभरको खेल खेलेका थियौं र अहिले ट्वान्टी २० ओभरमा खेल्दै छौं। )
नेपालको लक्ष्यमा शक्ति यस पटक पनि स्पष्ट छ। ‘विश्व ट्वान्टी–२० मा पनि हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्ने हो, नभए कम्तिमा एउटा अप्रत्यासित नतिजा निकाल्नै पर्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस