गएको विश्वकप फुटबलको फाइनलमा स्पेनबाट पराजित नेदरल्यान्ड्स टोलीले स्वदेशमा राजकीय सम्मान पायो। त्यसअघि क्वार्टरफाइनलमा जर्मनीबाट पराजित अर्जेन्टिना टोलीलाई पनि घर फर्कँदा विजेतालाई जस्तै सम्मान दिइयो।
अझ प्रशिक्षक एवं पूर्व कप्तान डिएगो म्याराडोनाको स्मारक बनाउन त्यहाँका सांसद तम्सिए। त्यस्तै सम्मान घाना टोलीले पायो।
पराजित टोलीले यसरी स्वदेशमा सम्मान पाउनु धेरैका लागि आश्चार्यजनक होला। भारत, पाकिस्तानजस्ता देशमा आफ्नो टोली पराजित हुँदाहुँदै बेइज्जत गरिएका घटना बारम्बार सुनिन्छन्। नेपालमा त विश्वकप फुटबलमा नेपाली टिमको सहभागिताको सम्भावनाबारे चर्चा चल्दै त्यसलाई ठट्टा भनिन्छ।
हो, नेपाली फुटबल टोलीले सन् १९९३ मा दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेपछि खासै सफलता पाएको छैन। यसको स्तर खस्कँदो छ।
कुनै बेला उपमहादीपकै कमजोर टोली मालदिभ्स अहिले सशक्त बनिरहेको छ। नेपाली फुटबलसँग सुनौलो इतिहासबाहेक केही छैन। तर, यसैका आधारमा नेपाली खेलाडीको क्षमतामाथि प्रश्न उठाउन मिल्दैन। नेपाली खेलाडीको स्तर मूल्यांकन गर्नुअघि उनीहरूले पाएको सुविधा र उपयोग गरेका साधनस्रोतबारे सोच्नुपर्छ। अरु बेला नेपाली खेलबारे वास्ता नगर्ने तर बेलाबेला हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आफ्नो टोलीको स्तर मूल्यांकन गर्न खोज्ने प्रवृत्तिले नेपाली खेलकुद उँभो लाग्दैन।
विश्वकप फुटबलमा नेपाली टिमको सहभागिताको सम्भावना रहेको तर त्यसका लागि सकारात्मक सोच विकास हुन जरुरी भएको पूर्व खेलाडी एवं प्रशिक्षक राजु शाक्यले हालै बताएका थिए। सकारात्मक सोच भनेकै आफू अर्थात् आफ्नो टोलीमाथिको विश्वास हो।
त्यही सोचका कारण अर्जेन्टिना र नेदरल्यान्ड्सजस्ता देश विश्वकपमा चम्केका हुन्। विश्वकपको केहीअघिदेखि नै अपराजित यात्रा गर्दै आएको नेदरल्यान्ड्सले फाइनलमा १-० को स्पष्ट हार बेहोर्यो। त्यसलाई कुनै बहानाले ढाकछोप गर्न मिल्दैनथ्यो। तैपनि त्यस टोलीलाई त्यहाँका फुटबलप्रेमी र सरकारले सम्मान दिए। नेदरल्यान्ड्समा आफ्नो टोलीलाई फाइनलको एउटा म्याचमा हारेको भन्दा पनि विश्वकपमा छ म्याच जितेको टोलीका रुपमा हेरिएको छ।
फाइनलको पराजयले नेदरल्यान्ड्सलाई उपाधि पाउनबाट रोके पनि उनीहरूको स्तर खस्काएको छैन। उनीहरूको प्रशंसकहरूमा विश्वकप नपाउँदाको निराशा भए पनि आफ्ना खेलाडी र टोलीमाथिको विश्वासमा कमी आएको छैन। फाइनलसम्म पुग्न हात पारेको छ वटा जितलाई बिर्सेर उपाधि भिडन्तमा भएको पराजयलाई मात्र समातेर बस्ने प्रवृत्तिले अगाडि बढ्न दिँदैन।
खेल भनेकै निरन्तरता हो। त्यसैले सफलता र असफलताको कसीमा राख्ने हो भने यसको गतिमा अवरोध उत्पन्न हुन्छ। सकारात्मक सोचसाथ परिणामलाई सहजरुपमा स्विकार्दै सुधार ल्याउने संस्कृति नेदरल्यान्ड्स, अर्जेन्टिनाजस्ता राष्ट्रबाट सिक्न सकिन्छ। त्यसैले निरन्तरतालाई टेवा दिन्छ। नेदरल्यान्ड्सका प्रधानमन्त्रीले विश्वकप फाइनलमा पराजित आफ्नो टोलीलाई प्रेरणाको स्रोत बताउँदै आउँदो विश्वकपका लागि तयार हुन आग्रह गरेका छन्। स्पष्ट छ, उनले आफ्नो टोलीलाई फाइनलमा पराजित भएको भन्दा विश्वकप उपविजेताका रुपमा लिएका छन्।
विश्वकप उपविजेता टोलीले स्वदेशमा सरकारी स्तरबाटै पाएको हार्दिकताले उनीहरूलाई आत्ममूल्यांकन गर्न प्रेरित गर्नेछ। कडा मिहिनेतसाथ गरिने प्रयासले नै अगाडि बढ्न प्रेरित गर्छ भन्ने तथ्य विश्व विजेता स्पेनबाट मात्र नभई उपविजेता नेदरल्यान्ड्सबाट पनि बुझ्न सकिन्छ। परिणाम सहजै स्विकार्ने संस्कृतिले खेलको मर्म जोगाएको हुन्छ। यही संस्कृति हरेक क्षेत्रमा हुनु आवश्यक छ।
आफ्नो पराजय अथवा असफलताई अस्विकार्ने हो भने सुधार ल्याउन सकिन्न। आफूले जिते ठीक, हारे झेल भएको ठान्ने मानसिकताले अगाडि बढ्न दिँदैन। परिणाम स्विकार्ने बानीले विजय, पराजयको कारण पत्ता लगाएर सुधारसाथ अघि बढ्न प्रेरित गर्छ। यो त्यस्तो संस्कार हो जसले हारभित्रबाटै जितको सम्भावना नजिक्याउँछ।