नयाँ प्रधानमन्त्रीको छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो लेख पाठक समक्ष पुग्दासम्म प्रम पदका प्रत्याशीहरुले नामाङ्गन पत्र दर्ता गराइसकेको मात्र हुने छैनन्, नयाँ सत्ताशीन गठनबन्धनको स्वरुप समेत लगभग प्रष्ट भइसकेको हुनेछ।
जटिल राजनीतिक र संवैधानिक समस्याहरुले ग्रसित यस राष्ट्रको भावी प्रमुख कार्यकारी अधिकृतका रुपमा कुन पार्टीको कुन नेताको पदस्थापन हुनेछ भन्ने कुराको छिनोफानो पनि अबको केही घण्टाभित्रै भइसक्नेछ। अहिलेकै घडीमा नयाँ प्रधानमन्त्री हुने ब्यक्तिको नाम ठ्याक्कै खुटयाउन भने सकिदैन। मतदानको क्षणसम्म समर्थनको समीकरण फेरिनसक्छ। तर एउटा कुरो भने अकाट्य जस्तै छ -गणतन्त्रको घोषणा पछि बन्ने नेपालको चौथो प्रधानमन्त्री एनेकपा माओवादी पार्टीको मानिस भने हुनेछैन। संविधान सभारुपी ब्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल भएर पनि माओवादी पार्टीले सरकारको नेतृत्व लिन नपाउँनु यस मुलुकको सत्ता संघर्षको परिदृष्यमा देखापरेको अस्वाभाविकता हो। तर यो अस्वाभाविक परिस्थितिको जननी अरु कोही नभएर त्यो उग्रवामपन्थी समूह स्वयम् भएकाले यसलाई एउटा विडम्वनाका रुपमा पनि हेर्न सकिन्छ।
यो विडम्वना मात्र पनि होइन, त्यस कम्युनिष्ट घटकका कर्ताघर्ता प्रचण्डको असफलताको परिचायक पनि हो। ब्यावहारिक राजनीतिका बाध्यताहरु, समयको निर्देश, राजनयिक कौशलले माग्ने लचकता आदिसंग टाढाको पनि साइनो नभएको रुढाग्रही नेतृत्वले छँदाखाँदाको संगठनको साखलाई कसरी धुलीसात पार्नसक्दो रहेछ भन्ने कुराको ज्वलन्त दृष्टान्त बनेको छ - एनेकपा माओवादी पार्टी। संविधान सभामा बहुमत नपाएको तर सबैभन्दा ठूलो दलका रुपमा उपस्थित त्यस संगठनले आफ्नो सामर्थ्य र कमजोरीको ठिक ठिक आकलन गर्दै राष्ट्रका सामु ब्यक्त गरेको प्रतिवद्धताप्रति पूर्ण निष्ठा जनाउदै संविधान निर्माणको महान राष्ट्रिय एजेण्डा सफल पार्न सकारात्मक भूमिका निर्वाह गर्न खोजेको हुन्थ्यो भने सत्ताकी देवी उससंग रुष्ट हुनुपर्ने कुनै कारण थिएन। फरक सैद्धान्तिक धरातल भएकाहरुसंग सहकार्य गर्न तयार भएपछि त्यसले अपेक्षा गर्ने मिलनसारिता आफूमा विकसित गर्न पर्दथ्यो। प्रचण्डले संझौताको राजनीतिको त्यो पहिलो सर्त सम्म पनि पालना गरेनन्। उनी र उनको पार्टीको राजनीतिक तागत कमजोर हुँदै जानुको एक मात्र कारण यही हो।
प्रचण्डहरुको नेतृत्वमा माओवादीले विक्रमीय २०५२ सालको हिउँदमा छापामार लडाइँका माध्यमबाट केन्द्रिय सत्ता कब्जा गर्दै सर्वहाराहरुको अधिनायकवादमा आधारित कम्युनिष्ट शासनको स्थापना गर्ने भन्ने आधारभूत रुपमै गलत, टिक्ने संभावना विल्कुलै नभएको र २१ औं शताब्दीको विश्व जनमतबाट सोझै तिरष्कृत हुने राजनीतिक आन्दोलन शुरु गरेर जुन ऐतिहासिक भूल गरेको थियो, त्यसबाट भएको क्षति किस्ता किस्तामा किन नहोस्, त्यस कम्युनिष्ट घटकले अहिलेसम्म पनि बेहोरिरहेको छ।
राजनीतिक चिन्तन माथि हिंसाचारी भावनाको रजाइँ हुने संस्कृतिमा आधारित त्रुटिपूर्ण आन्दोलनका नकारात्मक उपोत्पादनका रुपमा उभारमा आएका विपक्षप्रति असहिष्णुता, ब्यक्तिको प्रतिष्ठाको अवमूल्यन, गुण्डागर्दीका बलमा गरिने अर्थ सञ्चय, फौजी संगठनका भरमा हुने भयादोहन र आतङ्कको प्रसारले आजको माओवादी पार्टीको समग्र स्वरुप निर्माण भएको देखिन्छ। माओवादीको त्यस्तो डरलाग्दो छविका कारण इतर पार्टीहरु त्यससंग त्रसित त छन् तर त्यसको प्रभूत्व कायम हुन नदिन पनि उत्तिकै सक्रिय छन्।
मूल्य, मान्यता, कार्यशैली र केही हदसम्म सैद्धान्तिक आधारशीला समेत फरक भएको माओवादीको यथास्थितिमा प्रभूत्व स्वीकार गर्नु भनेको आत्मसमर्पण गर्नु हो र आफ्नै हातबाट आफ्नो अस्थित्व समाप्त पार्नु हो भन्ने निचोडमा पुग्न बाध्य भएका यी दलहरुले पछिल्लो समयमा एकगठ भएर कम्तिमा पनि संसदीय मोर्चामा त्यसको मुकाविला गरिरहेका छन्। प्रधानमन्त्रीको पहिलो प्रबल दावेदार मानिएको संसदको त्यो विशालतम समूह अहिले पनि सरकारको नेतृत्व गर्नबाट बञ्चित हुनुको पछाडि माओवादी इतर पार्टीहरुको त्यही मनविज्ञानले काम गरेको देखिन्छ।
माओवादी र इतर दलहरुको मनोवैज्ञानिक युद्धको चपेटामा परेर संविधान लेखन प्रक्रियामा ब्यवधान पैदा हुनु चाहिँ मुलुकका लागि ठूलो दुर्भाग्यको विषय हो। अहिले प्रत्येक छ महिना- वर्ष दिनको अन्तरालमा प्रधानमन्त्री पदको पजनी गर्ने नितान्त सत्ताकेन्द्रित कसरतका कारण संविधान निर्माणको महान् राष्ट्रिय एजेण्डा ओझेलमा पर्दै गएको छ। ऐतिहासिक संविधान सभा निष्प्रभावित भई दशकौं देखि विद्यमान संवैधानिक रिक्तताको खाडल अझ फराकिलो हुने र राष्ट्रमा विद्यमान राजनीतिक संकट गहिरिदै जाने जोखिम दिनानुदिन बढिरहेको छ।
माओवादीलाई सत्ताको साँचो नसुम्पिई संविधान निर्माण र शान्ति स्थापनाको प्रक्रिया तात्विक निश्कर्षमा पुग्न सक्दैन भन्नेहरुले यस पटक पनि माओवादी नेतृत्वमा सरकार नबनेपछि यो मुद्दालाई बलियोसंग उठाउनेछन्। यतिवेला माओवादी इतर दलहरुले माओवादीको नेतृत्वमा सरकार बन्न नसक्नाका सैद्धान्तिक र ब्यावहारिक कारणहरु, संविधान लेखनप्रति माओवादीको क्रियात्मक योगदान अथवा त्यसको अभावको अवस्था र सरकारको नेतृत्व र संविधान लेखनका बीच रहेको विभेदका बारेमा जनतालाई सुसुचित गर्नु आवश्यक छ। संविधान सभा गठन भए देखि नै माओवादीले आफ्नो प्राथमिकतामा सत्ता कब्जालाई सबभन्दा माथि र संविधान लेखनलाई पुछारमा राख्दै आएको कुरा पनि जनताले बुझ्नु जरुरी छ।
सैद्धान्तिक आधारशिलाको हिसाबले एउटा मार्क्सवादी संगठनलाई रुचिकर हुनै नसक्ने संविधान सभाको एजेण्डा लिएर चुनावी राजनीतिमा ओर्लिएको क्षणदेखि नै एनेकपा माओवादी अन्यौल, अनिश्चितता र द्विविधाको भूमरीमा रीङरहेको छ। यस्तो लाग्छ उसलाई बुर्जुवा पुँजीवादी प्रजातान्त्रिक संविधान लेख्नु छैन। त्यस वामपन्थी दललाई कुनै पनि राज्यविधान लेख्नु छ भने मार्क्सवादी पार्टी अधिनायकवादमा आधारित जनसंविधान लेख्नुछ। तर आजको नेपाली जनताको बहुमत कुनै पनि प्रकारको तानाशाहीको प्राणप्रतिष्ठा गर्ने खालको राज्यविधानको पक्षमा खडा हुन सक्दैन। विश्वबाटै एकपार्टी तानाशाही प्रणाली बहिष्कृत भइसकेको समय हो यो।
कम्युनिष्ट पार्टीभित्रै पनि फरक विचारले आफ्नो आवाज धीमैस्वरमा किन नहोस् उठाउन थालेको वेला पनि हो यो। यस्तो समयमा माओवादीले संविधान सभामा पाएको सम्मानजनक स्थानलाई तात्कालिक रुपमा सत्ता हासिल गर्ने र त्यो सत्ताको आधारमा अलोकतान्त्रिक प्रणालीको जग हाल्ने खालको संविधान जारी गर्ने उपकरणका रुपमा प्रयोग गर्न खोज्दछ भने लोकतन्त्रमा विश्वास गर्ने नेपाली जनताले उसको त्यो प्रयत्नलाई निष्फल बनाइरहनेछन्। आफ्ना कुनै पनि प्रतिवद्धता पुरा नगरी प्रधानमन्त्रीको पदमा दावी गरेकै कारणले माओवादी पाखा लागेको हो।