एमाले निर्णयको औचित्य
०५ साउन २०६७
•
८ मिनेट पाठ
एमाले निर्णयको औचित्य
नेकपा (एमाले)ले आफ्नो तर्फबाट प्रधानमन्त्रीका रूपमा झलनाथ खनाललाई अघि सार्ने निर्णय गर्दा कम्तीमा दुई तिहाइ बहुमत सुनिश्चित गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। सबै दलबीच सहमति हुन नसके दुई तिहाइ बहुमतबाट संविधान पारित गर्न सकिन्छ।
यसैले यो आधार लिइएको हुनसक्छ। तर, पुष्पकमल दाहालले दुई तिहाइ बहुमत हु'दा पनि केही गर्न नसकेको इतिहास हेर्दा भने गणितभन्दा सहमति ठूलो हो भन्न करै लाग्छ।

माओवादीले समर्थन गर्ने हरियो संकेत देखाएकाले हो कि झलनाथ खनाल प्रधानमन्त्री बन्न बढी नै लालयित देखिनुभएको छ। माओवादीकै भर गरेर उहाँले विगत १३ महिनादेखि लगातार ‘राष्ट्रिय सहमति' को नारा लगाउँदै आउनुभएको थियो। त्यसभित्र उहाँको पदीय आकांक्षा भने कसैबाट लुकेको थिएन। जे होस्, उहाँका लागि त्यो ‘सुनौलो दिन' बल्ल आइपुगेको छ। तर, दुई तिहाइ सदस्यको लिखित हस्ताक्षर प्राप्त गर्न नसकेमा भने उहा'ले आज उम्मेदवारी फिर्ता गर्नुपर्नेछ। सहमति कायम गर्न सके तुलनात्मक रूपमा यस्तो सरकार बढी सुविधाजनक हुनेछ।

माओवादीले खनाललाई समर्थन गर्नसक्ने संकेत दिनुको कारण आफू अनुकूलको सरकार बनाउनु नै हो। आफैँले नेतृत्व गर्न नसकेको अवस्थामा तुलनात्मकरूपमा आफूलाई सजिलो हुने ठानेरै माओवादीले नयाँ खेल प्रारम्भ गरेको हो भन्नेमा कुनै दुविधा छैन। यसबाट माओवादीले एउटै तीरबाट दुईटा सिकार गर्न खोजेको स्पष्ट भएको छ- पहिलो, एमालेभित्र ‘क्रान्तिकारी'लाई बलियो बनाउने र दोस्रो, आफ्नो प्रमुख बाधकका रूपमा रहेको वर्तमान गठबन्धन फुटाउने। झट्टा हेर्दा माओवादी यसमा सफल हुने संकेत देखा परेको छ।

केही समयदेखि नेपालमा ध्रुवीकरणको असफल खेल खेल्न खोजिए पनि त्यो सफल भइरहेको छैन। राजतन्त्र समाप्त गर्न एकसाथ अघि बढेका शक्तिलाई वामपन्थी र गैरवामपन्थीमा विभाजन गर्ने उद्देश्य सफल बनाउन माओवादी निकै क्रियाशील थियो। यही अवस्थामा एमालेलाई रोज्नुको एउटा कारण कथित वामपन्थी मोर्चा बनाएर त्यसैका नाममा आफूले हालीमुहाली गर्ने माओवादीको योजना हो। माओवादीले दीर्घकालीन रणनीतिका रूपमा यो योजना अघि सारिरहेको छ। एमालेका सयौं कार्यकर्ताको हत्या, अपहरण र कुटपिट गरेर केही कमजोर पारिसकेको अवस्थामा अब उसँग कार्यगत एकता गरेरै उसलाई थप कमजोर पार्न सकिन्छ भन्ने माओवादीको बुझाइलाई गलतै भन्न पनि सकि'दैन। कथित एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा आफूलाई नेता बनाएर माओवादी एमालेलाई समाप्त पार्न चाहन्छ। त्यही भएर उसले जोखिम र आलोचना मोलेरै पनि एमालेलाई साथमा लिने रणनीति अख्तियार गरेको छ।

तर, अहिले माओवादी र उसका शुभेच्छुकले भनेजस्तो कथित वामपन्थी मोर्चा बनाउने हो भने न समयमै संविधान निर्माण गर्न सकिन्छ, न शान्ति प्रक्रियालाई नै पूर्णता दिन सकिन्छ। जताततै भद्रगोल सिर्जना गरेपछि महाविपत्तिबाट छलाङ मार्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्ने माओवादीका लागि रुचिकर भए पनि लोकतान्त्रिक शक्तिका लागि त्यो स्वीकार्य स्थिति होइन। किनभने, ०६२/६३ को जनआन्दोलन र त्यसबाट राजतन्त्रको समाप्ति ध्रुवीकरण हैन सहकार्यका आधारमा भएको थियो। अझै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको छैन। एक मधेश एक प्रदेशका नाममा तराईमा रोपिएको विषवृक्ष झाँगिदै गएको छ। मुलुकको राष्ट्रिय एकता र अखण्डतामाथि संकटका बादल मडारिरहेका छन्। यस्तो बेलामा सबै लोकतान्त्रिक शक्तिबीच अझ बढी एकता र सहकार्य जरुरी छ। तर, आफूबाहेक अरू सबैलाई यथास्थितिवादी, प्रतिक्रियावादी र प्रतिगामी देख्ने माओवादीले लोकतान्त्रिक शक्तिलाई फुटाउने चाल निरन्तर चलिरहेको छ।

कतिपय माओवादी समर्थक संसद्मा ६२ प्रतिशत वामपन्थीको स्थान रहेको तर्क गर्दै ‘वामपन्थी एकता' को राग अलापिरहेका छन्। तर, एमालेको दृष्टिकोणबाट हेर्दा माओवादी वामपन्थी शक्ति नभएर उग्रवामपन्थी शक्ति हो। त्यही भएर एमालेले माओवादीसँग एकता, संघर्ष र रूपान्तरणको नीति लिएको छ। तर, यस वास्तविकतालाई गलत व्याख्या गर्दै माओवादीलाई रिझाएर पद प्राप्त गर्ने होडबाजी देखा पर्नु विडम्बना हो।

मुलुकमा माओवादीकरण अहिलेको सबभन्दा ठूलो खतरा हो । सत्ताकब्जाको लाइन बोकिरहेको पार्टीप्रति शंका हुनु अस्वाभाविक पनि होइन। तैपनि, माओवादीलाई निषेध गरेर न जान सकिन्छ, न जानै हुन्छ। उसका सामु आत्मसमर्पण गरेर हैन, लोकतान्त्रिक मोर्चालाई बलियो बनाएरमात्रै माओवादीलाई रूपान्तरण गर्न सकिन्छ। तर, बितेका १३ महिनामा माधवकुमार नेपालको सरकारले धेरै काम गर्न नसके पनि माओवादी उग्रवादको प्रभुत्व बढ्न भने रोकेको छ।

 

‘राष्ट्रपतिको असंवैधानिक कदम', ‘राष्ट्रिय स्वाधीनताको आन्दोलन' भन्दै गरिएका अनेकौँ आन्दोलन विफल हुनुको अर्थ माओवादी उग्रवाद पराजित हुँदै जानु हो। अहिलेको अवस्थामा माओवादीलाई अघि लगाउन त सकिँदैसकिँदैन, उसलाई साथ लिनुको अर्थ पनि उसको एजेन्डा स्वीकार गरेर होइन, उसलाई सच्याउनका लागि मात्रै हो।

मुलुक सरकारविहीन बन्न सक्दैन। त्रिशंकु संसद्मा कुनै पनि दलले नेतृत्व दाबी गर्न सक्छन्। तर, नेकपा (एमाले)ले बहुमतको आफ्नो सरकार ढलाएर आफैँ फेरि बहुमतकै सरकारको दाबी गर्न चाहीँ मिल्दैनथ्यो। सायद, यही लोकलाजबाट बच्न एमालेले दुई तिहाई बहुमतको सर्त अघि सारेको हो। कुनै पनि बहनामा गरिने ध्रुवीकरणले समाधान होइन, झन् बढी समस्या निम्त्याउने छ भन्ने भोलिको व्यवहारबाट देखिने छ।
अर्को समाचार
बन्दलाई बन्द गर्ने प्रस्ताव
१७ असार २०६६
•
११ मिनेट पाठ
बन्दलाई बन्द गर्ने प्रस्ताव
संविधानसभाको निर्वाचनपछि मधेसी जनाधिकार फोरमले माओवादीको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा समर्थनको मत व्यक्त गर्‍यो। नौ महिनापछि आफ्नो समर्थन फिर्ता लिँदै एमाले नेतृत्वमा सरकार गठन गर्ने फोरमले अर्को निर्णय गर्‍यो । यी दुवै निर्णयको औचित्य पुष्टि गर्न आफ्नो मतदाता समूहसँग न अनुमति माग्न औचित्य पुष्टी गर्न नै फोरमले आवश्यक ठान्यो। यसै बीचमा, फोरम विभाजित भयो सत्तापक्ष र प्रतिपक्षमा। यो विभाजनको दोष कसले कति बोक्ने, अनि यस्को दण्ड कसले कति व्यहोर्ने यो बहसको विषय हो। यो चाहिँ निश्चित नै हो, फोरमको मतदाता समूह र तराईको आमजनताको भने यो विभाजनमा कुनै दोष थिएन। तर कस्तो विडम्वना, यो विभाजनको पहिलो सजाय पाए तराईका आम जनताले। जनतालाई सूचित गर्ने र आफ्नो पक्षमा समर्थन रहेको व्यक्त गराउन् भन्ने तर्क गर्दै प्रतिक्षिय रंगमञ्चमा पुगेको फोरमले अब बन्द र हडतालको अन्नत श्रीफ्ला प्रारम्भ हुने पीडादायी संभावना तर्फ संकेत गर्दै केहि दिन अघि मधेसमा "शान्दार र अभूतपूर्व सफल" बन्दको मञ्चन गर्‍यो।

उता आफ्नो कार्यकर्तालाई विनाकारण पक्राउ गरेको भन्दै सत्ता साझेदार फोरमले नै असार ११ गते दुहबी बजार बन्द गरे। केहि सवारीसाधन तोडफोड र आगजनीको कर्मकाण्ड पूरा गर्दै सुनसरीवासीको लागि त्यो दिन दुष्कर र अस्तव्यस्त बनाउादै सरकारी फोरमले पनि सगौरव बन्द शान्दार रूपमा सफल रहेको घोषणा गर्‍यो। आफ्नै नेतृत्वमा सरकार सञ्चालन हुादा र बन्दको रेकर्ड राख्न सफल माओवादीले सत्ताको भर्‍याङ ओर्लिसके पछि विभिन्न बान्कीका सफल बन्दहरूको आयोजना गरेर आफ्नो क्षमता प्रकट गरसिकेका छन्। कहिल्यै घण्टे बन्द, कहिल्यै आधा बन्द, कहिल्यै पूरा बन्द, थरथरिका सफल बन्दहरू।

आप\mनै गुरूलाई नाङ्गेझार बनाउादै कञ्चटमा बन्दुक तेर्साउने तीन महारथी विद्यार्थी नेताहरूको ससम्मान रहिा गर्ने माग राख्दै, केहि दिन अगाडि कांग्रेस, एमाले र माओवादी समेतका दलहरूले राजविराजमा यस्तै शान्दार बन्दको आयोजना गरे।श्रीमान श्रीमतिको झगडाको निहुामा यहि असार ११ गते नेपालगञ्जमा केहि घण्टा सफल चक्काजामको आयोजना गरयिो। सडक दुर्घटनामा क्षतिपूर्तिको माग राख्दै आयोजना हुने बन्दहरूको बयान यहाँ सम्भव छैन।

यी त केहि प्रतिनिधि घटनाहरू मात्र हुन्। सत्य यहि हो सफल बन्द हाम्रो राष्ट्रिय जीबनको अभिन्न र अविभाज्य अंग बनिसकेको छ। केहि समय अगाडि एउटा नेपाली दैनिकमा एक अन्तरराष्ट्रिय समाचार साइटलाई उद्धृत गर्दै, एक विद्वानले लेखेका थिए "मर्नु अघि हेर्नै पर्ने दश चीजहरूमा नेपाल बन्द पनि एक हो। नेपालमा गजबको बन्द हुन्छ। बन्द गर्न एकदमै सहज छ। बन्द भनिदिए पुग्छ। अनि सडकमा कुनै एम्बुलेन्स समेत कुद्न पाउँदैनन्, विद्यालय खोल्न पाईँदैन, सडकमा जताततै 'एम्बुस' राखिएको हुन्छ। नेपालमा त चिकित्सकहरूले समेत वेलावेलामा अस्पताल बन्द गर्छन्।"

नेपालमा बन्द यति सस्तो र 'लोकपि्रय' किन भएको होला? सायद, बन्द कुनै कर्म नै होइन। किनकी यस्मा कुनै पनि पूाजी, श्रम, सीप, ज्ञान, सिर्जना जस्ता कुनै पनि मानवीय क्षमता र कौशलहरूको आवस्यकता नै पर्दैन। कुनै भरण र परधिान विना सित्तैमा सफलता प्राप्त गर्न सकिने भएकोले नै यो यति विघ्न सस्तो भएको होला। बन्दको सन्दर्भमा अधिकारको परभिाषा पनि गजबको नै छ। बन्दकर्तासाग अपरििमत अधिकार छ, विना सूचना बन्द गर्ने, बन्दको समय भरी बन्दकर्ता संविधान भन्दा माथि हुने, बन्दकर्ताको स्वविवेकीय अधिकार नै कानुन हुने। यस्तो असिमित अधिकारले लेस हुन्छ बन्दकर्ता भने अर्को तर्फ यहि समयमा अन्यको मानव अधिकार तथा मौलिक अधिकार भने स्वतः प्रतिवन्धित हुन्छ र यसरी अधिकार उल्लंघन भएको उपचार कतै खोज्न भने पाइँदैन।

बन्दको अर्को रोचक पक्ष पनि छ।सामान्यतया, सरकार सञ्चालन गररिहादा राजनीतिक दलहरूले बन्दलाई घृणा गर्छन्। तर, सरकार बाहिर हुादा भने बन्द गर्न पाउने अधिकार र यस्को औचित्यको सगौरव व्याख्या गर्छन्। यो सन्दर्भलाई व्याख्या गर्न निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले प्र.म. हुादा बन्दलाई साधैकोलागि बन्द गर्न पेश गर्नु भएको विचार नै यथेष्ट छ। बन्दकर्ताले प्रत्येक बन्द पछि दावी गर्छ, नागरकिहरूले बन्दलाई सफल बनाउन अभुतपूर्व सहयोग र समर्थन गरे। तर निरहि नागरकिले भने आफू बन्दको समर्थनमा नरहेको व्यक्त गर्ने सुविधा भने कहिल्यै पाउादैन। त्यसैले पनि होला नेपालमा जो कोहिले जुनसुकै निहुामा बन्द आयोजना गरेपनि त्यो सफल नै हुन्छ। किनकी यस्को मापन एकपक्षिय रूपमा बन्दकर्ताले मात्र गर्न पाउँछ।

वास्तबमा पराक्रमी बन्दकर्ताहरूले गर्ने यस्ता बन्दमा, आर्थिक क्षति कुस्त हुन्छ नै, मानवीय संवेदनाको कुनै मूल्य हुादैन, व्यक्तिको स्वतन्त्रता पनि अपहरति हुन्छ अनि राज्य थप कमजोर र निरहि। बन्द कुनै पनि कोणबाट सभ्य र मर्यादित हुादैन, यो अनिवार्यतः बर्बर र हिंसायुक्त नै हुन्छ। यस्ता 'बन्द' नेपाली समाजको निम्ति कलंक हो अनि सभ्य, समृद्ध र सुसंस्कृत समाज बनाउने हाम्रो प्रयत्नको काँडे तगारो। तर बन्द गर्न पाउने अधिकार अविछिन्न रूपमा रहेसम्म, यस्तो अधिकारको कुनै अर्थ रहादैन। बेलगाम बन्द गर्न पाउने छुट रहेसम्म, न त कानुनी राज्य संभव छ, न त हाम्रो शासन व्यवस्था नै सही अर्थमा लोकतान्त्रिक हुन्छ न त राज्य नै प्रभावकारी र सबल हुन सक्छ।

राजनीतिक दलहरूका व्याख्या अनुसार बन्दको अभिष्ट जनतालाई आफ्नो अडान र दृष्टीकोणको बारेमा सूचित गर्दै समर्थनको आग्रह गर्ने वा सरकार माथि दवाव सिर्जना गर्ने हो। संसद भित्र रहेका साना ठूला जुन दलले पनि आफूले चाहेको वेलामा संसदको गतिविधि सञ्चालन हुन नदिई संसद नै बन्द गर्ने सुविधाको प्रयोग गरि नै रहेका छन्। के संसद बन्दले माथि उल्लेखित बन्दको अभिष्टलाई पूरा गर्दैन? सर्बोच्च संस्था संसद नै बन्द गर्न सक्ने हैसियत राख्ने दलले फेरी सडक बन्द गर्नुको औचित्य के? यस्को आशय सदनलाई बन्द गर्ने कृत्यको समर्थन कदापी होइन। नागरकिको अधिकारलाई कुण्ठित गर्ने बन्द जस्तो अपराधिक र असभ्य कृत्यलाई प्रतिवन्धित गर्न संसद भित्र रहेका दलहरूबाट प्ररम्भ गरनिु पर्दछ भन्ने हो।

अन्त्यमा, नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा नै व्यवस्थापिका संसदको सदस्यको हैसियतमा सदनमा एउटा संकल्प प्रस्ताव दर्ता गराएको थिएँ। शान्तिपूर्ण र मर्यादित विरोध गर्न पाउने नागरकिको नैसर्गिक अधिकार प्रति सचेत रहादै बन्दको अपसंस्कृतिलाई निरूत्साहित गर्दै जनतामा उब्जिएको नैराश्यतालाई आशामा बदल्न यस संविधानसभामा प्रतिनिधित्व गर्ने दल र ती साग आवद्ध संस्थाबाट नयाँ संविधान जारी नभए सम्मकालागि आफ्नो नेतृत्व वा संलग्नतामा कुनै पनि प्रकारको बन्द नगर्ने संकल्प सदनले गर्ने विषय नै प्रस्तावका आशय थियो। बन्द सदनको ढोका कहिल्यै उघि्रएला
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस