सहमतिको मौका
२९ असार २०६७
•
८ मिनेट पाठ
सहमतिको मौका
नेपालका राजनीतिक पार्टीहरूकै सहमतिबाट राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। यस्तै २०४६ सालमा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको सहकार्यबाट पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय संसदीय व्यवस्थाको स्थापना भएको थियो।
त्यतिबेला नेकपा (माओवादी)को तत्कालीन समूहले अलग्गै आन्दोलन गरेको थियो। तत्कालीन उपलब्धिलाई अपूर्ण भन्दै विरोध कार्यक्रम संचालन गरिरह्यो। उसको आन्दोलनले २०५२ सालपछि सशस्त्र विद्रोहको रूप लियो र देश १० वर्षसम्म द्वन्द्वमा फस्यो। २०६१ सालमा ज्ञानेन्द्रले सत्ता लिएपछि संसद्मा रहेका दलहरू र माओवादीबीचम १२ बुँदे समझदारी भएको हो। समझदारीमा हस्ताक्षर गर्नेमध्ये गिरिजाप्रसाद कोइरालाबाहेक अरू नेता नेपालको राजनीतिक रंगमञ्चमा शीर्षस्थानमै छन्। त्यही समझदारीपछि राजतन्त्रको अन्त्य र संविधान सभाको निर्वाचन भएको हो। निर्वाचनमा व्यक्त जनमत हेर्दा निश्चित् अवधिसम्म राजनीतिक दलहरू सहमतिबाटै अगाडि बढ्नुपर्ने देखिन्छ।

संविधान निर्माण गर्न दुईतिहाइ बहुमत चाहिन्छ। यसैले कसैले कसैलाई निषेध गरेर अगाडि बढ्ने अवस्था छैन। संविधाननिर्माण र शान्ति प्रक्रियालाई सत्ताको विवादले पटक पटक ओझेलमा पार्ने गरेको छ। पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री छँदा शान्ति प्रक्रियाभन्दा सत्ता समीकरण र विपक्षीलाई निषेध गर्ने अभिप्रायः पटक पटक उजागर भएकै हो। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र लोकतान्त्रिक संविधाननिर्माण गर्नभन्दा एनेकपा (माओवादी) सत्ता कब्जा गर्ने सपना देख्न थाल्यो। त्यस अवधिमा अरू पार्टीका कार्यकर्ताको हत्या गर्ने, आक्रमण गर्ने र विभिन्न अमानवीय क्रियाकलापको शृंखला रोकिएन। अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजिल्याउने पहल भएन।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको गैरमाओवादी सत्तासमीकरणले पनि समझदारीभन्दा निषेधलाई नै आफ्नो कार्यसूचीमा प्राथमिकतामा राख्यो। माओवादी सरकारको कुरै सुन्न तयार भएन भने सरकारले गम्भीरतापूर्वक माओवादीका एजेण्डालाई संबोधन गरेर अगाडि बढ्नुपर्छ भन्ने ठानेन।

यिनै कारणले बहुमतीय आधारमा बनेका दुवै सरकार सामान्य प्रशासनिक र विकास निर्माणको कार्यबाहेक अरू केही गर्न विफल भए। यस अवधि माओवादीले विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका महत्वपूर्ण पक्षलाई बेवास्ता त गर्‍यो नै पटकपटक उल्लंघनसमेत गरिरहेको छ। बेकसुर पार्टी कार्यकर्ताको हत्याको शृंखला रोकिएको छैन, अपहरण, फिरौती, जग्गा कब्जा, धाकधम्की, ब्यारेकी बसाइ माओवादी कार्यकर्ताका दिनचर्या बनिरहेकै छन्। यसैगरी समाजको प्रगति, अग्रगमन र क्रान्तिलाई पूर्णता दिने कामलाई अवरुद्ध गर्ने, सहमतिलाई प्राथमिकता नदिने र यथास्थितिलाई नै लोकतन्त्र ठान्ने कमजोरी दोस्रो ठूलो दल नेपाली कांग्रेसबाट पटकपटक भएको छ। दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई आपसमा भिडाएर अगाडि बढ्ने सोच कांग्रेसले राखेको भान हुन्छ।

नेकपा (एमाले)ले संविधानसभाको निर्वाचनदेखिनै राष्ट्रिय सहिमतिको पक्षपोषण गरिरह्यो। आठौं महाधिवेशन र केन्द्रीय कमिटीका पटकपटकका बैठकले यसको पुनर्पुष्टि गरेर ठोस कार्ययोजना अगाडि सारे। माओवादी र कांग्रेसको हठको कारण एमालेले सारेका राष्ट्रिय सहमतिका मुद्दा कार्यान्वयन गर्न कठिनाइ भयो। पार्टी अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको अपिल गरिरहनु भयो। अलोचनाको समेत पर्वाह नगरी राष्ट्रिय सहमतिको प्रयास भएकै हो। कांग्रेस र माओवादीबीचको दूरी कम गराउन अथक परिश्रम भइरहेको छ। विडम्वना, प्रधानमन्त्री नेपालले राजीनामा दिएको दुई साता बितिसक्दा पनि राष्ट्रिय सहमतिको सम्भावना देखिएन र बहुमतीय जोडघटाउमै देश अल्झिएको छ। दुईवटा बहुमतीय सरकारको अवस्था देख्दादेख्दै पुनः देश त्यही बाटोमा अगाडि बढ्न बाध्य छ।

 

नेताहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेको सम्झिएर सही नीयतले प्रयास गरेको भए राष्ट्रिय सहमति असम्भव थिएन। शीर्ष नेताहरूले पदीय महत्वाकांक्षा, पार्टीगत स्वार्थ र अहम्भन्दा राष्ट्रिय स्वार्थलाई महत्व दिएको राष्ट्रिय सहमति निर्माण सहज हुन्थ्यो। राष्ट्रिय सहमति निर्माण हुन नदिन अँध्यारो कोठाबाट प्रतिगामी शक्तिले दाउपेच गर्दै थिए, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आआफ्नो स्वार्थको टकराव त छँदैथियो। यस्तो अवस्थामा नेताहरूमा देखिएको विमतिले असहजता बढायो। राष्ट्रिय सहमतिको म्याद सकिएपछि धेरैले रमाइलो मानेको पनि देखियो। राष्ट्रिय सहमतिको प्रयास गर्ने नेतालाई गरिएको गालीगलौज र खिसीट्युरी यसको प्रमाण हो। राष्ट्रिय सहमति नहुँदा रमाउनेलाई केमात्र प्रश्न गर्न सकिन्छ भने घरमा आगो लाग्दा पानी हाल्ने प्रयास गर्ने कि छेउमा बसेर राप तापेर मजा लिने?

समय अझै घर्किसकेको छैन बहुमतीय अवधिमा सहमतीय प्रयास गर्न प्रतिबन्ध लागेको छैन। व्यवस्थापिका संसद्ले सर्वसम्मतरूपमा एकजना प्रधानमन्त्रीको छनोट गर्न सक्छ। नेपालको इतिहासमा यस्तो दिन आउनै नसक्ने त हैन नि। असहमतीमा रमाउने प्रतिगामी, सत्तामोहमा सहमतिको विपक्षमा बस्ने र जुगाको लडाइँ गर्ने संविधानसभा विरोधी सबैलाई व्यवस्थापिका संसदले सर्वसम्मत प्रधानमन्त्री चयन गरेर झापड दिन सक्छ। आशा गरौँ, व्यवस्थापिका संसद्ले आफ्नो यो अधिकार प्रयोग गर्ने साहस गर्नेछ।

 
अर्को समाचार
सहमतिको चास्नी
१४ मंसिर २०७१
•
१५ मिनेट पाठ
सहमतिको चास्नी
भारतका प्रधानमन्त्री मोदीले ट्रमा सेन्टरको उद्घाटनको मौका छोपेर जनकपुरको बाह्रबिघामा भन्न नपाएका कुरा भनिछाडे। जनकपुरमा अलि ठूलो भिडमा बोल्न पाएका भए काठमाडौंमा भन्दा बढी ताली पाउँथे होलान्। भिडको मनोविज्ञान राम्ररी बुझ्ने र मौका हेरेर बोली फेर्न खप्पिस मोदीले अलि धेरै र चर्कै कुरा पनि गर्नसक्थे। उनको साउनपछि धार्मिक अतिवादी अलि बढी नै सक्रिय देखिएका थिए भने यसपटक क्षेत्रीयता र जातीयताका पक्षधर हौसिए होलान्।

प्रधानमन्त्री मोदीले सार्वजनिकरूपमै 'सहमति’ बहुमतबाट संविधान बनाए 'नेपालको भलो नहुनेे’ धम्की लुकेको सुझाव दिएका छन्। उनको सहमतिको आग्रह मधेसीको 'एक मधेस’ प्रदेशका लागिमात्रै हो वा जनजातिका जातीय राज्यका लागि पनि हो? त्यो उनै जानून्। उता, उनकै सुरक्षा सल्लाहकारले थोरै प्रदेश बनाउन सल्लाह दिएको समाचार पनि तिनैताका आएको थियो। अब, थोरै प्रदेश बनाए पहाडमा जातीय राज्य बनाउन मिल्दैन। त्यसो गर्दा एनेकपा (माओवादी) पक्कै नमान्ला। जातिवादी राजनीतिबाहेक माओवादीको अब अरू सम्बल पनि त बाँकी छैन। कि मदेसमा थोरै र पहाडमा धेरै बनाउने हो? त्यसो गर्न कांग्रेस एमाले नमान्लान्। मोदीको सहमतिमा बहुमत पक्षको मन्जुरी आवश्यक नपर्ने त हैन होला नि? 
केपी ओलीका लागि झापालाई पहाडमा मिसाउनुपर्ने वा शेरबहादुर देउवाका लागि कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लाबाट अलग्याउन नमिल्नेजस्तो बेतुकका तर्क र जिद्दी छाडेर संविधान बनाउन अग्रसर नहुने हो भने कांग्रेस र एमाले फुटाएर पनि एमाओवादी नेतृत्वमा बहुमत जुटाउने प्रयास हुनसक्छ। सुरु पो भइसक्यो कि?
नेपाली कांग्रेसले संविधान बनाएको जस लिन नपाओस् भन्ने चाहना पनि होला कतै कसैको। यसैले कांग्रेसले पनि मुलुकलाई सही बाटामा अगाडि बढाउन केहीमा अडिन र केही छाड्न जान्नुपर्छ। (आगामी अधिवेशनमा पार्टी कब्जा गर्ने रणनीति बनाउँदा बनाउँदै सिंगै पार्टी कम्युनिस्ट र भारतको धरापमा पर्ला नि?) 

भारत र चीनको स्वार्थ
तराईमा एउटामात्रै प्रदेश होस् भन्ने भारतीय चाहना उसैको आन्तरिक राजनीतिक स्वार्थअनुरूप छ। नेपालको तराईमा भाषा संस्कृतिका आधारमा मिथिला, भोजपुरी, अवधि, थरुहटप्रदेश बनेमा भारतमा पनि त्यस्तै प्रदेश बनाउने दबाब पर्नेछ। यसै पनि भारतका विभिन्न क्षेत्रमा अलग प्रदेशको माग भइरहेकै छ। 
उता, पहाडमा धेरै राज्य बनाउँदा तिब्बतमा घुसपैठ गर्ने पश्चिमी राष्ट्रहरूको रणनीतिअनुकूल हुन्छ। तिब्बतमा पश्चिमा घुसपैठ हुन नदिन चीन बढी नै संवेदनशील देखिएको छ। उपभोक्ता संस्कृतिलाई प्रोत्साहित गरेपछि पश्चिमा प्रभाव रोक्न सकिँदैन भन्ने चाहिँ चिनियाँले भने बुझेजस्तो देखिएन। तिब्बतमा अवैधरूपमा जाने र तिब्बतीबाट भागेर आउने नाका खुकुलो छाड्नु नेपालको पनि राष्ट्रिय हितअनुकूल हुँदैन। नेपालले मानवीय दृष्टिबाट तिब्बती शरणार्थीलाई आश्रय दिनुपर्छ तर सामरिक र परम्परागत मित्रताका आधारमा चीनको हित एवं चाहनाको उपेक्षा गर्न हुँदैन। भारतले हेप्दै लगे यसै पनि चीनको आड लाग्नुपर्ने अवस्था आउन सक्छ। एउटै प्रदेशले भारत र चीनको सीमा छोयो भने तिब्बतमा घुसपैठ गर्नेलाई बढी सजिलो हुनसक्छ। चीन त सायद नेपाल संघीयतामै नजाओस् भन्ने चाहन्छ। तर, संघीयताबाट फर्कन सम्भव छैन भन्ने चतुरा चिनियाँ शासकले पक्कै बुझेका छन्। 
यसैले भारत वा चीनको सल्लाहअनुसार हैन मुलुकको यथार्थ र जनताको चाहना झल्कने र हित हुनेगरी प्रदेशहरूको विभाजन गर्नुपर्छ। 

सकेसम्म प्राकृतिक सीमा
झापा, मोरङ र सुनसरी तथा कैलाली र कञ्चनपुरलाई पहाडमा मिसाउनु हुँदैन भन्ने नेपाली कांग्रेसका मधेसी सांसदहरूको माग संघीयताको मर्मअनरूप छ। तराईलाई जनसांख्यिक सन्तुलतसमेत मिल्नेगरी सके ३ वटा र मधेसवादी दलहरू मान्दैनन् भने नारायणी पूर्व र पश्चिम दुई प्रदेशमा विभाजन गरे पनि हुन्छ। पहाडका हकमा पनि जनसंख्यालाई केन्द्रमा राखेर सकेसम्म प्राकृतिक आधारमा विभाजन गर्नु उपयुक्त हुन्छ। नाममा लचिलो भए सहमति हुन्छ भने सबै पक्ष उदार हुनुपर्छ। आखिर, नाममा हुन्छ नै के र? 

रात रहे अग्राख पलाउला!
मोदीले उक्साएको विपक्ष पुष्पकमल दाहालको नेतृत्वमा बढी आक्रामक हुनसक्छ। अब जातीय नामसँगै 'अग्राधिकार’ को माग पनि थपियो भने पटक्कै आश्चर्य हुनेछैन। सत्ता पक्षमा मोदीलाई बेवास्ता गरेर अगाडि बढ्ने आँट र नैतिक शक्ति पनि छैन। एमाले अध्यक्ष केपी ओलीले संघीयतालाई थाती राखेर संविधान बनाउँ्क भन्न थालिसके। लोकतान्त्रिक प्रक्रिया अपनाएर संविधान बनाइन्छ भन्ने उनको हुँकार मन्दमात्र हैन बन्दै हुने लक्षण देखियो। माघ ८ मा संविधान जारी भए सुशील कोइरालाले कुर्सी खाली जो गर्नेछन्। संविधान मोदीले भनेजस्तै पछि संशोधन गरे भइहाल्यो नि!
मोदीको मन्त्रले विपक्षलाई बढी नै आश्वस्त बनाएजस्तो छ। भारतसँग यतिका सम्झौता हुँदा अरू बेला भए माओवादीले सडकमा टायर बालिसकेका हुन्थे। 
भारतीय हस्तक्षेप बढ्न थाल्यो भने चीन पनि चुप लागेर बस्नेछैन। अहिले धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध आवाज उठाउन थालिएको छ। अनिश्चय कायमै राखे संघीयताकै औचित्यमा विवाद सुरु हुनेछ। यस्तो चक्रवात बेलैमा तह लगाउन नसके मुलुक चक्रव्यूहमा फस्ने निश्चित छ। त्यसैले बुद्धि छ र देशको माया पनि छ भने कसैका कुरा नसुनी अगाडि बढ्नसक्नुपर्छ र सकेसम्म छिटो संविधान बनाउनुपर्छ।

सप्तरङ्गी संसद् 
आदर्श संसद्मा जनसंख्याको संरचना प्रतिविम्बित हुनुपर्छ। प्रत्यक्ष निर्वाचनमा उमेदवारको सूची जति नै समानुपातिक बनाए पनि नेपालको अहिलेको आर्थिक, सामाजिक र मानसिक अवस्थाका कारण परिणाम समानुपातिक हुनसत्तै्कन। यो कटु यथार्थ हो। माथिल्लो सदनलाई सरकार निर्माण र आर्थिक निर्णयमा संलग्न गराए अरू प्रकारको विकृति उत्पन्न हुन्छ। यसैले तल्लो सदनमै जनसंख्याको संरचनाअनुसारको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु आवश्यक हुन्छ। संघीय संसद् दुई सदनात्मक बनाउन सबै सहमत भएकै छन्। यस अवस्थामा अहिलेको भन्दा आधा संख्या रहने गरी तल्लो सदनको व्यवस्था गरेर त्यसमा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित तथा बाँकी स्थानमा जनसंख्याअनुसार प्रतिनिधित्व हुने प्रावधान राख्नु उचित हुनेछ। राजनीतिक दलका नेताहरूले समानुपातिक प्रतिनिधित्वलाई तजबिजमा दुरुपयोग गर्न नदिन बन्द सूची परिवर्तन गर्न नपाइने प्रावधान राखे हुन्छ। कालान्तरमा यस्ता विकृति अभ्यासबाटै सचिन्छ। संसारका धेरै मुलुकको अनुभवले पनि त्यही सिकाएको छ। संसद्मा भिड नियन्त्रण गर्न त समानुपातिकमा स्थान पाउन प्रत्यक्ष निर्वाचनमा पनि केही स्थानमा जित्नुपर्ने वा निश्चित प्रतिशत मत ल्याउनुपर्ने सर्त राखे हुन्छ। राज्यका अरू अंग समावेशी भइसक्ता पनि संसद्लाई 'सप्तरंगी' हुन नदिनु राजनीतिक बेइमानी हो। 

संयुक्त सरकार : कमजोर केन्द्र
अब केन्द्रमा एकमना सरकार गठन गर्ने सपना पनि कसैले नदेखे हुन्छ। नेपालको राजनीतिक विकासक्रम हेर्दा केही दशकसम्म संयुक्त सरकार चलाउन सबै दलहरू मानसिकरूपमा तयार हुनुपर्छ। यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने अध्यक्षात्मक पद्धति नेपालमा काम लाग्दैन। यसै पनि विकासका लागि सरकार बलियो र स्थिर हुनुपर्छ भन्ने मान्यता नेपालमा विफल भइसकेको छ। राजनीतिक नेतृत्वको बदमासी र प्रशासनतन्त्रको नालायकी ढाकछोप गर्नमात्र यस्ता बहाना गरिएको हो। संसारका धेरै मुलुकमा स्थिर भनिएका सरकारले विकास नगरेको र अस्थिर शासनमा पनि विकास भएका थुप्रै उदाहरण छन्।
अबको केन्द्र सरकार अपेक्षाकृत कमजोर पनि हुनेछ। प्रादेशिक सरकारहरू र अझ स्थानीय सरकारलाई विकास, सामाजिक सुरक्षाजस्ता विषयमा बढी अधिकार सम्पन्न बनाउनुको विकल्प देखिँदैन। केन्द्रको सरकारसमेत समावेशी हुनुपर्ने प्रावधान संविधानमै राख्नेतर्फ सोच्नु उचित हुनेछ।

समावेशी शासन
अब सार्वजनिक पदहरूमा 'योग्यताअनुरूप अवसर’ को सिद्धान्त अपनाउन सकिँदैन। समावेशी सिद्धान्तलाई राजनीतिक दल र बहुमतका रहेका जातिले स्वीकार नगरी सुखै छैन। यतिमात्र हैन केही वर्ष नेपालमा प्रगतिशील मानवीय सुधार पनि हुनसत्तै्कन। विशेषगरी, तराईमा भूमिसुधार र दलित उत्थानका लागि हुने काममा स्थानीय राजनीतिक शक्ति बाधक बन्नेछन्। सुदूरपश्चिममा सामाजिक सुधारका लागि पनि यस्तै समस्या देखिनेछ। पहाडी राज्यमा केही समय भाषिक र सांस्कृतिक पुनर्जागरणको लहर चल्नेछ। त्यसले नेपालीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर बनाउनेछ। यद्यपि, नेपाली समाज सुहाउँदो 'गुजाराको अर्थतन्त्र’ र 'दिगो विकास’का लागि त्यस्तो पुनर्जागरण फलदायी पनि हुनसक्छ। 

स्वतन्त्र र सक्षम न्याय प्रणाली 
न्याय प्रणालीलाई स्वतन्त्र र सक्षम बनाउनसके नागरिकका स्वतन्त्रता केही हदसम्म जोगिनेछ। न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशलाई रक्षाकवच भिराएर जोगिने भने होइन। न्यायाधीश पनि जिम्मेवार र जवाफदेही हुनैपर्छ। अझ, न्यायाधीश त वैयक्तिक आचरणमा समेत स्वच्छ र पारदर्शी हुनसक्नुपर्छ। यसैले अरू अंगका बारेमा अलिअलि यताउता भए पनि फरक पर्दैन तर न्याय प्रणालीमा सहमति गर्दा मिसमास वा 'फ्युजन’को लहडवाजी गर्नुहुँदैन। स्वतन्त्र हुन पनि क्षमता चाहिन्छ। 


र, अन्त्यमा
मोदीले यसपटक पनि 'ऋषि मन’को प्रसंग दोहोर्यासए। उनको मन ऋषितुल्य भए त आग्रहमा नैतिक शक्ति पनि हुन्थ्यो। उनको सहमतिको आग्रह भने ब्रह्माजीले देवता, दानव र मानवलाई दिएको 'द’को उपदेशलाई सबैले आआफ्नै अर्थमा बुझेजस्तै हुने लक्षण छ। सत्तारुढहरूले चाँडै र थोरै प्रदेश बनाऊ बरु पछि संशोधन गर भन्ने बुझ्ने र विपक्षले उनीहरूले भनेकै सत्ता पक्षले मान्नु भनेको ठान्ने हुन् कि? अनि यताको तानातानमा 'दुई बिरालाले बाँदरलाई रोटी भाग लगाउन' दिएको कथा पो दोहोरिने हो कि?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस